syangyong
cg

को हुन् वहालवाला अर्थमन्त्री कार्कीलाई टक्कर दिने गणेश ? यस्ता छन् चुनावी एजेण्डा


Monday, 13 Nov, 2017 3:30 PM
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुको प्रचार पहिलो चरणको निर्वाचनका उम्मेदवारहरुकै दाँजोमा छ । दोस्रो चरणमा पनि कयौं निर्वाचन क्षेत्रमा ‘हेविवेट’ नेताहरु भिडन्तमा छन् । रोचक पक्ष त कतिपय क्षेत्रमा ठूला दलका गठबन्धन उम्मेदवारलाई साना दलका उम्मेदवार टाउको दुखाई बनेका छन् । काठमाडौं १ मा विवेकशील साझा पार्टीका रविन्द्र मिश्र काँग्रेस र माओवादी उम्मेदवारका लागि चुनौति बनेका छन् । मिश्रले जित्ने दाबी गरिरहेका छन् । राजधानीमा विवेकशील साझाका मिश्र र उज्जल थापाको चर्चा भइरहँदा पूर्वको सुनसरी क्षेत्र नं. ४ मा पनि सोही पार्टीका गणेश विष्टले वहालवाला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पसिना छुटाइरहेका छन् । कार्कीलाई टक्कर दिने विष्ट  नामुद अडिटर मानिन्छन् । सुनसरी क्षेत्रमा इमान्दार र सफल  अडिटर तथा समाजसेवी मानिएका विष्ट कार्कीका लागि निकै महंगा सावित भइरहेका छन् । न्यूजसेवाले उम्मेदवार विष्टसँग केही चुनावी प्रश्न गरेको छ  :

विवेकशील साझा पार्टीबाट तपाईको उम्मेदवारी किन ?
सुनसरी क्षेत्र नं. ४ मा सबै पार्टीबाट पाहुना उमेद्वार बनेका छन् । ठूला पार्टीले पाहुनालाई उठाएका छन् । यो पटकमात्र होइन, विगत २० वर्षदेखि निरन्तर यही चलिरहेको छ । यसकारण यो क्षेत्रका जनताले आफ्नै ठाउँको केन्द्रीय नेतृत्व पाइरहेको अवस्था छैन । जसले गर्दा, यहाँ विकास निर्माण हुन सकेको छैन । जनताका थुप्रै समस्या छन्, तर धनवाद र डनवाद गर्ने राजनीतिकर्मीको बोलबाला छ । यहाँ विगतदेखि नै ठेक्काजस्तै गरेर उम्मेदवारी दिइन्छ । धन नभएका र गुण्डागर्दी नगर्नेले टिकट पाउनै गाह्रो छ । जहिल्यै बाहिरबाट आएकाहरु उम्मेदवार बन्छन्, जित्छन् र आफ्नै ठाउँमा फर्किन्छन् । यो क्षेत्रको समस्या भने जस्ताको तस्तै । काल आयो भन्दा पनि काल पल्कियो भन्ने डर भो । हाम्रो क्षेत्रका भावी पुस्ताले क्षमता हुँदाहुँदै पनि नेतृत्व नपाउने अवस्था सिर्जना भएकाले मैले उम्मेदवारी दिएको हुँ । 

सुनसरी ४ मा तपाईंका अन्य प्रतिश्पर्धी को–को हुनुहुन्छ ?
वहालवाला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की काँग्रेसका तर्फबाट र वाम गठनबन्धनका रमेश श्रेष्ठ मेरा प्रतिश्पर्धी हुनुहुन्छ । कार्की भोजपुरका स्थायी हुन् भने, श्रेष्ठ पनि यहाँका होइनन् । राजपाका उम्मेदवार पनि स्थानीय होइन । सबै पार्टीले पाहुना उम्मेदवार खडा गरेका छन् । 

तपाईंका प्रतिश्पर्धी निकै ‘हेविवेट’ देखिए, तपाईंले कसरी भोट माग्नुहुन्छ ? तपाईंलाई किन जिताउने जनताले ?
म नष्ट हुँला, तर भ्रष्ट हुन्न । यो मेरो मुख्य शर्त हो । म  यो शर्त अंगिकार गरेर जनताको सेवामा लाग्नेछु । अहिले चलिरहेको लुटतन्त्रलाई रोक्ने मेरो प्रतिबद्धता छ । आफ्नै पालामा सम्वृद्धि देखाउने गरी काम गर्छु । आफू यहीँको स्थानीय भएकाले पनि समस्या के छन् र कसरी विकास गर्न सकिन्छ भन्ने पूर्ण जानकारी छ । सांसद भएँ भने पारिश्रमिक परोपकारमा खर्च गर्छु । त्यहाँको कोशीटापु, चराचुरूंगी, अर्ना, सिमसार क्षेत्रको प्रचारप्रसार, धार्मिक क्षेत्र मस्जिद, बराहक्षेत्र मन्दिरको प्रचार (जसलाई विष्णुको अवतारको रूपमा लिइन्छ), रामधुनी (राम आएर धुनी बसेको ठाउँ)लगायतको प्रचार, संरक्षण र जिर्णोद्वार गिर्छु । सडक, खानेपानी, ढललगायत पूर्वाधार निर्माण गर्छु । यो क्षेत्रको सबै समस्या र सम्भावनाको जानकारी भएकाले केही गर्न सक्छु भन्ने आत्मविश्वास छ । पाहुना उम्मेदवारले जिते भने आफ्नै व्यवस्थापनमा लाग्ने हुनाले जनताले उहाँहरुकै हित हेरेर मलाई मत दिनुहुन्छ भन्नेमा विश्वस्त छु । 

अहिले तपाईंको क्षेत्रका समस्या के हुन्, कसरी समाधान गर्नुहुन्छ ? 
मेरो क्षेत्रमा देखिएको मुख्य समस्या वन्यजन्तुले कृषिमा पुर्याइरहेको ठूलो क्षति होह । यसको रोकथाम गर्नुपर्छ । दोस्रो ः ०४०÷०४१ सम्म रहेका हाम्रा नम्बरी जग्गामा अहिले कोशी बगिरहेको छ । तर, पीडितले क्षतिपूर्ति पाएका छैनन् । भण्टावारी, लौकही, हरिपुर, हरिनागा क्षेत्रको कयौं जमिन कोशीले बगाएको छ । तर, पीडितले क्षतिपूर्ति पाएका छैनन् । उनीहरुका लागि क्षतिपूर्ति दिलाउन पहल गर्नेछु । त्यहाँ भित्री क्षेत्रमा सडक निर्माण, पिच तथा अन्य सबै स्थानीय अवश्यकताअनुसार पूर्वाधार निर्माण गर्नेछु । 

तपाईंको जितको आधार के हो ?
राजनीतिक कुसंस्कृति विकास भएको छ । ठूला पार्टीले २ करोडभन्दा, ५ करोडदेखि १० करोडसम्म चुनावमा खर्च खर्छन् । सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा यही हो । आखिर, यत्रो पैसा कहाँबाट आयो ? सांसद भएपछि कानुनी रुपमा पाउने पारिश्रमिक भनेको ५ वर्षमा ४०–५० लाख रुपैयाँ हो । बाँकी पैसा कसरी र कहाँबाट व्यवस्थापन गर्छन् ? लुटेरबाहेक यो सम्भव नै छैन । तर, म पैसाबिना राजनीतिमा आएको छु । पैसाबिना राजनीति गर्न सकिन्छ भन्ने देखाउनु मेरो पहिलो काम हुनेछ । डनवाद र धनवादले होइन, इमान्दारिता र लगनशिलतासहितको एजेण्डा जनताकोमा लैजान्छु । यिनीहरुले (अरुले) राष्ट्र लुट्छन्, म तपाईंकै आँगनमा बसेर विकास निर्माणका काम गर्छु भन्दै जनतालाई बुझाउँदैछु । यो नै मेरो जितको आधार हो । 

आफ्नो जित कत्तिको सुनिश्चित देख्नुहुन्छ ?
मेरो जित सुनिश्चित छ । त्यो क्षेत्रका सबै जनताले बुझेका छन् । युवावर्गमा उत्साह छ मप्रति । अहिलेको राजनीतिक पद्धती र भ्रष्ट्राचारका कारण मानिस निरास छन् । योग्यताभन्दा पैसा खाएर नियुक्ती गर्नेजस्ता कुरा चिर्नुपर्ने छ । यो जनताले बुझेका छन् । त्यसैले मलाई उनीहरुले मतदान गर्छन् र म जित्छु ।  


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

​प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउछौँ – मुख्यमन्त्री राई

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च 

​हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

२६ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। “हाम्रो कर्णाली हामी आफैँ 

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top