syangyong
nlic

गर्भवती महिलाले भुलेर पनि खान नहुने यी कुराहरू


Friday, 13 Jul, 2018 10:33 AM
गर्भ अवस्थामा रहेका महिलाहरूलाई फरक फरक किसिमका खानेकुरा खान मन लाग्छ । कोही महिलालाई अमिलो पिरो खान मन पर्छ त कोही महिलालाई गुलियो । यस्ता चिजहरु खान मन लाग्ने सामान्य कुरा हो । कोही महिलाहरुलाई यस्तो पनि हुने गर्दछ, गर्भावस्था हुनु भन्दा पहिला मन नपर्ने चिजहरु गर्भावस्था पछि मन पर्ने गर्छ । यस्तो पनि देखिएको छ केही महिलाहरु माछा, मासु खान छाडेर शाहाकारी खाना मन पराउने गर्छन् । यो पनि मान्ने गरिन्छ आइरनको कमिको कारण गर्भवती महिलालाई अनेक किसिमका खानेकुराहरु खाने मन लाग्दछ । केही अध्ययनबाट शरिरमा जिनको कमिको कारण पनि गर्भवती महिलाहरूमा यस्तो किसिमको लक्षण देखा पर्ने पत्ता लागेको छ ।
तर केही चिजहरू यस्ता पनि हुने गर्छन् जसका कारण गर्भमा रहेको बच्चालाई खतरनाक हुन सक्दछ । यदि तपाई गर्भावस्थामा हुनुहुन्छ भने केही त्यस्ता चिजहरु नखानुहोस् जसबाट तपाई र तपाईको बच्चा दुवैलाई बेफाइदा हुने गर्छ । 

जङक फुड
गर्भावस्थामा रहेका कैयौँ महिलाहरु जङ्क फुड धेरै मन पराउनुका साथै खाने पनि गर्छन् । तर बजारमा प्राप्त हुने सबै जङक फुड फाइदाजनक हुँदैनन् । केही जङक फुडले शरिरमा न्यूट्रियइटस्को मात्रा कमी हुने गर्दछ, जसको कारण गर्भवती महिलाको स्वास्थ्यमा नोक्सान पुर्याउने गर्दछ । त्यसैले यो अवस्थामा रहेका महिलाहरुले जङक फुडहरु खानुको सट्टा पौष्टिक खानाहरु खान उपयुक्त हुन्छ ।

काटेर राखेको फलफूल र सलाद 
गर्भवती अवस्थामा हरियो सागपात र फलफूल खानाले बच्चा र आमा दुवैलाई फाइदाजनक हुन्छ । तर यस अवस्थामा रहेका महिलाहरूले लामो समय काटेर राखेको फलफूल तथा सलादहरु खानु हुदैँन किनकी यसरि लामो समय काटेर राखेको चिजहरुमा ब्याक्टेरिया (किटाणु) रहन सक्ने सम्भावना बढि मात्रामा हुने हुदाँ ताजा फलफूल, सलाद र हरियो तरकारी खानु पर्दछ ।

कफी
गर्भावस्थामा रहेका महिलाहरूलाई एक कप कफी पिउनाले धेरैनै राहात मिल्ने गर्छ । तर धेरै महिलाहरूलाई थाहा छैन होला कफिमा हुने कैफिनले गर्भमा रहेको बच्चालाई ज्यादा खतरा त हुन्छ नै यसबाट बच्चाको तौल पनि कम हुन्छ । धेरै कफि पिउनाले गर्भवती महिलाको प्रेशर बढ्नुका साथसाथै बार बार पिसाब लाग्ने गर्दछ, जसकारण शरिरमा पानिको मात्रा कमि भई डिहाइड्रेशनको शिकार बन्न सक्ने सम्भावना बढि हुन्छ ।
डेरी उत्पादित पदार्थ
गर्भवती महिलाहरूलाई डेरी उत्पादन भएका पदार्थहरु दूध, दही, घ्यू इत्यादि खानाले धेरै लाभदायक हुने मान्ने गरिन्छ  । तर यसरी डेरिमा उत्पादन भएका पदार्थहरुमा असुरक्षित हुनुका साथै ब्याक्टोरिया (किटाणु) प्राप्त हुन्छ । यसबाट फुड पोइजन, डाइरिया, ऐठन र बान्ता हुन सक्दछ, जसकारण गर्भवती महिलाको डिहाइड्रेसन, ज्यादा थकाई अथवा किड्नी फेल हुने बढि खतरा हुन्छ ।

काँचो मासु
केही गर्भवती महिलाहरु काँचो मासु खान रुचाउँछन् । तर यस प्रकारका खानाका चिजहरुमा भारी मात्रामा ब्याक्टोरिया (किटाणु) र प्यारासाइट प्राप्त हुन्छ । विशेष त काँचो खानाका चिजहरु स्वस्थ मानिसको लागी त एकदम खतरनाक हुन्छ भने तपाई आफैँ सोच्नुहोस् गर्भवती महिलाहरुलाई कति खतरनाक हुन्छ । त्यसैले यस अवस्थामा रहेका महिलाहरुलाई पाकेको मासु खान उपयुक्त हुन्छ ।

माछा
माछा खानाले गर्भमा हुर्किरहेको बच्चा र आमा दबैलाई धेरै फाइदाजनक हुने गर्छ । तर बजारमा विभिन्न किसिमका माछाहरु पाइन्छन् । जसमध्ये केही माछाहरु खान गर्भवती महिलाहरूका लागी हानिकारक हुन्छन् । यस अवस्थामा रहेका महिलाहरूलाई बङगाली माछा, ह्वाइट टूना, स्वर्ड माछा र शार्क माछाहरु खान सुरक्षित र बढि उपयुक्त हुन्छ ।

अल्कोहल
अल्कोहल एउटा यस्तो चिज हो, जुन गर्भावस्थामा रहेका महिलाहरूले बिल्कुल सेवन गर्नु हुदैन । यसको सेवन गर्नाले गर्भमा रहेको बच्चालाई मात्र नभई तपाईको पुरै जिन्दगीमा असर पर्दछ । यदि तपाईहरूमा अल्कोहल छोड्नै नसक्ने समस्या भए डाक्टर सँग सल्लाह गरेर मात्रै यसको प्रयोग गर्नुहोस् । 
 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​निर्वाध यातायात चल्ने वातावरण बनाउन माग

७ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्नु हुँदै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।सांसद दिलकुमारी रावलले बडादशैँको मुखमा यातायात सञ्चालनमा समस्या आएकाले निर्वाध चल्ने वातावरण मिलाउन सरकारसँग माग गरेकी छिन्।सांसद नैनकला भट्टराई र प्रकाश पन्थले अपाङ्गता भएकालाई परिचयपत्र उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छिटो पहल गर्नुपर्ने

​लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ : वरिष्ठ नेता पौडेल

५ असोज, लिस्बन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता पौडेलले काङ्ग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा पर्ने विचार व्यक्त गरेका

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

अन्तर्राष्ट्रिय

माल्दिभ्सको राष्ट्रपति चुनावमाविपक्षी नेता सोलिहद्वारा जीतको दावी

माल्दिभ्स । माल्दिभ्समा भएको राष्ट्रपति चुनावमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिहले आफ्नो जितको दावी गरेका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार सोलिह वर्तमान राष्ट्रपति अब्दुला यामीनभन्दा अगाडि छन् । ‘माल्दिभ्स इन्डिपेन्डेट’ वेबसाइटका अनुसार कुल४ सय ७२ ब्यालेट बाकस मध्ये ४ सय ३७ बाकसको मतगनणा भइसकेको छ । 

​तान्जानियाको भिक्टोरिया तालमा पल्टेको डुङ्गाको व्यवस्थापकलाई पक्राउ गर्न आदेश

तान्जानिया । तान्जानियाका राष्ट्रपति जन मागुफुलीले तान्जानियाको भिक्टोरिया तालमा पल्टेको डुङ्गाको व्यवस्थापनमा संलग्न सबैलाई पक्राउ गर्न आदेश दिनुभएको छ । एमभी न्यरी नाम गरेको त्यो डुङ्गा पल्टिँदा अहिलेसम्म कम्तीमा २ सय ७ जनाको मृत्यु भएको छ । एउटा टेलिभिजन कार्यक्रममा बोल्दै मागुफुलीले लापरवाही र क्षमताभन्दा बढी यात्रु बोकेका कारण सन्तुलन गुमाएपछि एमभी न्यरीको दुर्घटना भएको बताउनु भएको हो । 

​चीनमाथि अमेरिकाको सैन्य प्रतिबन्ध, प्रतिबन्ध हटाउन चीनको कडा चेतावनी

न्युयोर्क । अमेरिकाले चीनमाथि सैन्य प्रतिबन्ध लगाएको छ । चीनले रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएको हो । चीनले भने अमेरिकालाई प्रतिबन्ध तत्काल नहटाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले निकै कडा भाषामा चीन आवश्यक परे जवाफी कदम के हुन्छ भन्नेमा निकै प्रष्ट रहेको जनाएका छन् ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top