esewa

पाका महिला गर्भवती हुनु कत्तिको जोखिमपूर्ण?


Thursday, 23 May, 2019 3:55 PM
छोरीको मृत्युले शोकाकुल भएकी बेलायतकी एक महिला छोरीको अन्डामार्फत आफू गर्भवती हुन चाहान्छिन् । अर्थात छोरीको अन्डालाई प्रयोग गरी हजुरआमा बन्न चाहान्छिन् । के यस्तो गर्भ बोक्दा खतरा छैन त ? सामान्यतया युवतीहरुको तुलनामा वृद्ध महिलाहरु बच्चा जन्माउने दृष्टिकोणले उच्च खतरामा हुन्छन् । तर ५० वर्षमाथिका महिलाहरु इन भाइट्रो फर्टिलाइजेसन (आइभीएफ) माफर्त गर्भवती हुने गरेका छन् ।
लामो समय बच्चा नभएका महिलाहरु आईभीएफमार्फत उपचार गरिरहेकै बेला पाका महिलालाई पनि यो उपाचार पद्धति निकै प्रभावकारी भएका उदाहरण पाइन्छन् ।

तर बेलायती महिला (श्रीमति एम) ले आफ्नी दिवंगत छोरीको इच्छा पुरा गर्न चाहेको बताउछिन् । छोरीको आज भन्दा पाँच वर्ष अगाडि (सन् २०११) मा बाउल क्यान्सर भएर २८ वर्षमा निधन भएको थियो । मृत्यु अगाडि उनले आफ्नो अन्डालाई भन्डारण केन्द्रमा चिस्याएर राखेको न्युर्योकटाइम्सले जनाएको छ । छोरीको चिस्याएको अन्डालाई न्युर्योकमा लैजान पाउँ भनि श्रमिती एमले गरेको  निवेदनलाई गत जुन ३० बलायतको अदालतले अनुमति दिएको छ ।

न्युर्योकमा उनले कुनै डोनरले दिने वीर्यलाई छोरीको अन्डामार्फत हजुरआमा बन्ने योजनामा छन् । सो भ्रुणलाई ती महिलाको पाठेघरमा राखिनेछ ताकी उनी हजुरआमा बन्नेछिन् ।

यदि श्रीमति एम आफ्नो योजनामा सफल भइन भने निश्चय नै उनी कोखबाटै नाती जन्माउने विश्वकै पहिलो पहिलो महिला हुनेछिन्। सन् २०११ मा भर्जि्नियाकी ६१ वर्षीय महिलाले आफ्नी ३५ वर्षकी छोरी र ज्वाईको गर्भ आफ्नो पाठेघरमा राखेर हजुरआमा बनेकी थिइन्। छोरीमा मिसक्यारियजको समस्या देखिएपछि उनकी  आमाले गर्भ बोकेकी थिइन् । त्यस्तै यस वर्षको सुरु तिर एक महिला छोरीको गर्भधारण गरी आमा बनेकी थिइन् ।

आमा बन्न चाहने वृद्ध महिलाले गर्भवती अवस्थामा धेरै कठिनाइ सामना गरेका छन् । सन् २०१० मा इजरायलमा गरिएको एक अध्ययनमा युवतीहरुको तुलनामा ४५ वर्ष काटेका महिला गर्भवती हुँदा उनीहरुलाई गेस्टसनल डायबिटिज र उक्तरक्तचापको शिकार हुने तीन गुण बढी सम्भावना हुन्छ ।

अझ बृद्ध अवस्थामा आमा बन्न चाहने महिलाको कोखलाई पिम्याचुअर वर्थले तुहाइदिएको अध्ययनमा उल्लेख छ । उनीहरुलाई प्राय सी सेक्सन डेलिभरीको आवश्यकता दर्शाइएको थियो । पाका महिला गर्भवती हुँदा उनीहरुको मुटु र रक्तनलीले थप रगत पम्प गर्न सक्दैन की भन्ने चासो र चिन्ता पनि उत्तिकै भएको युनिभर्सिटी अफ शिकागेका चिकित्सक डा. डेभिड कोहेन बताउँछन् ।

किनकी गर्भवती अवस्थामा महिलाको रगतको मात्र करिब दोब्बर हुनुपर्छ । पाका महिलाको रक्त नली तन्किने सम्भावना कम हुने हुँदा उनीहरुलाई उक्त रक्तचापको खतरा बढी हुन्छ ।

यसका बाबजुद पनि केही महिलाले वृद्ध अवस्थामा पनि आइभीएफमार्फत सन्तान जन्माउन सफल भएका छन् । सन् २०१२ मा गरिएको एक अध्ययनमा पनि अनुसन्धानकर्ताहरुले आइभीएफ मार्फत सन्तान उत्पान गरेका ५० वर्षमाथिका १०० महिलाको केसको अध्ययन गरेका थिए ।
आइभीएफ अगाडि महिलाहरुको गहिरो स्वास्थ्य परीक्षण गरिएको थियो । मुटुको अल्टासाउन्डलगायतका शारिरिक र मानसिक स्फूर्तीपनको विस्तृत परीक्षण गरिएको थियो ।

पाका महिलामा उच्च दरमा गेस्टेस्नल डायबिटिज भएको र समय नै नपुगी सन्तान जन्माएका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका थिए । पाका गर्भवती महिलामा सानो उमेरमा नै गर्भवती हुने अन्य महिलाको तुलनामा बढी रक्तचापको समस्या देखिएको थियो । त्यस्तै ८० प्रतिशत पाका गर्भवती महिलाको सी सेक्सनमार्फत बच्चा जन्माइएको थियो ।

उमेरले डाँडो काटेसँगै स्वभाविक रुपमा महिलाको कोखमा पनि परिवर्तन आउँछ । भ्रुणको वृद्धिको लागि कोखपनि उर्वर हुनुपर्छ , कोलम्बिया युनिर्भ्सिटी मेडिकल सेन्टरका प्रजनन तथा बाँझोपन उपचार शाखाका चिकित्सक डा मार्क साउर भन्छन् । पाका महिला गर्भवती हुनुअगाडि होल बडी चेक गर्नुपर्ने उनको सुझाव छ ।

पाका महिलामा उच्च दरमा गेस्टेस्नल डायबिटिज भएको र समय नै नपुगी सन्तान जन्माएका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्  । पाका गर्भवती महिलामा सानो उमेरमा नै गर्भवती हुने अन्य महिलाको तुलनामा बढी रक्तचापको समस्या देखिएका छन् । ८० प्रतिशत पाका गर्भवती महिलाको सी सेक्सनमार्फत बच्चा जन्माइएका छन् ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

विप्लव समूहका जनसरकार प्रमुख पक्राउ

६ भदौ काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाल पक्राउ परेका छन्। बिहीबार राति उनलाई सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै पक्राउ गरिएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी अनुसन्धान थालिएको उनले बताए। ढकालसँगै पश्चिम नवलपरासीमा विप्लव 

​पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा

६ भदौ, बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् । नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जितेका पाँच वडाध्यक्षले राजीनामा पेश गरेको वडा नं ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए । 

विप्लवका नवलपरासी जनसरकार प्रमुख पक्राउ

६ भदौ, नवलपरासी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् । सुनवल नगरपालिका–१३, बडेरास्थित घरबाटै  विहीबार राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय, पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान थालिएको उनले बताए । पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् ।
 

अन्तर्राष्ट्रिय

काश्मीर मामिलामा भारतलाई बंगलादेशको समर्थन

४ भदौ, काठमाडौं । दक्षिण एशियाली मुलुक बंगलादेशले काश्मीर मामिलालाई लिएर भारतको समर्थन गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकर बंगलादेशबाट नेपाल आइनपुग्दै बंगलादेशको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी भारतको समर्थन गरेको हो । संविधानको धारा ३७० लाई निस्तेज गर्ने कार्य भारतको आन्तरिक मामिला भएको समेत वक्तव्यमा जनाइएको छ । उसले वक्तव्यमा क्षेत्रीय शान्ति र स्थिरताका लागि त्यसले मद्दत गर्ने समेत बताएको छ । 
 

इरानी पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रह जिब्राल्टरद्धारा अस्वीकार

२ भदौ, काठमाडौं । गत जुलाइमा पक्राउ परेको पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको छ । अमेरिकाले उक्त जहाजलाई सिरियाका लागि तेल ओसारपसारमा लागेको आरोप लगाए पनि पुष्टि नभएको भन्दै जिब्राल्टले अमेरिकी आग्रह अस्वीकार गरेको हो । ग्रेस वान पानी जहाजलाई छाड्ने निर्णय भएको एक दिन पछि अन्तिम समयमा अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको हो । इरानविरुद्ध अमेरिकी प्रतिवन्ध लागू नहुने भएकाले अमेरिकी आग्रह मान्न नसकिएको जिब्राल्टले स्पष्ट पारेको छ ।

 

हङकङमा प्रदर्शन थामिएन, चिनियाँ सेना परिचालन गर्ने तयारी

२ भदौ, काठमाडौं । हङकङमा बिगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरु फेरि प्रदर्शनमा उत्रिएका छन् । स्थानीय भिक्टोरिया पार्कमा भेला भई उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको परवाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकार बिरुद्ध चर्को नारा लगाएका थिए । गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो । नागरिक समाज र मानव अधिकारवादी संस्था सी.एच.आर.एफले प्रदर्शन आयोजना गरेको हो ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top