मरेपछि स्वर्ग र नर्कको हिसाब किताब !


Saturday, 3 Feb, 2018 1:22 PM
गरुण पुराणमा जीवन, मरण र कर्मफलको बारेमा धेरै कुरा पढ्न पाइन्छ । यसै कारण त हिन्दू धर्म मान्नेहरु घरमा कुनै सदस्यको मुत्युको शोकमा गरु यसै कारणले गर्दा घरमा कुनै पनि सदस्य मर्दा शोकको समयमा गरुण पुराण पाठ गराइन्छ । 

१८ वटा पुराणहरुमध्ये गरुण पूराणको छुट्टै विशेष महत्व मान्छन् हिन्दूहरु । किनभने यसको देवता स्वयं विष्णुलाई मानिन्ट्टै विशेष महत्व मान्छन् हिन्दूहरु । किनभने यसको देवता स्वयं विष्णुलाई मानिन्छ । यो पुराणमा विशेषता मुत्युसँग जोडिएको धेरै रहस्यबारे ज्ञान प्राप्त हुन्छ ।


विष्णुका २४ अवतारको वर्णन 
गरुण पुराणमा भगवान् विष्णुको भक्तिको वर्णन गरिएको छ । यसमा उनका २४ अवतारबारे पनि खुलाइएको छ । साथै अन्य देवीदेवताबारे पनि वर्णन गरिएको छ । 

दुई भागमा विभाजन 
गरुण पुराण मा १९ हजार श्लोक थिए । तर, अहिले १७ हजारमात्रै श्लोक उपलब्ध छन् । यो पुराणलाई दुई भागमा बिभाजन गरिएको छ । पहिलो भागमा विष्णु भक्ति र उपासनाका बिधिहरु उल्लेख गरिनुका साथै मुत्युपछि यो पुराण पाठ गर्नुको प्रावधानबारे चर्चा पारिएको छ । त्यसैगरी दोस्रो भागमा नर्क र त्याहाँ दिइने सजायबारे चर्चा गरिएको छ । 

जीवन र मृत्युचक्र
यो ग्रन्थमा मृत्युपछिका घटनाहरु, प्रतेय लोक, यम लोक, नर्ग तचा ८४ लाख जुनीको नरक स्वरुपी जीवनबारे विस्तारमा वर्णन गरिएको छ । 

चार प्रकारका आत्मा
पृथ्वीमा चार प्रकारका आत्माहरु बास गर्छन् । केही मानिसहरु राम्रो र नराम्रो भावबाट टाढा बसेका हुन्छन् । यस्ता आत्मालाई पनर्जन्म लिनु पर्दैन । 

पृथ्वीमा त्यस्ता व्यक्ति पनि हुन्छन् जसले राम्रो र नराम्रोको भावलाई समान दृष्टिले हेर्ने गर्छन् । यस्ता मान्छेहरु पनि जन्म मृत्युको बन्धनबाट टाढै हुन्छन् ।

साथै तेस्रो प्रकारका व्यक्तिहरु साधारण हुन्छन् जसमा राम्रोको भाव पनि हुन्छ र नराम्रोको भाव पनि हुन्छ । दुवै भावको मिश्रण भएको हुनाले उनीहरु मृत्युलगत्तै कसै न कसैको गर्भमा बास लिन पुग्छन् ।

सजाय र यातना
प्रायः मानिसको मनमा आउने पहिलो प्रश्न हो, मृत्युपछि के हुन्छ त ? यसलाई पनि तीन भागमा विभाजन गरिएको छ । 

पहिलो, मानिसहरुले गरेका सबै राम्रा र नराम्रा कामको फल यसै जन्ममा मिल्छ । 

दोस्रो, मृत्युपछि मानव विभिन्न ८४ लाख जुनीमध्ये एकमा आफ्नो कर्मअनुसार जन्म लिन्छन् ।

तेस्रो, मानिसहरु आफ्नो कर्मअनुसार स्वर्ग या नर्कमा जान्छन् । 

नर्कमा पुगेपछि जीवनमा गरेको पापअनुसार कसरी यमराजका दासहरुले सजाय र यातना दिन्छन् भन्ने बारेमा गरुण पुराणको दोस्रो अध्यायमा चर्चा गरिएको छ । ती सजायमध्ये केहीको बारेमा तल चर्चा गरिएको छ ।

तामिस्र
अपराध–
जो व्यक्ति अरुको सम्पत्ति हडप्ने प्रयास गर्छन्, जस्तैः चोरी र लुटपाट गर्नु । उनीहरुलाई तामिस्रमा यमराजले सजाय दिन्छन् ।
दण्ड– नर्कमा पीडितको शरीरबाट रगत बगेर बेहोस नहुन्जेलसम्म फलामको लौरोले पिट्ने गरिन्छ ।

अन्धामित्रम्
अपराध–
जो पति पत्नी आफ्नो सम्बन्धलाई इमान्दारीपूर्वक ननिभाई एक अर्कालाई धोका दिन्छन्, उनीहरुलाई अन्धामित्रमको सजाय दिने गरिन्छ ।
दण्ड– यसमा पनि पीडितलाई तामिस्रको जस्तै पिडा दिने गरिन्छ । फरक यति मात्र हो कि यसमा पीडितलाई डोरीले बेहोस नहुन्जेलसम्म कँसेर बाँधिन्छ ।

राउरबम
अपराध– जो मानिस अर्काको सम्पति र संसाधनको आन्नद लिन्छ ।
दण्ड– यसमा निकै नै डरलाग्दा सर्पहरुले सजाय दिने गर्दछन् । जसमध्ये पनि रुरु नामको नागिनले पीडितलाई तबसम्म सजाय दिइरहन्छे, जबसम्म उसको समय समाप्त हुँदैन । 

महाररुरवं
अपराध–
अर्काको सम्पत्ति नष्ट गरिदिनु, कसैको सम्पत्तिमा अवैध कब्जा गराउनु, अर्काको हक अधिकार खोस्नुका साथै अर्काको सम्पत्ति खोसेर उसको परिवार नै सक्काउनु ।
दण्ड– बिषालु सर्पहरुलाई डसाइन्छ ।

कुम्भीपाकम
अपराध– मज्जा लिनको लागि जनावरको हत्या गर्ने ।
दण्ड– नर्कमा तातो तेलको भाँडोमा उमालिन्छ ।

असितपात्र
अपराध–
आफ्नो कर्तव्य परित्याग गर्नु, भगवानको आदेश नमान्नु र धर्मको उल्लंघन गर्नु ।
दण्ड– आसिपत्रबाट बनेको चक्कुले पीडित बेहोस नभएसम्म हान्नु ।

सुकरममुखम
अपराध– कर्तव्यहरु त्याग्नु, कुशासनले आफ्नो व्यक्तिलाई सताउनु, निर्दोष मानिसलाई सजाय दिनु र गैरकानुनी गतिविधि गर्नु ।
दण्ड– यस्ता व्यक्तिलाई जमिनमा भासिने गरेर कुल्चिने र जनावरहरुको धारिलो दाँतले घोच्ने सजाय दिइन्छ ।

अन्धकूपम
अपराध– संसाधन भएर पनि जरुरत परेकाहरुलाई सहायता नगर्नुका साथै राम्रा मानिसहरु माथि अत्याचार गर्नु ।
दण्ड– जंगली जनावरहरु भएको स्थानमा छोडिदिनु, सिंह, बाघ, बाज, सर्प र बिच्छीजस्ता विषालु जनावर भएको कुवामा फल्नु ।

अग्निकुण्डम
अपराध–
बलपूर्वक अरुको सम्पत्ति चोर्नु, सुन र गरगहना चोर्नुका साथै अरुको अनुचित फाइदा उठाउनु ।
दण्ड– यस्ता व्यक्तिलाई हातखुट्टा बाँधेर आगोमा फालिदिनु ।

कृतिभोजनम
अपराध–
पाहुनाको अपमान गर्नु र आफ्नो फाइदाको लागि अर्कालाई प्रयोग गर्नु । 
दण्ड– यस्तालाई किरा र सर्पहरुको बीचमा छोडिन्छ ।

गरुण पुराणमा यस्ता २८ अपराध र सजायको बारेमा बताइएको छ । यमलोकमा यसरी दुष्ट आत्माहरुलाई यातना दिने गरिन्छ ।

सन्देश
गरुण पुराणको समस्त कथाहरु रु उपदेशहरुको सार यो नै हो कि हामीले आसक्तिको त्याग गरेर वैराग्यतिर लाग्नु पर्दछ । साथै सांसारिक बन्धनहरुबाट मुक्त पाउनको लागि एकमात्र परमात्माको शरणमा जानुपर्दछ । 

 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

चीनमाथि अमेरिका, बेलायत र क्यानडाको एकसाथ दबाब, गतिरोध चर्किने संकेत

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक आदेश पारित गर्दै हङ्गकङको विशेष दर्जा समाप्त गरेको जानकारी दिएका छन् ।राष्ट्रपति ट्रम्पको व्यवहार चीनप्रति लगातार कडा हुँदै गएको छ ।ह्वाइट हाउसमा पत्रकासँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले भने, ‘अब अमेरिकाले चीनसँग जस्तो व्यवहार गर्दै आएको छ, हङ्गकङसँग पनि ठ्याक्कै त्यस्तै गर्नेछ ।’ ट्रम्पले हङ्गकङमा अधिकारको उल्लंघन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने नयाँ अध्यादेश पारित गरेको पनि जानकारी दिएका छन् ।

विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने योजनाबाट पछि हट्यो ट्रम्प प्रशासन

३१ असार, काठमाडौँ ।
कोरोनाभाइरस महामारीका कारण पूर्ण रूपमा अनलाइनमा सञ्चालित कोर्सका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्ना देश पठाउने योजनालाई अमेरिकाले रद्द गरेको छ।  राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने नियम ल्याएकोमा चौतर्फी आलोचना भएपछि ट्रम्प प्रशासन पछि हटेको हो ।  सरकारको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालय र मासाचुसेट्स इन्स्टिच्युड अफ टेक्नोलोजीले 

प्रहरी इन्काउन्टरमा श्रीमान् मारिएकोमा श्रीमती नै खुसी !

२७ असार, काठमाडौं । भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरियो । उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए। त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। त्यस क्रममा पत्रकारले दुबेकी पत्नी ऋचालाई आफ्ना पतिको इन्काउटर गरिएकोबारे जिज्ञासा राखेका थिए।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top