siddhartha
gharjaggakosathi

​गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण एक वर्षभित्र पूरा हुने


Sunday, 14 Jan, 2018 12:51 PM
३० पुस, भैरहवा । पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकामा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ । अब चिनिया कम्पनी आफैंले पर्याप्त जनशक्ति थपेर कामलाई तीव्रता दिएपछि विमानस्थल निर्माण समयमै सम्पन्न हुनेमा आशा पलाएको हो । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व। सुशील कोइरालाले शिलान्यास गरेका थिए । तीन वर्ष अर्थात २०७४ पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने गरी आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भएपनि विभिन्न अवरोधका कारण अहिलेसम्म समग्रमा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले जानकारी दिए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले अहिले सन्तोषजनक रुपमा गति लिएका कारण आगामी एक वर्षभित्र आयोजनाको सम्पूर्ण काम सकिने दावी गरे । उनले भने – “निर्माणाधीन विमानस्थलभित्रको सबैजसो अप्ठेरा कामहरु सकिएको छ । त्यसैले अबको एक वर्षभित्र विमानस्थलको काम सकिनेमा सबै ढुक्क हुन सकिन्छ ।” 

उनका अनुसार निर्माण कार्यअन्र्तगत अहिलेसम्म प्रशासनिक भवन, इलेक्ट्रिक सवस्टेशन, सुरक्षा भवनको ‘फिनिसिङ’ बाहेकको निर्माण कार्य सकिएको छ भने अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको काम लगभग सकिनै लागेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको ढलान एक महिनाभित्र सकिने आयोजना प्रमुख शर्माले जानकारी दिए । अहिले ३ किलोमिटर लम्बाइ रहेको धावन मार्गको निर्माण कार्यअन्तर्गत सव बेस लेयर हाल्ने काम शुरु भएको छ । धावन मार्गको ३५ प्रतिशतभन्दा बढी काम सकिएको छ भने माटो फिलिङसहित दुई फुट बाक्लो प्रि–सव बेसको काम सम्पन्न भएको छ । अब वेस र पीचको काम मात्रै बाँकी रहेको छ । त्यसैगरी, अग्नि नियन्त्रण कक्षको पहिलो तल्लाको काम पनि भइरहेको छ । आठ तल्ला अग्लो कन्ट्रोल टावरको काम पनि तीव्र गतिका साथ भइरहेको र वैशाखभित्र यी सबै भौतिक संरचनाको काम ५० प्रतिशतभन्दा बढी सकिसक्ने इन्जिनियर विजय शाक्यले जानकारी दिए उनका अनुसार विमानस्थल निर्माणमा अहिले १५० देखि २०० जना दक्ष जनशक्तिले काम गरिरहेका छन् । 

विमानस्थल निर्माण कार्यअन्र्तगत अहिले निर्माण भइरहेको धावन मार्ग १ दशमलव २५ मिटर उचाइ, ३ हजार मिटर लम्बाइ तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुबै किनारमा १५/१५ मिटर छाडिने छ । तीन हजार मिटर लामो धावन मार्गको दुवैतिर ३००/३०० मिटर विमान सुरक्षाका लागि रन वे एण्ड सेफ्टी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ जुन काठमाडौँमा अहिले आएर मात्रै बनाइँदै छ । स्तरोन्नतिपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्पको रुपमा प्रयोग गरिने आयोजनाको दावी छ । अहिलेको विमानस्थलको धावन मार्ग १ हजार ५ सय २४ मिटर लामो र ३० मिटर चौडा छ । आयोजना निर्देशक शर्माका अनुसार अहिलेको गौतमबुद्ध विमानस्थलमा एटिआर, बीचक्राफ्ट जस्ता साना हवाईजहाजहरुका लागि हो भने स्तरोन्नति पछि बोइङ्ग, एयरबस जस्ता ठूला विमानहरुलाई पनि काठमाडौको विकल्पको रुपमा भैरहवा उतार्न सकिने छ । 

दक्षिण एशियाकै पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार आयोजनाअन्तर्गत एशियाली विकास बैंकको अनुदान तथा कर्जामा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गर्न नेपाल सरकारले चिनिया कम्पनी नर्थवेस्ट सिभिल एभिएशन विमानस्थल निर्माण समूहलाई ग्लोबल टेण्डरमार्फत ठेक्का दिएको हो । मूल्य अभिवृद्धि करसहित कूल करार मूल्य ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २८ रुपैयाँ रहेकामा एशियाली विकास बैंकको १८ प्रतिशत अनुदान तथा ४० दशमलव ५ प्रतिशत कर्जा रहेको छ । यसैगरी, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोषबाट प्राप्त ३० दशमलव ५ प्रतिशत कर्जा र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानस्थल निर्माण हुँदैछ । 

करिब ११ हजार रोपनीमा निर्माण भइरहेको यो विमानस्थलको सम्पूर्ण निर्माण कार्य आगामी एक वर्षभित्र पूरा गर्ने तदारुकताका साथ आयोजना प्रमुख लागिरहेका छन् । उनका अनुसार विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएका जग्गाका जग्गाधनीहरुलाई मुआब्जा दिने काम भइरहेको छ । अधिग्रहण गरिएका ७ हजार कित्ता जग्गामध्ये एक हजारभन्दा बढी कित्ताको मुआब्जा वितरण गरिइसकिएको छ । कूल तेइस अर्ब रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा अहिलेसम्म ४ अर्ब भन्दा बढी वितरण भइसकेको र वितरण कार्यलाई थप तीव्रता दिइएको आयोजना प्रमुख शर्माले जानकारी दिएका छन् । रासस
 


Ruslan

paicho

bussewa

राजनीति

झलनाथ खनालको खुलासा : ‘माघभित्रै एमाले–माओवादी एकता, नयाँ पार्टीको नाम नेकपा रहन्छ’

२ माघ,काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम एमाले वरिष्ठ नेता झलनाथ खनालले माओवादीसंगको पार्टी एकता माघभित्रै टुङ्गीने बताएका छन् । एक टेलिभिजनसंगको कुराकानीमा खनालले माघभित्रै दुवै पार्टी एक हुने बताएका हुन । 

प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने काँग्रेस नेताको चेतावनी

२ माघ,काठमाडौं । नेपाली काँग्रेसका नेता कालिबहादुर घर्तिमगरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । सशस्त्र युद्धका क्रममा पीडित बनेका सल्यानका काँग्रेस नेता कालीबहादुर घर्तीमगरले एक 

ईश्वर पोखरेलको प्रस्तावले वामदेव र प्रचण्डको सपना अधुरै,अब प्रचण्डले के गर्छन् वामदेवलाई ?

२ माघ,काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा हारेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जाने बाटो पनि बन्द भएको छ । एमालेले प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई राष्ट्रियसभाको उम्मेदवार नै नबनाउने निर्णय गरेपछि उनका लागि 

अन्तर्राष्ट्रिय

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच झडप हुदा ९ जनाको मृत्यु

२ माघ । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् ।

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top