syangyong
suzuki

बोइङ र एयरवसले उडान भर्नेछन् एक वर्षपछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा

दीपक घिमिरे


Sunday, 14 Jan, 2018 12:00 AM
 ३० पुस, लुम्बिनी ।  पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ ।

गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकामा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ । अब चिनिया कम्पनी आफैंले पर्याप्त जनशक्ति थपेर कामलाई तीव्रता दिएपछि विमानस्थल निर्माण समयमै सम्पन्न हुनेमा आशा पलाएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व. सुशील कोइरालाले शिलान्यास गरेका थिए ।

तीन वर्ष अर्थात २०७४ पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने गरी आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भएपनि विभिन्न अवरोधका कारण अहिलेसम्म समग्रमा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले जानकारी दिए । शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले अहिले सन्तोषजनक रुपमा गति लिएका कारण आगामी एक वर्षभित्र आयोजनाको सम्पूर्ण काम सकिने दावी गरे। उनले भने– ‘निर्माणाधीन विमानस्थलभित्रको सबैजसो अप्ठेरा कामहरु सकिएको छ । त्यसैले अबको एक वर्षभित्र विमानस्थलको काम सकिनेमा सबै ढुक्क हुन सकिन्छ ।’

उनका अनुसार निर्माण कार्यअन्र्तगत अहिलेसम्म प्रशासनिक भवन, इलेक्ट्रिक सवस्टेशन, सुरक्षा भवनको ‘फिनिसिङ’ बाहेकको निर्माण कार्य सकिएको छ भने अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको काम लगभग सकिनै लागेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको ढलान एक महिनाभित्र सकिने आयोजना प्रमुख शर्माले जानकारी दिए ।

अहिले ३ किलोमिटर लम्बार्इ रहेको धावन मार्गको निर्माण कार्यअन्तर्गत सव बेस लेयर हाल्ने काम शुरु भएको छ । धावन मार्गको ३५ प्रतिशतभन्दा बढी काम सकिएको छ भने माटो फिलिङसहित दुई फुट बाक्लो प्रि–सव बेसको काम सम्पन्न भएको छ । अब वेस र पीचको काम मात्रै बाँकी रहेको छ । त्यसैगरी, अग्नि नियन्त्रण कक्षको पहिलो तल्लाको काम पनि भइरहेको छ ।

आठ तल्ला अग्लो कन्ट्रोल टावरको काम पनि तीव्र गतिका साथ भइरहेको र वैशाखभित्र यी सबै भौतिक संरचनाको काम ५० प्रतिशतभन्दा बढी सकिसक्ने इन्जिनियर विजय शाक्यले जानकारी दिए । शाक्यका अनुसार विमानस्थल निर्माणमा अहिले १५० देखि २०० जना दक्ष जनशक्तिले काम गरिरहेका छन् ।

विमानस्थल निर्माण कार्यअन्र्तगत अहिले निर्माण भइरहेको धावन मार्ग १ दशमलव २५ मिटर उचाइ, ३ हजार मिटर लम्बाइ तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुबै किनारमा १५÷१५ मिटर छाडिने छ । तीन हजार मिटर लामो धावन मार्गको दुवैतिर ३००÷३०० मिटर विमान सुरक्षाका लागि रन वे एण्ड सेफ्टी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ जुन काठमाडौं अहिले आएर मात्रै बनाइँदै छ ।

स्तरोन्नतिपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्पको रुपमा प्रयोग गरिने आयोजनाको दावी छ । अहिलेको विमानस्थलको धावन मार्ग १ हजार ५ सय २४ मिटर लामो र ३० मिटर चौडा छ । आयोजना निर्देशक शर्माका अनुसार अहिलेको गौतमबुद्ध विमानस्थलमा एटिआर, बीचक्राफ्ट जस्ता साना हवाईजहाजहरुका लागि हो भने स्तरोन्नति पछि बोइङ्ग, एयरबस जस्ता ठूला विमानहरुलाई पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा भैरहवा उतार्न सकिने छ ।

दक्षिण एशियाकै पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार आयोजनाअन्तर्गत एशियाली विकास बैंकको अनुदान तथा कर्जामा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गर्न नेपाल सरकारले चिनिया कम्पनी नर्थवेस्ट सिभिल एभिएशन विमानस्थल निर्माण समूहलाई ग्लोबल टेण्डरमार्फत ठेक्का दिएको हो । मूल्य अभिवृद्धि करसहित कूल करार मूल्य ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २८ रुपैयाँ रहेकामा एशियाली विकास बैंकको १८ प्रतिशत अनुदान तथा ४० दशमलव ५ प्रतिशत कर्जा रहेको छ । यसैगरी, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोषबाट प्राप्त ३० दशमलव ५ प्रतिशत कर्जा र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानस्थल निर्माण हुँदैछ ।

करिब ११ हजार रोपनीमा निर्माण भइरहेको यो विमानस्थलको सम्पूर्ण निर्माण कार्य आगामी एक वर्षभित्र पूरा गर्ने तदारुकताका साथ आयोजना प्रमुख लागेको छ । विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएका जग्गाका जग्गाधनीहरुलाई मुआब्जा दिने काम भइरहेको छ । अधिग्रहण गरिएका ७ हजार कित्ता जग्गामध्ये एक हजारभन्दा बढी कित्ताको मुआब्जा वितरण गरिइसकिएको छ । आयोजना प्रमुख शर्माका अनुसार कूल तेइस अर्ब रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा अहिलेसम्म ४ अर्ब भन्दा बढी वितरण भइसकेको र वितरण कार्यलाई थप तीव्रता दिइएको छ ।
रासस


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो

१० असोज, पर्सा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताएका छन् । राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिए।उनले कर वृद्धिको आडमा लोकतन्त्र 

सरकार भ्रष्ट्राचारमा चुर्लुम्मम डुब्यो : मोहन बैद्य

९ असोज काठमाडौ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् । महासचिव बैद्यले सरकारले ७ महिनाको अवधिमा सुन तस्करीलाई नियन्त्रण गर्न नसकेको, बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।  मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना बाँडेर मुलुकलाई बर्बाद बनाएको दावी गरे ।  

सबै दल समृद्धितर्फ लाग्नुपर्छ : नेता बस्नेत

९ असोज सिन्धुपलाञ्चोक ।  नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले अब सबै राजनीतिक दल मुलुकको आर्थिक समृद्धिका लागि अग्रसर हुनुपर्ने बताएका छन् । ‘समुदाय र विपद् उद्धार समूह’ (सिडिआरटी) नामक गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा बाह्रबिसे नगरपालिका–४ अङ्गेरीपाखामा निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको सोमबार उद्घाटन गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व भएकाले अब कुनै पनि दललाई राजनीतिक विवाद

अन्तर्राष्ट्रिय

​फ्रान्सका राष्ट्रपतिबाट अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको आलोचना

न्युयोर्क । सयुक्त राष्ट्रसंघको महासभामा नेताहरुले एक अर्काप्रति आरोप लगाएका छन् । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई कडा प्रतिवाद गर्नु भएको छ । ट्रम्पको सम्बोधनलगत्तै महासभालाई सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति माक्रोंले सम्प्रभुताको सिद्धान्त अमेरिकाले सिकाउन नपर्ने बताउनु भएको छ । 

यौन दुर्व्यवहारको थप आरोप: क्याभानो "पछि नहट्ने"

​न्युयोर्क । अमेरिकी राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशका निम्ति मनोनयन गरेका ब्रेट क्याभानोले आफूविरुद्ध लागेको, उनकै शब्दमा, झुटा लाञ्छनाका कारण आफू पछि नहट्ने बताएका छन्। क्याभानोले विगतमा यौन दुर्व्यवहार गरेको आरोपहरू सार्वजनिक भइरहेका छन्। फक्स न्युज टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै क्याभानोले आफू पूर्ण निर्दोष रहेको दोहोर्‍याए।

माल्दिभ्सको राष्ट्रपति चुनावमाविपक्षी नेता सोलिहद्वारा जीतको दावी

माल्दिभ्स । माल्दिभ्समा भएको राष्ट्रपति चुनावमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिहले आफ्नो जितको दावी गरेका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार सोलिह वर्तमान राष्ट्रपति अब्दुला यामीनभन्दा अगाडि छन् । ‘माल्दिभ्स इन्डिपेन्डेट’ वेबसाइटका अनुसार कुल४ सय ७२ ब्यालेट बाकस मध्ये ४ सय ३७ बाकसको मतगनणा भइसकेको छ । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top