HIMALAYAN HYDRO
nlic

के तपाईंका बच्चा गे-लेस्बियन छन् ? गे–लेस्बियन ! कुनै रोग होइन, उपचारले काम गर्दैन


Thursday, 14 Jun, 2018 6:12 PM
‘उनको विवाह भन्दा पहिला हामीसँग जान्नुहोस’ यो दाबी हो दिल्ली गुडगाउँस्थित एक थेरापी सेन्टरको, जसको विज्ञापन एक नामी पत्रिकामा जुन १० मा छापिएको थियो । विज्ञापनमा यो पनि दाबी गरिएको थियो, उनीहरुले ‘ डिस्टेंस हिलिङ’द्वारा समलैंगिकताको ‘उपचार’ गर्दछन् । 
विज्ञापन देखेपछि ‘एलजीबीटी एक्टिभिस्ट’ हरिश अथ्यरले थेरापी सेन्टरमा फोन गरे 

हरिश आफैंलाई समलिंगी ठान्छन् । हरिशले पत्रिकामा दिएको नम्बरमा फोन गरे र आफू ‘गे’ हुनुको कारण सोधे । जवाफमा भनियो,उनले स्मार्ट फोन जस्ता इलेक्ट्रोनिक्स सामानको अत्यधिक प्रयोग गर्छन त्यसकारण समलिंगी बन्न पुगे । 

यो जवाफ सुनेपछि हरिशले सोधे, ‘मेरी आमा पनि फोनको प्रयोग गर्नुहुन्छ । के वहाँ पनि अब लेस्बियन बन्नु हुन्छ ? ’ जवाफ आयो, महिलाको साथ यस्तो हुँदैन । जवाफ दिनेले यत्तिमात्र भनेन,जुन केटाहरुलाई आमाको धेरै माया गर्छिन त्यस्ता केटाहरु पछि गएर गे बन्छन् पनि भन्यो । थेरापी सेन्टरको मान्छेले कयौं बलिउड हस्ती र नेताहरुको नाम लिएर उनीहरु ‘गे–लेस्बियन’ भएको दाबी समेत गर्यो । 
हरिशसँग यी सबै बातचितको पुरै रेकर्ड पनि सुरक्षीत छ । बीबीसीले पनि विज्ञापन र थेरापी सेन्टरले वेबसाइटमा दिएको नम्बरमा फोन गर्ने प्रयास गर्यो तर सबै फोन अफ थिए । 

के समलैंगिकता कुनै बिमारी हो ?

त्यसो त यो पुरा वाक्यको बीचमा जरुरी सवाल यो हो कि यस प्रकारको दाबीमा कत्तिको सत्यता छ ? के समलैंगिकता साँच्चिनै कुनै बिमारी हो ? के यसको उपचार गर्न सकिन्छ ? केही दिन पहिले ‘इन्डियन साइक्याट्रिक सोसाइटी’ले एक आधिकारिक वक्तव्यमा समलैंगिकतालाई बिमारीको रुपमा हेर्न बन्द गर्नुपर्ने बताएको थियो । सोसाइटीका अध्यक्ष डा. अजित भिडेले फेसबुकमा एक भिडियो पोस्ट गर्दै भनेका थिए,‘पछिल्लो ४०–५० बर्षमा यस्तो कुनै पनि वैज्ञानिक प्रमाण फेला परेको छैन जसले यो सावित गर्न सकोस कि समलैंगिकता एक बिमारी हो भनेर ।’ डा. भिडेले भने, समलिंगी हुनु भनेको केवल फरक हुनु मात्र हो । प्राकृतिक या असामान्य केही होइन । यसले के कुरा पुष्टि गर्छ भने, होमोसेक्शुअल, बाइसेक्शुअल या ट्रांससेक्शुअल हुनु कुनै विमारी होइन, यसकारण यसको उपचारको कुनै प्रश्न नै उठ्दैन । 

हार्मोन्सको गडबडीले समलैंगिकता ?
भारतीय समाजमा ‘एलजीबीटी’ समुदाय र समलैंगिकताको बारेमा यसको अलाबा अन्य मिथक पनि प्रचलनमा छन् । जस्तै, अक्सर मानिसहरुलाई लाग्छ हार्मोन्सको गडबडीले समलैंगिकतालाई जन्म दिन्छ । जबकि यस्तो होइन । 

स्वास्थ्य विशेषज्ञ र ‘एलजीबीटी’ मामिलाका जानकार डा. पल्लव पटनाकरका अनुसार,‘ कयौं मानिसलाई लाग्छ कि यदि पुरुष गे हुन्छ भने उसको शरीरमा एस्ट्रोजन( महिलाको शरीरमा पाइने हार्मोन) ज्यादा हुन्छ । त्यसैगरी कोही महिला लेस्बियन हुनुमा उसको शरीरमा ‘टेस्टोस्टेरोन’ ( पुरुषको शरीरमा पाइने हार्मोन्स) ज्यादा हुन्छ । साँचो कुरा त के हो भने यी हार्मोन्सको सेक्शुयालिटीसँग कुनै लिनुदिनु छैन । 

गे–पुरुष महिलाले जस्तै व्यवहार गर्छन ?
समलैंगिकताको बारेमा भनिने सुनिने केही यस्ता बेतुकको कुरा नीतिशले बीबीसीसँग बाँडे । १९ बर्षिय नीतिश समलिंगी हुन । उनले भने,‘मान्छेहरुलाई लाग्छ, हरेक गे–पुरुषको हावभाव महिलाकै जस्तो हुन्छ । लेस्बियन महिला हमेशा ‘रफ एन्ड टफ’ लुक्समा देखिन्छन् । उनीहरुले केटीले जस्तो कपडा लगाउँदैनन् । यो विल्कुल गलत हो । तपाईले कसैको हावभाव या कपडा लगाउने तरिकाले उसको सेक्शुयालीटीको बारेमा कसरी अन्दाज लगाउन सक्नुहुन्छ ?’ नीतिशले हालै रिलिज भएको फिल्म ‘वीरे दी वेडिंग’को उदाहारण दिए । फिल्मको एक सिनमा सोनम कपूरकी आमाले उनीसँग भन्छिन्,‘ यो के हो हमेशा प्यान्ट लगाइराख्ने ? लेस्बोझै लाग्छ । ’

गल्र्स कलेजमा पढ्दा लेस्बियन बन्छन् केटीहरु ?
यसको अलावा अन्य कयौं धारणाको बारेमा नीतिशले बताए जो ‘एलजीबीटी’ समुदायको बारेमा प्रचलित छ । 
नीतिश भन्छन्,‘ मैले सुनेको छु कि गल्र्स कलेजमा पढ्ने या गल्र्स होस्टेलमामा बस्ने केटीहरु लेस्बियन बन्छन् । त्यसैगरी ब्वाइज कलेजमा पढ्ने या ब्वाइज होस्टेलमा बस्ने केटाहरु गे–बन्छन् । जुन स्कुलमा केटा–केटीसँगै पढ्छन् त्यहाँ के कोही गे–या लेस्बियन हुँदैनन् ?’ योभन्दा अघि केरलाका एक प्रोफेसरले भनेका थिए, जिन्स लगाउने केटीहरुले ट्रांसजेन्डर बच्चाको जन्म दिन्छिन् । के यिनीमध्ये कुनै कुरा साँचो हो ? डा. पल्लब पटनाकरको स्पस्ट जवाफ छ– होइन । 

डा.पल्लव भन्छन्,‘ वास्तवमा विवाह र बच्चा पैदा गर्नु, यी दुई चिज समाजमा अनिवार्य बनाइएको छ । यदि कोही यी कुराहरुबाट पछि हट्यो भने उसलाई गलत सावित गर्ने कोशिस गरिन्छ । समलैंगिकतालाई पनि यसै कारण विमारी सम्झिइन्छ।’ उनी भन्छन्,‘पत्रिकामा छापिने यस्ता विज्ञापन या कुनै थेरापी सेन्टरको बहकाउमा आउनुभन्दा तपार्ईले समलैंगिकताको बारेमा पढ्नुहोस । यसबारेमा खुलेर कुराकानी गरौं र यो स्वीकार गरौं कि समलैंगिकता अप्राकृतिक या असामान्य होइन न त यो कुनै विमारी नै हो जसको उपचार आवश्यक होस । 


Ruslan

machha bank

ime

राजनीति

संस्कृतिको संरक्षणबाट सभ्य समाज निर्माण– मुख्यमन्त्री गुरुङ

१ माघ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृतिको संरक्षण संवर्द्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वको अवसरमा पोखरा–१७ ढुङ्गेसाँघु मेलास्थलमा सदा शिवजी हरिहर मन्दिर सिद्धगुफा वेदविद्याश्रम गुठी व्यवस्थापन समितिद्वारा आज आयोजित भजन प्रतियोगिता, सम्मान तथा वेदपाठ कार्यक्रममा उनले चार्डपर्व, जात्रा, मठमन्दिरसँग जोडिएका सभ्यतालाई समृद्धिसँग जोडनुपर्ने बताए

मुख्यमन्त्री पोखरेल : शुभकामना

१ माघ, काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताएका छन् ।मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पुर्याउँदै आएको विश्वास व्यक्त गरेका छन् ।शुभकामना सन्देशमा विविधतायुक्त

पर्यटन क्षेत्रको नीतिगत सुधार गर्न सङ्घीय संसद् तयार : सभामुख महरा

१ माघ, काठमाडौं । सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताएका छन् ।नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२औँ वार्षिक साधारणसभाको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । ‘विश्वभरका पर्यटकलाई नेपालका बारेमा प्रचारप्रसार गरी नेपाल आउन अभिप्रेरित गर्ने कार्यमा सक्रिय नाट्टाले

अन्तर्राष्ट्रिय

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

१ माघ, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन्  । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै

राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरिया व्यापारमा मन्दी

३० पुस, बेइजिङ । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ ।उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो । तर, सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पश्चात चीनले पनि राष्ट्रसङ्घीय प्रतिबन्धलाई आत्मसात गरेको थियो । व्यापारमा प्रतिबन्धहरु लागेसँगै सन् २०१७ को तुलनामा गत 

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको आशंका

३० पुस, तेहरान । इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उक्त विमान कार्गो विमान रहेको भए पनि त्यस विमानमा १६ जना व्यक्ति रहेको आशंका गरिएको छ । तर त्यस विमानमा १० व्यक्तिमात्र सवार रहेका अर्को एक समाचारमा जनाइएको छ । तर इरानी सेनाले दिएको जानकारीअनुसार सो विमानमा १६ व्यक्ति सवार रहेका थिए र तीमध्ये त्यस उडानका एकजना उडान

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top