esewa

काठमाडौं महानगरपालिकाले तोक्यो घडेरीको मूल्य, कुन ठाउँमा कति ?


Wednesday, 26 Jun, 2019 4:44 PM
११ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले काठमाडौँ भित्रका १ सय ७७ स्थानको घडेरीको मूल्य सार्वजनिक गरेको छ । महानगरपालिकाको प्रमुख सडक र सडकको दायाँबायाँ जग्गाको सम्पत्ति कर मूल्याङ्कनका लागि घडेरीको मूल्य निर्धारण गरेको हो । महानगरले पेश गरेको  आर्थिक वर्ष २०७६ ÷०७७ को बजेटमा घडेरीको मूल्य सार्वजनिक भएको हो । यही मूल्यका आधारमा महानगरले कर उठाउनेछ । काठमाडौँ उपत्यकामा घडेरीको मूल्य निकै महङ्गो छ । महानगरले प्रतिआना ४ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको मूल्याङ्कन गरेको छ । पछिल्लो समय काठमाडौँमा घडेरीको मूल्य अकाशिएको छ ।  ५० लाख रुपैयाँ भन्दा महंगा घडेरी पनि छन् । तर महानगरले अधिकतम  ५० लाख रुपैयाँसम्मको प्रतिआना घडेरीको मूल्याङ्कन गरेको छ । 

मनोहरा पुल, अरनिको राजमार्ग, चक्रपथ, रिङरोड, गैह्रीगाउँ तिलगंगा सिनामंगल, गौशला चावहिल हुँदै मालपोत कार्यालयको सिमानासम्मको जग्गा प्रतिआना २८ लाख रुपैयाँसम्म तोकिएको छ ।

यता बालकुमारी पुलदेखि कोटेश्वर हुँदै तिनकुने मिनभवन, नयाँबानेश्वर, विजुलीबजार थापाथली, त्रिपुरेशवर हुदै विष्णुमती पुलसम्म मूलसडकसँग जोडिएको जग्गाको प्रतिआना मूल्य ३२ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

सबैभन्दा महङ्गो मूल्याङ्कन हनुमानढोका, न्युरोड, ठमेल, केशरमहल, जमल, दरबारमार्ग, माइतीघर, त्रिपुरेश्वर, कमलादी,  पुतलीसडक, भद्रकाली लगायतको मूल्य प्रतिआना ५० लाख निर्धारण गरेको छ ।  बाटो नभएको घडेरी प्रतिआना ४ लाख रुपैयाँ, गोरेटो बाटो भएको घरेडी प्रतिआना सात लाख रुपैयाँ,  कच्ची मोटरबाटो भएको घडेरी १२ लाख रुपैयाँ प्रति आना पर्छ ।

यसैगरी, सहायक पक्की सडकको घडेरी १३ लाख रुपैयाँ प्रतिआना पर्छ । सोल्टीमोडदेखि हिमालय हाइट र छिन्नलता पुस्तकालयसम्मको पक्की सडक वरपरको घडेरी प्रतिआना १५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

सीतापाइला चोकदेखि छाउनी वडा नं. १३ सिमानसम्को मुल सडकको घडेरी प्रतिआना १६ लाख रुपैयाँ निर्धारण गरिएको छ । महानगरले वडा नं. १५ अन्र्तगतको गोरेटोबाटोको घडेरी ९ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ सोही वडाको बाटो नभएको घडेरी सात लाख प्रतिआना निर्धारण भएको छ ।

डिल्लीबजारदेखि पुतलीसडक जोड्ने ओरालो बाटो जोडिएको दाया बायाँका जग्गाहरु प्रतिआना ३० लाख रुपैयाँ निर्धारण गरिएको छ ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले काम नलाग्ने बनाएको सांसद चौधरीको आरोप

२ साउन, काठमाडौं । उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीले देशको कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले नै काम नलाग्ने बनाएको आरोप लगाएका छन् । चौधरीले राजनीतिक दलहरुकै संरक्षणका कारण कर्मचारीहरु माथिल्लो ओहदामा पुग्ने गरेकाले उनीहरुले काम गर्न नसकेको तर्क पनि गरे । सांसद चौधरीले नेतृत्वसँगको सम्बन्धको आधारमा माथिल्लो ओहदामा कर्मचारी पुगेकाले उनीहरुले काम गर्न नसकेको पनि स्मरण गराए । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको 

बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाही गर्न काँग्रेसको माग

२ साउन, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका विश्वशान्तिका अग्रदूत गौतम बुद्धका मूर्ति तोडफोड भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको बताएका छन् । ‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा 

​कार्यकर्तालाई बाढीपीडितको उद्धार र राहतमा जुट्न देउवाको आग्रह

२ साउन, महोत्तरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति देउवाले बिहीवार आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । ‘अहिले बिपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्,’ सभापति देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘यस्तो समयमा आफ्नो, पराया भन्ने भावनाबाट मुक्त 

अन्तर्राष्ट्रिय

जापानको क्योटोमा रहेको एनिमेशन स्टुडियोमा आगजनी, १३ जनाको मृत्यु

२ साउन, काठमाडौं । जापानको क्योटो शहरमा रहेको एउटा एनिमेशन स्टुडियोमा गराइएको आगजनीमा परि १३ जनाको मृत्यु भएको छ ।क्योटो अग्नि नियन्त्रण विभागका अनुसार क्योटो एनिमेसन कम्पनीको भवनभित्र १३ जनाको शव भेटिएको छ । क्योटो प्रहरीका अनुसार एक जना व्यक्ति स्टुडियोमा छिरेर ‘पेट्रोलियम पदार्थ’ फ्याँकेका थिए । ४० को हाराहारीका उमेर रहेका ती व्यक्तिको परिचय खुलाइएको छैन । घाइते भएका उनलाई अस्पताल लगिएको छ । क्योटो अग्नि नियन्त्रण विभागका अनुसार आगलागीमा परि अन्य ३८ जना घाइते 

कारबाहीमा परी आठ तालिबान लडाकू मारिए

१ साउन, काठमाडौं । देशको दक्षिणी प्रान्त हेलमान्डमा अफगान सेनाले शुरु गरेको कारबाहीको क्रममा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ । हेलमान्ड प्रान्तको प्रायः अशान्त भइरहने जिल्ला कजाकीमा अफगान सेनाले गरेको हवाई र स्थलगत कारबाहीमा परी आठ लडाकू मारिनुको साथै कैयौ हातहतियार कब्जा गरिएको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । सो स्थानमा तालिाबान लडाकू लुकेर बसेका ३५ भन्दा बढी बासस्थान ध्वस्त भएको बताइएको छ ।  तर यस कारबाहीको क्रममा सर्वसाधारण नागरिकतर्फ 

मुम्बई आक्रमणका मुख्य योजनाकार पक्राउ

१ साउन, काठमाडौं । मुम्बई आक्रमणका मुख्य योजनाकार तथा जमात उद दावका प्रमुख हफिज सइड पक्राउ परेका छन्। मुख्य योजनाकार हाफिज सइदलाई पाकिस्तानको पन्जाब पुलिसले लाहोरबाट पक्राउ गरेको हो। उनलाई प्रहरीले गुजरनवाला जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो।हाफिजमाथि २३ वटा मुद्दा रहेको छन्। यसअघि पक्राउ पर्दा मुजबुत प्रमाण नहुदाँ उनी छुटेका थिए। मुम्बईमा भएको आक्रमणमा १० जना आतंककारीहरूले गोली हानी १ सय ६५ जनाको ज्यान लिएको थियो। प्रहरीले उनलाई कोट लखपत जेलमा लगेको छ। आतंक 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top