siddhartha
pradhikaran

घाँटीमा छुरा लगाएर बुहारीको यौन शोषण गर्ने काँग्रेस कञ्चनपुरका नेता कारागार चलान


Tuesday, 10 Jan, 2017 5:50 PM

२६,पुस,कञ्चनपुर । आफ्नै बुहारीको यौन शोषण गर्ने कञ्चनपुरका एक काँग्रेस नेता जेल चलान भएका छन् । मंगलबार कञ्चनपुर जिल्ला आदालतको थुनचेक आदेशबाट नेपाली काँग्रेस क्षेत्र नम्बर १ का पुर्व सचिव समेत रहेका महाकाली जल उपभोक्ता संघ केन्द्रीय समितिका उपाध्यक्ष भानुभक्त भट्ट पुरपक्षका लागि कारागार चलान भएका हुन् ।
 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भट्टलाई थुनछेक आदेशबाट पुरपक्षका लागि कारागार चलान गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता  डिएपी नैन सिह कार्कीले आफ्नै बुहारीले यौन शोषणको मुदा खेपिरहेका भट्लाई पुरपक्षका लागि कारागार चलान गरिएको जानकारी दिनुभयो । 
कञ्चनपुरकी एक २० बर्षिया महिलाले आफ्नै सुसुराले ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेकी थिईन् । 
बिवाह भएको एक हप्तामै ससुराले आफ्नो कोठामा आएर जबरजस्ती यौन शोषण गरेको उनले गत बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दैै खुलासा गरेकी थिईन् ।  पत्रकार सम्मेलनमा पीडित महिलाले भनेकी थिईन् ‘मेरो श्रीमान बिवाह भएपछि पढ्न जिल्ला बाहिर गएपछि ससुराले धम्क्याउदै जबरजस्ती गरेको बताईन् । घर बिग्रन्छ भनेर कसैलाई पनि आफुले डरले नभनेको बताउदै उनले श्रीमानले समेत थाहा पाएपछि आफुलाई नराम्रो व्यवहार गरेको उनको दुखेसो छ । ‘मेरो ससुराले घर भन्दा यो कुरा बाहिर भनेपछि मारिदिने धक्की दिन्थ्यो ।’ उनले भनिन् ‘त्यसैले मैले बदनाम र डरले कसैसंग भनेन् ।’
आफ्नो बिवाह पनि सुसुराकै कारणले भएको उनको भनाई छ । ‘मेरो बिवाह हुनुभन्दा पहिले ससुराले मलाई देखेको थियो ।’ उनले भनिन् ‘तिम्री राम्री छौँ, मेरो छोरो संग बिवाह गर्नुपर्छ भन्दै मेरो पछिपछि लाग्यो ।’ अन्तत ससुराले मलाई जहाँ देख्दा पनि पैशा दिने कपडा किनिदिने भएपछि मेरो मन पनि पग्लिएको उनको भनाई छ । घरमै आएर विस २०७१ असार ६ गते बिबाह भएपछि मात्रै श्रीमानलाई आफुले देखेको उनले बताईन् । 
घरबार बिग्रन्छ भनेर आफुले तीन बर्षसम्म अपराध सहेर बसेको उनको स्र्वीकार छ । ससुराले आफुमाथी यस्तो गर्दा आफु भागेर माईती घर आउने गरेको बताउदै पुनः माईतीले घर पु¥याईदिने काम गरेको बताईन् । सासुले समेत आफ्नो श्रीमानलाई सम्झाउनु भन्दा पनि त मेरो बुहारी होईन् सौता पो भईसकेकी रहेछौँ भन्दै हिंसा गरेको उनको आरोप छ ।
 श्रीमानले समेत आफुलाई नराम्रो व्यवहार गरेको बताउदै आफ्नो बिवाह श्रीमानको इच्छा भन्दा पनि ससुराको कुविचारका कारण भएको उनको ठहर छ । मेरो बिवाह भएपछि घरमा एक केटी आएर यो मेरो श्रीमान हो, मेरो यो संग अघि नै विवाह भईसक्यो भन्दै घरमा झगडा समेत भएको बताउदै उक्त केटीलाई पैशा दिएर मिलाएको उनले बताईन् ।  पक्राउ परेको भट्टले भने बुहारीले लगाएको आरोप झुटा भएको प्रहरी आदालत समक्ष बयान दिदै आएको कञ्चनपुर प्रहरी स्रोतले जनाएको छ । 
आफ्नो मागी बिवाह भएपनि घरपरिवारले विवाह दर्ता समेत नगरिदिएको उनको गुनासो छ । पत्रकार सम्मेलनमा पीडित महिलाका दाईले बहिनी लगातार घरबाट माईतीमा आउने गरेको बताउदै, किन आएको भन्दा घरमा श्रीमान छैन् त्यसैले आएको भन्ने गरेको बताए ।
 उनका अनुसार गत मंसिर १० गते ससुराले घटना पुनः दोहो¥याएपछी गाउँकै स्थानीय प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । पीडितले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्तीकरणमा मुद्दा दायर गरेको छ । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी नैनसिह कार्कीले मंसिर २९ गते आएको उजुरी पुष १ गते दर्ता गरिएको बताए । 
 कञ्चनपुरका अधिकारकर्मी महिलाहरुल महिलाको मुद्दामा सम्वेदनशिल भएर सत्यतथ्य घटना सार्वजानिक गर्न माग गर्दै आएका छन्, भने पीडितलाई न्याय दिन समेत माग गरेका छन् ।
 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​भट्टराईको नेतृत्वमा संमृद्धि आउँदैन : नेता श्रेष्ठ

६ कात्तिक, गोरखा । गोरखा २ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा संमृद्धि नआउने दाबी गरेका छन् । श्रेष्ठ र भट्टराई गोरखा २ बाट चुनावी प्रतिष्पर्धामा छन् । गोरखा २ वामपन्थी क्रान्तिकारीको किल्ला भएको, संगठन राम्रो भएको, वाम गठबन्धनले गर्दा

ओखलढुंगामा ९ दलको उम्मेदवारी दर्ता, कांग्रेसका बागी उम्मेदवार

६ कात्तिक, ओखलढुंगा । पहिलो चरण अन्तरगत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगामा ९ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् ।

​निर्वाचन आचारसंहितामा कडाई : टोपी, टी–शर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शन गर्न निषेध

५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ । 

अन्तर्राष्ट्रिय

​दुई पूर्व राष्ट्रपति बुश र ओबामा परम्परा तोड्दै ट्रम्प विरुद्ध

५ कात्तिक, वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाइकन राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् । त्यसै दिनका टिप्पणीमा पूर्र्व राष्ट्रपतिहरू जर्ज डब्लुबुस र बाराक ओवामाले राष्ट्रपति ट्रम्प र उनको नीति

क्याटलोनिया विवाद केन्द्र सरकारले प्रजातान्त्रिक ढंगले समाधान गर्ने स्पेनका राजाको भनाइ

स्पेन । स्पेनका राजा फेलिपे छैठौंले क्याटलोनिया देशको महत्वपूर्ण भाग रहेको र रहिरहने प्रष्ट पारेका छन् । देशको उत्तरी शहर ओविएदोमा भएको एक समारोहमा राजा फेलिपेले क्याटलोनिया सरकारले सिर्जना गरेको समस्यालाई केन्द्र

​अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा उच्च सैनिक सतर्कता

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा शुक्रबार उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ । दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान सैनिक पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले बिहीबार हमला गरेका थिए । सो आक्रमणमा परी ४३ जना सैनिक मारिएका थिए । 

विचार / ब्लग

तिहारको टिका, माला र भाइमसला छिमेकीमा निर्भर

नेपालको दोस्रो ठुलो पर्वको रुपमा मनाउँदै आईएको तिहारका लागि चाहिने ९० प्रतिशत सरसमान भारत र चीनबाट आएको छ । तिहारमा दाजु भाइलाई दिदी बहिनीले सप्तरङगी टिका सहित खेतवारी तथा घरदैलो अगाडि उत्पादन भएको मखमली गुर्दाउली फूलको माला लगाई दिदी बहिनी दाजुभाई बीचको पे्रेम सम्वन्ध बलियो बनाउने मौलिकता हराउदै गएको छ ।

अप्ठ्यारो मोडमा ‘अस्थिर’ बाबुराम

नजिकबाट संगत गर्नेहरु भन्छन्– बाबुराम भट्टराई स्वभावत निकै अस्थिर छन् । आफू अप्ठ्यारोमा पर्दा साथ माग्ने, तर आफूलाई फाइदा मिल्दा साथमा रहेकाहरुलाई पनि बेमतलव गर्ने ‘राजनीतिक अवगुण’ बाबुराममा छ । तर, बाबुराम आफ्नो स्वभावमाथि फरक टिप्पणी गर्छन् । ‘विज्ञानलाई विश्वास गर्ने बाबुराम संसार गतिशिल छ भन्ने ठान्छ र सँधै गतिशिल रहन्छ,’ उनी तर्क गर्छन् ।

केआई सिंहका बडीगार्डको स्मरण : सिंहदरबार कब्जादेखि चीन निर्वासनसम्मको भित्री कथा

केआई सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह । विद्रोही नेता तथा नेपालका पूर्वप्रधानमन्त्री । उनी होमियोप्याथी डाक्टर थिए । २००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रीय सिंह दिल्ली सम्झौतालाई धोका भन्दै आन्दोलन नछाडेका व्यक्ति हुन् । आन्दोलनकै क्रममा उनी पक्राउ परे र काठमाडौं ल्याइए । सिंहदरबारभित्रै कैद गरियो । तर, पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरे सिंहले ।
Top