esewa

प्रसिद्ध भारतीय अभिनेता तथा नाटककार गिरीश कर्नाडको निधन


Monday, 10 Jun, 2019 1:35 PM
काठमाडौं । प्रसिद्ध भारतीय चलचित्र निर्देशक, नाटककार, तथा लेखक गिरीश कर्नाडको सोमबार निधन भएको छ । ८१ वर्षको उमेरमा उनको निधन भएको हो ।

गिरीश कर्नाडले सन् १९७० मा कन्नड फिल्म ‘संस्कार’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेका थिए । उनले आफ्नो पहिलो चलचित्रका लागि नै राष्ट्रपति गोल्डेन लोटस पुरस्कार प्राप्त गरेका थिए । 

उपन्यासकार आरे नारायणको पुस्तकका आधारित टीभी सिरियल ‘मालगुडी डेज’ मा उनले स्वामीको पिताको भूमिका निर्वाह गरेका थिए । दूरदर्शनले प्रसारण गरेको यो सिरियल आजको दिनमा पनि उत्तिकै चर्चित रहेको छ । 

सन् १९९० को सुरुवातमा विज्ञानमा आधारित एक टेलिभिजन कार्यक्रम उनले सञ्चालन गरे । तत्कालीन समयमा यो निकै नै रुचाइएको विज्ञान कार्यक्रम थियो ।उनको अन्तिम फिल्म कन्नड भाषामा बनेको चलचित्र ‘आफ्नो देश’ थियो । जुन गएको अगष्ट २६ मा रिलिज भएको थियो । त्यस्तै बलिउडमा भने ‘टाइगर जिन्दा हे’ नै उनको अन्तिम चलचित्र थियो । सन् २०१७ मा रिलिज भएको यस चलचित्रमा उनले डाक्टर शेनोयको भूमिका निर्वाह गरेका थिए । 

उनका पसिद्ध कन्नड चलचित्रमा ‘तब्बालियू मगाने’, ‘ओंदानोंदु कलादाली’, ‘चेलुवी’, ‘कादु’लगायतका रहेका छन् । 

त्यस्तै हिन्दीमा ‘निशान्त’, ‘मन्थन’, ‘पुकार’ ‘एक था टाइगर’ तथा ‘टाइगर जिन्दा हे’ लगायतका चलचित्रमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । कर्नाड कन्नड तथा अंग्रेजी दुवै भाषामा पोख्त थिए । उनले पहिलो नाटक कन्नड भाषामा लेखेका थिए । पछि त्यसलाई उनले अंग्रेजीमा अनुवाद गरेका थिए । साथै उनका नाटक ‘ययाति’, ‘तुगलक’, ‘हयवदन’, ‘नागमण्डल’ लगायत रहेका छन् ।

उनको नाटक ‘ययाति’ नेपालमा समेत मञ्चन भएको थियो । 

नाटकमा ‘ययाति’ को यौवन लिप्सा मात्र होइन, चित्रलेखाको प्रेमाकांक्षा, असुरकन्या शर्मिष्ठाको आत्मपीडन तथा दमित इच्छालाई पनि प्रस्तुत गरिएको छ । नेपाली नाटककार टंक चौलागाईँले यसलाई नेपाली भाषामा अनुवाद तथा निर्देशन गरेका थिए । 

गिरीश कर्नाडले सन् १९९४ मा साहित्य अकादमी पुरस्कार, सन् १९९८ मा ज्ञानपीठ पुरस्कार, सन् १९९२ मा पद्म भूषण, तथा सन् १९९८ मा कालिदास सम्मानजस्ता पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । 

गिरीश कर्नाडको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका राजनीतिज्ञ तथा विभिन्न कलाकार तथा लेखकले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रधानमन्त्री सिङ्गापुर गएपछि नेकपाको बाँकी काम प्रचण्डको अध्यक्षतामा गरिने

५ भदौ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुर गएपछि नेकपाको बाँकी काम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गरिने भएको छ ।पार्टीका प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सिङ्गापुर गएपछि ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले

लोकतन्त्रमा संकट आए सरकार जिम्मेवार : डा. कोइराला

४ भदौ, विराटनगर । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले सरकारकै कारण लोकतन्त्र संकटमा पर्ने खतरा बढेको बताएका छन् । दुई तिहाईको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा राजसंस्था र विप्लव समूहले चलखेललाई बढाएको उनको दाबी छ । आज विराटनगरमा रमा–मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण समारोहमा नेता डा. कोइरालाले भने, ‘सरकारको असफलतासँगै विरोधी तत्वहरुको चलखेल बढेको छ ।
 

नेकपा सचिवालय बैठक बस्दै

४  भदौ काठमाडौ । गृहकार्य नपुगेको भन्दै मंगलबार स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाले मंगलबार दिउँसो ३ बजेका लागि बोलाएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरेको थियो ।बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटि, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटि लगायतका साङ्गठनिक जिम्मेवारुी

अन्तर्राष्ट्रिय

काश्मीर मामिलामा भारतलाई बंगलादेशको समर्थन

४ भदौ, काठमाडौं । दक्षिण एशियाली मुलुक बंगलादेशले काश्मीर मामिलालाई लिएर भारतको समर्थन गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकर बंगलादेशबाट नेपाल आइनपुग्दै बंगलादेशको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी भारतको समर्थन गरेको हो । संविधानको धारा ३७० लाई निस्तेज गर्ने कार्य भारतको आन्तरिक मामिला भएको समेत वक्तव्यमा जनाइएको छ । उसले वक्तव्यमा क्षेत्रीय शान्ति र स्थिरताका लागि त्यसले मद्दत गर्ने समेत बताएको छ । 
 

इरानी पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रह जिब्राल्टरद्धारा अस्वीकार

२ भदौ, काठमाडौं । गत जुलाइमा पक्राउ परेको पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको छ । अमेरिकाले उक्त जहाजलाई सिरियाका लागि तेल ओसारपसारमा लागेको आरोप लगाए पनि पुष्टि नभएको भन्दै जिब्राल्टले अमेरिकी आग्रह अस्वीकार गरेको हो । ग्रेस वान पानी जहाजलाई छाड्ने निर्णय भएको एक दिन पछि अन्तिम समयमा अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको हो । इरानविरुद्ध अमेरिकी प्रतिवन्ध लागू नहुने भएकाले अमेरिकी आग्रह मान्न नसकिएको जिब्राल्टले स्पष्ट पारेको छ ।

 

हङकङमा प्रदर्शन थामिएन, चिनियाँ सेना परिचालन गर्ने तयारी

२ भदौ, काठमाडौं । हङकङमा बिगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरु फेरि प्रदर्शनमा उत्रिएका छन् । स्थानीय भिक्टोरिया पार्कमा भेला भई उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको परवाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकार बिरुद्ध चर्को नारा लगाएका थिए । गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो । नागरिक समाज र मानव अधिकारवादी संस्था सी.एच.आर.एफले प्रदर्शन आयोजना गरेको हो ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top