syangyong
cg

‘चितुवा’ जस्ता फुर्ती भएका,यी हुन् विश्वका सबैभन्दा उत्कृष्ट पाँच ‘गोलकिपर्स’


Sunday, 10 Jun, 2018 1:06 PM
फीफा वल्र्डकपको ‘ज्वरो’ लगातार बढिरहेको छ । प्रशंसकको धैर्यको बाँध मुस्किलले थामिएको छ । हरेक टिमको बलियो र कमजोर पक्षको आ–आफ्नै किसिमले व्याख्या हुँदै छ । खेलाडीहरुमाथि पनि खेलप्रेमीहरुले विभिन्न किसिमको अड्कलबाजी लगाइरहेका छन् । स्ट्राइकरहरु विशेष चर्चामा छन् तर, गोलहुनबाट जोगाउने गोलकिपरहरुको चर्चा पनि कम छैन । जानौं, यो विश्वकपका पाँच युवा चर्चित गोलकिपरहरुको बारेमा जसमाथि विश्वकप अवधिभर प्रशंसकहरुको खास ध्यान जाने छ । 

जार्डन पिकफोर्ड ( इंगल्यान्ड )
जार्डन पिकफोर्ड इंगल्यान्डका सबैभन्दा युवा गोलकिपर हुन । एभर्टन क्लबबाट खेल्ने २४ बर्षिय पिकफोर्डले यो सिजनमा ९२ गोल रोक्न सफल रहे । यसको साथै सात क्लिन शिट्सलाई पनि बचाउ गरे ।

प्रिमियर लिग क्लव एभर्टनको तर्फबाट उनले शानदार प्रर्दशन गरेका छन् ।

सन् २०१७ मा क्लब एभर्टनले पिकफोर्डलाई झण्डै ३० मिलियन डलरमा अनुबन्ध गरेको थियो ।

जार्डनसँग प्रहार रोख्न सक्ने जबर्दस्त क्षमता छ । लामो कद भएका किपर गोल रोक्न निकै सक्षम हुन्छन् । इंगल्यान्डको तर्फबाट यो विश्वकपमा सबैभन्दा युवा किपरको रुपमा उनी मैदानमा रहने छन् । 



एडर्सन मोरास ( ब्राजिल )
फीफामा ५ पटक विश्व च्याम्पियन बनेको ब्राजिलका २४ बर्षिय गोलकिपर एडर्सन मोरास पनि यो विश्वकपमा चर्चामा रहने छन् ।

प्रिमियर लिग म्यान्टेस्टर सिटी क्लबबाट  खेल्ने मोरास ब्राजिल नेशनल टिमका गोलकिपर हुन ।

उनले यस सिजनमा पनि गोलकिपरको रुपमा निकै राम्रो भूमिका निर्वाहा गरेका छन् । प्रिमियर लिगको यो सिजनमा उनले १४ पटक क्लिन सिट्स बनाए ।


यसको साथै उनले राम्रो पासिङ पनि गरे । मोरास यो सिजनका ‘बेस्ट’ गोलकिपरमध्येका एक हुन । 



मार्क आन्द्रे टर स्टेगेनी ( जर्मनी )
बार्सिलोनाका स्टार मार्क आन्द्रे स्टेगेनी रुसमा हुन गइरहेको फीफा वल्र्ड कपमा महत्वपूर्ण भूमिका निभाउने छन् । उनी हालैका दिनमा निकै राम्रो ‘फर्म’मा चलिरहेका छन् । आन्द्रेले २९ ला–लिगा गेममा १८ क्लिन सिट्स बनाए । आन्द्रेसँग बल रोक्ने र त्यसको ‘जज’गर्ने निकै राम्रो क्षमता छ । यति मात्रै होइन २५ बर्षे आन्द्रले तेस्रोपटक ला–लिगा जित्नमा पनि सफल रहेका छन् । 

थिबाट कोर्टोइस ( बेल्जियम )
चेल्सी क्लबबाट खेल्ने बेल्जियम नेशनल टिमका गोलकिपर थिबाट कोर्टोइस निकै राम्रो लयमा छन् ।

यो पटक उनले फीफा वल्र्ड कप जित्ने बेल्यिजमको सपना साकार पार्न सक्छन् । पछिल्लो प्रिमियर लिगको केही सिजनमा उनले उत्कृष्ट गोलकिपरको जिम्मेवारी निर्वाहा गरेका थिए ।

त्यहीँ थिबाटलाई पछिल्लो सिजनमा बेस्ट गोलकिपरको रुपमा गोल्डेन ग्लोब अवार्डबाट पनि सम्मानीत गरिएको थियो । 

डेविड डी जिया (स्पेन)
डेविड डी जिया म्यान्चेस्टर यूनाइटेडका बेस्ट गोलकिपर हुन । उनले यो सिजनमा १५ पटक क्लिन सिट्स गर्न सफल भए ।


स्पेनको नेशनल टिमको तर्फबाट खेल्ने जियालाई पाँच बर्षको दौरान चारपटक सर्वश्रेष्ठ फुलबलरको लागि सर मैट बुस्बी ट्रफीले सम्मानित भैसकेका छन् । 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

​प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउछौँ – मुख्यमन्त्री राई

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च 

​हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

२६ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। “हाम्रो कर्णाली हामी आफैँ 

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top