cg electronics
nlic

गोमा एयरको विमान ठुलो दुर्घटना हुनबाट जोगियो


Wednesday, 11 Jan, 2017 4:40 PM
२७ पुस,मुगु । बाँकेको नेपालगञ्ज विमानस्थलबाट आएको गोमा एयरको ट्वीनअटर विमान मुगुको रारा ताल्चा विमानस्थलमा अवतरण गर्ने क्रममा  टाएर पञ्चर भएको छ ।  विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

अवतरणका क्रममा विमानको पछाडीपट्टिको एउटा टायर पञ्चर भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । विमानमा १५ जना यात्रु थिए । जहाजको टायर मात्र पञ्चर भएको र अन्य कुनै समस्या नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालगञ्जबाट तारा एयरको विमानमा आएका गोमा एयरका प्राविधिकले ल्याएको टायर फेरेपछि गोमा एयरको विमान दिउँसो नेपालगञ्ज फर्केको छ ।


Ruslan

paicho

bussewa

राजनीति

​मौलिक हकसँगै कर्तव्य पालना आवश्यक : प्रधानमन्त्री ओली

१२ बैशाख, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले व्यवस्था गरेका मौलिक हक उपभोगसँगै कर्तव्य पालना गर्नु पनि सबैको दायित्व भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज उनले संविधानले व्यवस्था गरेका सबै मौलिक हक महत्वपूर्ण भएको बताउँदै मौलिक हकसँगै कर्तव्य पनि सँगै गाँसिएको धारणा व्यक्त गरे । सूचनाको हकको अभ्यासमा प्रारम्भिक, आधारभूत र मौलिक सूचनाको हकलाई प्राथमिकतामा

छिमेकी जिल्ला समेटेर एकीकृत विकास : अध्यक्ष प्रचण्ड

१२ बैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने बताए । 

​पार्टी एकताबाट कोही भाग्न सक्दैन : पोखरेल

११ बैशाख, काठमाडौ । रक्षामन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र नेकपा माओवादी केन्द्र उम्कन नसक्ने बताएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनले आज आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम समुदायको अधिकार’ विषयको विचार गोष्ठी र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताबारे कुनै अन्योलमा नपर्न आग्रह गरे । मिलाउन पर्ने सबै 

अन्तर्राष्ट्रिय

​इयरफोनले लियो १३ स्कूले बच्चाको ज्यान

१३ बैशाख, काठमाडौं । चालकले इयरफोन लगाएर स्कूल बस चलाउँदा १३ बच्चाको ज्यान गएको छ । रेलसँग ठोक्किएर स्कूल बस दुर्घटनामा परेको हो । इयरफोन लगाएर बस चलाइरहेका ड्राइभरले रेलको हर्न नसुन्दा रेल लिग क्रस गर्ने बेला दुर्घटना भएको हो । यो दुघटना भारत उत्तर प्रदेशको कुशीनगरको हो । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा ८ जना गम्भीर आइते भएका छन् । रेलमा भने यात्रु थिएनन् ।

नाइजेरियामा चर्च आक्रमणमा परी सोह्रको मृत्यु

१२ बैशाख, एजेन्सी । नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु मारिएका जानकारी दिए । घटनाका कारण राज्यका गभर्नरले आफ्नो घरायसी विदा र भ्रमण छोट्याएको उनले बताए । फुलानी समुदायका गोठालाहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएपछि सुरक्षा चुनौती

​क्यानडामा सडक दुर्घटना हुँदा दश जनाको मृत्यु

११ बैशाख, एजेन्सी । क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा लगि जथाभावी रुपमा ठक्कर दिदा कम्तीमा १० जना मारिएका छन् । यस घटनामा परी अन्य १५ जना घाइते भएका बताइएको छ । प्रहरीका अनुसार यो एक योजनाबद्ध आक्रमण हो । प्रत्यक्षदर्शीअनुसार चालकले पैदलमार्गमा तीव्रगतिमा भ्यानलाई

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top