kantipur mall

विनासकारी गोरखा भूकम्पका चार वर्ष पुरा, बलिया संरचना बनाउन छाडेर भूकम्प नै बिर्सदै नेपाली


Thursday, 25 Apr, 2019 10:08 AM
१२ बैशाख काठमाडौं । पछिल्ले पुस्ताले प्रत्यक्ष भोगेको विनासकारी भूकम्प गएको आज ४ वर्ष पुगेको छ । २०७२ मा आजकै दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको थियो।

शनिबार दिन बिहान ११ः५६ मा गएको सो भूकम्पले करिब १० हजारजनाको मृत्यु भएको थियो भने ९ लाख हाराहारी घर खण्डहरमा परिणत भएका थिए । यस्तै लाखौंको भौतिक संरचना ध्वस्त भएको सो भूकम्पले सांस्कृतिक धरोहर मानिने सम्पदाहरुमा समेत नराम्रोसँग क्षति पुर्‍याएको थियो। विशेषगरी भूकम्पले गोरखा, सिन्धुपाल्चोक, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोटलगायत १४ जिल्लामा अत्याधिक विनाश गरेको थियो।

यीबाहेक पनि नेपालको मध्य र पश्चिम क्षेत्रमा भूकम्पको प्रभाव देखिएको थियो। ४ वर्षसम्म पनि सो भूक्मपका पराकम्पहरु आउने क्रम रोकिएको छैन। भूकम्प मापन केन्द्रका अनुसार यो अवधिमा ४ म्याग्निच्युडमाथिका करिब ५ सय भन्दा बढी पराकम्पनहरु गरइसकेका छन्। अहिले पनि भूकम्पपछिको पुनरनिर्माण भइरहेको छ । निजी घर क।िब आधा संख्यामा बनेपनि सम्पदा लगायत सार्बजनिक संरचना पुनरनिर्माणमा भने खासै प्रगती हुन सकेको छैन । 
राष्ट्रिय पुनर्निमाण प्राधिकरणका अनुसारहालसम्ममा ५० प्रतिशतमात्रै आवासीय भवन निर्माण सम्पन्न भएका छन्। २५ प्रतिशत भवन निर्माणाधीन छन् भने अझै २५ प्रतिशत आवासीय भवन निर्माणको कुनै सुरसार छैन। २ लाख १२ हजारभन्दा बढी घरको निर्माण सुरु हुन सकेको छैन। भूकम्पले ठुलो क्षति पुर्याएपनि भूकम्पप्रतिरोधि संरचना निर्माणमा सरकारले कडाइ गर्न सकेको छैन । मानिसहरुले पनि भूकम्पबाट पाठ सिक्ने भन्दा पनि भूकम्पलाई नै बिर्सँदै गउका छन् । 


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

कालापानीबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो

२४ कात्तिक, काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको समिति सचिवालयले जनाएको छ । भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ । यस विषयमा राज्य ब्यवस्था समितिले चासो देखाएको हो ।

गणेशमान सिंहको १०५ औं जन्मजयन्ती

२४ कात्तिक, काठमाडौं ।  नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  सिंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । शोभा भगवतीमा रहेको सिंहको शालिकमा विहान माल्र्यापण गरिएको छ । दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने तय भएको छ ।  साँझ ५ बजे नेपाल विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा द्विप प्रज्वलन गर्ने कार्यक्रम छ । राणा शासनको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिंंहको योगदानलाई अतुलनीय मानिन्छ । 

प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएकाहरूको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आयोगले शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उजुरी दिने समय निर्धारण गरेको थियो । 

अन्तर्राष्ट्रिय

बोलिभियामा राजनीतिक युटर्न : राष्ट्रपतिमा निर्वाचित भएको दुई सातामै इभोले दिए राजीनामा

२५ कात्तिक, काठमाडौं । बोलिभियामा १४ वर्षदेखि सत्तामा रहँदै आएका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् । अघिल्लो महिना भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएपनि धाँधली भएको प्रमाण फेला पारेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले दाबी गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् 

कोरियामा जीवनबारे पाठ सिक्न नक्कली दाह संस्कार !

२४ कात्तिक, काठमाडौं  । दक्षिण कोरियामा एउटा कम्पनीले निःशुल्क दाह संस्कारको सेवा प्रदान गरिरहेको छ । तर आश्चर्यजनक सो सेवा मृतका लागि नभएर जिवित मानिसहरुलाई जीवनबारे पाठ सिकाउनका निम्ति रहेको बताइएको छ । मृत्युलाई नजिकबाट अनुभूति गर्नुले व्यक्तिलाई धेरै कुरा सिकाउने विश्वास सहित यस्तो सेवा प्रदान गरिँदै आएको छ । हालसम्म यस जिवित दाहसंस्कार कार्यक्रममा २५ हजार भन्दा धेरैले सहभागिता जनाइसकेका छन् ।  हालै मात्र कार्यक्रममा सहभागी भएकी ७५ वर्षीया छो जे ही भन्छिन,‘मृत्युका बारेमा हामी सचेत हुन थालेपछि जीवनप्रतिको हाम्रो धारणा बदलिन्छ र हामीले यो संसारलाई नयाँ दृष्टिले हेर्न सुरु गर्छौँ ।’  

अष्ट्रेलियामा डढेलोमा परी तीनको मृत्यु, हजारौं विस्थापित

२४ कात्तिक, काठमाडौं । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घरमा पूर्ण क्षति भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका बताइएको छ। वस्ती वरपर लागेको डढेलोका कारण सामुद्रिक शहर फोस्टर र बोबिनमा तातो हावा र धुवाँका कारण दर्जनौ व्यक्ति विरामी परेका बताइएको छ ।
सवैस्थलमा अग्नि नियन्त्रक तथा उद्धार टोली पुग्न कठिनाई भएको बताइएको छ । घटनामा आगोले जलेका केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको र मृतक संख्या बढ्न सक्ने बताइएको छ ।

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top