siddhartha
pradhikaran

पृथ्वीनारायण शाह जसले ५२ वर्षमै संसार छाडे ! उनका १० तथ्य , नायक कि खलनायक ?

उनले हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरूलाई देशनिकाला गरे


Wednesday, 11 Jan, 2017 8:51 AM


आज पृथ्वी जयन्ती । तर नेपाल एकिकरण गरेका राजा पृथ्वीनारायण शाह पनि विवाद रहित भने छैनन। आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहलाई विवादमा पनि विवादमा तानिएको छ।
उनको सम्झनामा मनाइएको राष्ट्रिय एकता दिवस अर्थात पौष २७ मा नेपाल सरकारले बिदा दिन छोडिसकेको छ। आदिवादी जनजातीको एउटा तप्काले  त उनलाई ‘युद्ध अपराधी’ भन्दै आएको छ । 
काठमाडौंको नेवार समुदायको एउटा हिस्सा आजसम्म पनि उनीसंग क्रुद्ध छ। तर ५२ वर्षमै संसारबाट बिदा हुनु अघी उनले जे गरेका थिए त्यो कम्ति शाहसिक र रोचक भने थिएन।
सन १७७९ मा जन्मिएका विलक्षण प्रतिभा शाहले भिरकोट, कास्की, लम्जुङ्ग गोरखामा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गर्न सफल भएका थिए भने आधुनिक नेपालको जग बसाल्ने सम्पुर्ण श्रेय पनि उनैलाई जान्छ।
विभिन्न पुस्तक र सन्दर्भ सामाग्रीका आधारमा पृथ्वीनारायण शाहका केही रोचक १० कुरा यहाँ समावेश गरिएको छ। 
१.पृथ्वीनारायण शाहालाई बाल्यकालमै रामायण र महाभारत खुब पढाइएको थियो।उनि धनुवाण, तरबार र घोडसवारीमा निपुर्ण थिए।

२. २० वर्षको उमेरमा गोर्खाको राजा भएका उनी पिता नरभुपाल शाहले पुण्य प्राप्त गरुन भनि काशि पुगेर गोत्र समेत परिवर्तन गरेका थिए।

३.नेपाल एकिकरणको सपना पृथ्वीनारायण शाहको मात्र थिए। यो सपना त उनका पिता नरभुपाल शाह थियो। बरु एकिकरण सपना देख्न पनि उनलाई पिताले नै सिकाएका थिए। एकिकरणका लागि उनलाई उत्प्रेरित भने प्रमुख ज्योतिष कुलानन्द ढकालले गरेको बताइन्छ।

४. उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि।सं। १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनैतिक लाभ लिने उद्देश्यले विवाह भएको थियो। उनले पछी दोस्रो विवाह पनि गरे।

५. पृथ्वी नारायण शाह अगाडी पनि उपत्यकाका राजा यक्ष मल्ल, पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालमा पनि  एकीकरण भएको थियो। तर एकीकृत नेपाललाई उनीहरुले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोराहरूमा आफ्नै जीवनकालमै बाडेर गए। तर पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछी नेपाललाई पुनःविभाजन हुन नदिइ जोगाइ राख्ने पद्धती बसाएर गए।

६. उनले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको तर नेपालले सबै भुभाग कायम राख्न भने सकेन ।

७.ललितपुरका पाँच प्रधान  मन्त्री हरूले पृथ्वीनारायण शाहलाई राजा बन्न आमन्त्रण दिएका थिए। पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरू कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरूलाई त्यहीँ मारेर उनीहरूको सर्वस्व हरण समेत गरेका थिए। पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँकाहरूलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोगी हुन वा प्रतिरोधी ।गोरखालीहरूको यस्तै हर्कतका कारण चिनियाँ सम्राट किएन लोङ ९सन् १७३६(१७९६०ले आफ्ना उत्तराधिकारीहरूलाई भनेका थिए( “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू”

८.भक्तपुर जितेपछी पृथ्वीनारायण शाहले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र ध्वनिसम्बन्धि पुस्तक आदि रहेका थिए।

९.नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरूले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए। मल्लकालमा हिन्दू धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुध्द धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए।

१०. त्यतिबेला उपत्यकाले तिब्बतका लागि मुद्रा छापेर त्यता पठाउने र त्यस वापत् ठुलो राजस्व आउने गर्थ्यो। तर पृथ्वीनारायण शाहले त्यसलाई निरन्तरता दिन सकेनन्, साथसाथै व्यापारमा पनि धेरै कर बढाए।

राम्रा गुणका बाबजुत उनिमाथि आरोपहरु लाग्ने गरेका छन् ।

हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरूलाई पनि देशनिकाला गरिदिए। अनि ठूल्ठूला व्यापारीहरू पनि व्यापार गर्नका लागि अरु देशमा गए। सन् १७७४ मा नेपालमा तिब्बतसित कारोबार गर्ने दुई वटा मात्र कश्मिरी पसल बाँकी रहेको थियो। पृथ्वीनारायण शाहको कानून, नियम पालना नगर्ने व्यापारीहरूको कान काटेर देश निकाला गरिन्थ्यो। ता(सि लुन पोया तेसु लामा दलाई लामापछिका दोस्रा लामाले नेपालका राजालाई पत्र समेत पठाएर भनेका थिए “हिन्दू होस् वा मुसलमान, सबै व्यापारी तपाईँदेखि डराउँछन्, कोही पनि तपाईँको देशमा बस्न राजी छैनन्।”


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान

७ कात्तिक, भक्तपुर । नेकपा एमालेले वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्न नेपाल मजदुर किसान पार्टीलाई आह्वान गरेको छ । प्रेस चौतारी नेपाल भक्तपुरले यहाँ आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमालेले नेमकिपालाई भक्तपुर जिल्लामा मात्रै भए पनि तालमेल गरेर निर्वाचनमा जान आह्वान गरेको हो ।

निर्वाचनसम्बन्धी समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न निर्वाचन आयोगको आग्रह

७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले स्वच्छ र सत्यतथ्य समाचार सम्प्रेषणबाटै लोकतन्त्र संस्थागत हुने भएकाले निर्वाचनसम्बन्धी समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न आग्रह गरेको छ ।

​बैतडीमा दुई गठबन्धनबाट बर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा

७ कात्तिक, बैतडी । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा बर्तमान र पूर्व राज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । अहिले शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहेका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता नरबहादुर चन्द

अन्तर्राष्ट्रिय

​स्पेनको संसद बैठकको एकदिनअगावै क्याटालान संसद आह्वान

स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ । उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने अनुमान पनि गरिएको जनाइएको छ ।

अफगानिस्तानमा १२ तालिवान लडाकू मारिए

६ कात्तिक, अफगानिस्तान । अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरी र सेनाले गरेको तालिवानविरुद्धको कारबाहीको क्रममा कम्तीमा १२ जना तालिवान आतंककारी मारिएका छन् । अफगान सैनिक अधिकारीले सोमबार दिएको जानकारीअनुसार सो कुन्दुज

जापानमा आँधीबाट पाँचको मृत्यु, यातायात व्यवस्था ठप्प

६ कात्तिक, टोकियो  । मध्य जापानमा आएको आँधीबाट पाँच जनाको ज्यान गएको समाचार छ । आइतबारदेखि जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट पाँच जनाको ज्यान गएको छ । यहाँको यातायात व्यवस्थामा नराम्ररी प्रभाव परेको छ ।

विचार / ब्लग

तिहारको टिका, माला र भाइमसला छिमेकीमा निर्भर

नेपालको दोस्रो ठुलो पर्वको रुपमा मनाउँदै आईएको तिहारका लागि चाहिने ९० प्रतिशत सरसमान भारत र चीनबाट आएको छ । तिहारमा दाजु भाइलाई दिदी बहिनीले सप्तरङगी टिका सहित खेतवारी तथा घरदैलो अगाडि उत्पादन भएको मखमली गुर्दाउली फूलको माला लगाई दिदी बहिनी दाजुभाई बीचको पे्रेम सम्वन्ध बलियो बनाउने मौलिकता हराउदै गएको छ ।

अप्ठ्यारो मोडमा ‘अस्थिर’ बाबुराम

नजिकबाट संगत गर्नेहरु भन्छन्– बाबुराम भट्टराई स्वभावत निकै अस्थिर छन् । आफू अप्ठ्यारोमा पर्दा साथ माग्ने, तर आफूलाई फाइदा मिल्दा साथमा रहेकाहरुलाई पनि बेमतलव गर्ने ‘राजनीतिक अवगुण’ बाबुराममा छ । तर, बाबुराम आफ्नो स्वभावमाथि फरक टिप्पणी गर्छन् । ‘विज्ञानलाई विश्वास गर्ने बाबुराम संसार गतिशिल छ भन्ने ठान्छ र सँधै गतिशिल रहन्छ,’ उनी तर्क गर्छन् ।

केआई सिंहका बडीगार्डको स्मरण : सिंहदरबार कब्जादेखि चीन निर्वासनसम्मको भित्री कथा

केआई सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह । विद्रोही नेता तथा नेपालका पूर्वप्रधानमन्त्री । उनी होमियोप्याथी डाक्टर थिए । २००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रीय सिंह दिल्ली सम्झौतालाई धोका भन्दै आन्दोलन नछाडेका व्यक्ति हुन् । आन्दोलनकै क्रममा उनी पक्राउ परे र काठमाडौं ल्याइए । सिंहदरबारभित्रै कैद गरियो । तर, पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरे सिंहले ।
Top