गुजारा भत्ता चाहिए कसैसँग ‘सेक्स’ गर्न नपाइने


Monday, 21 Sep, 2015 10:52 AM
दक्षिण भारतको एउटा अदालतले हालै सम्बन्ध विच्छेद गरेका महिलाले आफ्नो पूर्व पतिबाट गुजारा भत्ता चाहिए कुनै पनि पुरुषसँग यौन सम्बन्ध गर्न नपाउने निर्णय गरेको छ।
मद्रास उच्च अदालतका न्यायाधीश एस गागमुथुले यो निर्णय गरेका हुन् । तर, यो फैसलाको भाषाले सबैलाई चिन्तामा पारेको छ। यता न्यायाधीश नागामुथुका अनुसार गुजारा भत्ताका लागि एक महिलालाई यौन अनुशासन  कायम गर्नु आवश्यक छ।
अपराधिक प्रक्रिया संहिताको धारा १२५ मातहत विवाहेत्तर सम्बन्ध बनाउन महिलाले गुजारा भत्ता दावी गर्न सक्दैनन् । उच्च अदालतका अनुसार महिलाले सम्बन्ध विच्छेद गर्दा मानेको थियो कि महिलाको विवाहेत्तर सम्बन्ध छ, त्यसैले उनी आफ्नो पूर्व पतिबाट गुजारा भत्ता पाउन स्पष्ट रुपमा हकदार छैन ।
तर, जुन परिस्थितिअन्तर्गत सम्बन्ध विच्छेद गरिएको छ, त्यसमाथि पनि प्रश्न उठ्ने गरेको छ। पारिवारिक अदालतको आदेश ‘एकपक्षीय’ सुनुवाईको आधारमा थियो । जसको अर्थ उनले कहिलै मुद्दा लडेनन् न त कहिल्यै अदालतमा हाजिर नै भइन ।
१९९८ः कनिमोझीको विवाह तमिलनाडुको मदुरईमा एक तल्लो श्रेणीको सरकारी कर्मचारी चिन्ना करुप्पास्वामीसँग भयो ।
२००९ः करुप्पास्वामीले मदुरईको पारिवारिक अदालतमा याचिका दायर गरे । उनले श्रीमतीमाथि विवाहेत्तर सम्बन्ध बनाएको आरोप लगाए र सम्बन्ध विच्छेदको माग गरे । कनिमोझीले फैसलालाई चुनौति दिइनन्।
२०१०ः कनिमोझीले मजिस्ट्रेट अदालतमा आफ्नो पहिलो याचिका दायर गर्दै मासिक २५ सय गुजारा भत्ता दावी गरिन् । उनले विवाहेत्तर सम्बन्धसम्बन्धी आरोप अस्वीकार गर्दै आफ्नो श्रीमानमाथि नै अवैध सम्बन्धको आरोप लगाइन्।
२०११ः मजिस्ट्रेट कोर्टले कनिमोझीको गुजारा भत्ताको दावी खारेज गरेपछि उनले उक्त निर्णयविरुद्ध माथिल्लो अदालतमा चुनौति दिइन् ।
२०१२ः प्रमुख जिल्ला र सत्र न्यायाधीशले करुप्पास्वामीलाई मासिक १ हजार रुपैयाँ गुजारा भत्ता दिन आदेश दिए ।
जुलाई २०१५ः मद्रास उच्च अदालतका न्यायाधीशले भने कि कनिमोझी गुजारा भत्ताको हकदार छैनन् । उदि उनले ‘उक्त यौन अनुशासन पालाना गरेकी छैनन् जसको पालन उनी वैवाहिक सम्बन्धका क्रममा गर्दै आएकी थिइन् ।
समाचारअनुसार कनिमोझी निकै करिब छिन् । उनी भारतीय कानुनसम्बन्धी ज्ञान राख्दिनन् । साथै कुनै दक्ष वकिलमार्फत पनि पैरवी गराउन सक्दिनन् । त्यसैले उनका लागि अदालतले नै कानुनी सल्लाहकार नियुक्त गर्नु परेको थियो । किनभने उनीसँग वकिलको फिस दिने रकम थिएन ।
दिल्लीका ख्यातिप्राप्त वकिल प्रभजीत जौहरका अनुसार सहरमा त मानिसहरु आफ्नो श्रीमान वा श्रीमतीविरुद्ध प्रमाण जुटाउन जासुस समेत राख्ने गर्दछन् । तस्वीर, मोबाइल डाटा, टेलिफोन कुराकानी रेकर्ड, यसका वावजुद आरोप सावित गर्न कठिन छ । त्यसैले न्यायाधीशहरु परिस्थितिजन्य प्रमाणको भरोसा गर्दछन् ।
जौहर भन्छन्–एउटा मुद्दामा दिल्ली उच्च अदालतले विवाहेत्तर सम्बन्धको आरोप स्वीकार गर्दै भनेको थियो कि यदि एक महिला र एक पुरुष एउटै कोठामा फेला परे भने निश्चित रुपमा उनीहरु बाइबल पढिरहेका हुने छैनन् । अर्को एउटा मुद्दामा अबेर राति एक महिला कुनै पुरुषसँग गरेको कुराकानीलाई अदालतले विवाहेत्तर सम्बन्ध मानेको थियो ।
कनिमाझीसँग सम्बन्धित वकिलले बीबीसीलाई बताए अनुसार यो पूर्ण रुपमा सावित भएको छैन कि उनको विवाहेत्तर सम्बन्ध थियो ।
यो फैसला यस अर्थमा पनि ठुलो प्रभाव हुनेछ । किनभने न्यायाधीशले आफ्नो आदेशमा जोड दिएर भनेका छन् कि सम्बन्ध विच्छेदपछि यदि कुनै महिलालाई गुजारा भत्ता आवश्यक छ भने उनले यौन अनुशासनको पालना त्यही प्रकारले गर्नुपर्नेछ जस्तो कि उनले वैवाहिक सम्बन्धका क्रममा गरेकी थिइन् ।
अदालतले आफ्नो फैसलामा भनेको छ–अन्य शब्दमा, वैवाहिक सम्बन्ध निर्वाह गर्दै पत्नी विवाहेत्तर सम्बन्ध बनाउन सक्दैनन् । र, यदि उनले त्यसो गरेको खण्डमा उनले आफ्नो श्रीमानबाट गुजारा भत्ता पाउने अधिकार गुमाउछन् । यसरी नै सम्बन्ध विच्छेदपछि पनि यदि उनले यौन अनुशासनका पालना गरेकी छन्, जुन उनले वैवाहिक सम्बन्धका क्रममा राखेकी थिइन्, त्यस अवस्थामा मात्र उनले गुजारा भत्ता पाउने अधिकार पाउँछिन् । यदि त्यसो गर्न नसकेको खण्डमा उनी गुजारा भत्ताको अधिकार गुमाउँछिन् ।
यता सामाजिक कार्यकर्ताहरुले भने यो फैसलालाई गलत मानेका छन् । सामाजिक कार्यकताृ कविता कृष्णन भन्छिन्, यो एउटा कुरा हो कि विवाहेत्तर सम्बन्ध राख्नुको अर्थ गुजारा भत्ता गुमाउन होइन, तर, सम्बन्ध विच्छेदपछि यही परिभाषाको कुरा गर्नु पूर्णरुपमा अलग कुरा हो ।
उनले भनिन्–न्यायाधीशले भने कि कुनै पनि महिलाले उक्त व्यक्तिसँग मात्र गुजारा भत्ता माग्न सकछन् जसका साथ सम्बन्ध छ । तपाई यौन सम्बन्धलाई गुजारा भत्तासँग कसरी जोड्न सक्नु हुन्छ ? के अदालत यसो भनिरहेको छ कि तपाई त्यो व्यक्तिसँग पैसा लिनुस जोसँग सुत्नुहुन्छ ?
उनका अनुसार यो स्पष्ट रुपमा पितृसत्तात्मक र सेक्सिस्ट विचार हो । जसलाई बढावा दिइदै आएको छ। मलाई लाग्छ कि मसँग यो फैसलाविरुद्ध सर्वोच्च अदालतमा चुनो दिने बलियो आधार छ। एजेन्सी


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

प्रहरी इन्काउन्टरमा श्रीमान् मारिएकोमा श्रीमती नै खुसी !

२७ असार, काठमाडौं । भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरियो । उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए। त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। त्यस क्रममा पत्रकारले दुबेकी पत्नी ऋचालाई आफ्ना पतिको इन्काउटर गरिएकोबारे जिज्ञासा राखेका थिए।

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top