cg electronics
nlic

गुल्मी महोत्सवको फोहोरले राष्ट्रपति रनिङ शिल्डमा समस्या

हुमाकान्त पोखरेल


Tuesday, 17 Apr, 2018 4:01 PM
४ बैशाख, गुल्मी । गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ को राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सिद्धबाबा माध्यमिक विद्यालयको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको सहयोगमा प्रतियोगिता सुरु भएको हो । खेलको पहिलो दिन छात्र/छात्रा दुवैको तिन सय र आठ सय मिटर दौड भएका छन् । त्यस्तै छात्र/छात्रा भलिबल, कराँते, भलिबल, रिले दौड लगायतका खेलहरु सम्पन्न हुँदैछन् ।

सात गतेसम्म संचालन हुने खेलमा २२ विद्यालय सहभागि छन् । खेल तम्घासको चिदिचौरमा भइरहेको छ । तर भर्खर गुल्मी महोत्सव सम्पन्न भएकोले खेललाई महोत्सवको फोहोरले भने असर गरेको छ । महोत्सव सम्पन्न भएको आठ दिनसम्म पनि उद्योग बाणिज्य संघले त्यहाँ निस्केको फोहोरको उचित ब्यवस्थापन गर्न नसक्दा राष्ट्रपति रनिङ शिल्ड प्रभावित भएको हो । सर्केस, घुम्ने पिङ लगायतका विभिन्न स्टलहरुको सामाग्रीले चिदिचौरको आधाभन्दा बढी भाग ओगटेका छन् । भने विभिन्न प्लास्टिकजन्य फोहोरले पनि चिदिचौरको सुन्दरता पहिलेजस्तो छैन । यसले गर्दा खेलकुदका कार्यक्रम संचालन गर्न असर परेको सिद्धबाबा माध्यमिक विद्यालय अतिरिक्त क्रियाकलाप समिमिका सह–सचिव जिवन पोखरेलले बताए ।

बिहान सिद्धबाबा माध्यमिक विद्यालय, जिल्ला खेलकुद विकास समिति र नेपाल आर्मीको समूहले चिदिचौरको केहि भाग सफा गरी खेलकुदका कार्यक्रम संचालन गरेको उनले बताए । ‘महोत्सव सम्पन्न भएको आठदिनसम्म पनि फोहोर हट्न सकेको छैन ।’ पोखरेलले भने, ‘सदरमुकामकै खुल्ला चौरमा यस्तो फोहोर राख्नु कत्तिको सुहाउने विषय होला ?’ चिदिचौरको माथिपट्टिको केहि भाग सफा गरेर कार्यक्रम संचालन गरेपनि बाँकि भागमा फोहोर रहदाँ कार्यक्रम निकै प्रभावित भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिपक केसीले बताए । मञ्चमा गर्नुपर्ने उद्घाटन समारोह विद्यालयका कुर्ची मागेर कुनापट्टि गरेको, रिले दौड, भलिबल लगायतका खेलकुदका कार्यक्रम संचालन गर्न महोत्सवको फोहोरले निकै अप्ठ्यारो पारेको उनको भनाई छ ।

गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले चिदिचौरको फोहोर हटाउन संघ लागिपरेको जानकारी दिए । ‘उद्योग बाणिज्य संघले महोत्सवका सामाग्री हटाउन सम्बन्धित स्टलवालाई भनिसकेको छ ।’ उनले भने, ‘अबको ४/५ दिनमा चिदिचौर सफा भइसक्छ ।’ बाणिज्य संघकै लागतमा दैनिक ६/७ जना कामदारले काम गरिरहेकोले अब छिट्टै चिदिचौर सफा हुने उनले बताए ।
 


Ruslan

paicho

bussewa

राजनीति

काँग्रेस बैठक स्थगित, अर्को बैठक वैशाख ९ गते

७ बैशाख, काठमाडौ । नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए । 

​बालुवाटारमा ओली–दाहालबीच निर्णायक वार्ता

७ बैशाख, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ । ९ बैशाखमा हुने भनिएको एकता तत्कालका टरेपनि आजको वार्ता सकरात्मक भयो भने सोही मितिमा एकता घोषणा हुने सम्भावना अझै पनि बाँकी छ । आजको वार्तालाई विहीबार विहानकै वार्ताको निरन्तरता मानिएको छ । ओली–प्रचण्डबीच विहीबार ३ घण्टा एक्लाएक्लै 

काँग्रेस केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी मनोनयनको प्रस्ताव लैजाने सभापति देउवाको तयारी

७ बैशाख, काठमाडौ । चुनावी पराजयको समीक्षालगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गतेदेखि बैठक स्थगित भएको थियो । बैठकमा पार्टीले तीन वटै तहको निर्वाचनमा पराजय भोग्नु पर्नाका कारणको खोजी भइरहेको नेताहरुले जनाएका छन् । 

अन्तर्राष्ट्रिय

भारतमा नोटको अभाव, नेपालमा कस्तो असर पर्ला ?

६ बैशाख काठमाडौ । यसै हप्ता भारतको मध्यप्रदेशका एक किसानले आफ्नी छोरीको बिहेका लागि श्रीमतीको गहना धितोमा राखे। साहुबाट लिएको ऋण रकम संकलन गर्न दुई दिनदेखि उनी बैंक धाइरहेका छन्। तर उनलाई नगद अभावको कारण देखाउँदै बैंकले रित्तो हात फर्कारहेको छ। एटिएममामानिसहरू लामबद्ध भएको विगतको जस्तो निराशावादी अवस्था कम्तीमा पाँचवटा प्रदेशमा देखिएको छ। यो समस्या आन्ध्रप्रदेश, तेलंगना, कर्नाटका

प्राचीन भारतमा इन्टर्नेट आविष्कार भएको दाबी

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले प्राचीन कालमा भारतीयहरूले इन्टर्नेटको आविष्कार भएको दाबी गरेका छन्। 
महाभारतकालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्‌धृत गर्दै उनले त्यति बेला इन्टर्नेटको मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका हुन्। त्रिपुरामा आयोजित एउटा कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भने,‘यो यस्तो देश हो जहाँ महाभारतमा सञ्जयले 

​अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप

३ बैशाख, एजेन्सी । इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध भएको प्रमाणित भएको आरोप लगाएका छन् । हसनले उक्त दाबी गरेको तास्निम समाचार समितिले सोमबार जानकारी दिएको छ । अमेरिकनले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रोउहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top