वायुसेवा सञ्चालकको गुनासो : यात्रुले टेर्न छाडे


Saturday, 9 Nov, 2019 2:21 PM
२३ कात्तिक, काठमाडौं । विमानहरुको उडान रद्द र डिले हुने समस्याले आजित बनेका हवाई यात्रुहरु पछिल्लो समय प्रतिक्रियात्मक हुन थालेका छन् । जहाजबाट उत्रिएरै विरोध जनाउने शैली सुरु भएको छ ।

केही समय अगाडि पर्यटन मन्त्री योगेश भट्टराईका कारण विमान उड्न ढिला भएको भन्दै केही यात्रुले हुलहुज्जत नै गरेका थिए । हालैमात्रै प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणबाट आउँदा उडानमा ढिलाइ भएपछि विमानबाट उत्रिएर यात्रुहरुले विरोध जनाए । यसैगरी उडान ढिलाइ गरेको विरोधमा एकजना सांसदले जनकपुर विमानस्थलभित्रै तोडफोड गरे ।

यस्ता घटना वायुसेवा सञ्चालकको टाउको दुखाइ बनेको छ । यस्तो प्रवृत्तिले हवाई सुरक्षामा समस्या हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । जहाज डिले र उडान रद्द हुनुमा वायुसेवा मात्र जिम्मेवार नहुने भन्दै उनीहरु विमानस्थलमा पर्याप्त पूर्वाधारको विकास र अन्य विकल्प तयार हुनुपर्नेमा जोड दिन्छन् ।

जहाज उडान–अवतरणमा भएको ढिलाइबारे संघले आफ्नो स्पष्टिकरणसमेत सार्वजनिक गरेको छ । संघले भनेको छ, ‘देशको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलमा एउटा मात्र धावनमार्ग हुनाले आन्तरिक तर्फका वायुयान आकासमै होल्ड गर्नुपर्ने वा ग्राउण्डमा होल्ड गर्नुपर्ने अवस्था छ ।

‘वायु सेवा सञ्चालक संघ (आयोन)का अनुसार अहिले उडान रद्द हुँदा कतिपय यात्रु जहाजबाट झर्नै मान्दैनन् । उचित कारण देखाएर उडान रद्द वा डिले हुँदा पनि यात्रु आक्रामक रुपमा प्रस्तुत हुने, वायुसेवाका कर्मचारीमाथि अभद्र व्यवहार गर्ने र विमानबाट ओर्लनसमेत नमान्ने अवस्था सिर्जना भएको संघले उल्लेख गरेको छ ।

संघका अनुसार अन्तर्रा्ष्ट्रिय उडानको तुलनामा आन्तरिक उडानले प्राथमिकता पाउँदैनन् । अहिले प्रयोगमा रहेको सञ्चार सम्पर्क प्रणालीमा सुधार हुन नसक्दा पनि समस्या भइरहेको छ ।

भैरहवा, नेपालगञ्ज, सिमरा, धनगढी, चन्द्रगढी र विराटनगरबाहेक तराईका अन्य विमानस्थलमा सूर्योदयदेखि सूर्यास्तभित्र उडान गरिसक्नु पर्छ । जसले गर्दा जनकपुर, पोखरा तथा भरतपुर विमानस्थलका उडान समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको छ । त्यसबेला समयमै उड्न नसकेका जहाजको उडान रद्द हुने गरेको छ । यस परिस्थितिमा वास्तविक कारण बुझाउने क्रममा नै यात्रुबाट वायुसेवा कम्पनीका कर्मचारीले अनावश्यक दुव्र्यवहार बेहोर्नु परेको आयोनको गुनासो छ ।

जाडोको मौसममा तराईमा शीतलहर लाग्ने र भिजिबिलिटी पनि कम हुन्छ । यस्तो अवस्थामा मौसम सफा नभएसम्म कुर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा उडान नै रद्द गर्नुपर्छ । यसो गर्नुका पछाडि हवाई सुरक्षा मुख्य कारण रहेको वायुसेवा कम्पनीहरुले बताएका छन् । वायुसेवा कम्पनीसँगको समन्वयमा उडानमा सहजीकरण गर्नसमेत वायुसेवा सञ्चालक संघले आग्रह गरेको छ ।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रधानमन्त्री ओलीको जन्मदिनमा सार्वजनिक बिदा

११ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ ।

प्रधानमन्त्रीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

११ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका हुन् ।

एमसीसी सम्झौता परिमार्जनसहित अनुमोदन हुन्छः प्रचण्ड

१० फागनु, नवलपुरः
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन एमसिसी परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय

कोरोनाभाइरस : चीनमा बिरामी घट्दै, अन्त बढ्दै

१० फागुन, काठमाडौ । चीनमा कोरोनाभाइरसका बिरामीको संख्या कम हुँदै गएको छ । तर दक्षिण कोरिया, इटाली र इरानसहित विश्वका अरु देशका भने कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएका पाइएको छ । अहिलेसम्म चीनबाहिर ८ जनाको ज्यान गएको र विश्वका २६ देशमा १२ सय भन्दा धेरै मानिसमा कोरोना भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । आजमात्रै दक्षिण कोेरियामा १ सय ४२ जना कोरोना संक्रमित नयाँ बिरामी भेटिएका छन् ।

९ वर्षीय भयवित बालकको निर्मम कहानी

१० फागुन, काठमाडौं । ९ वर्षीय बालक, जो मर्न चाहन्छन् । कारण– अरुको हेपाई । यो घटनाले जोकसैको आँखाबाट आँशु झार्छ । बालककी आमाले हालै सार्वजनिक गरेको भिडियो अहिले विश्वव्यापी भएको छ । बालक हुन्, अस्ट्रेलियाका क्वाइडन बेयल्स । स्कूलमा उनीमाथि भएको बुली (हेप्ने र सताउने)का कारण उनी विछिप्त छन् । बेयल्सको शारीरिक अवस्थालाई लिएर हेप्ने काम भएको हो । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top