cg electronics
nlic

परिर्वतनको घाँटि रेट्ने ज्ञानेन्द्रलाई गणतन्त्र मार्न खोजेको अभियोगमा जेल किन नहाल्ने ?


Wednesday, 11 Jan, 2017 1:38 PM
टिप्प्णी । इतिहासमा कलंकको कालो टिका लगाएर जनताका अगाडी घुडा टेकेका पुर्वराजा ज्ञानेन्द्र शाह हिजोआज देशको चिन्ता अलि बढी गर्दैछन् । हिजो न्यायका लागि भएका संघर्षहरु दबाउन संकटकाल लगाएर मान्छे मारेर का टाउको गन्न रहर गर्ने ज्ञानेन्द्र शाह आज लोकतन्त्रको हास्यास्पद गफ चुटिरहेका छन् ।
झट्ट हेर्दा ज्ञानेन्द्रको चिन्ता स्वभाविक पनि लाग्छ तर ज्ञानेन्द्रको चिन्ता कुनै मिठो ‘जलेवी’भन्दा कम हानिकार छैन् । ज्ञानेन्द्र यो देशका यस्ता शासक हुन जसले हजारौं नेपालीको हत्या गरेका छन्,संकटकाल र किलोसेरा टु जस्ता भयानक सैन्य अभ्यास चलाएर यो देश तहसनहस पारेका छन् । 

जुन ज्ञानेन्द्रमाथी आफ्नै दाजुको वंशनाश गरेको आरोप जनस्तरबाट लाग्दै आएको छ,उनै महामहिमलाई लोकतन्त्रको चिन्ता,स्वाभिमानको चिन्ता । ज्ञानेन्द्रका अभिव्यक्तीलाई भावनामा होइन,यर्थाथमा महसुस गरौं । इतिहासले गलहत्याए सिहंदरबार निर्मल निवास पुगेका ज्ञानेन्द्र फेरि एकपटक सलबलाई रहेका मात्रै छैनन्,गणतन्त्रमाथी नै प्रहार गर्न खोज्दैछन् आफ्ना कटु र सकुनी अभिव्यक्तीहरुबाट । 

अहिले संविधान कार्यान्वयनको अत्यन्तै जटिल र कठिन तर वाध्यकारी मोडबाट गुज्रिरहेका बेला एकपछि अर्को गर्दै ज्ञानेन्द्रका धारावाहिक प्रतिक्रिया आइरहेका छन् । हो राजाहरुमा केहि राजाका केहि कदम जनताका पक्षमा थिए होलान्,त्यसको सम्मान गर्नैपर्छ ।
तर इतिहासमा रगतको होली खेलेर रमाएर ज्ञानेन्द्रहरुलाई छुट दिइनु हुदैन् । गणतन्त्र,धर्मनिरपेक्षता र नेपालको परिवर्तन विरुद्ध धावा वोल्ने अधिकार ज्ञानेन्द्र शाहलाई छैन् । तर  इतिहासप्रति प्रतिशोध र बदला राख्न खोज्नेहरु भदौरे भेल वा खहरे बन्न सक्छन, तर अविरल सुस्काउने सागर बन्न कदापी  सक्दैनन्  । 

हो, हामी अहिले जुन आधुनिक नेपालको वर्तमानमा छौं, त्यो प्राचीन इतिहासको निरन्तरताकै उपज र परिणाम  हो । यो देश परापूर्वकालदेखि पूर्वज, अग्रजहरुका बहादुरी संघर्ष गाथाहरुले बुनेको देश हो । हामी वा हाम्रा ताकतको मात्रै आर्जन गरेको देश होइन् । 

ज्ञानेन्द्रले राष्ट्रियताको दुहाइ पाखण्डको नमुना
प्रमुख दलहरुबीच संविधान संशोधनको विषयमा रस्साकस्सी चलिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको भन्दै विज्ञप्ती जारी गरे ।
 उनले विज्ञप्तीमा नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भन्दै  तराई, पहाड र हिमाल माझको ऐक्यभाव तोड्ने भगिरथ प्रयत्न भइरहेको लखेका छन् । उनले यतिमात्रै होइन, निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधार किमार्थ बलियो हुन नसक्ने पनि तर्क गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ– “अझै पनि जनताका आस्था ढलेका छैनन् । नेपाली मन मष्तिस्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले राष्ट्र बचाउन फेरी एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन मुखर र प्रखररुपले जाग्नै परेको छ ।” यसबाट बुभ्न सकिन्छ,ज्ञानेन्द्र फेरि एकपटक परिवर्तन विरुद्ध उठ्ने दुस्साहस गर्नेछन् । उनको यो विज्ञप्ती एक ‘इमोसन’ ब्ल्याकमेलबाहेक अरु केहि होइन् । ’बाह्य शक्तिकेन्द्र धाउँदै हिड्ने ज्ञानेन्द्रले राष्ट्रियताको दुहाइ दिनु कति सुहाँउछ  ? एकपछि अर्को डरलाग्दो व्यक्तव्य दिदै हिडेका ज्ञानेन्द्र शाहलाई राज्यले किन यति छुट दिएको छ । 

गणतन्त्र बलियो बनाऔं
राजा ज्ञानेन्द्रले टाउँको उठाउने मौका पनि यहि राजनीतिक अस्थिरताले दिएको छ । हामीले गणतन्त्र बलियो बनाउँन नसक्दा परिणाम हो,ज्ञानेन्द्रको धावा । 
ठुलो राजनीतिक संघर्षबाट आएको लोकतन्त्र जनताको लागि केवल व्यवस्था परिवर्तनको श्रृखलामा सीमित छ, जनताको जीवनस्तर अभिवृद्धिका साधन बन्न सकिरहेको छैन् । परिर्वतको दुहाइ दिने दलहरुले यसतर्फ सचेत हुनैपर्छ ।  
पूर्वराजा ज्ञानेन्द्र पछिल्लो समय सिंगापुर र भारत भ्रमण गर्दै आएका छन् । उनले भ्रमणलाई निजि भनेपनि त्यहा राजनीतिक भेटघाट गर्ने गरेका छन् । 

ज्ञानेन्द्रलाई जेल वा देश निकाला
विश्वमा कयौं शासकहरुलाई जनताले सत्ताबाट गह.लहत्याएपछि या त उनिहरुले देश छाडेका छन् या त उनिहरुलाई जेल हालिएको छ । यसरी अर्को शब्दमा भन्ने हो भने ज्ञानेन्द्र शाह त्यही प्रवृतीका पात्र हुन । नेपालको लोकतन्त्र उदार भइदियो जसको परिणाम ज्ञानेन्द्र शाह एकपछि अर्को वक्तव्य र चेतावनी दिइरहेका हुन्छन् । ज्ञानेन्द्र शाह धर्मका नाममा नेपाल हिसां भड्काउन चाहान्छन् । त्यसैले यीनलाई जेल हाल्नुपर्छ वा देश निकाला गर्नूपर्छ । 


Ruslan

paicho

bussewa

राजनीति

काँग्रेस बैठक स्थगित, अर्को बैठक वैशाख ९ गते

७ बैशाख, काठमाडौ । नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए । 

​बालुवाटारमा ओली–दाहालबीच निर्णायक वार्ता

७ बैशाख, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ । ९ बैशाखमा हुने भनिएको एकता तत्कालका टरेपनि आजको वार्ता सकरात्मक भयो भने सोही मितिमा एकता घोषणा हुने सम्भावना अझै पनि बाँकी छ । आजको वार्तालाई विहीबार विहानकै वार्ताको निरन्तरता मानिएको छ । ओली–प्रचण्डबीच विहीबार ३ घण्टा एक्लाएक्लै 

काँग्रेस केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी मनोनयनको प्रस्ताव लैजाने सभापति देउवाको तयारी

७ बैशाख, काठमाडौ । चुनावी पराजयको समीक्षालगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गतेदेखि बैठक स्थगित भएको थियो । बैठकमा पार्टीले तीन वटै तहको निर्वाचनमा पराजय भोग्नु पर्नाका कारणको खोजी भइरहेको नेताहरुले जनाएका छन् । 

अन्तर्राष्ट्रिय

भारतमा नोटको अभाव, नेपालमा कस्तो असर पर्ला ?

६ बैशाख काठमाडौ । यसै हप्ता भारतको मध्यप्रदेशका एक किसानले आफ्नी छोरीको बिहेका लागि श्रीमतीको गहना धितोमा राखे। साहुबाट लिएको ऋण रकम संकलन गर्न दुई दिनदेखि उनी बैंक धाइरहेका छन्। तर उनलाई नगद अभावको कारण देखाउँदै बैंकले रित्तो हात फर्कारहेको छ। एटिएममामानिसहरू लामबद्ध भएको विगतको जस्तो निराशावादी अवस्था कम्तीमा पाँचवटा प्रदेशमा देखिएको छ। यो समस्या आन्ध्रप्रदेश, तेलंगना, कर्नाटका

प्राचीन भारतमा इन्टर्नेट आविष्कार भएको दाबी

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले प्राचीन कालमा भारतीयहरूले इन्टर्नेटको आविष्कार भएको दाबी गरेका छन्। 
महाभारतकालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्‌धृत गर्दै उनले त्यति बेला इन्टर्नेटको मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका हुन्। त्रिपुरामा आयोजित एउटा कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भने,‘यो यस्तो देश हो जहाँ महाभारतमा सञ्जयले 

​अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप

३ बैशाख, एजेन्सी । इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध भएको प्रमाणित भएको आरोप लगाएका छन् । हसनले उक्त दाबी गरेको तास्निम समाचार समितिले सोमबार जानकारी दिएको छ । अमेरिकनले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रोउहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top