HIMALAYAN HYDRO
nlic

कपालको हानी नहुने गरी घरमै रंग हटाउने सजिला तीन उपाय


Tuesday, 4 Sep, 2018 1:13 PM
कपाल रंग्याउने सवालमा पुरुषभन्दा महिला नै अगाडि हुन्छन् । अर्थात् महिलाले कपाल धेरै रंग्याउँछन् । फेसनमा पनि महिला नै बढी कन्सस हुने भएकाले कपालको रंग परिवर्तन गरिरहन्छन् । तर, यसरी रंग परिवर्तन गर्न केमिकल प्रयोग गर्दा कपाललाई हानी हुन्छ । एउटा रंग हटाएर मात्रै अर्को रंग लगाउनु पर्छ । र पुरानो रंग हटाउन केमिकल प्रयोग गर्ने चलन छ । यसकारण कपालमा बढी नोक्सानी हुन्छ । तर,  कपाललाई नोक्सानी नपु-याई घरेलु उपायबाट पनि कपालमा लगाएको रंग हटाउन सकिन्छ । केमिकल प्रयोग नगरी रंग हटाउने केही तरिका जानिराख्नुस् :

भिटामिन सी
कपालमा लगाएको रंग हटाउन यसले सहयोग गर्छ । भिटामिन सीको एक हजार मिलीग्रामका दुई गोली वा सोहीबराबरको भिटामिन सीको पाउडर स्याम्पुमा मिसाउने । मिसाएपछि कपालको सबै भागमा पर्ने गरी राम्ररी लगाउने । सम्मिश्रण कम्तीमा २० मिनेटसम्म राख्ने र धुने । तर, यसले सबै अवस्थामा शतप्रतिशत काम भने नगर्न सक्छ । 

बाथ साल्ट
बाथ साल्ट सोडियम बाइकार्बोनेट र एप्सामा साल्ट मिलेर बनेको हुन्छ । यसले नचाहेको कलर कपालबाट हटाउँछ । यसले दीर्घ रूपमा कलरलाई राम्रोसँग हटाउँछ । 
-कपालमा बाथ साल्ट लगाउने ।
-पानी लगाएर बिस्तारै माड्ने ।
-जति धेरै समय पानी लगाएर माड्न सक्यो त्यति राम्रो हुन्छ । 

कपालमा लगाएको रंग बढी छ भने यसको प्रयोग राम्रो हुन्छ र सहज रंगलाई हटाउने सहज तरिका पनि हो । 

ब्लिच
केमिकल प्रयोगबाहेक कपालको रंग हटाउन ब्लिच सबैभन्दा बढी प्रयोग गरिने तरिका हो । तर, ब्लिच गर्दा कपाल खराब पनि हुन सक्छ । विज्ञका अनुसार ब्लिच गर्ने भनेको सबैभन्दा अन्तिम अवस्थामा मात्र हो । ब्लिचिङले सीधै आँखा, मस्तिष्कजस्ता स्थानमा असर गर्छ र कपाल जरैदेखि उखेलिन पनि सक्छ । 

 


Ruslan

machha bank

ime

राजनीति

कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराशः नेता सिटौला

२ माघ, काठमाडौं । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताएका छन् । गृह नगर भद्र्रपुरमा आज पत्रकारसँग कुरा गर्दै नेता सिटौला बहुमत पाएको बलियो वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको विचार व्यक्त गरे । ‘दुई तिहाइको सरकार आएपछि जनतामा ठूलो आशा जागेको थियो’, उनले भने, ‘तर, अपेक्षाकृत काम भएको छैन, प्रतिपक्षमा रहेको काङ्ग्रेसले पनि गतिलो भूमिका 

देशमा अशान्ति र अस्थिरता युगको अन्त्य : वरिष्ठ नेता नेपाल

२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताएका छन् । भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको आज आयोजित १४ औँ वर्ष प्रवेश कार्यक्रममा उनले अब देशमा शान्ति र स्थिरता स्थापना भइसकेको बताए । दुई तिहाइको वर्तमान सरकार र नेकपाबाट जनताले विकास र समृद्धिको ठूलो आशा राखेको बताउँदै उनले सरकारले अघि सारेको समृद्ध मुलुक र सुखी 

पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइँदैन : प्रचण्ड

२ माघ, धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आप्mनो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गरेका छन् । लिःल फङ (घले समाज) केन्द्रीय समितिले आज धादिङ बेँसीमा आयोजना गरेको  ल्होसार कार्यक्रममा उनले घले जातिलाई आदिवासीमा सुसूचित गराउन आफूले सक्दो प्रयास गर्ने विश्वास दिलाए । पूर्व प्रधानमन्त्री प्रचण्डले घले जातिको आफ्नै परम्परा, संस्कृति, वेशभूषा

अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प

२ माघ, दाभाओ सिटी । दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराईमा रहेको सो विभागले जानकारी दिएको 

केन्याको होटल परिसरमा आक्रमण, पन्ध्र जनाको मृत्यु

२ माघ, नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवनहरु र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपराह्न अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको दाबी गरेका छन् । विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी होटेलमा छिरेको र 

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

१ माघ, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन्  । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top