syangyong
cg

​पाकिस्तानी कलाकार नेपालमा ‘पण्डित’


Saturday, 3 Nov, 2018 1:44 PM
१७ कार्तिक, काठमाडौं । हिन्दू–मुलमानबीचको तनावको विषयमा केन्द्रित हलिउड फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को नेपालमा शूटिङ सकिएको छ । आउँदो महिना यो फिल्म रिलिज हुनेछ ।यस चलचित्रमा हिन्दू पण्डितको भूमिकामा देखिएका छन्,  पाकिस्तानका चर्चित अभिनेता हमीद शेख । त्यस्तै एक मुस्लिम व्यक्तिको भूमिकामा छन् बलिउड अभिनेता गुलशन ग्रोवर ।

हमीद शेख पाकिस्तानको बलुचिस्तानका हुन् । उनी पीटीभी क्वेटामा पनि आवद्ध रहेका छन् । यसका अलावा चलचित्र ‘मोर’ उनको प्रमुख भूमिका देख्न सकिन्छ । त्यस्तै ‘खुदाके लिए’ मा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

शेख आफूले नयाँ–नयाँ भूमिका निर्वाह गर्न मन पराउने बताउँछन् । बीबीसीसँगको कुराकानीमा उनले भनेका छन्, ‘चलचित्र मोर हुँदै एक पण्डितको भूमिका निर्वाह गर्न मलाई खासै कठिन भएन । अभिनेताका रुपमा म केही कुरा पनि सम्झन्छु । बलिउडको असर तथा मेरा केही हिन्दू साथी भएकाले यो भूमिका मैले सहजै निर्वाह गर्न सफल भएँ ।’

आफू अन्तर–धार्मिक वातावरणमा हुर्केका कारण पनि यस्तो भूमिका निर्वाह गर्न सजिलो भएको अभिनेता शेख बताउँछन् । ‘क्वेटामा मेरो घरको एकातर्फ हिन्दू मन्दिर रहेको छ भने अर्कोतर्फ पारसीहरुको कोलोनी र धार्मिक स्थल रहेको छ । त्यस्तै घरको पछाडिपट्टि अहमदीहरुको धार्मिक स्थल । यी सबै चिज सानैबाट देखेर हुर्केँ ।’

नेपाली चलचित्र निर्देशक
हमीद शेखका अनुसार ‘द म्यान फ्रम काठमाण्डू’ को कथा एम मुसलमान युवकमाथि केन्द्रित रहेको छ । ती युवक अमेरिकाबाट नेपाल आएर आफ्नो बुवाको विरासत पत्ता लगाउन चाहन्छन् । त्यसै क्रममा उनको भेट एक मुसलमान नेता ‘गुल्शन ग्रोवर’सँग हुन्छ ।

उनी ती युवकलाई राजनीतिक रुपमा प्रयोग गर्न चाहन्छन् तर सफल हुँदैनन् । 

हमीद शेख भन्छन्, ‘त्यही समय मेरो मुस्लिम नेतासँग मुठभेड हुन्छ । म एक हिन्दू नेता तथा पण्डितको भूमिकामा छु ।’

यो चलचित्रका निर्देशक पेमा धोन्डुप हुन् । उनका पूर्वज तिब्बतबाट नेपाल आएका हुन् । पेमाले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका हुन् । उनको आफ्नै चलचित्र निर्माण कम्पनी छ, जुन हलिउडमा दर्ता भएको छ ।

गुलशन ग्रोवरले यो चलचित्र पेमाले नै लेखेको भन्दै यसो भन्छन्, ‘म आफ्नो कामलाई निकै ध्यान दिन्छु । म आफ्नो साथीलाई अझ बढी प्राथमिकता दिन्छु । पेमा मेरा साथी हुन् । फिल्मको छायांकनका लागि समय नै निस्किएको थिएन । साथै दाह्री पनि पाल्नु थियो तर सबै ठीक भयो ।’

पाकिस्तान घुम्न चाहन्छन् ग्रोवर
हमीद शेख गुलशन ग्रोवरलाई निकै असल व्यक्तिका रुपमा लिन्छन् ।  आफूलाई ग्रोवरले धेरै कुरा सिकाएको बताउँदै शेख भन्छन्, ‘हामी साँझमा दालरोटी खान्थ्यौँ र गफ गर्थ्यौँ । उनको खानदानको सम्बन्ध पनि रावलपिण्डीसँग जोडिएको रहेछ । उनी आफ्नो पुस्तैनी घर हेर्न चाहन्छन् । त्यहाँका मान्छेसँग भेट्न चाहन्छन् ।’

‘द म्यान फ्रम काठमाण्डू’ अमेरिकाका अलावा नेपाल र भारतमा रिलिज हुनेछ । हमीदका अनुसार चलचित्रलाई पाकिस्तानमा पनि रिलिज गर्ने प्रयास गरिएको छ ।हमीद यसभन्दा पहिले पनि अमेरिकी चलचित्रमा काम गरिसकेका छन् । अमेकिरी चलचित्रकर्मीहरु व्यावसायिक भएको उनी बताउँछन् । 

हमीद शेख ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र बनाउन चाहन्छन् । त्यसका लागि आफूले रिसर्च गरिरहेको उनी बताउँछन् । ब्रिटिस शासनकालको केही विषय लिएर आफूले चलचित्र बनाउन लागेको हमीद बताउँछन् । बिबिसी

 


Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​कोलम्बो प्रोसेस उच्च अधिकारीस्तरीय बैठक शुरु

२९ कात्तिक, काठमाडौँ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री 

​‘कोलम्बो प्रोसेस’को बैठक बिहीबारदेखि काठमाडौँमा

२८ कात्तिक, काठमाडौँ । आप्रवासी श्रमिकका साझा हकहित र चासोबारे परामर्श एवं अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा छलफल गर्न भोलिदेखि राजधानीमा ‘कोलम्बो प्रोसेस’को बैठक हुँदैछ । बैठकमा १२ देशका मन्त्री, उच्च अधिकारी एवं सरोकारवालाले गहन छलफल गर्दैछन् । एशिया क्षेत्रका श्रमिक आपूर्ति गर्ने देशको साझा मञ्च ‘कोलम्बो प्रोसेस’ वैदेशिक रोजगारीसम्बन्धी उत्कृष्ट अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने 

​नेकपाको बैतडीमा समायोजनको काम टुङ्गियो

२८ कात्तिक, बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ। पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । छ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका 

अन्तर्राष्ट्रिय

​संसद भवनभित्रै सांसदहरुबीच गोदागोद

२९ कार्तिक, काठमाडौं । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो।

​पर्खाल नाघेर अमेरिका : १९ वर्षीया गर्भवतीले पनि नाघिन् यति अग्लो पर्खाल !

२९ कार्तिक, काठमाडौं । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । 

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले संसदमा पाएनन् विश्वासको मत, झन् गहिरियो राजनीतिक संकट

२८ कार्तिक, काठमाडौं । श्रीलंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री माहिन्दा राजपाक्षे संसदबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । यो घटनाक्रमसँगै श्रीलंकाको राजनीतिक संकट झन् गहिरिएको छ । श्रीलंकाको संसदमा विश्वासको मतका लागि भएको मतदानमा राजपाक्षेले मत पाउन सकेनन् ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top