esewa

‘हाम्रा राजकुमार लागु औषधमा जेल जान्छन ,राम्रा राजकुमार जनतासंग रमाउँछन’

बेलायती राजकुमार ह्यारीले जितेको नेपाली मन


Thursday, 24 Mar, 2016 8:19 AM


११,चैत,काठमाण्डौं ।  राम्रा राजकुमार : अंग्रेजीमा एउटा भनाई छ ‘फष्ट इम्प्रेसन इज द लाष्ट इम्प्रेसन’ अर्थात तपाईले कसैलाई पहिलो नजरमै वा पहिलो उपस्थितीमा प्रभावित पार्न सक्नुभयो भने त्यो अन्तीमसम्म रहन्छ ।



यस्तै भयो बेलायति राजकुमार ह्यारीको नेपाल आगमन ।  मानिसहरुले कल्पना पनि गरेका थिएनन् । आम नेपालीले यहि सोचेका थिए,राजकुमार जस्तो मान्छे,होटल जालान,मन्दीर जालान,रमाउलान । धुलोमाटोमा कहाँ आउलान र ? तर ठिक उल्टो भयो ।  


ह्यारी नेपाल आए,गाउँबस्ती डुले,मज्जैले घण्टौसम्म हिडे पनि । कहि सडकमा बसेर मुर्ती कुद्न थाले त कहि नेपाली झुपडीमै खाना खान थाले । यतिमात्रै होइन कहि उनी नेपाली पोसाकमा देखिए भने कहि भलिबल खेल्दै गरेको अवस्थामा । यसरी मन जिते एक राजकुमारले । बेलायतमा अहिले पनि राजतन्त्रतात्मक व्यवस्था छ ।


तर ह्यारीकै जनतासंगको निकटताले हामी अनुमान गर्न सक्छौ,बेलायतका नागरिक राजतन्त्र किन मन पराउछन् । ह्यारीले नेपालीको माया देखेर होला भ्रमण लम्ब्याएर ६ दिन फेरि नेपालमा बस्ने बताए । गाउँबस्ती डुल्दा उनका सुकीला लुगाहरुमा नेपाली माटो घुलो बनेर कत्ती लाग्यो,कत्ती तर उनी रमाए नेपाली माटो र नेपाली मायासंग ।


पाहुनाको भव्य सम्मान गरे नेपालीले । नेपालीले विर्सीए ह्यारी राजखानदानका एक व्याक्ति हुन् । यसको अर्थ हो आत्मीयता र भावनात्मक थिए ह्यारी,आफुले जस्तो व्यावहार देखाए त्यस्तै माया पाए । उनको नेपाल बसाईले नेपालको पर्यटन क्षेत्रमा ठुलो सहयोग पक्कै पुग्नेछ । 

र हाम्रा राजकुमार  : परिस्थिती ठिक उल्टो छ । बेलायती राजकुमार ह्यारीले जत्ति नेपालमा सम्मान पाए नेपालका पुर्व राजकुमार पारस शाह भने त्यो भन्दा कयौ गुना वढी अपमान पाउँछन् ।


 नेपालमा पनि राजतन्त्र थिए तर नेपालको राजतन्त्रलाई जनताले कहिल्यै मन पराएनन् । त्यसमा पनि पुर्वराजा ज्ञानेन्द्र र युवराज पारसलाई त झनै । पारस कहिल्यै पनि नेपाली जनताको नजरमा सहानुभुती बटुल्नलायक पनि भएनन् । कहिले कसैलाई कुटेर त कहिल्यै ड्रग्सकाण्डमा बदनामीत भए उनी । 


हुदाहुदा थाइल्याण्डमा लागु औषध सहित पक्राउ परेर जेलसम्म गए । नेपालमा उनले गरेका कयौ यस्ता हर्कतहरु छन जो लेख्नलायक पनि छैनन् । अर्काकी श्रीमतीमाथी आखा गाड्नेदेखि डनहरुलाई अघिपछि लाउनेसम्मका घिनलाग्दा काण्ड छन नेपाली पुर्व युवराजका । 


 


Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top