kantipur mall

पब्जी खेल्न नपाएपछि एक युवकले गरे भारतमा आफ्नै बुबाको हत्या !


Wednesday, 11 Sep, 2019 9:24 AM
२५ भदौ, काठमाडौं । भारतको कर्णाटकस्थित बेलगावी जिल्लामा एक २१ वर्षीय युवकले मोबाइल गेम पब्जी खेल्न नदिएका कारण आफ्नै बाबुको घाँटी रेटेर हत्या गरेका छन् ।
  रघुबीर कुम्भर नामका ती युवकलाई पब्जी खेल्ने लत लागेको थियो र त्यसले उनको पढाइमा असर गरिरहेको थियो ।  बेलगावीका प्रहरी कमिस्नर बीएस लोकेशकुमारले बीबीसीलाई बताएअनुसार सो युवकलाई पब्जीको लत रहेकोले उनी आफ्ना बाबुले मोबाइल चार्ज गरे हुन्थ्यो भन्ने चाहन्थे ताकि गेम खेल्न सकियोस् ।

यो विषयलाई लिएर बाबु छोराको सो दिन झगडासमेत भएको थियो । त्यसपछि छोराले आफ्नी आमालाई कोठाबाट बाहिर जान आग्रह गरेको थियो । लगत्तै उसले आफ्नो बाबुको हत्या गरेको थियो । सो घटनापछि अभियुक्त युवककी आमा चिच्याउँदै घर बाहिर निस्किन् । छिमेकीले प्रहरीलाई बोलाए । रघुबीरलाई प्रहरीले गिरफ्तार गरेको छ । 

युवकका पिता शेखरप्पा प्रहरी विभागका अवकाश प्राप्त कर्मचारी हुन् । उनले सो घटनाको एक दिनअघि आफ्नो छोराको लतको बारेमा प्रहरीलाई सूचना दिएका थिए ।  प्रहरीलाई उनले आफ्नो छोराले घरमा ढुंगा फ्याक्ने गरेको समेत बताएका थिए । 

सो विषयलाई लिएर शेखरप्पा प्रहरी स्टेशनमा जानुपरेको थियो । रघुबीरमाथि मोबाइल गेम खेल्न नदिँदा गर्दा घरमा ढुंगा प्रहार गर्ने गरेको आरोप पहिला नै लागेको थियो । यस प्रकारको व्यवहारले रघुबीरको मानसिक अवस्थाको अनुमान लगाउन सकिने विज्ञहरु बताउँछन् । 

नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्यूरो साइन्सेजका अतिरिक्त प्रोफेसर डा. मनोजकुमार शर्माले बीबीसीलाई भने,‘जब आमा बाबुले बच्चासँग मोबाइल फोन फिर्ता लिन्छन् वा उनीहरुलाई गेम खेल्न दिँदैनन् त्यसले गेमको लतमा परेका बच्चालाई सबैभन्दा बढी असजिलो महसुस हुन्छ । उनीहरु चिडचिडाहट र रिस देखाउन थाल्दछन् ।’

डा. शर्मा अहिलेसम्म खेलका कारणले कसैको व्यवहारमा परिवर्तन आएको प्रमाण फेला नपरे पनि हिंस्रक गेम खेल्नाले उनीहरुको व्यवहारमा परिवर्तन आएको आफन्तहरुले बताएको उल्लेख गर्छन् । उनका अनुसार यसप्रकारको व्यवहारको मुख्य कारण मानिस बाहिरको दुनियाँसँग पुरै सम्पर्कविच्छेद्को अवस्थामा रहनु हो । उनीहरुले यही आफ्नो दुनियाँ भएको सोचिरहेका हुन्छन् ।

डा. शर्मा यस्ता गेम खेल्ने कतिपयलाई कुनै प्लेयर, स्ट्रीमर वा गेम डेभलपरको जस्तो रोजगारी समेत मिल्ने विश्वास पलाउने गरेको बताउँछन् । पछिल्लो समयमा आएर यस्ता विषयमा मनोवैज्ञानिक तथा मनोचिकित्सकले चिन्ता व्यक्त गर्न थालेका छन् ।  डा. शर्माका अनुसार उनको  क्लिनिकमा आउने १० जनामा सात वा आठ मानिस अत्यधिक मोबाइल प्रयोगका कारण समस्यामा पर्ने गरेको पाइएको छ । 

उत्तरी कर्णाटकको हुबलीस्थित मानस इन्स्टिच्युट अफ मेन्टल हेल्थका सिनियर मनोचिकित्सक डा. विनोद कुलकर्णी भन्छन, ‘हामीलाई ग्रामीण तहबाट पनि  तीन चार सय मामिला त्यस्ता आएका छन् जसमा मोबाइल फोनका कारण समस्या परेको पाइएको छ । उनीहरुले मोबाइलको लतका कारण समस्या आएको बताउने गरेका छन् ।’

डा. कुलकर्णी भन्छन,‘यस खालका बिरामीलाई गेम नखेल भनिएमा त्यसले उनीहरुलाई चिन्तित बनाउँछ । उनीहरु हिंस्रक हुन थाल्छन् र तनावमा पर्न थाल्दछन् ।’

डा. शर्मा लतको शिकार भएका व्यक्तिलाई एकै झड्कामा लतबाट मुक्त गर्न असम्भव हुने बताउँछन् ।  यस्ता व्यक्तिलाई विस्तारै जागरुक बनाउन आवश्यक हुने उनको भनाइ छ । उनी त्यस्तो लत भएका बच्चालाई काउन्सिलिङ गर्नुपर्ने समेत बताउँछन् । गेम खेल्नु खराब कुरा नभए पनि अति नै खेल्नुले भने समस्या ल्याउने उनको भनाइ छ । 


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउँछ : रामचन्द्र पौडेल

२७ कात्तिक, निजगढ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थिर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई सीमा सम्बन्धी सबै समस्या समाधान गर्न उत्तम समय भएको बताएका छन् । बारा जिल्लाको निजगढमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले सीमा समस्या विगतदेखि कै भएपनि बर्तमानमा जस्तो स्थिर सरकार र सबै राजनीति शक्तिको साथ कहिल्यै नपाएको बताए । पौडेलले भने– ‘सीमाको समस्या धेरै पहिले देखि हो । यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौँ । तपाईले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ ।’

मोरङको स्थानीयत तहको उपचुनावमा कांग्रेस र समावजादीबीच तालमेल

२७कात्तिक, विराटनगर ।  मोरङको धनपालथान गाउँपालिकाको उपचुनावमा नेपाली कांगेस र समाजवादी पार्टीले तालमेल गरेका छन् ।  धनपालथान वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसले नारायणप्रसाद साहलाई उमेदवार बनाएको छ ।  समाजवादी पार्टीले साहलाई समर्थन गर्दै आफ्ना उमेदवारी नहुने कांग्रेससंग सहमति गरेको छ । समाजवादीले डम्बरलाल मण्डलले वडाअध्यक्षमा उमेदवार बनाउने निर्णय गरेको थियो । दुबै पार्टीले आज बिहान विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी चुनावमा तालमेल गरिएको जनाएका छन् ।

सिके राउतको पार्टीले पनि उपनिर्वाचनमा उम्मेदवारी दिँदै

२७ कात्तिक, काठमाडौं । मंसीर १४ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने भएको छ । गएको फागुनमा प्रधानमन्त्रीसँग सहमति गरेर मूलधारको राजनीतिमा आएका राउतले वैशाखमा आफ्नो नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । त्यसअघि उनले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदै आएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार उपनिर्वाचनका लागि २७ गतेको स्थानीय तहको उम्मेदवारी दर्तामा पार्टीले तराई मधेसमा उम्मेदवारी दिन लागेको छ ।

अन्तर्राष्ट्रिय

​किन रक्ताम्य भयो दक्षिण कोरियाको नदी ?

२७ कात्तिक, काठमाडौं । उत्तर कोरिया तथा दक्षिण कोरियाको सीमा नजिकै रहेको एक नदी सुँगुरको रगतका कारण पूर्ण रुपमा रातो भएको छ ।
देशमा अफ्रिकन स्वाइन फिवर फैलिने जोखिम बढेपछि दक्षिण कोरिया प्रशासनले सावधानीका लागि ४७ हजार सुँगुर मार्न आदेश दिएको थियो ।मारिएका सुँगुरलाई सीमा नजिकैको डम्पिङ्ग साइडमा गाडिएको थियो । तर पानी परेकाले त्यहाँबाट रगत बगेर नजिकै रहेको सानो नदी इमजिनमा मिसियो । त्यसपछि नदीको पानी पूर्ण रुपमा रातो भएको हो । अफ्रिकन स्वाइन फिवर अति संक्रामक र उपचार सम्भव नभएको रोग हो । 

बोलिभियामा राजनीतिक युटर्न : राष्ट्रपतिमा निर्वाचित भएको दुई सातामै इभोले दिए राजीनामा

२५ कात्तिक, काठमाडौं । बोलिभियामा १४ वर्षदेखि सत्तामा रहँदै आएका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् । अघिल्लो महिना भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएपनि धाँधली भएको प्रमाण फेला पारेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले दाबी गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् 

कोरियामा जीवनबारे पाठ सिक्न नक्कली दाह संस्कार !

२४ कात्तिक, काठमाडौं  । दक्षिण कोरियामा एउटा कम्पनीले निःशुल्क दाह संस्कारको सेवा प्रदान गरिरहेको छ । तर आश्चर्यजनक सो सेवा मृतका लागि नभएर जिवित मानिसहरुलाई जीवनबारे पाठ सिकाउनका निम्ति रहेको बताइएको छ । मृत्युलाई नजिकबाट अनुभूति गर्नुले व्यक्तिलाई धेरै कुरा सिकाउने विश्वास सहित यस्तो सेवा प्रदान गरिँदै आएको छ । हालसम्म यस जिवित दाहसंस्कार कार्यक्रममा २५ हजार भन्दा धेरैले सहभागिता जनाइसकेका छन् ।  हालै मात्र कार्यक्रममा सहभागी भएकी ७५ वर्षीया छो जे ही भन्छिन,‘मृत्युका बारेमा हामी सचेत हुन थालेपछि जीवनप्रतिको हाम्रो धारणा बदलिन्छ र हामीले यो संसारलाई नयाँ दृष्टिले हेर्न सुरु गर्छौँ ।’  

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top