siddhartha

यस्ता छन् सहबासबाट स्वास्थ्यमा प्रभावहरु


Friday, 8 Sep, 2017 8:02 AM

सहबासले शारीरिक सन्तुष्टि मात्र दिँदैन, यसले व्यक्तिको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्दछ । चरमसुखपछि शरीरमा प्रोलेटिकल हार्मोनको श्रम बढ्छ, जसले गर्दा मष्तिस्कका स्नायु कोषिकाले नयाँ न्युरोन निर्माण गर्छ ।

फलतः व्यक्तिको सुघ्ने क्षमता बढ्छ । अस्ट्रेलियाको क्विन्स युनिभर्सिटीमा गरिएको अनुसन्धानअनुसार सातामा तीनदेखि चार पटक सहबासमा संलग्न हुनाले हृदयरोगको खतरा ५० प्रतिशत कम हुन्छ । एक मिनेटसम्मको चुम्बन गर्नाले २६ क्यालोरी ऊर्जा खपत हुन्छ ।
 
–यौनसम्पर्कका बेला चरमसुखभन्दा ठीक पहिले शरीरमा ओक्सिरोसिन हार्मोनको स्तर सामान्यभन्दा पाँच गुणाले बढ्छ । फलतः इन्डोर्फिन हार्मोनको श्राव हुँछ, जसका कारण मानसिक धर्मका बेला हुने पीडा अर्थराइटिस एवं टाउको दुख्ने पीडाबाट मुक्ति प्राप्त हुन्छ ।

–पेन्सेल्भेनिया युनिभर्सिटीमा गरिएको अध्ययन अनुसार सातामा तीनदेखि चारपटकसम्म यौन सम्पर्क गर्नेहरुको शरीरमा इम्युनोग्लोबिन नामक एन्टीबडी श्राव सामान्य व्यक्तिभन्दा ३० प्रतिशतले बढी हुन्छ । यसले रुघाखोकीजस्ता बिरामीबाट टाढा राख्छ ।

–स्वस्थकर एवं सन्तुष्ट यौन जीवन बिताइरहेका जोडीहरु लामो समयसम्म युवा देखिन्छन् ।

–अमेरिकामा गरिएको एक अध्ययनअनुसार सफल यौन जीवनले अन्य कुनै पनि कुराले भन्दा बढी खुसी र सन्तुष्टि प्रदान गर्छ । नियमित यौन सम्पर्कले यौनांग क्षेत्रको मांसपेशीलाई बजबुत बनाउछ ।

यौन सम्पर्कका बेला महिलाले पुरुषको यौनरसबाट निस्कने टेस्टोस्टेरोन हार्मोनलाई ग्रहण गर्छन् । जसले महिलाहरुका लागि शक्तिवर्द्धकको काम गर्दछ । नियमित यौन सम्पर्कले शरीरको लचिलोपनलाई कायम राख्छ भने आवेग र रिसलाई समेत कम गर्छ । स्वस्थकर यौन जीवन जिउने व्यक्तिले व्यक्तिगत जीवनबाहेक व्यवसायिक जीवनमा पनि सफलता हासिल गर्दछ ।

–नियमित यौन सम्पर्कले छाला कोमल एवं स्वस्थ रहन्छ । यौन सम्पर्कका बेला महिलाको शरीरमा एस्ट्रोजन नामक हार्मोनको श्राव बढी हुन्छ। यसबाट छाला एवं केशमा चमक आउँछ ।

–नियमित यौन सम्पर्कले आयु बढ्छ । हालै गरिएको एक अध्ययनअनुसारजसले चरमसुख अनुभव गर्छन् तिनीहरुको असामयिक मृत्युको सम्भावना अन्य व्यक्तिको तुलनामा ५० प्रतिशतले कम हुन्छ ।यौन सम्पर्कले स्ट्रेस हार्मोनको श्रावमा कमी आउँछ । फलस्वरुप नियमित यौन सम्पर्क गर्नेहरुको आयु ४–५ वर्ष बढ्छ। एजेन्सीहरु
 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

गुल्मीमा महिला उम्मेदवार शून्य

हुमाकान्त पोखरेल
१ मंसिर, गुल्मी
 । महिला अधिकारका चर्का नारा लगाउने राजनीतिक दलले गुल्मीमा महिला उम्मेद्धवार शून्य बनाएका छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभाका २ र प्रदेश सभाका ४ क्षेत्रमा कुनै पनि राजनीतिक दलले महिला उम्मेद्धार नउठाएपछि महिला उम्मेद्धार शून्य भएको हो । महिलाहरु हरेक रुपले सक्षम हुँदाहुँदै पनि राजनीतिक दलले महिलालाई उपेक्षा गरी टिकट नदिएको पाइएको छ ।

​अवको अभियान संमृद्ध नेपाल निर्माण : श्रमराज्य मन्त्री चौधरी

१ मंसिर, दाङ । श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरीले अवको अभियान संवृद्ध नेपाल निर्माण भएको बताएका छन् । नेपाली काँग्रेसले आज तुलसीपुर–४ मा आयोजना गरेको कार्यक्रममा अव देशमा आर्थिक संमृद्धी आवश्यक भएकाले नेपालमै कल कारखाना तथा उद्योग स्थापना गरी युवालाई स्वदेशमै रोजगार सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । 

विप्लव समुहका कैलाली इन्चार्जसहित चार जना पक्राउ

१ मंसिर, धनगढी । कैलाली प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कैलाली इन्चार्जसहित चार जना  नेता कार्यकर्तालाई पक्राउ गरेको छ । निर्वाचनमा अवरोध पुर्याउन सक्ने भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

अन्तर्राष्ट्रिय

​सेनाको नजरबन्दमा रहेका जिम्बाबेका राष्ट्रपति मुगाबे : यस्ता छन् उनका दश मुख्य आरोह-अवरोह

१ मंसिर हारारे । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेको जिन्दगीमा अहिलेसम्म दश मुख्य आरोह अवरोह भएका छन् । फेब्रुअरी २१, १९२४ मा मुगावेको जन्म सालिसबुरीको कुतामा मिसनमा बस्ने क्याथोलिक परिवारमा भएको हो । सन् १९६० मा विद्यार्थी र शिक्षकको रुपमा देश बाहिर क्रियाशिल भइरहेको बेला रहोमेसीआ फर्किए  र उपनिवेस विरुद्ध लड्नका लागि नेश्नल डेमोक्र्याटीक पार्टीमा आवद्ध भए ।  त्यो पार्टी सन् १९६१ मा प्रतिबन्धित भएपछि 

​विमानमा चरा ठोकिए पछि आकस्मिक अवतरण

३० कात्तिक, नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तामिल नाडूबाट १३४ जना यात्रु र सात जना चालक दलका सदस्यसहित कतारको दोहाका लागि उडेको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण गराइएको खबर छ । तामिल नाडूको विमानस्थलबाट विमान उडेको केही समयमा नै सो विमानमा चरा 

​राष्ट्रपति ट्रम्पद्वारा आफ्नो एसिया भ्रमणको बचाउ भने– अब उत्तर कोरियाको दादागिरी चल्दै

३० कात्तिक, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताएका छन् । उनले भने– मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन 

विचार / ब्लग

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 

​युवाले हाँक्दै गरेको विश्व र हाम्रो युवा नेतृत्व

ओम प्रकाश घिमिरे 
नेपालीहरुले बहुदलीय राजनीतिक प्रणालीको अभ्यासमा निर्वाचन मार्फत जनप्रतिनिधि चयन गर्न थालेको इतिहास झण्डै ६ दशक लामो  छ । यस अवधिमा ४ वटा प्रतिनिधिति सभाको निर्वाचन, २ वटा संविधान सभाको निर्वाचन र तीनवटा स्थानीय निर्वाचन मार्फत नेपाली नागरिकहरुले जनप्रतिनिधि चयन गरेका छन् । तर निर्वाचनहरुमा नियमितता हुन नसकेका कारण यो ६ दशकको अवधिमा थोरै निर्वाचनहरु मात्र भएका हुन् । वि.स.२०७४ साल 
Top