प्रशान्त महासागरमा अचानक तापक्रममा बृद्धि, १० लाख चरा मरे


Monday, 20 Jan, 2020 10:15 AM
६ माघ, काठमाडौं । पछिल्लो १२ महिनामा १० लाख भन्दा बढी समुद्री चराहरु मारिएकाबारे वैज्ञानिकहरुले विशेष चिन्ता व्यक्त गरेका छन् । चराहरुको एकसाथ मृत्युको यो इतिहासकै  सबैभन्दा ठूलो रेकर्ड भएको उनीहरुको भनाइ छ ।

यसमा प्रशान्त महासागरको एउटा ठूलो सतही भाग अधिक तातो भएकाले नै यस किसिमका घटना भइरहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिएका हुन् , जसलाई ‘ब्लब’ नाम दिइएको छ । सामान्य अर्थमा ब्लबको परिभाषा समुद्रको सतहबाट १६०० किलोमिटर सम्मको भूभाग ३ देखि ६ डिग्री बढीले तातिनु हो ।

समद्र तात्ने प्रक्रिया पहिले २०१३ मा सुरु भएको हो जुन २०१५ को गर्मीयाममा चरम बिन्दुमा पुगेको थियो भने २०१६ सम्म जारी रहेको हो । त्यही उच्च तापमानले ‘ब्लब’ सिर्जना गरेको बताइएको छ जुन तापमान हावाहुरीले पनि कम गर्न सक्दैन । समुद्री तापमानमा त्यही थोरै परिवर्तनले नै त्यहाँको जैविक वातावरणमा प्रत्यक्ष असर पारेको बताइएको छ ।

किनकी यसबीच ह्वेल, स्रिप्प लगायत समुद्री जीवहरुले खाने एक किसिमको ‘माइक्रोस्कोपिक एल्गे’ (समुद्री घाँस) को उत्पादनमा ठूलो गिरावट आएको थियो । अर्कोतर्फ पश्चिमी किनारमा त्यही तातोका कारण हानिकारक एल्गेमा भने वृद्धि भएको हो जसले थुप्रै जीवजन्तु मारेपछि माछा उत्पादकहरुले लाखौँ डलरको आम्दानी गुमाउनु परेको थियो । 

त्यस्तै ठूलो स्तरको सामुहिक मृत्युको सामना गर्ने अन्य जीवहरुमा ‘सि लायन्स’ नामक जनावर, टफ्ट पफिन्स (एक प्रजातिको चरा), बेलिन ह्वेल रहेका छन् । यता म्युरस प्रजातिका चरा यसबाट सबैभन्दा नराम्ररी प्रभावित भएको बताइएको छ जुन ६२ हजारको सङ्ख्यामा समुद्र किनारमा मृत फेला परेको थियो । वैज्ञानिकहरुले मृत चराको सङ्ख्या १० लाख नजिक पुगेको हुन सक्ने अनुमान गरेका छन् ।

यसमा थोरै स्तरमा मात्र समुद्री किनारसम्म आइपुगेको र अधिकांश अवशेष अन्तै बगेको हुन सक्ने युनिभर्सिटी अफ वासिङटनका अनुसन्धानकर्ताहरुले बुधबार सार्वजानिक जर्नल प्लोस वानमा उल्लेख गरेका छन् । सबै शहरहरुमध्ये सबैभन्दा धेरै मृत चरा अलस्कामा फेला परेका थिए जहाँ प्रत्येक एक किलोमिटरमा ४,६०० मृत चराका शेश भेटिएको अध्ययनमा उल्लेख गरिएको छ । 

यसरी ब्लबका कारण म्युरस प्रजातिका समुद्री चरामा ससाना माछाको आहारलाई लिएर अधिक प्रतिस्पर्धा भएकै कारण तिनीहरु खान नपाएर मरेको बताइएको छ । समुद्रको पानी तात्नुले केही प्रजातिका माछाहरुको पाचन प्रणालीमा ठूलो बदलाव ल्याएको थियो जसपछि ती जीवहरुले ससाना माछाहरु धेरै खान थालेका हुन् । म्युर्स चरा पनि तिनै माछामा निर्भर रहने हुँदा यस्तो भएको बताइएको छ ।

यसैले पनि म्युरसको जनसङ्ख्या नराम्ररी प्रभावित भएको हो । यसबारेमा प्रमुख अध्ययनकर्ता, जोन प्लाटले भनेका छन, ‘यति ठूलो स्तरको क्षति धान्न सम्भव छैन । यो आश्चर्यजनक र चिन्ताजनक विषय हो भने समुद्रको पानी थोरै डिग्रीले तातेमा पनि त्यहाँको जैविक वातावरणमा यतिसम्मको असर पर्छ भन्ने चेतावनी पनि हो ।’

यसरी अहिलेको अवस्थामा जलवायु परिवर्तन जारी रहने हो भने मासिएका समुद्री जीवजन्तुको जनसङ्ख्या पहिलेको अवस्थामा फर्कन सम्भव नहुने अनुसन्धानकर्ताहरुले बताएका हुन् । 

त्यसैगरी वैज्ञानिकहरुले न्युजिल्यान्डमा पनि अर्को ‘ब्लब’ बनिरहेको फेला पारेका छन् जुन अन्तरिक्षबाट पनि पत्ता लाग्न सक्ने किसिमले ठूलो स्तरमा रहेको बताइएको छ । १० लाख वर्ग किलोमिटरको  सो ब्लबको भूभाग अमेरिकी शहर टेक्सस जत्रो आकारमा रहेको छ । वैज्ञानिकहरुले विश्वव्यापी मौसम परिवर्तनको परिणामले नै यस किसिमका घटना समान्य बनिरहेको भनि चिन्ता व्यक्त गरेका हुन् ।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्दै

१३ फागुन, काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएपछि प्रतिपक्षीको अवरोधका कारण

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ

१२ फागुन, पोखरा ।
पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई  कालो झन्डा देखाउन खोज्ने  ६ जना  विद्यार्थी पक्राउ परेका छन् । पोखरा स्थित  सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाई, रेशम सापकोटा,

मध्यराति बेहोस भएपछि नेकपा नेता लामा अस्पताल भर्ना

१२ फागुन, काठमाडौँ ।
नेकपाका केन्द्रीय सदस्य  कमानसिंह लामा गम्भीर बिरामी परेका छन्। गएराति १ बजे काठमाडौँ मूलपानीस्थित आफ्नै निवासमा एक्कासी बेहोस भएपछि उनलाई थापाथलीस्थित

अन्तर्राष्ट्रिय

तस्बिरमा हेर्नुहोस् भारतमा यसरी गरियो ट्रम्पको स्वागत

१२ फागुन, काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आज अहमदाबाद आएका छन् । उनलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

९४ वर्षीय महाथिरद्वारा प्रधानमन्त्री पदबाट राजीनामा

१२ फागुन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन्। महाथिरले दुई वाक्यको राजीनामा पत्र मलेसियाका राजालाई सोमबार बुझाएका हुन्। केहि हप्तादेखि शुरु भएको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला उनले राजीनामा दिएर नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

चीनबाहिर कोरोना बढी फैलिने मुलुक कोरिया, एकै दिन १६१ व्यक्ति संक्रमित

१२ फागुन, काठमाडौं । दक्षिण कोरियामा कोरोना संक्रमण हुने क्रम तीव्र बनेको छ। त्यहाँ एकैदिन डेढ सयभन्दा बढी संक्रमित भेटिएका हुन्। एएफपी न्युज एजेन्सीका अनुसार त्यहाँ आइतबार मात्रै थप १६१ जनामा कोरोना संक्रमण देखिएको हो।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top