syangyong
nlic

​मतदाताको घर–घरमा पुगेपछि हितमानले भने– क्षेत्र नं. १० मा काकाकुल ठाउँ धेरै रहेछन्


Thursday, 30 Nov, 2017 2:06 PM
काठमाडौं क्षेत्र नं. १० विगतदेखि कम्युनिष्टहरुको गढ मानिन्छ । तर, ०७० को संविधासभा निर्वाचनमा कम्युनिष्टको गढ काँग्रेसले भत्काइदियो । माओवादी अध्यक्ष प्रचण्डलाई पराजित गर्दै काँग्रेसका राजन केसी ‘सेलिबे्रटी’बने । योपटक पनि केसी नै काँग्रेसका उम्मेदवार छन् भने उनलाई टक्कर दिन माओवादीका हितमान शाक्य वाम गठबन्धनको तर्फबाट मैदानमा छन् । १३ कात्तिक ०३० मा बाग्लुङमा जन्मिएका शाक्य तत्कालीन एमाओवादीबाट ०४६ को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ बाट बिजयी भएका थिए । हाल माओवादीको नेवाः राज्य समितिको इन्चार्ज तथा केन्द्रीय सदस्य शाक्यले के ०७० मा आफ्नै पार्टी अध्यक्ष हारेको क्षेत्रलाई आफ्नो पोल्टामा ल्याउन सक्लान् ? न्यूजसेवाले शाक्यसँग लिएको चुनावी अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ : 

१. चुनावी प्रचार अभियान कसरी अघि बढाउनु भएको छ ? 
सुरुमा हामी आन्तरिक तयारीमा लाग्यौं । पार्टीको समन्वय समिति, विभिन्न जनवर्गीय संगठन, त्यसपछि वैचारिक तयारी ग¥यौं । यसपछि प्रचारात्मक कार्यक्रम लिएर गयौं । सामान्यत झण्डा, ब्यानर, तुलहरु टाँग्ने काममा लाग्यौं । अहिले हाम्रो जन–भेटघाटहरु चलिराखेको छ । जनताको बिचमा जाने र घरदैलो कार्यक्रमहरु गर्ने । सानो–सानो कोणसभाहरु र भेटघाटमै व्यस्त छौं । अब कार्यक्रमको अन्तिम चरणमा आइराखेका छौं । अब हामी ठूला जुलुश र सभाहरु सक्ने योजनामा छन् । 

२. प्रचार अभियानका लागि दिनमा कति समय दिनु भएको छ ? 
बिहान ६ बजेदेखि राति १२ बजेसम्म चुनावी अभियानमै व्यस्त हुन्छु । 

३. तपाईंका चुनावी एजेण्डा के हुन्, के भनेर मत माग्दै हुनुहुन्छ ?
हाम्रो चुनावी एजेण्डामा एउटा क्षेत्रीय प्रश्न छ, अर्को केन्द्रीय । केन्द्रीय एजेण्डा सबैलाई थाहा भएकै बिषय हो । एउटा स्थायी र बामहरुको सरकार र अर्को शान्ति र समृद्वी हाम्रो मुख्य एजेण्डा हो । त्यसपपछि हाम्रो क्षेत्रीय एजेण्डा हो । क्षेत्र नं १० मा बाटो, पानी र ढल मुख्य तीन समस्या छन् । यसलाई हलह गर्ने भन्ने छ । सँगसँगै १० नं. कस्तो बनाउने भन्ने पनि एजेण्डा छ ।  मुख्यतः पर्यटकीय क्षेत्र बनाउनुपर्छ भन्ने सोच बनाएका छौं । यो ऐतिहासिक नगरी पनि हो । यसमा धार्मिक क्षेत्रहरु पनि थुप्रै छन् । प्राकृतिक सौन्दर्यता पनि छ । यसलाई मिलान गरेर पर्यटकीइ क्षेत्र बनाउनेमै हाम्रो जोड छ । अर्कोतिर, यो शैक्षिक केन्द्र पनि हो । ०१३ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयलाई केन्द्र बनाएर यसलाई शैक्षिक हबको रुपमा विकास गनुपर्छ भन्नेमा हामी छौं । अहिलेको खास एजेण्डा यही हो । 

४.जनताको बीचमा तपाईं जाँदा सबैभन्दा धेरै सोधिने प्रश्न र गुनासो के हो ?
जनताले सबैभन्दा बढी कुरा नेताहरु प्हिला आउँदा चिप्लो कुरा गर्ने जितेपछि फर्केर नआउने भन्ने छ । यो जनताको न्यायोचित कुरा हो । विगतका दिनहरुमा यस्तो भएको रहेछ । मैले त्यसको जवाफ कसरी दिने गरेको छु भन्दाखेरि, ‘तपाईहरुको कुरा जायज हो, मैले त्यसो गर्दिन । मैले तपाईहरुसँग सँधैभरि जोडिने संयन्त्र निर्माण गर्छु ।’ जनताले अब स्थिरता चाहियो भनेका छन् । वाम गठबन्धन बनाएर ठिक गर्नुभयो पनि भनेका छन् । बिगतमा फुट्यौ, गल्ती ग¥यौ, अब कुनै हालतमा फुट्नु हुँदैन भन्ने छ । अहिले १० नं. क्षेत्रमा ठूलो समस्या भनेको पानी, बाटो र ढलको हो । यि तीनवटा समस्या समाधान गर्नुप-यो भनेर जनताले आग्रह गरेका छन् । धेरै ठाउँमा त आजै पानी ल्याईदिनुप¥यो भन्छन् । काकाकुल ठाउँहरु पनि छ, ट्यांकरमा पानी बाकेर ल्याउनुपर्ने । जस्तो : छैमलेमा पानीको स्रोत नै छैन, मैले त शहरी इलाकामा मात्र पानीको समस्या देखेको थिएँ । चन्द्रागिरीको काँठतिर पनि पानीको हाहाकार छ । 

५.तपाईंलाई त प्रतिस्पर्धीहरुले ‘बाहिरबाट आएको टुरिष्टलाई जिताएर काम छैन’ भन्दैछन् नि ?
जनताको यस्तो खालको आरोप छैन । काँग्रेस उम्मेदवारले यस्तो आरोप लगाउँदै हिँडेका छन् भन्ने सुनेको छु । मैले म टुरिष्ट कि तपाईँ टुरिष्ट भनेर जवाफ पनि दिइसकेको छु । म जन्मेको बाग्लुङमा हो तर, लामो समयदेखि म यहीँ क्रियाशील छु । निवास मेरो यही क्षेत्रमा भएको हुनाले उनीहरुको आरोप पुरै गलत छ । फेरि हाम्रो संविधानले जो जहाँ पनि उठ्न सक्ने व्यवस्था गरेको छ । यो आरोप संविधान विरोधी छ । 

६.तपाईं नजन्मेको क्षेत्र, यहाँको जनप्रतिनिधि हुन खोज्दै हुनुहुन्छ । अप्ठ्यारो महशुस भएको छैन ?
मलाई कुनै अप्ठ्यारो लागेको छैन । जन्मेको भनेर के मतलब भो र ? मेरो प्रतिद्वन्द्वी जन्मेको चोभारमा हो । उहाँ ८ नं. क्षेत्रमा घर बनाएर बस्नुभएको छ । उहाँले आफ्नो स्थान छोडेर बाहिर जानु भएकै छ । म  यहि ठाउँको निवासी हुँ । यसकारण टुरिष्ट उहाँ हो, म होइन । 

७. तपाईंहरु गठबन्धन बनाएर चुनावमा हुनुहुन्छ, तर एमालेका कार्यकर्ता निस्कृय बसेका छन् रे, खास के हो ?
विगतमा आफ्नो कार्यशैलीमा अन्तर हुने कुरा स्वभाविक हो, त्यसलाई धेरै ठूलो मान्न आवश्यक छैन । अहिले हाम्रो पार्टी एकता गर्ने उदेश्यका साथ यो गठबन्धन भयो । यसले कार्यकर्ता धेरै उत्साहित नै छन् । नेता साथीहरु पनि उत्साहित छन् । सुरुमा अप्ठ्यारो हुनु स्वभाविक भइहाल्यो । किन भन्दाखेरि स्थानीय निर्वाचनसम्म हामीले कटाक्षपूर्ण बनाएको स्थितिमा केही अप्ठ्यारोपन महशुस गर्नु स्वभाविक थियो । अहिले सबै चिजहरु सामान्यरुपमा अगाडि बढेको छ । एमालेसँग हार्दिकतापूर्ण सम्बन्धका साथ चुनावी अभियान जारी छ । 

८.मतदाताको पहिलो रोजाई पार्टी  हँुदो रहेछ कि उम्मेदवार ?
मतदाताहरुको पहिलो रोजाई विकास, समृद्वी र स्थायीत्व हो । जसले यी कामहरु गर्न सक्छ उसैलाई पत्याउने हो । यी सबै काम गर्न सक्ने हैसियत हामीमा भएको हुनाले जनताले बाम गठबन्धनलाई रुचाएको देखियो । 

९.अन्य दल र प्रतिस्पर्धीको चुनावीशैली कस्तो लाग्दै छ ? 
प्रतिस्पर्धीमा नेपाली काँग्रेस देखिएको छ । उसको शैली संविधानविरोधी देखिएको छ । उनीहरु  जनतामा जानेभन्दा पनि जनताको मत खरिदबिक्री गर्ने ध्याउन्नमा लागेका छन् । जनतालाई भेँडाबाख्राझैं सम्झेर खरिदबिक्री गर्नु आपत्तिजनक छ । यसमा गम्भिर भएर सोच्ने बेला आएको छ । यसलाई सबै पार्टी मिलेर रोक्नु पर्छ । पैसा खर्च गरेर भोट किन्न काँग्रेसले नांगो गतिविधि गरिरहेको छ । 

१०. कुन तप्का र वर्गबाट यहाँले मत पाउने आश गर्नु भएको छ ? 
मैले त्यस्तो वर्ग छुट्याएको छैन । सबै नेपाली जनताको न्यानो माया पाउने आशा मैले गरेको छु । कुनै वर्ग, क्षेत्र, स्थान, लिंग विशेषलाई भन्दा पनि सबैलाई मेरो उत्तिकै आग्रह छ । समयको मागलाई बुझिदिनुहोस् । 

११.  तपाईको मुख्य प्रतिस्पर्धी को हो ?
अहिलेलाई वाम गठवन्धनको प्रतिस्पर्धी काँग्रेस नै हो ।

१२. तपाईंको जितको आधार के हो ?
पहिलो कुरा त स्थानीय तहको मतलाई हेर्ने हो भने पनि बाम गठवन्धनको पक्षमा जनता छन् । अर्को, यो ठाउँ भनेको कम्युनिष्टको उर्वरभूमि हो । विगतमा कम्युनिष्टहरु विभाजित भएर यो ठाउँमा हामीले पराजय भोगेका हौं । अहिले एकताको सन्देश गएको छ । त्यसैगरि नेपाललाई चाहिएको शान्ति, समृद्वि र स्थायीत्व हो । हाम्रो नारा पनि यही हो । यसमा जनता विश्वस्त छन्  । अर्को कुरा मैले मेरो लामो राजनीतिक, सामाजिक जीवन यसैमा बिताएँ । मेरो शिप, क्षमता र योगदान जनताले बुझेका छन् ।

१३. कति मतान्तरले जित्छु जस्तो लागेको छ ?
त्यो त अहिले नै कसरी भविष्यवाणी गर्ने, म ज्योतिषी परिनँ । तर, ठूलै मतान्तरले जित्ने संकेत पाइसकेको छु । 


 


Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

युवाको जीवन धरापमा राख्ने अवस्थाले अब निरन्तरता पाउँदैनः श्रममन्त्री विष्ट

३ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का अवसरमा आज वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले आयोजना गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘अझै पनि वैदेशिक रोजगारीका क्षेत्रमा विकृति, विसङ्गति र अपारदर्शीता छन्, अब यस्तो 

नेकपाः राजनीतिक प्रतिवेदनमा छलफल

३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमथिको छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरे । सोमबारको बैठकमा १० सदस्यले धारणा राख्दै सरकार र 

संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन भएका छन् । सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन् । नेकपा कर्णाली प्रदेश सह इञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद आचार्यसहित बसेको बैठकले शाहीलाई 

अन्तर्राष्ट्रिय

तालिबानसँग वार्ता गर्न अफगान टोली युएई पुग्यो

३ पुस, काठमाडौं । अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको एक सरकारी अधिकारीले बताएका छन् । करिब १७ वर्षदेखि जारी सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अमेरिकी र तालिबान प्रतिनिधिहरुबीच सोमबार पनि वार्ता भएको छ । प्रमुख मध्यस्थकर्ता अब्दुल सलाम राहिमीको नेतृत्वमा रहेको टोली तालिबानसँग वार्ता गर्न अबुधाबी आइपुगेको र दुई पक्षबीच धेरै समयपछि आमनेसामने वार्ता हुन लागेको 

चीनको विकासको मार्गलाई कसैले होच्याउन सक्दैन– चिनीया राष्ट्रपति

३ पुस, बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । 
चिनीया कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताए । चिनीया ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा 

मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती

३ पुस, वासिङ्टन । संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । मध्ये अमेरिकी देशहरु खासगरी होन्डुरसबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेशका लागि अघि बढेको भन्दै भन्सार तथा सीमा 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top