huwai hospital
nlic

एचआइभी संक्रमित भन्छन्– लुकेर होइन, खुलेर जिउनुमै मज्जा रहेछ


Tuesday, 27 Nov, 2018 4:49 PM
११ मंसिर , काठमाडौं । पाल्पा माथागढी गाउँपालिका–४ झडेवाका हरि परियार आफू एचआइभी संक्रमित भएको थाहा पाएपछि केही समय भित्रभित्रै छट्पटाएर बाँचे । मनलाई कुण्ठित बनाउँदै जीवनलाई धिक्कार्दै उनले पूरा दुई वर्ष बिताए । रोगलाई भित्रभित्रै दबाएर राख्दै जाँदा उनी निकै कमजोर पनि बने ।

नियमित औषधि सेवन र अरु सरह समाजमा खुलेर हिँड्न डाक्टरले सल्लाह दिएपछि उनी विस्तारै समाजमा खुल्न थाले । ‘जब समाजमा खुल्न थालेँ शरीर फूर्तिलो हुँदै गयो, मलाई अहिले एचआइभी संक्रमित हूँ भन्ने कुनै अनुभूति नै हुँदैन,’  उनले भने । 

उनलाई ०५८ मा एचआइभी संक्रमण देखा परेको हो ।  ‘समाजमा नखुल्दा झन् थरिथरिका लाञ्छना सुन्नुपथ्र्यो तर, अहिले खुलेर हिँड्न थालेपछि सबैको माया र सहयोग मिलेको छ’ परियारले भने । उनले लुगा सिउने व्यवसाय सञ्चालन गरेर आफ्नो परिवार धान्दै आएका छन्। 

बगनासकाली गाउँपालिका–४ खानीछाँप बस्ने ४९ वर्षीया हुमीसरा सारु एचआइभी संक्रमित भएदेखि नै समाजमा मज्जाले खुलेर हिँड्डुल गरिरहेकी छिन् । श्रीमान् को मृत्यूलगत्तै उनलाई एचआइभी संक्रमण भएको थाहा भयो । 

‘श्रीमानलाई एचआइभी संक्रमण भएको रहेछ, उहाँले परिवारमा कोही कसैसँग भन्नुभएन, उहाँको मृत्युपछि मात्र एकैचोटि थाहा भयो,’ उनले भनिन् । 
 
सारुलाई एचआइभी संक्रमण भएको अहिले १२ वर्ष भयो । एचआइभी संक्रमित हूँ भन्ने अनुभव आफूमा शुरुदेखि नै नभएको उनी बताउँछिन् । उनले छोरीको पढाइ र घर खर्चका लागि कृषि तथा पशुपालन गरेर जीविका चलाउँदै आएकी छिन् । 

पीडा लुकाएर बाँच्दा झन् हीनताबोध हुँदै गएको अनुभव गरेका तानसेन नगरपालिका–१४ का कृष्ण पाण्डे पनि समाजमा खुल्न थालेका छन् । करीब २० वर्ष जति भारतमा सवारी चालकको काम गरेका पाण्डेलाई एक्कासी पक्षाघातले सतायो । 

अस्पताल जाँदा डाक्टरले एचआइभी संक्रमण भएको जानकारी गराएपछि उनी गाउँ फर्किए । अहिले उनको देब्रे हात र आँखाले काम गर्दैन । जिल्लास्थित मिसन अस्पतालबाट उनले नियमित एआरटी सेवा लिइरहेका छन् । 

उनले अनुभव सुनाए, ‘एचआइभी संक्रमित भएको १० वर्ष भयो । अहिलेसम्म बाँचेकै छु । समाजको डर मानेर बसेको भए अहिलेसम्म बाँच्न गा¥हो हुन्थ्यो होला । रोगलाई लुकाएर राख्ने होइन रहेछ ।’ 

उनकी श्रीमती सरिता पाण्डे पनि एचआइभी संक्रमित हुन् । ‘दुबै जना एचआइभी संक्रमित हूँ भन्ने थाहा भएर नै वैवाहिक जीवनमा बाँधियौँ, बिहे गरेको सात वर्ष भयो, सौहार्द वातावरणमा जीवन चलिरहेको छ,’ उनले भने । 

पाण्डे दम्पतीले आर्थिक उन्नतिका लागि १० वटा बाख्रा र ३० वटा कुखुरा पालेका छन् । तरकारी खेती पनि गर्छन् । ‘श्रीमान् सामाजिक काममा दिनभर व्यस्त हुनुहुन्छ, म घरमा बाख्रा, कुखुरा, तरकारीको रेखदेख गर्दै दिन बिताउँछु,’ पाण्डेले भनिन्।
 
अहिले पाल्पामा एचआइभी संक्रमित व्यक्तिहरु मिलेर ‘प्रतिबद्ध सहयोग’ समूह गठन गरेका छन् । यो समूहले गाउँ गाउँमा जनचेतनामूलक कार्यक्रम शुरु गरेपछि संक्रमितहरु विस्तारै खुल्न थालेका छन् । 

समूहले  स्थानीय निकाय, अगुवा व्यक्ति, स्वास्थ्यकर्मी, सरोकारवालाको समन्वयमा तानसेन, रामपुर, झडेवा, अर्गली, पालुङ्गमैनादी, देउराली, हुमिन, नायर, सिलुवामा गरी नौ ठाउँमा आयआर्जनका कार्यक्रम, बिउ पुँजीकोष स्थापना जस्ता कार्यक्रम गरिरहेको समूहकी अध्यक्ष लक्ष्मी कुँवरले बताईन्। 

प्रतिबद्ध सहयोग समूहले एचआइभी संक्रमित ३१ बालबालिकालाई मासिक प्रतिव्यक्ति एक हजार  उपलब्ध गराउँदै आएको छ । १८ वर्षमुनिका संक्रमित बालबालिकालाई औषधोपचार खर्च, पढाइ खर्च पनि जुटाउँदै आएको छ। 

कुँवर एचआइभी संक्रमित भएको २३ वर्ष भयो । समाजमा लुकेर रहेका एचआइभी संक्रमितलाई खुलेर हिँड्न उत्प्रेरणा जगाउने अभियानमा उनी छिन । नियमित औषधि सेवनले अरु सरह नै बाँच्दै आएको उनले बताईन् ।  

जिल्लामा अहिले ३१७ जना एचआइभी सङ्क्रमित छन् । आर्थिक वर्ष ०७४÷७५ मा ११ पुरुष, ९ महिला, १४ वर्षमुनिका दुई बालबालिका गरी २२  संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवाली बताउँछन् । 

संक्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना छन् । मिसन अस्पतालबाट निःशुल्क एआरटी सेवा प्राप्त हुन्छ । हाल जिल्लामा करीब ४१ जना संक्रमित बिरामी खुलेर हिँडिरहेका छन् । रासस


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

प्रतिनिधिसभा बैठक: गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न माग

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाबहादुर राउतले गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । उनले गुठी जमीनलाई रैकरमा लैजाने प्रक्रियालाई वैधानिकता प्रदान नगरेसम्म किसानलाई सधैँ मर्का पर्ने बताए । विसं २०६४ माघ १० गते सर्वोच्च अदालतले गुठी जमीनलाई रैकरमा परिणत गर्न नमिल्ने फैसला गरेको थियो । सांसद नरबहादुर धामी, नारायणप्रसाद खतिवडा र पवित्रा निरौलाले कृषिमा राज्यको लगानी बढ्दै गए पनि उत्पादन वृद्धि

बेलायती रक्षामन्त्री र प्रचण्ड बिच भेट, गोर्खा सैनिकको समस्याबारे चासो व्यक्त

१० फागुन, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका

स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए । सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरिन् । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको 

अन्तर्राष्ट्रिय

पाकिस्तानी दुई संस्था प्रतिबन्धित

१० फागुन, इस्लामावाद । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ । आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो । भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको 

​मोल्दोभा र सेनेगलमा आइतबार मतदान

१० फागुन, चिसिनाउ । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ । सोभियत युनियन सन् १९९१ मा विघटन भएसँगै स्वतन्त्रता प्राप्त गरेको मोल्दोभा रुस र युरोपेली मुलुकको तानातानमा फसेको छ । करिब ३५ लाख जनसंख्या रहेको मोल्दोभाका बहुसंख्यक जनता मस्कोसँग घनिष्ट सम्बन्ध बनाउन चाहन्छन्, तर रोमानीयाको मोडेल पछ्याउन उपयुक्त

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

१० फागुन, नाइजेरिया । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । ‘५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,’ डानिजिग्बा गाउँका निबासी बुबे शेगुले बताए । स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top