घरमा खाना महिलाले पकाउने, तर खाने पालो किन अन्तिममा आउँछ ?


Tuesday, 30 Apr, 2019 8:11 AM
तपाईँको घर वा छिमेकमा परिवारका अन्य सदस्यले खाना खाइसकेपछि अन्तिममा मात्र बुहारीले खाने चलन छ ? कैयौँ घर परिवारमा त्यस्तो परम्परा जीवित पाइन्छ। तर विज्ञहरू भन्छन्, त्यसको असर बुहारीको शारीरिक र मानसिक स्वास्थ्यमा पर्छ।

गर्भवती महिलाले त्यो चलन पछ्याउने हो भने त गर्भको बच्चालाई समेत असर पर्ने उनीहरु बताउँछन्। 

अनुभव
पछिल्लो समय सहरमा बसेका एकल परिवार र कामकाजी महिलाका हकमा भने यो चलन लचिलो बन्दै गएको देखिन्छ। जुम्लाकी पद्मकन्या तिमल्सिना समाजमा अझै पनि जीवत परम्पराकी एक साक्षी हुन्। घरमा सधैँजसो आफूले खाना पकाउने अनि अरूलाई खुवाएर अन्त्यमा मात्र आफ्नो पालो आउने, धेरै पटक आफ्नो पालो आउँदासम्म खाना नै सकिएको अनुभव संगालेकी छन् तिमिल्सिना।
उनी भन्छिन्, ूखाना पहिले खायो भने बुहारीको यो बानी राम्री होइन भन्थे। खाना सकियो भने खाना पकाउन अल्छी लाग्छ अनि त्यत्तिकै ओछ्यानमा सुत्छु, पेटमा हात राख्या सुत्यो।

विभेद

समाजमा अझै पनि प्राय ः बुहारीले खाना पकाउने, पस्किने र परिवारका सबै सदस्यलाई खुवाएपछि मात्र खाने चलन छ। काठमाण्डूस्थित पद्मकन्या क्याम्पसकी लैङ्गिक अध्ययन विषयकी प्राध्यापक बिन्दु पोखरेलको विचारमा त्यो महिलामाथि हुने एक प्रकारको विभेद हो। त्यस्तो चलनले समाजमा महिला र पुरुषको स्थानमा रहेको विभेद छर्लङ पारेको बताउँदै उनी भन्छिन्, ूयसले छोरालाई प्राथमिकता दिएको प्रस्ट देखिन्छ। बुहारी भनेको बाहिरबाट आएकी हुन् भन्ने बुझाइले नै यो चलन आएको हो। परिवारमा जसको शक्ति र महत्त्व धेरै हुन्छ, त्यसैले हो पहिला खान पाउने।

स्वास्थ्यमा असर
विशेषगरी कम आम्दानी हुने र बचेको खाना पुनर्प्रयोग गर्न मिल्नेगरी राख्ने आधुनिक उपकरण नहुने अथवा बासी खाना नखाने घरमा सकेसम्म नफ्याँकियोस् भनेर अड्कलेर पकाइन्छ। प्राध्यापक पोखरेलका अनुसार मीठो मसिनो पाकेको दिन परिवारका सदस्यले अघि पछि भन्दा धेरै खाइदिँदा अन्तिममा खानेलाई अपुग हुने गरेको कैयौँ महिलाहले भोगेको पाइन्छ, उनीहरुले घरभित्रका कुरा ुइज्जतुका निम्ति बाहिर नल्याएका मात्र हुन्। पोषणविद् डा. अरुणा उप्रेतीका अनुसार त्यसले महिलाको स्वास्थ्यमा निकै असर पारेको छ।

उनी भन्छिन्,आज, भोलि र पर्सि गर्दै लगातार खाना कम भयो भने यसले पोषणको समस्या त ल्याउँछ। साथै समयमै खाना नपाउँदा पेटमा घाउ (अल्सर) हुन सक्छ। यसको सबैभन्दा ठूलो समस्या गर्भवती महिलामा देखिन्छ, यसले आमा र गर्भमा रहेका दुवैलाई प्रभावित पार्छ। 

काममा प्रभाव
संयुक्त राष्ट्रसङ्घका अनुसार गरिबीको रेखामुनि रहेको कुल जनसङ्ख्याको करिब ७० प्रतिशत महिला छन्। दक्षिण एसियाका करिब ६० प्रतिशत महिलाको तौल हुनुपर्ने भन्दा कम छ। यसले गरिबी र पोषणको अन्तर प्रस्ट पारेको जानकारहरू बताउँछन्। हेर्दा सामान्य लागे पनि पाकेको खाना पहिला खान पाउने वा पछि खानुपर्ने चलनले कतिपयको मानसिक स्वास्थ्यमा समेत प्रभाव पारेको देखिएको डा। उप्रेतीको भनाइ छ। भोक लागेको छ, खाना पनि छ, तर सबैले नखाइ मैले खान पाउँदिनँ भन्ने सोचका कारण महिलाहरूमा हीनताको भवना उत्पन्न हुन्छ र आत्मविश्वास घट्न थाल्छू, डा। उप्रेती भन्छिन्, ूत्यसले महिलाको मानसिक स्वास्थमा प्रभाव पार्छ र हीनताबोधले गर्दा उनले पछि गएर क्षमता भएको काम पनि गरेर देखाउन सक्दिनन्।

समाधानमा उपाय
दिनभरि काम गरेर प्रायः चिसो खाना खाने र कतिपय अवस्थामा त पेटभरि पनि खान नपाउने चलनमा पछिल्लो समय केही सकारात्मक परिवर्तन आएको प्राध्यापक पोखरेल बताउँछिन्। उनी भन्छिन्,कमाउन जाने बुहारीको हकमा यो चलन अलि खुकुलो भएको देखिन्छ। उनीहरू पहिला खाएर काममा जान पाएको देखिन्छ। यस्तै एकल परिवारमा सबैजना सँगै बसेर खान थालेका छन्।  गाँस अर्थात् खाना मानिसको आधारभूत आवश्यकता हो। तर महिलामाथि हुने विभेदका कारण कतिपयले परिवारका सबै सदस्यसँगै बसेर आत्मसम्मानका साथै खान पाएका छैनन्। जसका कारण उनीहरूमाथि नजाँनिदो किसिमले हिंसा भएको महिला अधिकारकर्मीहरु बताउँछन्। यसको अन्त्यका निम्ति सरकारी र गैरसरकारी क्षेत्रबाट चेतानमूलक हस्तक्षेपकारी नीति ल्याउन जरुरी रहेको उनीहरूको भनाइ छ। बीबीसी नेपाली


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top