huwai hospital
nlic

देउवाले जित्दैमा नेतृत्व परिवर्तनको बहस सकिएको छैन : होमनाथ दाहाल


Tuesday, 6 Mar, 2018 12:58 PM
निर्वाचनको हारपछि पार्टीभित्र रक्षात्मक अवस्थामा पुगेका काँग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा विजय भएसँगै पुनः दरिन पुगेका छन् । निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी लिँदै नेतृत्व हस्तान्तरणका लागि भइरहेको दवाललाई उनले पन्छाउन सफल भएका छन् । काँग्रेसभित्र नेतृत्व परिवर्ननको लागि उठिरहेको बहस अब के हुन्छ ? धेरैको जिज्ञासाको विषय बनेको छ । संसदीय दलको नेतामा हारेपछि पार्टीको भागवण्डामा पौडेल पक्षधरको हैसियत कस्तो होला ? यो प्रश्न पनि काँग्रेसवृत्तमा उठ्न थालेको छ । सभापति देउवाको संसदीय दलको नेतामा उदयभएसँगै काँग्रेसभित्रको राजनीति कसरी अगाडि बढ्ला ? आन्तरिक शक्तिसन्तुलन कस्तो होला ? काँग्रेस नेता होमनाथ दाहालले न्यूजसेवासँग गरेको विश्लेषण यस्तो छ । 

देउवाको विजय स्वभाविक हो : काँग्रेसभित्र जुन किसिमको संगठनात्मक संरचना छ अहिलेको त्यसलाई हेर्दा शेरबहादुरको विजयलाई त्यति अस्वभाविक भन्न मिल्दैन । किनभने उहाँले नै टिकट दिएर जितेका मान्छेहरु सांसद भएका हुन् । समानुपातिकतर्फका सांसदहरु पनि उहाँले नै छान्नुभयो ।  उनीहरुकै मतले जित्ने हो । त्यसकारण जुन परिणाम आयो त्यसलाई धेरै अन्यथा भन्न मिल्दैन । जसले टिकट दिएर सांसद भइएको छ । त्यही मान्छे नै उठिसकेपछि अरुलाई जिताउनु उनीहरुको नैतिकता, मानसिकता, व्यवहारिक रुपले पनि मिलेन ।

वास्तवमा अहिलेको समस्या भनेको समग्र काँग्रेसको समस्या हो । त्यसमा अहिलेको कार्यसमितिमा बसेका साथीहरु केही न केही रुपमा जिम्मेवार छन् । पार्टी सभापतिको हैसियतमा शेरबहादुरजी अलि बढि जिम्मेवार हुनुहुन्छ । त्यो आफ्नो ठाउँमा छ । तर, पार्टीको अहिले जुन खालको स्थिति सिर्जना भएको छ, त्यसमा नेता हुँ भन्ने जति सबैले जिम्मेवारी लिनुपर्दछ  । पार्टीभित्र पौडेल पक्षधर भनिएको छ । यो भनेको के हो ? उहाँहरुको विचार के हो ? पदीय भागवण्डामा बाहेक उहाँहरुले पार्टीलाई अगाडि बढाउन के सोच्नु भएको छ ? उहाँहरुसँग त कुनै स्पस्ट दृष्टिकोण नै छैन । जब भागवण्डाको कुरा आउँछ अनि पक्षधरता खोज्न थालिन्छ ।

नेतृत्व परिवर्ननको विषय सकिएको छैन: भाग चाहिएको थियो त्यसका लागि नेतृत्व परिवर्तनको कुरा उठेको हो भने त अब यो च्याप्टर ५ वर्षका लागि क्लोज भयो भने पनि हुन्छ । हैन, नेतृत्व परिवर्तन गर्नुपर्ने अन्य पनि कारणका छन् । काँग्रेसको अवस्था यसपालीको चुनावमा किन नराम्ररी खस्कियो ? हामीले भोग्नु परेको पराजयको कारण के हो ? यि सबै कुरालाई मुल्याँँकन गर्ने हो र पार्टीलाई पहिलकै अवस्थामा लैजाने हो भने यो प्रश्न अहिले पनि सार्थक छ । हैन अब यस्तै–यस्तै भागवण्डाका विषयमा कुरा नमिलेर विवाद उठाउने । अगिपछि चुप लागेर बस्ने हो भने  त्यसको सान्र्दभिकता त सिद्विहाल्यो नि ! पाँच बर्षको लागि शेरबहादुर जी संसदीय दलको नेता भइहाले । आखिरमा पराजय हुँदा सबै काँग्रेस पराजय भए । यस्तो अवस्था किन आयो त भन्ने कुरामा केन्द्रीय सदस्यहरुले गम्भीर छलफल गरेको कहीँ सुनिदैन । हामीहरुले भन्यौ सभापतिले सुन्नु भएन भनेर भन्छन् केन्द्रीय सदस्यहरु । सभापतिले सुन्ने गरेर भन्ने पनि त विधिप्रक्रिया होला त्यतापट्टि उहाँहरु कहिल्यै पनि जानुभएन । 

अब यो परिणामले को बलियो को कमजोर भन्दा पनि समग्रमा पार्टीको अवस्था के छ त्यतातिर हेर्नुपर्यो । त्यता कोही पनि साथीहरु गम्भीरताका साथ नजाने अनि आफ्नो–आफ्नो ग्रुप बनाएर एउटा घटनामा प्रतिक्रिया जनाएर आफ्नो अस्तित्व देखाउने । यसरी काम चल्दैन । अहिलेको स्थिति हेर्दाखेरी काँग्रेसभित्र शेरबहादुरजी शक्तिशाली हुनुभयो । संसदीय दलको नेता अनि पार्टी सभापति उहाँ नै हुनुभयो । तर, त्यतिले मात्र काँग्रेस चल्दैन । काँग्रेसको लागि यो पाँच बर्ष मात्रै होइन होला ! त्योभन्दा पर गएर हेर्न सक्नुपर्यो  । कम्युनिष्टहरुको एकछत्र राज्य चलिरहेको छ । त्यसको बारेमा काँग्रेसको एकीकृत धारणा के हो ? त्यो कुरा त आउनु प¥यो नि । त्यसमा काम गर्न जो साथीहरुले नेतृत्वको दाबी गरिरहनु भएको छ उहाँहरुले सामुहिक रणनीति बनाउन पर्यो  । 

देउवाले पेल्नु हुँदैन : प्रजातान्त्रिक पार्टीमा एकलौटी निर्णय गर्ने कुरा हुँदैन । हिजो वीपीको पक्षका के थिएन तर, उहाँले एकलौटी निर्णय त गर्नु भएन । किसुनजीले के भन्नुहोला । गणेशमानजीले के भन्नुहुन्छ । अरु साथीहरुको राय के छ, बुझेर मात्र निर्णय गर्नुहुन्थ्यो । त्यसैले प्रजातन्त्रमा विश्वास गर्नुहुन्छ भने एकलौटी निर्णय गर्ने भन्ने कुरै हुँदैन । मुलुक संघीयतामा गयो अहिले देशकै पुनःसरचना भएको छ । पार्टीलाई पनि संघीयताको नयाँ संरचना अनुसार अगाडि बढाउन पर्यो  । यसपाली चुनावको परिणाम किन यस्तो आयो । छलफल त यसमा हुनपर्यो  । भोलि उपसभापति बनाउनु होला सभापतिले यो ठिक भएन भनेर अर्को पक्षले विरोध जनाउने । कार्यसमिति थप्ने कुरामा विरोध जनाउने । विरोधलाई म अनुचित भन्दिन गर्नुपर्छ होला त्यहाँ बसेर । सभापतिले राखेको पात्र ठिक नहुन पनि सक्छ । तर, त्यतिले मात्र काँग्रेससामु र लोकतन्त्रमाथि आएको चुनौतीको सामना गर्न सकिदैन । कम्युनिष्टले कस्तो शासन गर्छन चनाखो भएर हेर्नुपर्ने छ । प्रतिपक्षमा रहेको काँग्रेस गाउँदेखि केन्द्रसम्म तयारी हालतमा बस्नुप¥यो । काँग्रेस त आखिर गाँउमा पनि छ । 

शशांकले भूमिका खेल्न सकेनन् : महामन्त्रीको हैसियतले उहाँले के जिम्मेवारी पुरा गर्नुभयो ? आज सभापति मात्रै हो र काँग्रेसभित्रको संकटको यो पात्र । सभापतिले आफ्नो मनपरी गरे होलान । तर, सभापतिलाई जुन कार्यकर्ताले भोट दिए त्यही कार्यकर्ताले महामन्त्रीलाई भोट दिएको हैन ? उहाँको के भूमिका रह्यो हिजोका दिनमा ? अहिलेको काँग्रेसको राजनीतिमा महामन्त्रीको हैसियतले उहाँले कहिल्यै आफ्नो कुनै विषयमा प्रवेश नै गराउन सक्नुभएन । उहाँका क्रियाकलापहरु महामन्त्रीका हिसाबले उपयुक्त छैनन् । पहिला पनि सांसद हुनुहुन्थ्यो अहिले पनि सांसद हुनुहुन्छ । उहाँले संसदमा कुनै विषयलाई गम्भीरताका साथ उठाउनु भएको छैन । बाहिर मिडियामा कुनै किसिमको विचार आएको छैन । महामन्त्री जस्तो मान्छेले यस्तो गम्भीर कुरा उठाउनुभयो भनेर कसैले छलफल गरेको मैले सुनेको छैन । महामन्त्री हो आफ्नो तरिकाले अगाडि बढ्नु भएको होला तर काँग्रेसको यो संकटलाई निकास दिन त उहाँको कुनै भूमिका देखिँदैन । 


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

बौद्धिक देखाउन अरुको भाषाको नक्कल गर्ने बढ्दै : उपराष्ट्रपति पुन

९ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा आज प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा उनले आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताए । सरकारी विद्यालयमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको उनले 

नेकपा बैठक : कार्यदलको सुझावमाथि छलफल

९ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको आवश्यकता तथा सदस्यले आफ्नो 

प्रदेश नं १ : प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत

८ फागुन, विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गरेका थिए । उनले प्रदेश भवन व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफमा कार्यान्वयनमा समस्या नआउने खालको कानून 

अन्तर्राष्ट्रिय

भारतमा पाकिस्तानी कैदीको ढुङ्गाले हानेर हत्या

९ फागुन काठमाडौ । राजस्थानमा जयपुरको केन्द्रीय जेलका एक पाकिस्तानी बन्दी शकरुल्लाहको अन्य कैदीहरूले पीटीपीटी हत्या गरेका छन्। पाकिस्तानको सियालकोटका बासिन्दा शकरुल्लाह उक्त जेलमा जन्मकैद भोगिरहेका थिए। उनलाई जेलकै अन्य चार बन्दीले ढुङ्गाले हानेर हत्या गरेको आरोप लगाइएको छ। प्रहरीका अनुसार यो घटना बुधबार दिउसो भएको थियो। जयपुर प्रहरीका वरिष्ठ अधिकृत लक्ष्मण गौडले जेलको बाहिर जम्मा भएका पत्रकारसँग

कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष

९ फागुन, सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ । सर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो । परिवारका एक सदस्य डुबेको सम्बन्धी मुद्दामा पीडितको उमेर ६० वर्ष कायम गर्नेगरी पुनरावेदन अदालतले सुनाएको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएको हो । बिहीबारको उक्त आदेशसँगै पुनरावेदन 

बांग्लादेशको राजधानी ढाकामा भिषण आगलागी, मृत्यु हुनेको संख्या ७० पुग्यो

९ फागुन काठमाडौं । बांग्लादेशको राजधानी ढाकामा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन्। घाइतेमध्ये केही गम्भीर रूपमा जलेको हुँदा मृत्यु हुनेको संख्या बढ्ने बताइएको छ । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले  राति १० बजपछि आगो लागेको बताए । त्यहाँबाट १२ जनाको शव निकालिएको छ। राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top