ghaderi
esewa

गर्भावस्थामा आमाले मुला खाए छोरा जन्मिन्छ : भ्रम कि यथार्थ ?


Friday, 20 Apr, 2018 3:44 PM
नेपाली समाजमा अधिकांशले यो मान्यतामा विश्वास गर्छन् कि गर्भावस्थामा आमाले खाने कुराले बच्चाको लिंग र छालाको रंगमा प्रभाव पार्छ । गर्भावस्थामा आमाले मुला, गाँजर खाए छोरा जन्मिन्छ भने फर्सी खाए छोरी छन्मिन्छिन् । यस्तै, दूध, दही, काँचो नरिबल धेरै खाए बच्चा गोरो जन्मिन्छ । आखिर यो मान्यतामा सत्यता कत्तिको छ ? साँच्चै गर्भवती आमाले खाने कुराले बच्चा कालो या गोरो जन्मिने नियममा प्रभाव पार्छ ? 

प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. बिमल थापा यस्ता तर्कमा कुनै सत्यता नभएको बताउँछन् । 

डा. थापा : यो सत्य होइन । गर्भवतीले खाने कुराले बच्चाको छालाको रंगमा प्रभाव पार्दैन । आमाबाबुको जिनको प्रभावले बच्चा कालो या गोरो हुने हो । आमा र बाबुमा हुने जिनले बच्चाको रङ निर्धारण गर्छ, यसमा क्रोमोजोमको भूमिका हुन्छ । आमा र बाबुमा हुने एक्स, वाई क्रोमोजोमको प्रतिशतको मात्राले बच्चा कति कालो या गोह्रो हुने भन्ने भूमिका खेल्ने हो ।  

त्यसो भए दुवै काला बाबु र आमाबाट किन गोरो बच्चा जन्मिन्छन् र दुवै गोरा बाबुर आमाबाट कालो बच्चा जन्मिन्छन् त ?

डा. थापा : जिनको प्रभाव बाबु र आमाकोमात्रै नभएर दुबैतर्फका अघिल्ला पुस्ताहरुको समेत पर्छ । अघिल्ला पुस्ताको जिनको प्रभावका कारण बच्चा आफ्ना आमा र बाबुभन्दा विल्कुल फरक रङको जन्मिन सक्ने सम्भावना हुन्छ । जेनेटिकबाहेक कुनै रोग लागेर पनि यस्तो हुन्छ । त्यसो त जिनलाई वातावरणले पनि प्रभाव पारेको हुन्छ । तर, वातावरणको प्रभाव स्पष्टसँग देखिन पुस्तौ समय लाग्छ । अमेरिकन÷युरोपियनहरु धेरै गोरो हुनु र अफ्रिकनहरु धेरै कालो हुनुको कारण जिनमा वातावरणसमेत प्रभाव पर्नु हो । 

अनि, खाने कुराले बच्चाको लिंगमा प्रभाव पार्ने विश्वास कति सत्य छ ?

डा. थापा : विश्वास गर्नु बेकार छ । गर्भको बच्चाको लिंग आमा–बाबुको शरीरको सेक्स क्रोमोजमले निर्धारण गर्दछ । मानव शरीरमा दुई थरी सेक्स क्रोमोजम हुन्छन् । स्त्रीलिंगी एक्स र पुरुषलिंगी वाई । यीमध्ये पुरुषको शरीरमा छोरी र छोरा हुने क्रमशः एक्स र वाई हुन्छन् भने महिलाको शरीरमा छोरी हुने वाई र वाई मात्रै । पुरुषबाट महिलामा एक्स क्रोमोजमको बिउ गए  छोरी र वाई क्रोमोजमको बिउ गए छोरा जन्मिन्छ । 

विश्वका देशहरुमा फरक–फरक मान्यता छन् । मुला खाए छोरा जन्मिन्छ भन्ने भ्रम नेपालीमा भएजस्तै फरक–फरक मान्यता ती मुलुकमा पनि छन् । गर्भपतिले के खान हुने, के खान नहुने भन्नेसम्मका फरक–फरक धारणा छन् । विज्ञहरुका अनुसार गर्भावस्थाको भोजनका विषयमा वैज्ञानिक तथ्यभन्दा पनि समाजका परम्परागत धारणा र हल्लाको ठूलो भूमिका भएको पाइन्छ । ती कतिपय मान्यता ठीकै पनि छन् भने धेरै गलत । ‘गर्भवतीले फलफूल र तरकारी प्रसस्त खानुपर्छ, सम्पूर्ण खानेकुराको कम्तिमा पनि पाँच भागको एक भाग तरकारी तथा फलफूल हुनैपर्छ । माछा, मासु, अण्डा, बदाम तथा गेडागुडीजस्ता प्रोटिनयुक्त र दूध, दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा पर्याप्त खानुपर्छ । काँचो मासु र अण्डा अहितकर हुनसक्छ ’ भनेर वैज्ञानिकहरुले सुझाव दिने गर्छन् । तर, कतिपय देशमा अनौठा मान्यता छन्, एजेन्सीको सहयोगमा तयार पारिएको यो सामाग्री पढ्नुहोस् :

–दक्षिण कोरियामा गर्भवती महिलालाई समुद्री झारको सुप खुवाइन्छ । त्यहाँका जुलु समुदायका गर्भवती महिलालाई ‘इसिलाम्बेजो’ नामको हर्बल जडिबुटी खुवाईन्छ जसमा जनावरको पिसाबदेखि बिभिन्न झारपातको धुलोसमेत मिसाइन्छ । 

–इरानमा गर्भवतीलाई अनारको जुस खुवाउनु हितकर मानिन्छ । 

–सेनेगलमा जनावरको हड्डीको मासी गर्भवती महिलालाई खुवाइन्छ । 

–नाइजेरियाको एउटा ग्रामीण वस्तीका आदिवासीहरु शंखेकिरा खान्छन् तर, गर्भवती महिलालाई खान दिँदैनन् । गर्भवतीले शंखेकिरा खाँदा बच्चा शंखेकिराझैँ सुस्त हुने मान्यता छ । 

–जापानमा मसलेदार र पिरो खानेकुरा गर्भवतीलाई खुवाउनु हुन्न भन्ने मान्यता छ । यस्तो खानेकुरा आमाले खाएमा बच्चा सन्काहा हुने जापानीहरुको धारणा पाइन्छ । 

–अमेरिकामा गर्भवती आमाले स्ट्रबेरी र खुर्सानीको अचार खाँदा बच्चाको शरीरमा बिभिन्न चिनोहरु आउने मान्यता छ । 

–मेक्सिकोमा भने गर्भवती महिलाले अण्डा खाए जन्मिने बच्चाको शरीर गन्हाउने मान्यता व्याप्त छ । 

–फिलिपिन्समा सुत्केरी हुन लागेका महिलालाई का“चो अण्डा खुवाइन्छ । कारण रहेछ, अण्डाले बच्चा जन्मिपने बाटो चिप्लो बनाइदिएर सजिलो पारिदिने मान्यता । 

–चीनमा गर्भवतीलाई गँगटो खुवाएमा बच्चा एघार औँले हुने धारणा पाइन्छ । आमाले दुध पिए बच्चा गोरो हुने विश्वास पनि राख्छन् । 

–भारतको आन्ध्र प्रदेशमा गर्भवतीलाई मेवा र फर्सी खाना दिईंदैन । खुवाए गर्भको बच्चालाई ज्वरोले सताउने मान्यता राखिन्छ । गुजरातमा भने गर्भवतीले दूध, दही र खेरा खाँदा बच्चालाई गर्भमै चिसो हुने तथा बच्चा तुहिने मान्यता व्याप्त छ । 

–तान्जिानियाका कतिपय क्षेत्रमा गर्भवती महिलालाई मासु खान दिईंदैन । आमाले मासु खाए बच्चा पनि जनावरजस्तै हुने धारणा छ । 

–अफ्रिकाका कतिपय ठाउँमा गर्भवती महिलाले अण्डा खाए बाँझोपनको समस्या निम्तिने बताइन्छ ।

 


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको छ: प्रधानमन्त्री

८ चैत, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गरेका छन् । सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप सो कलेज बन्न लागेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको बताए । उनले भने, ‘जनता सधैँ पीडामा बस्ने होइन, अब खुशी र सुखी बन्न पाउनुपर्छ । अब त्यो आत्मविश्वास लिएर अगाडि बढ्न जरुरी छ ।’ प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो 

प्रदेश ३: हिउँदे अधिवेशन आइतबारदेखि

८ चैत, हेटौँडा । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम यही चैत १७ गते अपराह्न ३ बजे बस्ने गरी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेकी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसअनुसार अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयले आज जनाएको छ । यसअघि गत जेठ १ देखि पुस १२ गतेसम्म वर्षे(बजेट) चलेको

​चन्द समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह

८ चैत, भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका छन् । उनले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भने । उनले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराए । उनी पत्रकारसँग गौतमबुद्ध विमानस्थलमा कुरा गर्दै पत्रकारले सोधेको प्रश्नका जवाफमा उनले लुम्बिनी विकास कोषमा अब 

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या

८ चैत, काबुल । अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङटन र तालिबानबीच शान्तिवार्ता जारी नै रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएको हो । अफगानिस्तानका लागि नेटोआबद्ध सहयोग मिसनले यस विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको छ । कुनै विशेष कारबाहीमा खटिएको आवस्थामा ती सैनिक मारिएको नेटोको भनाई छ । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा छ जनाकोे मृत्यु भएको एक दिन पछि नै नेटो सेनामाथि आक्रमण भएको 

दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा

८ चैत, सियोल । संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान हाइबो इन्टरनेसनल फ्राइट र लाओनिङ डानझिङ इन्टरनेसनल फर्वार्डिङमाथि प्रतिबन्ध लगाएको जनाएको छ । उत्तर कोरियाबाट उत्पादित कोइला एक जहाजबाट अर्को जहाजमा राखेर अन्तर्राष्ट्रिय 

कम्बोडियामा चीनको आर्थिक ‘उपनिवेश’ छैन – प्रधानमन्त्री हुन सेन

८ चैत, नोमपेन्ह । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने दुई अर्ब डलरको एक्सप्रेस राजमार्ग निर्माणको शुक्रबार शिलान्यास गरेका छन् । उनले पश्चिमा राष्ट्रहरुले चिनियाँ लगानीबाट कम्बोडिया चीनको आर्थिक उपनिवेश बन्छ भनी गरिएका टिप्पणी सही नभएको पनि बताए । आगामी सन् २०२३ सम्ममा पूरा भइसक्ने करिब २०० किलोमिटरको उक्त राजमार्गले राजधानी नोमपेन्हदेखि सिहानुकभिललाई जोड्नेछ । पछिल्ला वर्षहरुमा सिहानुकभिल चिनियाँ लगानीकर्ताका लागि आकर्षक स्थल मानिन्छ । चिनियाँ

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top