​हुम्ला दुर्घटना अपडेट : वेपत्ता पाँच जनाको नाम खुल्यो, तीन घण्टा खोज्दा प्रिन्टरमात्रै भेटियो


Tuesday, 18 Jun, 2019 4:51 PM
३ असार, हुम्ला । कर्णाली नदीमा जिप दुर्घटना हुँदा बेपत्ता भएका पाँच जनाको नाम खुलेको छ । खार्पूनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, चन्द्र हमाल, सवारी चालक मणि शाही, बसन्ती शाही र नन्द देवी सिंह कर्णाली नदीमा हराइरहेको जिपमा रहेको खुलेको हो ।


दुर्घटनाग्रस्त जिपमा कति यात्रु थिए भन्ने पनि यकिन छैन । प्रहरीले १०–१५ जना बेपत्ता भएको हुनसक्ने अनुमान गरेको छ ।  खार्पूनाथबाट याङ्चुतर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जिप दिउँसो १ बजे कर्णाली नदीमा खसेको थियो । दुर्घटनास्थलबाट गाउँपालिकाको प्रिन्टर मात्र भेटिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए । 

सुरक्षाकर्मी र स्थानीयले यात्रु र जिप खोजी गरिहरेका छन् । जिप पनि नभेटिएको घटनास्थलमा रहेका अध्यक्ष रावलले बताए । घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा खोजीमा जुटिरहेहका छन् । 

यो पनि पढ्नुहोस्

​हुम्ला दुर्घटना अपडेट : सेना र प्रहरीले २ घन्टा खोज्दा पनि भेटिएन कर्णालीमा डुबेको जिप

 

​यात्रु बोकेको जिप कर्णाली नदीमा खस्यो, उद्दारका लागि हेलिकोप्टरमा पुग्यो सेना र प्रहरी टोली



 


global ime

Ruslan

runner bike

राजनीति

संसदीय समितिद्वारा नदीजन्य निर्माण सामग्रीको मूल्य माग

३ माघ काठमाडौं । संसदीय समितिले पछिल्लो १० वर्षको नदीजन्य निर्माण सामग्रीको मूल्य पठाउन निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको संसदको अर्थ समिति बैठकले सातवटै प्रदेशका जिल्ला समन्वय समितिलाई पछिल्लो १० वर्षको नदीजन्य निर्माण सामग्रीको मूल्य पठाउन निर्देशन दिएको छ । काठमाडौं, काभ्रे, झापा, सुनसरी, धनुषा, सर्लाही, रुपन्देही, दाङ, सुर्खेत, बाँके, तनहु, कास्की, कैलाली र कन्चनपुर जिल्लाको मुल्य विवरण मागिएको समितिले जनाएको छ । 

मुख्यमन्त्री र मन्त्रीको तस्बिरमा जुत्ता प्रहार, चारजना पक्राउ

३ माघ जनकपुर । जनकपुरको जिरोमाइलमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिर अंकित ब्यानरमा जुत्ता हानेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहले आ–आफ्ना मातहतका मन्त्रालयले उपभोक्ता 

सभामुखको विवाद संसदीय दलको बैठकले टुङ्गो लगाउँछ : मन्त्री ढकाल

३ माघ दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सभामुख चयनको विवाद पार्टीको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी शुक्लागण्डकी नगर कमिटीले आज तनहुँको दुलेगौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले सभामुख चयनको विवाद अब धेरै दिन नरहने बताए । मन्त्री ढकालले सभामुख चयन हुन नसक्दा संसद् बन्धक बनेको चर्चा गर्दै पार्टीले सहमतिमै सभामुख उम्मेदवार चयन गर्ने जानकारी दिए । 

अन्तर्राष्ट्रिय

ट्रम्पमाथि सिनेटमा महाभियोग प्रक्रिया औपचारिक रूपमा शुरू, यस्तो छ उनको हट्ने या रहने संभावना

अमेरिकी संसद्‌को माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ।ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी हुने सबै सयजना सिनेटरहरूलाई शपथ दिलाइएको छ।
प्रमुख अभियोजनकर्ता एड्म स्किफले अहिलेसम्म कुनै पनि राष्ट्रपतिले महाभियोगसम्बन्धी छानबिनलाई प्रक्रियागत रूपमा अवरोध पुर्‍याउन नभनेको बताए। ट्रम्पमाथि 

राष्ट्रपति पुटिनद्वारा मिखाइल मिसुस्टिनलाई रुसको नयाँ प्रधानमन्त्री नियुक्त

२ माघ, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल मिसुस्टिनलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । दिमित्रि मेद्भेदेवले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि राष्ट्रपति पुटिनले मिसुस्टिनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।  मिसुस्टिन संघीय कर सेवा प्रमुखका रुपमा कार्यरत थिए । ‘भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गर्नुभएको छ,’ क्रेमलिनद्वारा जारी वक्तव्यमा लेखिएको छ । राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले बुधबार राजीनामा दिएका हुन् । 

भाजपाले २०१९ को चुनाव प्रचारमै सक्यो १२ सय करोड

२ माघ, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले २०१९ को लोकसभा चुनाव र चारवटा प्रदेशसभा चुनावको प्रचार प्रसारमा मात्रै भारु १२ सय ६४ करोड खर्च गरेको छ। सन् २०१४ को चुनावमा भाजपाले जम्मा ७ सय १४ करोड खर्च गरेको थियो। जबकी भारतीय कांग्रेसले पछिल्लो लोकसभा चुनावमा ८ सय २० करोड खर्च गरेको छ भने २०१४ को चुनावमा ५ सय १६ करोड खर्च गरेको थियो।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top