huwai hospital
nlic

लोभी पापी भएर काम गर्दिन, मनैदेखि लागेर निर्माण क्षेत्रमा रहेका समस्या हटाउँछु : हुमनाथ कोइराला


Tuesday, 18 Sep, 2018 11:04 AM
निर्माण व्यवसायी महासंघको यही असोज ४,५ र ६७ गते राजधानी काठमाडौमा महाधिवेशन हुँदैछ । महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नृतृत्व समेत चयन गर्दैछ । नयाँ नेतृत्व चयन हुने भएकाले व्यवसायीहरूमा चुनावी सरगर्मी बढेको छ । आागमी नेतृत्वका लागि बिकोइ बिल्डर्सका प्रबन्ध निर्देशक हुमनाथ कोइरालाले समेत दाबी गरिरहेका छन् । सफल व्यवसायीका रूपमा परिचित कोइराला लामो समयदेखि निर्माण क्षेत्रमा आवद्ध छन् । उनै अध्यक्षका प्रत्यासी कोइरालाासँग न्यूजसेवाले उनले नेतृत्वमा गरेको दाबी र निर्माण क्षेत्रमा रहेका समस्याबारे कुराकानी गरेको छ । 

तपाईले निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि दाबी गरिरहनुभएको छ, तपाईको दाबी किन ?
नेतृत्वको दाबी किन भन्दा पनि हाम्रो निर्माण व्यवसायलाई जनता, पत्रकार, राजनीतिक क्षेत्र लगायत सबै नेपालीले नै हेर्ने जुन दृष्टिकोण रहेको छ, पहिले त्यो दृष्टिकोणलाई परिवर्तन गर्न जरूरी छ । त्यो परिवर्तन कसरी गर्ने भन्दा जनचेतना जगाउने, पत्रकारहरुसँग अन्तरक्रिया गर्ने, राजनीतिकर्मीहरूसँग बसेर छलफल गर्र्नेे र जनताहरुलाई पनि निर्माण व्यवसाय भनेको के हो ? यो कसरी हुन्छ? किन काम बिग्रिन्छ ? किन निर्माण कार्य ढिला हुन्छ ? भन्ने कुरा नेपाली जनतालाई बुझाउनु र जनचेतना जगाउनु आवश्यक छ । किनभने देश विकास गर्ने भनेकै निर्माणले हो । निर्माणबाट समृद्धि भन्ने नारा पनि रहेको छ । निर्माण कार्य भएन भने देश कुनै पनि कुराले अगाडी बढ्दैन ।साथै निर्माण व्यवसाय क्षेत्रमा पनि पछिल्ला केही वर्षदेखि केही विकृतिहरू देखिएका छन् । किन आएको छ भने नेपालमा धेरै समस्यामा छ । 

सरकारमा पनि फरक फरक पार्टीहरु रहेका छन् । सरकार ढलमलाएको अवस्था छ । राजनीतिक दलहरुनै समस्यामा छन् भने निर्माण व्यवसायी झनै समस्यामा रहेका छन् । निर्माण व्यवसायमा ती समस्याहरुको हल गर्नुपनेर्, नेपाल आमा बनाउनु पर्ने देखेको भएर निर्माण व्यवसायीको नेतृत्व लिएर यो काम गर्न सक्छु भन्ने विचार मेरो छ । अर्को कुरा गर्छु भन्ने मात्र होइन भित्री मनले नै काम गर्ने हो । कम गर्ने मान्छे लोभी, पापी बन्नु भएन, देशको सेवा गर्छु भन्ने भावना मनमा हुनुपर्छ । जस्तै भारतीय प्रधानमन्त्री मोदीले म प्रधानमन्त्री होइन प्रधान सेवक हो भन्नुहुन्छ त्यसै गरी मलाई पनि देश र निर्माण व्यवसायीहरूको सेवक बन्ने इच्छा छ ।

तपाईले पनि निर्माण क्षेत्रमा केही विकृति देखिएका छन् भन्नुभयो, यता सरकारले पनि काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्छु भनिरहेको अवस्था छ, सरकार र निर्माण व्यवसायी महासंघको नमिलेको यो तालमेल मिलाउन तपाईको भुमिको के रहन्छ ?

सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावली निर्माण ऐन, निर्माण नियमावली, आर्थिक ऐन, आर्थिक नियमावली जस्ता कुराहरू छन् । यस्ता केही बुँदा भनेका निर्माण व्यवसायीका संविधान जस्तै हो । यो संविधानमा सरकारवाला पक्षहरूसँग व्यापक छलफल गरेर त्यसलाई निर्माण व्यवसाय मैत्री ऐन कानुन जबसम्म आउँदैन निर्माण व्यवसायका कार्यमा विभिन्न समस्याहरु रोकिदैन । यी समस्याहरूको अन्त्यको लागि ऐन, कानुन निर्माण व्यवसायी र सरकार पनि मैत्री हुनु पर्छ । नेपाल आमालाई भलो वा संरक्षण गर्ने पनि हुनु पर्दछ । अनि मात्रै निर्माणका कार्यहरू सफल र राम्रा हुन्छन् । ऐन कानुनमा रहेका समस्याहरू जबसम्म संशोधन हुँदैन निर्माण व्यवसाय पनि राम्रो हुन सक्दैन ।

निर्माण व्यवसायका मुख्य समस्याहरू के के हुन् ?
निर्माण व्यवसायका मुख्य समस्याहरू भनेका मुख्य ऐन कानुन, अर्को मुख्य समस्या भनेको निर्माण सामाग्रीका स्रोतको अभाव हुन् । जस्तै निर्माण कार्यका लागि गिट्टी बालुवा चाहिन्छ । तर त्यो कहाँबाट ल्याउने र कसरी ल्याउने भन्ने कुरामा समस्या पर्ने गर्दछ । यसका लागि सरकारले ट्रान्सफर्म लिड र एक्सट्रा कर दिँदैन भने निर्माण व्यवसायीले आफ्नो खर्चबाट यो काम गर्न सक्दैनन् । सरकारले निर्माण व्यवसायीहरूलाई टेन्डर दिन त दिन्छ तर टेन्डर दिएपछि सम्पूर्ण कार्य निर्माण व्यवसायीको हो भन्ने सोच्छ र केही पनि गर्दैन । यसो हुँदा पनि निर्माण व्यवसायमा समस्या उत्पन्न हुने गर्दछ । निर्माण कार्य गर्दा आइपर्ने स्रोत तथा साधनका समस्यामा सरकारले सहयोग गर्नुपर्छ । यो र अन्य विषयमा सरकारसँग बसेर छलफल गर्दा धेरै हदसम्म समस्या समाधान गर्न सकिन्छ । 

तपाईहरू आफ्ना समस्याका कुरा गरिरहँदा आम जनताले गुनाासो गरिरहेका हुन्छन्,‘ निर्माण व्यवसायीका कार्यहरु समयमै नहुने, काम भए पनि कम गुणस्तरका हुने गरेका छन्’ भनेर, यस्तो किन हुन्छ ?

तपाई पत्रकारहरुले गुणस्तरको प्रश्न उठाउनु हुन्छ, र यो राम्रो पनि हो । तपाईहरूको एउटा थेगो नै छ कमशल निर्माण सामग्रीहरू प्रयोग भयो भनेर पत्रपत्रिक र टेलिभिजनमा आउँछ नि । यो कमशल निर्माण सामग्री भन्ने कसरी थाहा हुन्छ ? त्यो थाहा पाउन त  ल्याब टेस्ट गर्नु पर्ने हुन्छ, त्यो ल्याबबाट नै कस्तो खालको सामग्री हो भन्ने पत्ता लगाउन सकिन्छ । पत्रपत्रिका र जनतालाई यसका बारेमा जनचेतना जगाउनु आवश्यक छ । काम गर्दा कहिलेकाहीँ तल माथि हुने गर्छ । दर्जनौ  पुल बनाउदा दुईवटा पुल बिग्रिएको होला, १०० किलो मिटरको बाटो बनाउदा १० ओटा प्वाल परेको होला, यो सबै कार्य गर्दा मान्छे हो, मेशिनले कम्प्रेसन गर्न सकेको छैन होला, टेस्ट गर्दा पनि रेन्डमली टेस्ट गर्ने हो केही कार्य छुटेको होला । त्यो हाम्रो जिम्मेवारी हो र हामी त्यसको करेक्सन गर्छौ, उच्च किसिमका निर्माण कार्यहरुमा निर्माण व्यवसायीको गल्ती छ तर थोरै छ । तर यहाँ त जे गरेपनि निर्माण व्यवसायीलाई नै दोष दिने प्रचलन छ । त्यो गलत हो । 

तपाई निर्माण व्यवसायी महासंघमा जानु भयो भने निर्माण व्यवसायीका समस्याहरु कसरी समधान गर्नु हुन्छ र सरकार सँग कसरी सहकार्य गर्नुहुन्छ ?

पहिलो कुरा त निर्माण व्यवसायी महासंघको जम्मा दुईवटा जिम्मा रहेका छन्, एउटा समयमै काम सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने । बाँकी सम्पूर्ण जिम्मा नेपाल सरकारको हुन्छ । काम गरेपछि समयमै भुक्तानी दिँदैन र निमार्ण कार्य समयमै सम्पन्न हुदैँन । तर सबैले निर्माण व्यसायीले समयमै काम गरेन भन्ने लाग्छ । सबैभन्दा समस्याको जड भनेको नेपाल सरकार हो । हामी निर्माण व्यवसायीहरुले १०० करोडको कार्य गर्दा कम बिडिङ हालेर ७० करोड प्रयोग गरी ३० करोड नेपाल सरकारलाई छुट दिने गर्र्छौै, ३० करोड सरकारलाई छुट दिनु भनेको ठूलो कुरा हो । नेपाल सरकारसँग सहकार्य गर्नका लागि सम्पूर्ण राजनीतिक दलका कर्मचारीहरूसँग छलफल गरेर के के समस्याहरु छन्, यसका समधानहरू यसरी हुन सक्छ, यसका नीति नियमहरू यस्ता यस्ता ल्याउनु पर्छ भनेर संविधानमा व्यापक छलफल गरेर सरकारलाई यसको बारेमा बुझाउनु आवश्यक रहेको छ । यस्ता कार्यहरू बुझाउन सकियो भने निर्माण कार्यहरु छिटो हुन्छन् । त्यस्तै गरी सडक विभागले निर्माण व्यवसायीहरुलाई क्षमता अनुसार कसले कति कार्य र जिम्मेवार लिन सक्दछ भन्ने बुझेर मात्रै निर्माणका कार्यहरु दिनु पर्दछ र यसको बारेमा नेपाल सरकारले पनि थाहा पाउनु पर्दछ ।

अन्तिममा,  निर्माण व्यवसायीहरूलाई  के भन्न चाहनु हुन्छ ?
निर्माण व्यवसायीको कार्यलाई कसरी अगाडी  लैजाँदा राम्रो हुन्छ, यसको विकास गर्नको लागि के कस्ता कार्य गर्नु आवश्यक रहेको छ भन्ने बारेमा सम्पूर्ण निर्माण व्यवसायीहरुलाई कमेन्ट र आलोचना गर्न आग्रह गर्दछु ।  सबै निर्माण व्यवसायी जो प्रतिनिधि भएर, पर्यवेक्षक भएर आएका सम्पूर्णलाई भोट दिएर जिताउन आग्रह गर्दछु । म लोभी पापी भएर काम गर्दिनँ । म निर्माण व्यवसायी हुँ भनेर छाती ठुलो बनाएर गर्व गरेर हिड्ने वातावरण बनाउँछु । मलाई यो पटक अवसर दिनुस् भन्न चाहन्छु । 

 



हुमनाथ कोइरालाका एजेण्डाहरू



Ruslan

ktm stell

ime

citizens bank

राजनीति

प्रतिनिधिसभा बैठक: गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न माग

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाबहादुर राउतले गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । उनले गुठी जमीनलाई रैकरमा लैजाने प्रक्रियालाई वैधानिकता प्रदान नगरेसम्म किसानलाई सधैँ मर्का पर्ने बताए । विसं २०६४ माघ १० गते सर्वोच्च अदालतले गुठी जमीनलाई रैकरमा परिणत गर्न नमिल्ने फैसला गरेको थियो । सांसद नरबहादुर धामी, नारायणप्रसाद खतिवडा र पवित्रा निरौलाले कृषिमा राज्यको लगानी बढ्दै गए पनि उत्पादन वृद्धि

बेलायती रक्षामन्त्री र प्रचण्ड बिच भेट, गोर्खा सैनिकको समस्याबारे चासो व्यक्त

१० फागुन, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका

स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए । सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरिन् । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको 

अन्तर्राष्ट्रिय

पाकिस्तानी दुई संस्था प्रतिबन्धित

१० फागुन, इस्लामावाद । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ । आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो । भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको 

​मोल्दोभा र सेनेगलमा आइतबार मतदान

१० फागुन, चिसिनाउ । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ । सोभियत युनियन सन् १९९१ मा विघटन भएसँगै स्वतन्त्रता प्राप्त गरेको मोल्दोभा रुस र युरोपेली मुलुकको तानातानमा फसेको छ । करिब ३५ लाख जनसंख्या रहेको मोल्दोभाका बहुसंख्यक जनता मस्कोसँग घनिष्ट सम्बन्ध बनाउन चाहन्छन्, तर रोमानीयाको मोडेल पछ्याउन उपयुक्त

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

१० फागुन, नाइजेरिया । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । ‘५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,’ डानिजिग्बा गाउँका निबासी बुबे शेगुले बताए । स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top