siddhartha
gharjaggakosathi

मानव जातिलाई पृथ्वीमा बसोबासका लागि मात्र ६ सय बर्ष बाँकी : स्टीफन हकिंग


Tuesday, 14 Nov, 2017 2:32 PM
प्रसिद्ध वैज्ञानिक स्टीफन हकिंगले मानव प्रजातिहरु अबको ५ शताब्दीसम्म पनि वास्तविक अन्तरिक्ष प्रजाति नबनेको खण्डमा पृथ्वीबाट नै विलुप्त हुनसक्ने चेतावनी दिएका छन् । 

गत आइतबार चीनको राजधानी बेइजिङमा भएको ‘टेन्सन्ट वेभ समिट’मा भिडियो कन्फ्रेसन्मा हकिंगले बढ्दो जनसंख्या, उनीहरुको आवश्यकता र उर्जा अभावका कारण वर्ष २६०० सम्म पृथ्वी विलुप्त हुनसक्ने चेतावनी दिएको बेलायतको समाचारपत्र ‘द सन’ ले जानकारी दिएको छ ।

‘द सन’का अनुसार हकिंगले सल्लाह दिएका थिए, ‘हामी सबैले मिलेर काम गरी त्यहाँ जानुपर्छ जहाँ कोही पनि पहिले गएका छैनन् ।’ साथै हकिंगले भिडियो कन्फ्रेन्समा ब्रेक थ्रू ‘स्टारसट’ र यसको क्षमताको बारेमा पनि प्रकाश पारेका थिए । ब्रेक थ्रू मात्र १०० अमेरिकी डलरको एक सानो परियोजना हो जसको उद्देश्य पनि सानै छ । केही नगरेर नै असीमित सेल–साधनबाट यसले शक्तिशाली लेजरद्वारा प्रकाशको गतिलाई २० प्रतिशत छिटो बढाइदिन्छ ।

यस्तो खालको नानोक्राफ्ट १ घण्टा भन्दा पनि कम समयमा मङ्गल ग्रहमा पुग्न सक्छ र सैद्धान्तिक रुपले पृथ्वीको सबैभन्दा नजिक रहकेको ‘एक्सोप्लानेट’बाट पनि आफ्नो उडान भर्न सक्छ । पृथ्वी पछिको सम्भावतः बस्न योग्य ‘प्रोक्सिमा बि’ (जुन पृथ्वीबाट ४.२ प्रकाश बर्ष टाढा रहेको छ) लाई ‘स्टारसट’ले आफ्नो २० बर्षको अन्तरिक्ष यात्रामा फेला परेको हकिंग र स्टारसटका अन्य टिमले बताए ।

द सन का अनुसार ब्रेक थ्रू स्टार सटका कार्यकारी निर्देशक पिट वर्डेन, नासाका एम्स रिसर्च सेन्टरको पूर्व प्रमुखले बेइजिङ शिखर सम्मेलनमा बोल्दै भनेका थिए, ‘यदि सबै कुरा सहि गयो भने यो शताब्दीको अन्यतिर हामीसँग बस्न मिल्ने अर्को ग्रहको पनि तस्बिर हुनेछ जुले नजिकको ताराको परिक्रमा गर्नेछ ।’


Ruslan

paicho

bussewa

राजनीति

​राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

६ माघ, सिरहा । नेकपा एमाले २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ । एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नं प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

देउवालाई रामचन्द्र पौडेलको चुनौती : ‘दम भए कारबाही गरेर देखाउनुहोस् ’

६ माघ,काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

काँग्रेस बैठक आज पनि जारी

५ माघ, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य,

अन्तर्राष्ट्रिय

भारतको नयाँ दिल्लीमा ​सडक दुर्घटनामा परी सातको मृत्यु

६ माघ, एजेन्सी । पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको घटनामा अरु कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् । 

सुरक्षा रणनीति परिवर्तन गर्ने अमेरिकी ,रुस र चीन जस्ता प्रतिस्पर्धीमा केन्द्रित

६ माघ । अमेरिकाले आफ्नो रक्षा रणनीति परिवर्तन गर्ने संकेत गरेको छ ।अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाले अब आफ्नो ध्यान चरमपन्थीविरुद्ध लड्नुको सट्टा रुस र चीन जस्ता प्रतिस्पर्धी मुलुकसँग लड्ने क्षमता विकास गर्ने बताएका हुन । राजधानी वासिङ्टनमा गरिएको एक कार्यक्रममा रक्षामन्त्री 

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुला

६ माघ,सोल  । चार वर्षपछि पहिलोपटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुला गरिएको छ । केही उत्तर कोरियाली महिलाले शनिबार दक्षिण कोरिया जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् ।

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top