७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना चिनियाँ कम्पनीको पोल्टामा


Sunday, 13 Oct, 2019 4:31 PM
२६ असोज, काठमाडौं । लगानी बोर्डले ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी पावर चाइनालाई दिएको छ ।

चिनियाँ राष्ट्रपति सी जीनफिङ नेपाल भ्रमणमा रहेको सयममा लगानी बोर्डले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडसँग जेभी रहेको चिनियाँ कम्पनीलाई आयोजना जिम्मा लगाएको हो ।

बोर्डबाट पत्र प्राप्त भएलगत्तै पावर चाइनाले नेपालको जलविद्युत लगानी तथा विकास कम्पनीसँग आयोजना कार्यान्यवन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

गत साउनमा बोर्डले यो आयोजनाको लागि पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड तथा नेब्रास पावर कतार होल्डिङसँग जेभी रहेको फुजी इलेक्ट्रिक कम्पनी लिमिटेड जापानसँग प्रस्ताव माग्ने निर्णय गरेको थियो । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत छवीराज पोखरेल र पावर चााइनाका चतर्फबाट उपध्यक्ष पान देङ युले हस्तक्षर गरे ।

जलविद्युत लगानी तथा विकास कम्पनीसँग रहेको रोल्पाको १५६ मेगावाटको माडी बहुउद्देश्यीय आयोजना पनि पावर चाइनासँग मिलेर आयोजना विकासका गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसमा २६ प्रतिशत लगानी जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको र ७४ प्रतिशत लगानी पावर चाइनाको हुने प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।

तमोरमा भने दुई कम्पनीको लगानी हिस्सा कति हुने भन्ने पछि टुंगो लाग्ने उनले बताए । ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’, ऊर्जासचिव दिनेशकुमार घिमिरे र लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको उपस्थितिमा यो समझदारी भएको हो ।

पावर चाइनाको नेपालमा आईसीटीसी एजेन्टका रुपमा छ । यो कम्पनी यसअघि नेपालमा पश्चिम सेती अलपत्र पारेर फर्किएको चिनियाँ कम्पनी थ्री गर्जेजको पनि एजेन्ट थियो । वर्षौं आयोजना होल्ड गरेर अन्तिममा अनेक बाहाना देखाएर थ्री गर्जेजले पश्चिम सेती छाडेको थियो । हाल यो आयोजना अनिश्चियको भूमरीमा परहेको छ ।

पावर चाइनाले पाएको तमोर आयोजना नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको थियो ।  चैत १५ र १६ गते काठमाडौंमा भएको लगानी सम्मेलनमा आयोजनामा लगानी गर्न पाँचवटा कम्पनी इच्छुक देखिएका थिए ।

अन्तिम चरणमा छानिएका कम्पनीबाट आएका प्रस्ताव मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा प्राविधिकसहितको समिति गठन पनि गरिएको थियो ।

२०७० साउन १६ गते प्राधिकरणले विद्युत् विकास विभागबाट तमोर जलाशययुक्त आयोजना अध्ययनका लागि अनुमतिपत्र पाएको थियो ।  सन् १९८५ मा जाइकाले प्रारम्भिक अध्ययन गरेको यो आयोजना ऊर्जा उत्पादनका हिसाबले महत्वपूर्ण छ ।

पाँचथर, तेह्रथुम र ताप्लेजुङको सिमानामा बन्ने आयोजना ७६२ मेगावाटमा बनाउन सकिने प्राधिकरणको अध्ययनले देखएको छ ।  सुक्खायाममा दिनमा ८ घण्टा सञ्चालन गर्न सकिने यो आयोजना वर्षामा १६ घण्टा लगातार चलाउन सकिन्छ ।

आयोजनाबाट सुक्खायाममा १ हजार १११ गिगावाट आवर र वर्षायाममा १ हजार ८७२ गिगावाट विद्युत् उत्पादन हुन सक्छ ।  तमोर आयोजनाको बाँध तेह्रथुमको ओख्रे र पाँचथरको स्याबरुम्बाको सीमा भएर बग्ने लम्बुदोभानबाट डेढ किलोमिटर ताल बन्नेछ । यो आयोजना पूर्वपश्चिम ४ सय केभीको प्रशरणलाइनबाट ७५ किलोमिटरको दूरीमा छ ।



global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार, काठमाडौँ । 
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ।  विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै  अमेरिका डब्लुएचओबाट बाहिरिएको हो। संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए।   राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top