cg electronics
nlic

​इलामको एक मतदान केन्द्रमा महिला मात्रै कर्मचारी


Tuesday, 5 Dec, 2017 12:15 PM
१९ मंसिर, इलाम । यही मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । 

इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको सहायक निर्वाचन अधिकृत जगदीश्वर भट्टराईले जानकारी दिए । 

महिला कर्मचारी परिचालन भएका मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चारजना सहायक कर्मचारी र दुई जना सहयोगी पनि महिला नै नियुक्ति गरिएको छ । 

रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृत सरिता स्याङतान, सहायक मतदान अधिकृतमा विनिता शाह, सहायक कर्मचारीहरूमा रेणुका राई, सविता तामाङ, निर्चला राई, तेजमाया गुरूङ तथा सहयोगी कर्मचारीहरूमा इन्द्रकला घिमिरे र तारादेवी बस्नेतलाई खटाइएको हो । 

यसपटक गोलाप्रथाद्वारा मतदान र सहायक मतदान अधिकृत छनौट गरिएकाले एउटा मतदान केन्द्रमा मात्र महिला परेको भट्टराईले बताए । 

चारवटा नगरपालिका र छवटा गाउँपालिका रहेको इलाममा दुईलाख चारहजार ४६ मतदाता छन् । सबै मतदान केन्द्रमा सोमबारसम्ममा कर्मचारी पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 


Ruslan

sponserworldcup

राजनीति

प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान

७ असार, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको तेस्रो दिन चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई गार्ड अफ अनर दिइएको हो । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए । लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रतिनिधिमण्डललाई गरेको स्वागतप्रति धन्यवाद दिँदै द्वीपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा जोड दिए  । 

​नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्ने –प्रधानमन्त्री

७ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन् ।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव 

​नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने : कावा प्रधानमन्त्री

७ असार, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताएका छन् । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उनले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग 

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्की प्रधानमन्त्रीलाई पुत्रीलाभ, ६ दिन लिइन् सुत्केरी बिदा

केही महिनाअघि आफू गर्भवती भएको खुलासा गरेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले छोरीलाई जन्म दिएकी छिन्। अकल्याण्ड शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन्। नवजात शिशु स्वस्थ रहेको र उनको तौल ३.३१ किलोग्राम रहेको जानकारी दिँदै आर्डर्न र उनका प्रेमी क्लार्क गेफोर्डले लेखेका छन्, (वी वान् ) तिमीलाई हाम्रो गाउँमा स्वागत छ। अहिले हामी 

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top