ghaderi
esewa

आइएमई जनरल इन्स्योरेन्सको शाखा महेन्द्रनगरमा पनि


Thursday, 7 Feb, 2019 12:49 PM
२४ माघ, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको थप एक शाखा कञ्जनपुरको महेन्द्रनगरमा खुलेको छ । शाखाको उद्घाटन माघ २३ गते कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्घबहादुर मल्लले संयुक्त रुपमा गरे ।
 
उक्त अवसरमा संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । समारोहमा महाकाली यातायात समितिका अध्यक्ष डम्बर राज पन्त, कन्चनपुर हार्डवयर एशोसिएसनका अध्यक्ष दानसिंह ठकुराठी ,पवन दुग्ध ब्यवसायी समितिका अध्यक्ष निराजन बहादुर मल्ल ,स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधी, सहकारी संस्थाका प्रमुख तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । योे शाखा सहित ४४ वटा शाखा तथा उपशाखा, १० वटा सेवा काउण्टरबाट सेवाग्राहीलाई उच्च कोटीको सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले आफ्नो लक्ष्य निर्धारण गरेको र आउंदो दिनमा एक सफल र सवल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने विश्वास व्यक्त गरे । आगामी दिनमा अफ्ना ग्राहकलाई सहज बीमा सेवा प्रदान गरी सन्तुष्ठ ग्राहकको साथमा कम्पनी अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आ.ब.२०७५।७६ को लागि माघ २२ गतेसम्ममा करिब ७० करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी १अर्ब ७ करोड रहेको जानकारी दिए । कम्पनीले २५० जनालाई रोजगारी प्रदान गरिरहेको साथै नयां रोजगारीमा जोड दिई रहेको बताए ।


कार्यक्रममा विभिन्न संघ, संस्था, बैंक तथा वित्तीय कम्पनी, सहकारी संस्थाका प्रमुखले कम्पनीले स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि महेन्द्रनगरमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका गनर््का साथै कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त जनाए  ।

 


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

१० वैशाख, काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परिवर्तनको शुरुआत आफैँबाट गर्नुपर्ने बताएका छन । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले आज खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना गरेको ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन–२०७६’ को उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिको विकासका लागि परम्परागत सोच तोडेर अघि बढ्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री पौडेलले सङ्घीय सरकारभन्दा प्रदेश सरकार नयाँ भएकाले यो एकवर्ष संरचना र ऐन नियम 

प्रचण्डको आग्रह-मुलुकमा फेरि विद्रोह हुने भ्रम नपाल्नु

१० वैशाख, काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई आग्रह गरेका छन्। अध्यक्ष प्रचण्डले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासी/जनजाति समूदायलाई आग्रह गरे। उनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको जिकिर गरे।मंगलबार ललितपुरमा आयोजित आदिवासी/जनजातिहरुको अधिकारसम्बन्धि उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले 

प्रधानमन्त्री ओली भन्छन्-समृद्धिका लागि साहस र धैर्यतासँगै आत्मविश्वास चाहिन्छ

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताएका छन्। प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उनले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए। ‘हामी आज राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका छौँ, यस्तो बेलामा साहस र धैर्यतासँगै आत्मविश्वासको पनि आवश्यकता छ, त्यही 

अन्तर्राष्ट्रिय

फिलिपिन्समा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

१० वैशाख, फिलिपिन्स । मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो। उक्त भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन। हिजो सोमबारमात्र फिलिपिन्समा ६ दशमलब

फिलिपिन्समा शक्तिशाली भूकम्प

९ वैशाख, मनिला । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले 

युक्रेनको नयाँ राष्ट्रपतिमा हाँस्यकलाकार भोलोदमिर जेलेन्स्की

९ वैशाख, युक्रेन । देशको कार्यकारी पद सम्हालेको अभिनय गर्ने कलाकारले साँच्चै त्यही जिम्मेवारी पाए भने के गर्लान् ? धेरै कलाकारले यो प्रश्नको उत्तर खोजिराख्नु पर्दैन। किनकी उनीहरू त्यो अभिनयलाई कामको अंगमात्र ठान्छन्। कलाकारिता छोडेर सक्रिय राजनीतिमा आउँदैनन्, आए पनि चुनाव जित्न सक्दैनन्। तर पूर्वी युरोपियन मुलुक युक्रेनका हाँस्यकलाकार भोलोदमिर जेलेन्स्कीका लागि भने अब यो प्रश्नको उत्तर नखोजी सुख छैन। किनकी केही समयअघिसम्म टेलिभिजनमा संयोगवस राष्ट्रपति बनेको पात्रको भूमिका निर्वाह गरिरहेका उनी साँच्चै युक्रेनको राष्ट्रपति

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top