भारतीय राजनेताहरुको गोप्य प्रेम प्रसङ्ग : कसैको घरबार उजाडियो, कोही अविवाहित बसे


Friday, 1 Jun, 2018 9:17 AM
जब मामिला निजी जीवनको गोपनीयताको आउँछ तब भारतीय राजनीतिज्ञ संसारकै सबैभन्दा ठूला तानाशाहामा बदलिन्छन् । राजनेताहरुले एक अर्काको जति नै विरोध गरे पनि अरुको प्रेम प्रसंग, विवाहेत्तर सम्बन्ध तथा तथाकथित ‘दोस्रो महिला’ का बारेमा सार्वजनिक चर्चा नगर्ने एक खालको अघोषित सम्झौता भएजस्तो देखिन्छ । 
एक दुईवटा अपवादलाई छोडेर भारतीय राजनीतिज्ञले यो परम्परालाई निर्वाहा पनि गरेका छन् । यसको एउटा कारण हुन सक्छ हर कोही सिसाको घरमा बसेका छन् । तर ‘गर्भनेन्स नाउ’का सम्पादक अजय सिंह यसको पछाडि दोस्रो कारण मान्छन् । उनी भन्छन्,‘ सिसाको घरमा त विदेशीहरु पनि बस्छन् तर त्यहाँ पत्थर फ्याँकिन्छ । यहाँको एक सामन्ती अतीत छ जहाँ राजाहरुलाई केही चिजमा उनीहरुको विशेषाधिकार छ भन्ने सोचेर हामीहरु हिँडिरहेका छौं । उनी भन्छन्,‘ एक इटालियन शब्द छ ‘ओमार्टा’ जसको अर्थ हो अपराधिहरुमा एक गुप्त सम्झौता हुन्छ । जसमा म तपाईंको बारेमा केही बताउँदिन र मेरो बारेमा पनि तपाईंले पनि केही नबोल्नुहोस । भारतीय राजनीति पनि अलि–अलि ओमार्टा जस्तै छ । केही मामिलामा यति धेरै मौनता छ जुन कुरामा नहुनु पर्दथ्यो । 

ब्रम्हचर्यको प्रयोग
मिडिया र राजनीतिज्ञहरुको बीच उनको निजी जीन्दगीलाई लिएर एक खालको सामाजिक सम्झौता भएजस्तो देखिन्छ । एक हदभन्दा पर सार्वजनिक चर्चा या बहस हुने छैन । भ्रस्टाचार, धोखाधडी, भाइ–भतिजावादको मुद्दामा आममानिस र मिडिया निकै नृशंस छन् तर निजी जीवनका तथाकथित ‘स्केंडल्स’लाई मिडियाले नजरअंदान गर्छ । 
टाइम्स अफ इन्डियाका पूर्वसम्पादक इंदर मल्होत्रा भन्छन्,‘ आज संसारमा हरेक चिज खुला छ । सोशल मिडिया पनि छ । तर, त्यतिबेला नेताहरुको निजी जीवनको बारेमा अखबारहरुमा कत्ति पनि छापिन्नथ्यो । रेडियो र टेलिभिजन सरकारकै थिए’
उनी भन्छन्,‘ अब पंडित नेहरुलाई नै लिउँ न, तमाम देशमा उनको लेडी माउंटबेटनसँग सम्बन्ध छ भनेर चर्चा हुन्थ्यो । अर्की एक शारदा माता थिइन । जसको बारेमा जिउँदो र मरेपछि पनि चर्चा भइरह्यो । उनको मृत्युपछि उनको बारेमा किताब पनि छापियो । उनीभन्दा पहिले गान्धीको बारेमा पनि, जसले कुनै पनि चिज लुकाउँदैनथे । उनको एक अनुयायीले किताब लेखे कि उनी आफ्नो ब्रम्हचर्यको प्रयोगको दौरान आफ्नो दुबैतर्फ युवतीहरुलाई सुताउँथे । ’
इंदर मल्होत्रा यो पनि भन्छन्, कि साठीको दशकमा गान्धीको सेक्स र ब्रम्हचर्यको प्रयोगमा निर्मल कुमार बोसको किताब छापिनुभन्दा पहिला यसको बारेमा मान्छेहरुलाई शायद थाहा पनि थिएन । यसभन्दा पहिले यो विषयमा लेख्ने कुराको कल्पना पनि गर्न सकिँदैनथ्यो । 

नेहरु–एडविनाको प्रेम
जवाहरलाल नेहरुको एडविना माउंटबेटनसँगको सम्बन्धका बारेमा पनि विदेशमा निकै चर्चा भयो । इंदर भन्छन्,‘ यस बिषयमा इंगल्यान्डमा एउटा किताब छापियो । माउंटबेटन ट्रस्टले यो किताब छाप्न बकायदा इजाजत दियो । नेहरुले जति पनि पत्र एडविनालाई लेखेका थिए, त्यससलाई त्यो किताबमा शामेल गरियो । उनी भन्छन्,‘माउंटबेटनको जीवनीमा पनि नेहरुको एडविनाका साथ रोमांसको जिकिर गरिएको छ । तर, जब जेनेट मोर्गनले एडविनउपर किताब लेखिन तब उनले एडविनाले नेहरुलाई लेखेको पत्र छाप्ने कोशिस गरिन त्यतिखेर ती पत्रहरुलाई छाप्न उनलाई अनुमति मिलेन । 

इंदिरा–फिरोजको वैवाहिक जीवन
इंदिरा गान्धीको वैवाहिक जीवनमा पनि सार्वजनिक रुपले बहुत कम भनिएको छ । केवल, उनको आफ्नो पति फिरोज गांन्धीसँग सम्बन्ध राम्रो थिएन भन्नु बाहेक । इंदर मल्होत्राले बीबीसीसँग कुरा गर्दै भने,‘ फिरोज गान्धी मेरा अनौठा साथी थिए । उनकोमा जुन महिला आउने गर्थिन उनीले मलाई पनि चिन्थिन् । उनको दोस्ती हम्मी नामकी एक निकै राम्री महिलासँग थियो । उनको बाबु उत्तर प्रदेशको सरकारमा मन्त्री हुने गर्दथे । इंदिरा नेहरुको रेखदेख गर्न बच्चाहरुलाई लिएर दिल्लीमा प्रधानमन्त्री निवासमा बस्न थालिन । त्यहीबाट फिरोजको रोमान्स सुरु भयो । फिरोज हैड अ काइंड अफ ग्लैड आई । ’
हम्मीलाई लिएर इंदिरा गान्धीको जीन्दगीभर गुनासो रह्यो । यसबारे इंदर मल्होत्राले भने,‘ ‘जब फिरोज जिउँदो थिएनन् त्यतिखेर इंदिरा गान्ध्ी प्रधानमन्त्री बनिन् । इन्दीरा गान्धीले संकटकाल लगाउनुभन्दा पहिला प्रधानमन्त्री कार्यालयमा हम्मी कुनै एउटा विषमा निवेदन दिन आइन । त्यतिखेर उनी प्रधानमन्त्री कार्यालयबाट निस्कन लागेकी थिइन । त्यहिबेला काँग्रेस अध्यक्ष देवकांत बरुवा अफिसमा प्रवेश गरिरहेका थिए । इंदिरा गान्धीले बरुआसँग भनिन्, बाहिर हेर त । जुन महिलालाई तिमीले देखिरहेको छैै, यसको लागि फिरोजले मेरो सारा जीन्दगी खराब गरदियो । 

राजीव–सोनियाको प्रेम कहानी
राजीव गान्धी र सोनिया गान्धीको प्रेम प्रसंगका बारेमा पनि राष्ट्रिय मिडियामा बहुत कम चर्चा भएको छ । राशिद किदवईले सोनिया गान्धीको बारेमा लेखेको जीवनीमा यस मुद्दामा आफ्नो नजर जरुर दौडाएका छन् । किदवईले बीबीसीसँग भने,‘ सुरुमा सोनिया गान्धीलाई यो पनि थाहा थिएन कि राजीव गान्धी जवाहरलाल नेहरुका सन्तान हुन । उनी पहिलोपटक केम्ब्रिजको एक ग्रीक रेस्टुरेन्ट‘वरसिटी’मा भेटिएका थिए । उनी आफ्नो एक साथीसँग बसेकी थिइन । राजीव गान्धी पनि आफ्नो साथीसँग थिए । ’
किदवाई भन्छन्,‘ सोनिया गान्धीले स्वयम आँफैले भनेकी छन् कि जुन नजरले राजीवले उनलाई हेरे.....पहिलो हेराइमा नै उनीसँग प्रेम भयो । अनि, राजीव गान्धीले उनलाई एक कविता लेखेर पठाए । सोनिया गान्धीलाई त्यो कविता साह्रै मन पर्यो । यसपछि दुबै जनाको भेटधाट हुन थाल्यो । एक पटक इंदिरा गान्धी ब्रिटेन यात्रामा गइन । त्यहाँको अखबारमा उनको तस्वीर छापिए अनि उनलाई थोरै डरको महशुस भयो । ’ किदवईले भने,‘ एकपटक उनी आधा बाटोबाटै फर्केर आइन । इंदिरासँग भेट गर्न उनले हिम्मत जुटाउन सकिनन् । जब सोनियाले पहिलोपटक भेट गरिन त्यतिखेर उनले फ्रेंच भाषामा कुरा गरिन । किनकी इंदिरालाई फ्रेन्च आउँथ्यो । सोनियालाई अंग्रेजीमा बोल्न अफ्ठेरो लाग्थ्यो । पछि जब सोनियाका बुबालाई उनले राजीवसँग विवाह गर्न गइरहेकी छन् भन्ने थाहा भयो त्यतिबेला बुबाले यसको विरोध गरे । जब राजीव विवाहको प्रस्ताव लिएर सोनियको बाबुसामु पुगे उनले मैले तिमीहरुबीच कत्तिको प्रेम छ भनेर जाँच्न चाहन्छु भने । बाबुले उनीहरुलाई एक बर्ष एकदोस्रोसँग नभेट्न भने । एक बर्षपछि सोनिया गान्धीले फेरी विवाहको पहल गरिन । फेरी पनि उनका बाबु विवाहका लागि तयार भएनन् । सोनिया र राजीवको विवाहमा उनले खासै गुनासो पनि गरेनन् । ’
राजीवका कान्छा भाइ संजय गान्धीको नाम पनि कयौ महिलाहरुसँग जोडियो । ती मध्येकी एक रुख्साना सुल्ताना पनि थिइन । राशिद किदवाई भन्छन्,‘ रुख्साना सुल्तान कुनै ठूलो पब्लिक फिगर थिइनन । तर त्यो सम्बन्धलाई संजयले अघि बढाए । उनको जुन लाइफस्टायल थियो, त्यो जमानामा मेकअप गरेर हाई हिल्स लगाएर बाहिर निक्लिन्थिन । उनको एक ‘डोमिनेटर क्यारेक्टर’ थियो । काँग्रेसका कयौ मान्छेहरु भन्छन, उनले संजयसँग आफ्नो हक जमाउँथिन । र यो एक यस्तो हक थियो जसलाई सम्बन्धको नाम दिइएन । संजयको अनेक केटीहरुसँग उठबस थियो । जतिखेर संजयको मेनका गान्धीसँग विवाह हुने निश्चित हुँदै धेरै मान्छेले यो कसरी सम्भव भयो भनेर आश्चर्यता प्रकट गरेका थिए । कयौ केटीहरुको चित्त दुखेको थियो । 

वाजपेई–राजकुमारी कौल प्रकरण
पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेईको परिवारलाई लिएर केही खराव टिप्पणी भएकै हुन तर यसले उनको लोकप्रियतामा बिल्कुल फरक परेन । वाजपेईले कलेज पढ्ने बेला आफ्नो साथी राजकुमारी कौलसँग विवाह त गरेनन् तर उनको विवाह पछि उनी उनकै पतिको घरमा बस्न थाले । सैवी पत्रिकालाई दिएको अन्तवार्तामा श्रीमति कौलले भनेकि छन्,‘ मैले र अटल विहारी बाजपेईले यो सम्बन्धको बारेमा कुनै सफाइ दिनुपर्ने जरुरत नै ठानेनौं ।
श्रीमति कौलको केही समयअघि निधन भयो तर राष्ट्रिय मिडियामा उनको यो सम्बन्धको बारेमा कुनै चर्चा भएन । किनकी यी दुईको सम्बन्धका बारेमा मान्छेहरुलाई केही थाहा थिएन । बीबीसीले श्रीमती राजकुमारी कौलकी साथी तलत जमीरसँग कुराकानी गर्यो । 
तलत भन्छिन्,‘ उनी साँच्चिकै निकै राम्री कश्मिरी महिला थिइन... निकै ओजनदार । साह्रै राम्रो बोल्थिन । उनले बोल्ने उर्दू भाषा निकै मिठो थियो । जब म उनीलाई भेट्न प्रधानमन्त्री निवास जान्थे त्यहाँ मान्छे उनलाई माता भन्थे । अटलजीको खानपानको सबै जिम्मेवारी उनकै थियो । भान्सेहरु आएर उनलाई सोध्थे, आजको खानमा के–के बनाउने । उनलाई टेलिभिजन हेर्ने साह्रै शोख थियो । टेलिभिजनमा आउने सिरियलको बारेमा कुराकानी गर्थिन । उनी भन्थिन, प्रख्यात गीतकार जावेद अख्तर जब जन्मिए त्यतिबेला उनी अख्तरलाई हेर्न अस्पताल गएकी थिइन । अख्तरका बाबु जानिसार अख्तर ग्वालिएरको भिक्टोरिया कलेजमा उनलाई पढाउने गर्थे । उनी जावेदसँग निरन्तर सम्पर्कमा पनि रहने गर्थिन । 

मुलायमको दोस्रो विवाह
मुलायम सिंह यादवको दोस्रो विहेको बारेमा पनि मानिसहरुलाई निकै पछि मात्र थाहा भयो । जव मुलायमले अकूत सम्पत्ति जम्मा गरेको आरोपमा सुप्रिम कोर्टमा एक बयान दिए ।
अजय सिंह भन्छन्,‘ हामी जब लखनउमा काम गथ्र्यौं त्यतिबेला हामीलाई यस बारेमा थाहा थियो । उनको पत्नी त होइन तर पत्नी जस्तै थियो व्यवहार, उनी त्यहाँ जान्थे । तर, यस बारेमा कुनै चर्चा हुँदैनथ्यो । एक पटक सुप्रिम कोर्टमा उनलाई एउटा बयान दिन पर्यो कि उनको पहिलो पत्नी छैन भनेर । त्यतिखेर मात्र थाहा भयो, उनको दोस्रो पत्नी पनि छिन र उनीबाट एक छोरा पनि छ भनेर ।’


जिन्नाको ‘हैम’ प्रेम
यसैगरी धेरै कम मान्छेहरुलाई मात्र थाहा छ की पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नको हैम सैंडविचेज खानसँग निकै हिमचिम थियो । उनको असिस्टेंट समेत रहेका र पछि भारतको शिक्षा र विदेशमन्त्री बनेका मोहम्मद करीम चागलाले आफ्नो आत्मकथा‘ रोजेज इन डिसेम्बर’मा लेखेका छन्,‘ जिन्ना बाम्बे म्यूनिसिपल कर्पोरेसनको चुनाव लडिरहेका थिए । म र जिन्ना टाउन हलका थियौं जहाँ एक मतदान केन्द्र हुने गर्दथ्यो । लंच इंटरवलको दौरान जिन्ना पत्नी रुटी एउटा ठूलो गाडीमा एक टिफिन बास्केट लिएर उत्रिइन अनि हलको सिंडी चढ्दै भनिन्, ‘जे’ गेस गर मैले तिम्रो लागि लंचमा के ल्याएको छु ? जिन्नाले भने मलाई के थाहा ! यति सुनेपछि उनले जवाफ दिइन, मैले तिम्रो लागि निकै मिठो हैम स्यान्डविच ल्याएको छु । यो सुन्नेवित्तिकै जिन्नाको होश उड्यो । उनले भने, तिमीले के गरेको ? के तिमी म यो चुनाव हारुँ भन्ने चाहन्छौ ? यस्तो कुरा सुने भने मानिसहरुले मलाई भोट देलान ? रुटी रिसाउँदै फर्किइन । 
 



global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए यस्ता सुझाव

२०  साउन, काठमाडौँ । 
प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने बताएका छन् ।  कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू तथा विज्ञसँग गरेको कुराकानीमा  कांग्रेस सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरे ।

मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक बालकोट घर पुगे ओली

१९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक गरिएको मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक भक्तपुरको बालकोटस्थित निवास पुगेका छन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक बालकोट गएको जानकारी दिएका हुन्।

​सचिवालयबाट सहमति खोजौँः ओली, स्थायी कमिटी अलपत्र पारेर सचिवालयमा जान सकिन्नः प्रचण्ड

१९ साउन, काठमाडौं । सत्तारुढ नेकपा पार्टी भित्रको विवादको समाधान खोज्न निरन्तर असफल हुँदै आएको छ। सोमबार बालुवाटारमा भएको भेटमा पनि आ–आफ्ना अडान राखेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमतिमा पुगन सकेनन्।

अन्तर्राष्ट्रिय

जम्मु र कस्मिरसहितको भूभाग समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

२१ साउन, काठमाडौं । पाकिस्तानले भारतीय नियन्त्रणमा रहेका जम्मु र कस्मिरसहितका क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। भारतसँग विवादमा रहेका जम्मु, काश्मिर र गुजरातको जुनागढ क्षेत्र समेत समेटेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुकको नयाँ नक्सा जारी गरेका हुन्।

लेबनानमा नाइट्रेट भण्डारमा भयंकर विस्फोट, कम्तीमा ७८ जनाको मृत्यु, चार हजार बढि घाइते

२१ साउन, काठमाडौं । लेबनानको राजधानी बेरुतस्थित एक गोदाममा बुधबार ठूलो विस्फोट हुँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ। सयौं घाइते भएका छन्। लेबनानका स्वास्थ्यमन्त्रीले अहिलेसम्म ७० जनाको मृत्यु पुष्टि गरेका छन्। झन्डै चार हजार बढि मानिस घाइते भएको उनले बताएका छन्। लेबनानाका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन्।

भारतको उत्तर प्रदेशमा कोरोनाबाट मन्त्रीको मृत्यु

१८ साउन, काठमाडौँ ।
भारतको उत्तर प्रदेशकमा क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान मृत्यु भएको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top