siddhartha

​भारतीयहरुको सेल्फी मोह, दुर्घटना बढ्दो


Saturday, 27 Jan, 2018 12:49 PM
भारतको हैदरावादमा गुडिरहेको रेल सामु एकजना पुरुषले खिचेको ‘सेल्फी’ भिडियो हजारौँ मानिसहरूले अनलाइनमा हेरेका छन् ।

व्यायाम प्रशिक्षक टि सिभाले छेउमै रहेका व्यक्ति र रेलका चालकले दिएको चेतावनी उल्लंघन गर्दै बोराबन्द रेल स्टेशन छेउमा जनवरी २१ मा उक्त भिडियो खिचेका थिए ।

उक्त दुर्घटनामा सिभा बाँच्न त सफल भए तर उनको टाउकोमा चोटपटक लागेको भारतको रेल वे प्रहरीले जनाएको छ।

उनी अदालत सामु उपस्थित भएका छन् र उनलाई भारू पाँच सय जरिवाना गराइएको छ ।

२१ सेकेण्ड लामो उनको भिडियो समाजिक सञ्जाल फेसबुकमा हजारौँ जनाले हेरेका छन् ।

त्यसमा उनको नजिक एमएमटिएस रेल आउँदै गरेको देखिन्छ । सो भिडियोमा नजिकैको व्यक्तिले चेतावनी दिइरहेको र रेलले हर्न बजाएको पनि सुन्न सकिन्छ ।

सिभा उभिरहन्छन् र एक मिनेट भन्दै भिडियो खिचिरहन्छन् । त्यसपछि उनको टाउकोको दायाँ छेउमा रेलले ठक्कर दिन्छ र उनी भुँइमा लड्छन् र उनको फोन खस्छ ।

भारतमा नजिकै आइरहेको रेलको अगाडि उभिएर भिडियो खिच्ने घातक प्रवृत्ति देखा पर्दै आएको छ। सन् २०१७ मा कर्नाटका सेल्फी खिच्ने प्रयासमा रहेका तीनजना किशोरहरूलाई रेलले किचेको थियो ।

राजधानी दिल्लीमा रेलको लिकमा सेल्फी खिच्नेक्रममा रहेका दुईजनाको ज्यान गएको थियो । विज्ञहरूले समाजिक सञ्जालको लत लागेका व्यक्तिहरूले जथाभावी लामो सेल्फी खिच्ने गरेको बताउने गरेका छन् ।

अधिकांश घटनाहरूमा पुरुष संलग्न रहेका छन् । विश्वमा सेल्फी खिच्ने क्रममा भएका मृत्युका अधिकांश घटना भारतमा नै भएका छन्। सन् २०१४ को मार्चदेखि सन् २०१६ को सेप्टेम्बरसम्ममा भएका १ सय २७ त्यस्ता घटना मध्ये ७६ वटा भारतमा भएको र ज्यान गुमाउनेहरू युवा उमेरका भएका कारनेगी मेलन विश्वविद्यालय पिट्सवर्ग अमेरिकामा विद्यावारिधि गरिरहेका हेमांक लाम्बा र उनको टोलीले जनाएको छ ।

भारतमा अधिकांश सेल्फीका कारण हुने मृत्यु सम्बन्धी दुर्घटनामा रेल जोडिने गरेको लाम्बा बताउँछन् ।

उनका अनुसार आफ्नी प्रेमी–प्रेमिकासँग रेलको लिक नजिक फोटो खिच्नुलाई रोमान्टिक मानिन्छ र त्यसलाई कहिल्यै नटुट्ने मित्रताका रुपमा लिइन्छ ।

ट्विटरमा उक्त भिडियो प्रेषित गर्ने धेरैले सिभाको कामलाई ‘आश्चर्यजनक पागलपन’ वा ‘जोखिमपूर्ण’भनेका छन् ।

भारतीय रेल वे ऐन १९८९ को धारा १ सय ४७ ले रेलको लिक, रेल वा त्यस आसपास अवरोध पुग्ने गरी तस्विर खिच्नेलाई कारबाहीको व्यवस्था गरेको छ ।

भारतका रेल तथा कोइला मन्त्री पीयूस गोयलले जथाभावी तस्वीर खिचेर ज्यान जोखिममा नपार्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।
 


Ruslan

paicho

bussewa

राजनीति

​काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार

९ फागुन, काठमाडौ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार फागुन १० गते बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

संघीय संसदका सांसदको सपथग्रहण फागुन २० गते

९ फागुन, काठमाडौं । संघीय संसदका सांसदहरुको सपथग्रहण फागुन २० गते हुनेभएको छ । संसद सचिवालयले बुधबार सूचना प्रकाशित गरी फागुन २० गते अपरान्ह ४ बजे संघीय संसदको प्रतिनिधिसभा बैठक कक्षमा पद तथा गोपनीयताको सपथ ग्रहण हुने जनाएको छ । संघीय संसदमा प्रतिनिधिसभाका

मन्त्रालय भागवण्डा गर्न ओली प्रचण्ड छलफलमा

९ फागुन, काठमाडौं । मन्त्रिपरिषद बैठकलाई पूर्णता दिन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । प्रस्ताविन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय समेत रहेका ओली र प्रचण्डबीच मन्त्रालय बाँडफाँडको

अन्तर्राष्ट्रिय

​रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे म्यानमारमा द्विपक्षीय बैठक

९ फागुन, एजेन्सी । बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ । यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन् । 

सिरियामा हवाई हमला, बालबालिकासहित ७७ जनाको मृत्यु

८ फागुन, काठमाडौं । सिरियाको राजधानी दमास्कसनजिक सरकारी सेनाले गरेको हवाइ आक्रमणमा ७७ जनाको मृत्यु भएको छ ।  ३ सय जना घाइते भएका छन् । सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र सर्वसाधारण छन् । राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको हो । 

अमेरिकी राष्ट्रपति बन्दुक राख्न पाउने नियम सुधार गर्ने पक्षमा

८ फागुन,वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बन्दुक राख्न पाउने नियममा सुधारको पक्षमा समर्थन जनाएका छन् । नागरिकलाई बन्दुक राख्न इजाजत दिनु अघि उसको पृष्ठभूमिलाई सूक्ष्म ढंगबाट जाँच गर्नु पर्ने प्रस्तावमा उनले समर्थन गरेका हुन् । ह्वाइट हाउसकाअनुसार ट्रम्पले रिपब्लिकन सीनेटर जोन कार्निङले प्रस्तुत 

विचार / ब्लग

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 

१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ?

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :
Top