ghaderi
esewa

​इन्डोनेसियामा निरन्तर आतंककारी आक्रमण, चार जनाको मृत्यु, अरु कैयौँ घाइते


Wednesday, 16 May, 2018 5:45 PM
२ जेठ, एजेन्सी । इन्डोनेसियामा गएको आइतबारदेखि आतंककारीहरुबाट निरन्तर रुपमा आतंककारी हमलाहरु जारी रहेको समाचार छ । 

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्को प्रान्त रियाउमा बम हानिएको छ । 

बुधबार बिहान राजधानी जकार्ताबाट केही परको रियाउ प्रान्तको प्रहरी मुख्यालयमा आतंककारीहरुले बम हमला गरेका थिए । सो हमलामा भने तीनजना हमलाकारीकै मृत्यु भएको थियो । 

प्रहरीकाअनुसार सो प्रहरी चौकीमा प्रहरीको सेतो भ्यानमा आएका आठजना आतंककारी हतियारधारीले बम आक्रमण गरेका थिए । तर त्यस आक्रमणमा चार जना आत्मघाती हमलाकारी नै मारिएका छन् । 

अरु केही घाइते भएका छन् । प्रहरीको कारबाहीबाट केही घाइते भएका तथा भागेका बताइएको छ । यस आक्रमणबाट प्रहरीतर्फ भने कुनै क्षति भएको छैन । 

उता इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा गएको आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका ११ जनाको ज्यान गएको प्रहरीले जनाएको थियो । 

आतंककारीहरुले सोमबार र मंगलबार पनि बम हमला गरेका छन् । सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै आतंककारी हमला भएको थियो । दुइवटा मोटरसाइकलमा आएका चार जनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए । 

बुधबार हमला गर्ने आत्मघातीको परिचय खुलेको छैन । उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाई छ । उनीहरुले रमादान पर्वको पूर्वसन्ध्यामा बम हमलाहरु गरिरहेका प्रहरीको अनुमान रहेको छ । 

इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले विभिन्न समयमा चर्चमा हमला गर्ने गरेका छन् । इन्डोनेसियाली मुस्लिमले यसै हप्ता रमादानको ब्रत बस्ने तयारी गरिरहेका छन् । 

त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ । रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो । 
 


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको छ: प्रधानमन्त्री

८ चैत, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गरेका छन् । सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप सो कलेज बन्न लागेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको बताए । उनले भने, ‘जनता सधैँ पीडामा बस्ने होइन, अब खुशी र सुखी बन्न पाउनुपर्छ । अब त्यो आत्मविश्वास लिएर अगाडि बढ्न जरुरी छ ।’ प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो 

प्रदेश ३: हिउँदे अधिवेशन आइतबारदेखि

८ चैत, हेटौँडा । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम यही चैत १७ गते अपराह्न ३ बजे बस्ने गरी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेकी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसअनुसार अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयले आज जनाएको छ । यसअघि गत जेठ १ देखि पुस १२ गतेसम्म वर्षे(बजेट) चलेको

​चन्द समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह

८ चैत, भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका छन् । उनले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भने । उनले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराए । उनी पत्रकारसँग गौतमबुद्ध विमानस्थलमा कुरा गर्दै पत्रकारले सोधेको प्रश्नका जवाफमा उनले लुम्बिनी विकास कोषमा अब 

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या

८ चैत, काबुल । अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङटन र तालिबानबीच शान्तिवार्ता जारी नै रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएको हो । अफगानिस्तानका लागि नेटोआबद्ध सहयोग मिसनले यस विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको छ । कुनै विशेष कारबाहीमा खटिएको आवस्थामा ती सैनिक मारिएको नेटोको भनाई छ । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा छ जनाकोे मृत्यु भएको एक दिन पछि नै नेटो सेनामाथि आक्रमण भएको 

दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा

८ चैत, सियोल । संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान हाइबो इन्टरनेसनल फ्राइट र लाओनिङ डानझिङ इन्टरनेसनल फर्वार्डिङमाथि प्रतिबन्ध लगाएको जनाएको छ । उत्तर कोरियाबाट उत्पादित कोइला एक जहाजबाट अर्को जहाजमा राखेर अन्तर्राष्ट्रिय 

कम्बोडियामा चीनको आर्थिक ‘उपनिवेश’ छैन – प्रधानमन्त्री हुन सेन

८ चैत, नोमपेन्ह । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने दुई अर्ब डलरको एक्सप्रेस राजमार्ग निर्माणको शुक्रबार शिलान्यास गरेका छन् । उनले पश्चिमा राष्ट्रहरुले चिनियाँ लगानीबाट कम्बोडिया चीनको आर्थिक उपनिवेश बन्छ भनी गरिएका टिप्पणी सही नभएको पनि बताए । आगामी सन् २०२३ सम्ममा पूरा भइसक्ने करिब २०० किलोमिटरको उक्त राजमार्गले राजधानी नोमपेन्हदेखि सिहानुकभिललाई जोड्नेछ । पछिल्ला वर्षहरुमा सिहानुकभिल चिनियाँ लगानीकर्ताका लागि आकर्षक स्थल मानिन्छ । चिनियाँ

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top