syangyong

विश्वमा सस्तो इन्टरनेट सेवा दिने मुलुकमध्ये नेपाल १२ औं स्थानमा, इरान पहिलो


Tuesday, 24 Jul, 2018 11:50 AM
८ साउन, काठमाडौं ।  सरकारले साउन १ गतेदेखि  दुरसञ्चार सेवा दस्तुरमा पहिलो पटक इन्टरनेटलाई पनि समेटेको हो । सरकारले बढाएको मूल्यको भार अन्तमा सर्वसाधारणलाई पर्ने भएकाले अहिले सेवा महंगो भएको गुनासो आउन थालेको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत सेवा दस्तुर थप गरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले मूल्य बढाएका छन् ।  तर, एउटा अध्ययनले नेपाल एसियामा इरान पछिको सस्तो ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने मुलुक भएको देखाएको छ ।  इरान एसियामै मात्र होइन विश्वकै सबैभन्दा सस्तो  इन्टरनेट सेवा दिने मुलुकको रुपमा  दरिएको  छ । इरान सँगसँगै  एसियामा नेपाल र माल्दिभ्स पनि सबैभन्दा सस्तो इन्टरनेट सेवा प्रदान गर्ने मुलुक रहेको एक अध्ययनले देखाएको छ ।
 
इरानको इन्टरनेट मूल्य औसतमा ५.३७ अमेरीकी डलरसहित सस्तो दरिएको हो । अध्ययनका अनुसार नेपालमा १८.८५ डलर प्रति महिना इन्टरनेट शुल्क रहेको भनिएको छ । यो भनेको सय रुपैयाँका दरले हिसाब गर्ने हो भनेपनि औसतमा १८ सय ८५ रुपैयाँ पर्न जान्छ । यद्यपि अहिले डलरको मूल्य ११० रुपैयाँ सम्म पुगेको छ । यस्तै श्रीलंकाको २०.१७ अमेरीकी डलर रहेको छ ।  सन २०१७ अगस्ट १८ देखि  अक्टोबर १२ को बीचमा ३ हजार ३ सय ५१ ब्रोडब्याण्ड प्याकेजको बिडिआरसी  र केवल डट सिओ डट युकेले गरेको विश्लेषणले यस्तो देखाएको हो । यो अध्ययन १९६ देशको ब्रोडब्याण्डलाई लिएर गरिएको हो । बुर्किना फासो विश्वकै सबैभन्दा महंगो इन्टरनेट सेवा प्रदान गर्ने मुलुक हो । यहाँ प्रति महिना औसतमा ९ सय ९४.५४ डलर लागत तिर्नुपर्छ । विश्वमा नेपाल १२ औ सस्तो,  भारत ५२ औ (३६.९ डलर प्रति महिना)  सस्तो र छिमेकी मुलुक चीन ४० औ (३२.२५ डलर प्रतिमहिना) सस्तो ब्रोडब्याण्ड लागत रहेको मुलुक रहेको सो अध्ययनले देखाएको छ । 
पश्चिमी युरोपभित्र इटाली सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने मुलक देखिएको छ । यहाँ प्रति महिना औसत २८.८९ अमेरीकी डलरको  प्याकेज पाइन्छ ।  विश्वमा ब्रोडब्याण्डको लागतमा बिशाल असमानता छ भन्ने अध्ययनबाट पुष्टि हुन्छ ।


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

४ भदौ, काठमाडौँ । देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गरेका हुन्। सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार

​सांसदको गुनासो : बाढीपीडितले राहत पाएनन्

४ भदौ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको आरोप लगाएका छन् ।सांसद बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण गत शनिबार बाजुरा जिल्लामा गएको पहिरोमा परी एक जनाको

​नेपाल र चीनबीचको ऊर्जा समझदारी कार्यान्वयन शुरु

४ भदौ, काठमाडौँ । सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौताका आधारमा सरकारले सम्झौता कार्यान्वयनको प्रक्रिया शुरु गरेको हो।प्रधानमन्त्री ओलीले गत 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top