‘यी भूराहरूले के नै गर्नसक्छन् र भन्थे, हामीले १० वर्षमा इन्डष्ट्री नै बनायौँ ’


Sunday, 26 Jan, 2020 3:41 PM
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवा दश वर्ष पुरा गरेर एघारौँ वर्षमा प्रवेश गरेको छ । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै स्थापना भएको इसेवाले यो एक दशकको अवधिमा निकै ठुलो सफलता पनि पाएको देखिन्छ । कलेज पढ्ने तीनजना युवा मिलेर बैंक तथा वित्तिय संस्थाका सफट्वेयर बनाउने उदेश्यले खुलेको कम्पनी हो, एफवान सफ्ट । त्यही एफवान अन्तरगतको कम्पनी हो, इसेवा । अहिले नेपालका ठुला ‘बिजनेस ब्राण्ड’का नाम लिनुपर्दा इसेवा अग्रपंतिमा आउँछ । अहिले दर्जनौ पेमेन्ट गेटवे कम्पनी आएपनि यो सेक्टरमा इसेवा पायोनियर नै हो । हामीले इसेवाको दश वर्षको यात्रा, संघर्ष र सफलता तथा भावी योजनाबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटासँग कुराकानी गरेका छौँ । 

इसेवा नेपालमा स्थापना भएको दशक पुरा भइसकेको छ, समग्रमा यो दशवर्ष कस्तो रह्यो ?

दश वर्षको यात्रा हेर्दा राम्रै रह्यो भन्नुपर्छ । सुरूसुरूमा हामीलाई मानिसहरूले पत्याउँदैनथे । बैंकहरू पनि यी केटाहरूले के गर्न लागेका हुन् ? के चाहीँ चलाउने हुन् जस्ता कुरा गर्थे । इसेवाबाट बिल तिर्न सकिन्छ भन्दा पनि ‘कहाँ मिल्छ यसरी’, भन्ने खालका प्रश्न आउँथे । अर्को कुरा मानिसलाई रकम तिर्नै डर लाग्ने जस्तो थियो । तर, अहिले इसेवा भनेपछि सबैले प्रयोग गर्नुभएको छ । आम मानिसमा जे कुरा पनि इसेवाबाट गर्न सकिन्छ भन्ने छाप बसेको छ । मानिसमा प्रविधि चलाउन डर लाग्ने स्थितीबाट अहिले जहाँ समस्या त्यहाँ इसेवा छ, इसेवा नभएको ठाउँमा इसेवा चाहिन्छ भन्ने महशुस भएको छ ।

अर्को कुरा मानिसले जहाँ लाइन बस्नुपरेको त्यहाँ इसेवा सम्झन्छन् । जस्तो इपीएसमा लाइन बस्नुपर्यो, मानिसले इसेवा सम्झिए । इसेवाले त्यहाँ सेवा दियो । यस्तै अन्यत्र कतै लाइन बस्नुपर्यो भने इसेवा सम्झन्छन् । भुक्तानी गर्नलाई सजिलो भनेकै इसेवा हो भन्ने भएको छ । जसले चलाउँछ त्यसले बुझ्यो, जसले चलाउँदैन त्यसले पनि इसेवा प्रयोग गरेमा सजिलो हुन्छ भन्ने बुझेको छ । आफुले नचलाएपनि इसेवा भनेको के हो भन्ने बुझेको छ । आज हामीले ब्राण्डको हिसाबले इसेवा भुक्तानी गर्ने माध्यम हो भन्ने कुरा स्थापित गरायौँ । हाम्रो दश वर्षको मूख्य उपलब्धी यही नै हो । 

त्यसो भए यो दश वर्षमा इसेवाले मानिसको सोचाइ बदल्न सक्योे भन्दा हुन्छ ?

एकदम हो । यो दश वर्षमा मानिसको सोचाइमा नै परिवर्तन भएको हो । सुरूमा मानिसले अनलाइन भनेको छ, यो हुने हो की होइन, मेरो काम हुन्छ की हुँदैन, किन्न मिल्ने हो की होइन, के नयाँ कुरा बनाएका हुन्, भन्दै अनेक आशंका गर्थे । अहिले सब कुरा अनलाइनबाट गर्न मिल्छ भन्ने कुरा सबैमा छाप बस्यो । 

कतिपय मानिसलाई रिचार्ज कार्ड नकोट्याएसम्म रिचार्ज गरेजस्तै नलाग्ने, बसमा सहचालकसँग झगडा नगरे यात्रा गरेजस्तै नलाग्ने जस्तो थियो । त्यो परम्परागत व्यवहारलाई अहिलेको अवस्थासम्म ल्याउन कत्तिको गाह्रौ रहेछ ?

सबैभन्दा गाह्रो काम नै यही हो । पहिले मानिसलाई विश्वास नभएर, नसिकेर अथवा नजानेर  गर्दैनथे भने अहिले पहुँच नभएर नगर्ने हो । इसेवा चलाउने रहर सबैलाई छ । तर इसेवा कसरी राख्ने, कसरी चलाउने भन्ने ज्ञान नभएर नचलाएको हो । जसलाई ज्ञान छ, जसले चलाउँछ उसले इसेवाबाट गर्न मिल्छ की मिल्दैन भनेर सोच्दैन । इसेवाबाट गर्न मिल्छ भन्ने कुरा सबैलाई ज्ञान भइसकेको छ । तर, कतिपयमा मैले चाहीँ कसरी चलाउने भन्ने कुराको कमी हुनसक्छ । तर अहिले इसेवाबाट सहज किसिमले भुक्तानी गर्न सकिन्छ भन्ने सबैलाई महशुस भएको छ र उहाँहरूले पनि प्रयोग गरिरहनुभएको छ ।  

यी कुरा त आम प्रयोगकर्ताको हकमा भयो, प्रयोगकर्ता भन्दा पहिले त सेवाग्राही जोडिनुपर्छ होला । सेवाग्राही तयार भएपछि मात्र प्रयोगकर्ताले प्रयोग गर्न मिल्ने हो । अहिले भएका मर्चेन्ट तथा सेवाग्राहीलाई अनलाइनबाट भुक्तानी गर्न सकिन्छ भनेर मनाउन कति सहज या गाह्रो भयो ?
सेवाग्राहीको हकमा पहिले एकदमै गाह्रो थियो । पहिले भन्दा अहिले धेरै सजिलो त भएको छ, तरपनि सहजै अनलाइन भुक्तानीमा ल्याउन गाह्रै छ । पहिलोपटक आउन लागेकाहरूलाई यो कस्तो हुने हो, के हो भन्ने खालको आशंका हुन्छन् । जसले गरिरहेका छन् उनीहरूले यसको मज्जा र फाइदा बुझिसके । उनीहरू यसलाई अझ कसरी बढाउने होला, सबैलाई अनलाइनमै ल्याउन पाए हुन्थ्यो भन्ने महशुस भइरहेको छ । जस्तो इन्टरनेट आइएसपीहरूलाई इसेवाबाट शुल्क भुक्तानी तिर्नेको संख्या हेर्दा अझ बढाउन पाए हुन्थो, काउन्टरको संख्या घटाएर सबैलाई अनलाइनमै ल्याउन पाए हुन्थ्यो भन्ने छ ।
बत्तीको पनि यो सबैले इसेवाबाट तिरिदिए हुन्थ्यो भन्ने भएको छ र त्यसलाई प्रोत्साहन पनि गरिरहनुभएको छ । उहाँहरूले काउन्टरको खर्च घटाउन लागिरहनुभएको छ । अन्य जो बिजनेसहरू जोडिन बाँकी छ उहाँहरूलाई पनि कसरी गर्ने होला भन्ने एउटा पाटो छ भने अर्को पारदर्शीता । कतिपयलाई यसबाट गरेपछि खातामा देखिन्छ, सबै पारदर्शी हुन्छ भन्ने पाटो पनि छ । तर पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ । अहिले इसेवा राखौँ भन्दा राख्दैनौ भन्ने जवाफ आउँदैन, बरु कसरी राख्ने, कसरी स्थापित बनाउने भन्ने जिज्ञासा पाउँछौ । 

सुरूमा अनलाइन जाऔँ भन्दा नपत्याएका अथवा नपत्याएर वास्तै नगरेका तथा गिज्याएर फर्काएका कुनै घटना छन् ?

(हाँस्दै).. .त्यस्ता त कति छन् कति । रेकर्डमा सबैको नाम भनेर पनि संभव छैन । त्यो बेलामा हामीलाई यी केटाहरू एकदमै महत्वाकांक्षी भए । यो सानो कम्पनीले के नै गर्न सक्छ र भनेर सोँचेका धेरै थिए । हाम्रो अगाडी सिधै नभए पनि तीन–चारजना भूराहरू छन् भर्खरै इञ्जीनियरिङ पढेका, के–के न गर्छु भनेर आउँछन्, गफै दिएर जान्छन् भन्ने प्रतिक्रिया  धेरै सुनिन्थ्यो । हाम्रै अगाडी कसैले नभने पनि विभिन्न माध्यमबाट त्यो सुन्थ्यौँ । यो नहुने काम हो, यो नगर भन्ने पनि थिए ।

त्यतिखेर आफ्नो मनमा ठुलो सपना, तर बाहिर भने नपत्याएको अवस्था, अहिलेको १० वर्षको अवधिको सफलता हेर्दा कस्तो महशुस हुन्छ ?

हामीले सोचेकै रफ्तारमा त अहिले पनि भएको छैन । तर जुन सुरू गर्दाको अवस्था र अहिलेको अवस्था हेर्दाखेरी चाहीँ हामीले एकदशमा ठुलै काम गर्न सकेका हौँ भन्ने हुन्छ । त्यतिखेर एकदुई जनाको उदेश्य थियो, यसो गर्नुपर्छ भनेर । तर त्यो चिजचाहीँ मार्केटले डिमान्ड गर्यो, रेगुलेटरले महशुस गर्यो रेगुलेशनका लागि । जसले गर्दा आज यो क्षेत्र एउटा इन्डष्ट्रीका रूपमा अगाडी बढेको छ ।  आजको दिनमा नेपालमा भुक्तानी भन्ने कुरा एउटा उद्योगको रूपमा विकास भयो । आजको दिनमा इसेवा एक्लो छैन मार्केटमा नियमन गर्नुपर्छ भनेर रेगुलेटर आयो । अन्य विग पकेटका प्लेयरहरू अब यो इन्डष्टी«जमा काम गर्नुपर्छ भनेर आए । 

लाइसेन्सकै कुरा गर्ने हो भने अहिले डेढ– दुई सय कम्पनी पाइपलाइनमा छन् । सरकारले डिजिटलाइजेशन भनेर डिजिटल नेपालकै फ्रेमवर्क बनाइरहेको छ । यो सबै हेर्दा एकदुई जनाले सुरू गरेको चिज आजको दिनमा मार्केट, सोसाइटी र राज्यले एसेप्ट गर्यो र एउटा उद्योग बन्न पुग्यो । इन्डष्ट्री त बन्योे तर यो इन्डष्ट्रीले आजको दिनमा धेरै डेलिभरी भने गर्न सकेको छैन । किनभने ओभरल कारोबार हेर्ने हो भने त डिजिटल ट्रान्जेक्सन दुई–तीन प्रतिशत मात्र छ । अधिकतम भए ५ प्रतिशत होला ।  अहिले पनि ९५ प्रतिशत भन्दा बढि कारोबार त क्यासमै भइरहेको छ । क्यासलाई हामीले कम्तिमा ५० देखि ६० प्रतिशतमा परिवर्तन गर्न सक्यौँ भने बल्ल सपना पुरा भयो भन्ने हुन्छ । दश वर्ष अगाडी र आजको दिनको तुलना गर्ने हो भने त हामीले निकै नै राम्रो काम गरेको हो, नगरेको होइन । अरुले भन्दा धेरै नै राम्रो गरेको हो । त्यति हुँदाहुँदै पनि अझै धेरै गर्न बाँकी छ । हामीले ५ प्रतिशतभन्दा कम कारोबारलाई मात्र डिजिटलाइन गर्न सक्यौँ । 

हामीले अहिले सबैभन्दा ठुलो काम गरेको भनेको यो क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सफल भयौँ ।  पहिले हामीलाई यी भूराहरूले के गर्नसक्छन् भन्ने थियो भने आजका दिनमा नेपालमा भएभरका पैसा भएका मानिस यो फिल्डमा नआए हामी टिक्दैनौ भन्ने महशुस गरेर सबैले आफ्ना–आफ्ना एउटा पे निकाले । त्यो दिनदेखि यो दिनसम्मको फुल क्रेडिट लिने चाहीँ हामी हो । नेपालमा पेमेन्ट बिजनेस गरेर, डिजिटल बिजनेस गरेर मज्जाले सस्टेन हुन्छ, यो ठुलै मार्केट हो भनेर मार्केट क्रियट गरेर प्रुफ गर्यौँ । अहिले आएर अन्य प्लेयरहरू आए । हामीले यो दश वर्षमा गरेको एउटा उपलब्धी भनेको एउटा स्टार्ट अपलाई उद्योगका रूपमा स्थापित गरायौँ । 

सुरुमा त अनलाइनबाट बिल भुक्तानी गर्ने भनेर सूरु भएको थियो, तर इसेवा सफल हुनुको टर्निङ पोइन्ट भने कहाँनिर बन्यो ?

कस्तो थियो भने हामीले पहिले सुरू गर्दा मोबाईलबाट रकम तिर्ने भन्ने सोँच थिएन । इन्टरनेटबाट तिर्ने भन्ने थियो । किनकी त्यतिबेला नेपालमा मोबाईल छ्यापछ्याप्ती भएको पनि थिएन । मोबाईलमा इन्टरनेटहरू केही थिएन । मोबाईलमा एसएमएसबाट गर्न मिल्छ भनेर हामीले २००८÷००९ तिरै हो सोँचेको । तर मोबाईलबाट भन्दा पनि इन्टरनेटबाट तिर्ने भन्ने सोँचबाट सुरू भएको हो । तर मोबाईलले यतिछिटो मार्केट लियो की इन्टरनेटबाट मोबाईलमा यति छिटै स्विच भयो की हाम्रो एउटा टर्निङ पोइन्ट भनेको समाज मोबाईलमा जाँदैछ भन्ने समयमै पत्ता लगाउन सक्यौँ । मोबाईलबाट पनि कारोबार गर्न मिल्ने प्रविधी समयमै विकास गर्यौँ । मोबाईल आउँदैछ भन्ने भएपछि समयमै हाम्रो प्रोडक्ट रेडी भयो ।  

अर्को टर्निङ पोइन्ट भनेको हामीले २००९ मा अनलाइन बसीबसी बत्तीको बिल तिर्ने सर्भिस बनाएपछि तथा अनलाइनबाटै रिचार्ज गर्ने प्रविधि बनाएपछि त धमाधम अनलाइनबाट तिर्लान् भन्ने थियो । कारोबार धमाधम होला भन्ने सोँच थियो । तर त्यो भएन । २००९ देखि २०१२ सम्म सोँचेजस्तो ग्राहकहरूले एडप्ट गरेनन् । हामी त्यति ग्राहकबाट सस्टेन हुँदैनथ्यौँ, त्यसलाई मात्र फोकस गरेको भए । तर, हामीले त्यतिबेला साढे दुई करोड जनसंख्यालाई इसेवा चलाउन सिकाउन भन्दा एउटा–एउटा ठाउँमा एक÷एक जना मानिसलाई इसेवा चलाउन सिकाउँदा त्यसले हामीलाई छिटो रिजल्ट आउँछ भन्ने लाग्यो र एजेन्ट मोडलमा गयौँ । एजेन्ट मोडल पनी हाम्रो अर्को ठुलो टर्निङ पोइन्ट भयो । जुन हामीले २०१२ मा सुरू गर्यौँ । 

एजेन्टहरूलाई हाम्रा सेवाको आफ्नो ठाउँबाट सेवा दिनका लागि ल्याएपछि धेरै मानिसले हाम्रो सर्भिस प्रत्यक्ष नलिएपनि अप्रत्यक्ष रूपमा धेरै जोडिए । 

अहिले त रियल टाइममा सबै कारोबार हुन्छ , तर त्यतिबेला सेवा प्रदायक पनि डिजिटलाइज भइसकेका थिएनन् । तपाईहरुले इसेवाबाट यसरी तिर्न सकिन्छ भनेर देखाउन, अझ भनौ न बानी बसाल्न के–के गर्नुभयो ?

सबै कुरा अनलाइन हुनुपर्छ भन्ने सोँच हाम्रो हो । तर त्यतिबेला न टेलिकमसँग अनलाइन पैसा तिर्ने सिस्टम थियो, न बत्तिको बिल तिर्नका लागि प्राधिकरणसँग सिस्टम थियो । उनीहरूसँग सिस्टम थिएन, हामीलाई अनलाइन गर्नुपर्ने थियो । हामीले त्यतिबेला अनलाइन हुन्छ भनेर पु्रफ गर्नलाई पनि एनटिसीले बजारमा पठाएका रिचार्जकार्ड किन्नुपर्यो । हामीले एकैपटक हजार, दुईहजार रिचार्जकार्ड किनेर ल्याउने, दुई चारजना मानिस राखेर घोट्ने, अनि त्यहि रिचार्जकार्डको पिन अनलाइनमा राखेर बेच्थ्यौँ । बत्तीको बिल पनि त्यस्तै । प्राधिकरणसँग सिस्टम थिएन । हामीले दिनभर बत्तीको बिल कलेक्ट गर्ने, भोलिपल्ट मानिसलाई प्राधिकरणमा लाइन लगाएर तिरिदिने गथ्र्यौँ । त्यो चाहीँ मानिसलाइ बानी बसाल्न भन्दा पनि  यो अनलाइन गर्न मिल्ने कुरा हो भनेर पु्रफ गर्न गरेका थियौँ । ग्राहकको साइडमा समस्या छैन, समस्या सेवा प्रदायकमा छ भनेर देखाउनका लागि पनि त्यो गरेका हौँ । त्यसका लागि ब्याकेन्ट सपोर्ट नभएपनि ग्राहकले हेर्दा अनलाइन भइरहेको छ भन्ने पार्नका लागि गरेका हौँ । 

अहिले इसेवाको सेवा नेपालभर पुगेको छ । त्यतिबेला तपाईहरूको सोँच शहरी क्षेत्रमा बढी प्रभावकारी होला की ग्रामणि भेगमा भन्ने थियो ?अहिले यो कुन क्षेत्रमा बढी प्रभावकारी भएको छ ?

हामीलाई सुरुमा शहरी क्षेत्रमै प्रभावकारी हुन्छ जस्तो लागेको थियो । इन्टरनेट सर्भिस शहरी क्षेत्रमै थियो । गाउँमा मोबाईल नै त्यति थिएन । मोबाईलबाट कसरी कारोबार गर्लान् र जस्तो लागेको थियो । तर हाम्रो त्यो सोँच कहिले परिवर्नन भयो भने हामीले राष्ट्रिय वाणिज्य बैंकमा मोबाईल बैंक हालेपछि हुम्ला जुम्लामा रिचार्जकार्ड बिक्न छाडेर हाम्रो ट्रान्जेक्सन बढ्यो ।

हामीले हुम्ला, जुम्लामा किन धेरै कारोबार हुन थाल्यो भनेर हेर्यौँ । त्यहाँ त कस्तो रहेछ भने, जुम्लाको मान्छे नेपालगञ्ज आउने, नेपालगञ्ज आएर धेरै मात्रामा रिचार्ज कार्ड किन्ने । अनि खच्चडमा बोकाउने, हेलिकप्टरमा लैजाने गर्दा रहेछन् । उसले सय, दुईसय, पाँचसय र हजारको रिचार्ज कार्ड लैजाँदो रहेछ । तर गाउँमा सय र दुईसयका रिचार्ज कार्ड बिक्ने तर पाँच सय र हजारको रिचार्ज कार्ड बिक्नै गाह«ो हुने । जसले गर्दा उनीहरूको रकम अड्कीने हुदो रहेछ ।जब हामीले वाणिज्यमा मोबाईल बैंक राखेपछि त मोबाईलबाटै रिचार्ज, टपअप गर्न मिल्ने भयो । त्यसमा हामीले २ प्रतिशत क्यासब्याक पनि दिएका थियौँ । 

खच्चड र हेलिकप्टरको खर्च पनि घट्यो । नेपालगञ्जबाट लैजाँदा पनि त्यही २ प्रतिशत, मोबाईलबाट पनि त्यही । मानिसले नेपालगञ्जबाट रिचार्जकार्ड लैजानै छाडे । यसले गर्दा ५ सय हजारका रिचार्जकार्ड पनि नअड्कीने । यो देखेपछि हामीले बनाउन त शहरलाई हेरेर बनायौँ, तर प्रभावकारी त गाउँमै रहेछ भन्ने सोँच आयो । 

अर्कोकुरा जस्तो आजको दिनमा रिचार्जकार्डहरु शहरी भेगमा त पसल पसलमा छन् नी । शहरमा मुभिको टिकट काट्न अथवा इन्टरनेटको बिल भुक्तानीका लागि इसेवा चलाउँछ होला । शहरमा रिचार्ज कार्ड त दुई पाइला हिड्दा पाइन्छ । यसले शहरका मानिसलाई रिचार्ज कार्ड मोबाईलबाट गर्ने बानी अलि पछि आयो । तर ग्रामिण भेगमा त रिचार्जकार्ड किन्न पनि धेरै टाढा जानुपर्ने । आजको दिनमा इसेवा हेर्दा इसेवा चलाउनेको संख्या हेर्दा ४० प्रतिशत शहरी भेगमा छ भने बाँकी ६० प्रतिशत त सेमी अर्बन एरियामा छ । जहाँ रिचार्जकार्ड लिन एक डेढ घण्टाको बस चढेर जानुपर्छ, जहाँ बत्तीको बिल तिर्न टाढा जानुपर्छ । त्यस्तो ठाउँहरुमा चाहीँ मानिसले मज्जाले चलाइरहेका छन् ।

अर्कोकुरा एजेन्ट मोडलबाट हामीलाई के भो भने बत्तिको बिल तिर्न घन्टौ हिडेर अथवा बस चढेर  सदरमुकाम जानुपर्छ । हामीले गाउँको सबैलाई इसेवा चलाउ भन्नै परेन । गाउँको एउटाले इसेवा चलाउन जान्यो भने उसले गाउँभरिकै तिरिदिन सक्नेभयो । त्यसले गर्दा हामीलाई गाउँमा सेवा स्थापित गर्न एकदमै सहज भयो । 

इसेवाले यो बीचमा स्काइ हाइट भन्छन् नि अर्थात् एक्कासी पिकअप लिएको कहिलेदेखि हो ?

२००९ देखि २०१२ सम्म इसेवा एफवानसफ्टको एउटा प्रोडक्टको रूपमा थियो । हामीले २०१२ मा कम्पनी छुट्यायौँ । २०१३ मा एजेन्ट मोडलमा गयौँ । जुन बेलामा हामी एजेन्ट मोडलमा गयौँ, त्यसपछि गाउँ गाउँमा इसेवा छिर्यो । गाउँमा इसेवा राम्रोसँग छिरेको भनेको २०१४ मा हो, यो अहिले पनि जारी छ  । तपाईले भनेजस्तो स्काइ हाइट लिएको भनेको २०१५ मा हो । २०१५ नै आम्रो टर्निङ पोइन्ट हो । 

तपाईहरूको पहिलो मर्चेन्ट कुन हो ? सुरूमा अनलाइनमा ल्याउन कसरी सहमत गराउनुभयो ?

हाम्रो पहिलो मर्चेन्ट बुद्ध एयर हो । बिजनेसको भिजन भनेको यस्तो हुनुपर्छ भन्ने उदाहरण पनि हो । हामीलाई कसैले नपत्याइरहेको अवस्थामा बुद्ध एयरका विरेन्द्र सरले बुद्ध एयरको टिकट अनलाइन गर्नुपर्छ भनिरहनुहुन्थ्यो । हामीले इसेवा बनाउँछौ, अनलाइनबाट टिकट काट्न सकिन्छ भन्दा उहाँले सहजै स्विकार मात्रै गर्नुभएन हामीलाई आर्थिक सहयोग पनि गर्नुभयो । बुद्धएयर पैसा हालेर मर्चेन्ट भएको हो । हामीलाई अनलाइन टिकट काट्ने सिस्टम बनाउ भनेर बुद्ध एयरले पैसा नै दिएको हो । हाम्रो पहिलो अफिसियल मर्नेन्ट भनेकै बुद्ध एयर हो । जसबाट हामीलाई निकै सहज भयो ।

यो दश वर्षमा त इसेवाले धेरै संघर्ष पनि गर्यो, एउटा उद्योगका रूपमा विकास पनि भयो । तर अहिले पेमेन्ट गेटवे कम्पनी आउने क्रम निकै बढेको छ । एक÷डेढ दर्जन कम्पनी आइसके भने कतिपय आउने क्रममा पनि छन् । अब मार्केट कस्तो होला, ठुलो मात्राको क्यास डिजिटलाइज होला की आपसमा अस्वस्थ प्रतिपर्धा होला ?

सबैजना बिजनेस गर्न आएको हो । सबैले आ–आफ्नो बिजनेस राम्रो होस् भन्ने नै सोचाइ हुन्छ । यसलाई अस्वस्थ प्रतिश्पर्धा भन्न मिलेन । मार्केटमा अवसर सबैले पाउँछन् र पाउनुपर्छ पनि । मार्केट हाम्रो पनि बिर्ता होइन भने अर्काको पनि होइन । जसले राम्रो सेवा दिन्छ, जसले धेरै सेवा दिन्छ उसैको चलाउने हो । हामीले सबैलाई भनेको चाहीँ, अहिले आपसमा भिडेर, कमिशनमा खेलेर, एजेन्ट तानातान गरेर यो मार्केट माथि जाँदैन । 
बल्ल २÷३ प्रतिशत क्यासलाई डिजिटलाइज गरेर खेलिरहेका छौँ भने ९७ प्रतिशत मार्केट त अहिले पनि क्यास नै छ नि ।

एउटा एउटा सेग्मेन्ट गरेर क्यासलाई घटाउँ भन्ने हो हाम्रो । जस्तो अहिले हामीले फोन पे भनेर ल्यायौँ । हामीलाई जहिल्यै पनि के प्रश्न आउँथ्यो भने तिमीहरू मोबाईलबाट टिकट काट्ने या भुक्तानी गर्ने बनाए पनि किराना पसलमा चामल किन्दा त मिल्दैन नि भन्थे । सुपरमार्केटमा त मिल्दैन भनेर प्रश्न गर्थे । त्यसलाई हामीले च्यालेञ्जको रूपमा लियौँ । अहिले आएर फोनपे तथा क्यूआरबाट सानो सानो कारोबार पनि मोबाईलबाट भुक्तानी गर्न सकिने भएको छ ।  आज केही नभएपनि फोन पे बाट हरेक दिन केही करोड रूपैयाँ कारोबार हुन्छ । हामीले मात्र फोनपेबाट दैनिक केही करोड रकमलाई डिजिटलाइज गर्न सक्यौँ, यो बढाउँदै लैजाने हो । अन्य पनि थुपै्र क्षेत्र छन् जसलाई क्यासलेस बनाउन सकिन्छ । सबैजना मिलेर धेरै भन्दा धेरै क्यास युज हुने ठाउँमा जाऔँ ।

यहाँ मार्केटमा अझ कति धेरै प्लेयरलाई ठाउँ छ नि । हामी २/३ प्रतिशतमा त सस्टेन भएका छौँ भने त बाँकी ९७ प्रतिशतले त धेरै प्लेयरलाई सस्टेन गर्छ । तर यही २÷३ प्रतिशतमा बाँडीचुँडी खाने भन्ने हो भने कोही पनि बाँच्दैन । त्यसकारण प्लेयर धेरै आउन, मार्केटमा इन्भेष्ट गरून् । धेरै भन्दा धेरैले यो चलाउन् ।आजको दिनमा मानिसलाई मोबाईलबाट पैसा तिर्न सिकाउने ठुलो कुरा हो । एकपटक पैसा तिर्न सिकेपछि कुन राम्रो छ भनेर त उसैले छुट्याइहाल्छ नि, भोलिका दिनमा । 

अहिलेसम्म त विभिन्न उतारचढावसहित यहाँसम्म आउनुभयो ? आगामी दिनमा डिजिटल मार्केटका चुनौतीहरू के–के हुन् ?

अहिलेको पार्टमा हेर्दा यो चिज चाहिने रहेछ है बजारमा भनेर रेगुलेटरले बुझ्यो ।  ग्राहकले पनि सहज भएकाले आवश्यकता महशुस गरिरहेका छन् । अझै पनि मर्चेन्टको पाटोमा त्यो लेबलमा आइसकेका छैनन् । यसलाई बैकल्पिक च्यानलकै रूमा हेरिरहेका छन् ।  डिजिटलपेमेन्ट मेरो मेनस्ट्रिम च्यानल हो भनेर बुझेको या महशुस गरेको अवस्था छैन । जस्तो नेपाल टेलिकममा हेर्यो भने प्राथमिकता रिचार्ज कार्डमा छ । कसरी यसलाई सिफ्ट गराउने भन्नेतर्फ ध्यान कम दिएको पाइन्छ । नेपालका व्यवसायीले नबुझेको अर्को के हो भने सर्विस डेलिवरीको च्यानल सहज हुनुपर्छ भन्ने छैन कि आफ्नो कन्ट्रोलमा हुनुपर्छ भन्ने मात्र बुझेको अवस्था छ । सर्विस डेलिवरी गर्ने च्यानल आफ्नो कन्ट्रोलमा हुनुपर्छ भन्ने छ । यो ओपन हुनुपर्छ, सबैको पहुँचमा हुनुपर्छ भन्ने छैन । सर्विस डेलभरीको च्यानललाई स्मुथ गराउनुपर्छ भन्ने कुरामा उहाँहरुको ध्यान गए यसले छिटो टेकअप गर्छ । 

ठुलो कारोबार भएको, तर पेमेन्ट गेटवेमा आउन नसकेका क्षेत्रहरू छन् अहिले पनि ? कुन कुन हुन् ?

अर्गनाइज क्षेत्रमा त भयो । तर पूर्ण हुन सकेको छैन । जस्तो ठुलो ठुलो सुपरमार्केटमा कार्डबाट कारोबार त हुन्छ ,तर क्यास नै बढि हुन्छ । रेष्टुरेन्टमा पनि कार्डबाट कारोबार भएपनि धेरैजसो क्यास नै प्रयोग हुन्छ । हाम्रो देशमा डिजिटल भन्दा क्यास नै बढि छ । कुनैपनि क्षेत्रमा क्यास भन्दा डिजिटल कारोबार बढि छ भन्ने छैन । हाम्रोमा भाटभटेनिमा कार्ड चल्छ तर मानिस अगाडीको एटिएमबाट क्यास झिक्छ । कुनैपनि क्षेत्रमा डिजिटल कारोबारले क्यासलाई जित्यो भन्ने अवस्था छैन । हरेकले डिजिटल कारोबारलाई बैकल्पिक च्यानलको रूमा हेरेका छन् । मेनस्ट्रिम च्यानल हाम्रो डिजिटल हो, हामी क्यास पनि स्विकार गछौँ भन्ने लेबलमा कुनैपनि मर्चेन्ट पुगेको छैन । सर्विस प्रोभाइडरहरु हरेक कुरामा आफ्नो कन्ट्रोल खोज्ने, अनलाइनमा जानै नखोज्ने परिपाटी छ । यसलाई चिर्न जरूरी छ र यो हाम्रो च्यालेन्ज हो । अन्य यातायात, सवारी लाइन्सेन्स् मालपोत लगायत ठुलो कारोबार हुने क्षेत्र पनि डिजिटलाइज हुन सकेको छैन । यी क्षेत्रमा अहिलेपनि लामो लाइन बसेर मानिसहरू सेवा लिइरहेको अवस्था छ । यी क्षेत्रलाई पनि डिजिटलाइज गर्नका लागि सरकारले प्रोत्साहन गर्नुपर्छ । 

अहिले त एजेन्ट मोडलमा काम गरिरहनुभएको छ । सबैले आ–अफैले इसेवा चलाउँदा त एजेन्टलाई घाटा हुँदैन र ?

हाम्रो बिजनेस मोडल यस्तो छ की हाम्रोमा सबै फिट हुन्छन् । सबैलाई फाइदा हुन्छ । एजेन्टको आम्दानी बढाइराख्न हामीले नयाँ नयाँ सेवा लिइरहेका छौँ, लिइरहनेछौँ । हामीले विभिन्न ठुला ठुला इभेन्ट पनि लिइरहेका छौँ । जसले एजेन्टलाई थप सबल बनाउनेछ । सबै सेवा ग्राहकले आफै गर्ने हुँदैन ।  अहिले हामीले बनाएको एजेन्ट नेटवर्क भनेको त डिष्ट्रिब्युसन नेटवर्क हो । यसमा आज टपअप घुमिरहेको छ । भोलि एयरलाइन्स् टिकट घुम्ला सर्विस यत्तिमात्र त होइन नि । मानिसलाई टपअप, बिजुली,एयरलाइन्स् मात्र त चाहिने त होइन । सर्विस त अनेक आइराख्छन् । यो डिष्ट्रिब्यूसन नेटवर्कलाई फिट हुने धेरै कुरा छन् । समयको मागसँगै आउँदै जान्छन् । भोलिको दिनमा टपअप ग्राहकले गर्ला तर एजेन्टका लागि नयाँ कुरा आउँछन् । लङटमका लागि इसेवाका एजेन्टलाई निरन्तर सर्विस आउँछन् । हामी हाम्रा एजेन्टलाई सस्टेन गराउन नयाँ नयाँ कुरा ल्याउँछौ । जस्तो अहिले हामीले बैंक खाता खोल्न सक्ने सेवा ल्याएका छौँ । यो किन भन्दा एजेन्टलाई सस्टेन गराउन हो । नाइभने बैंक खाता खोलाउन जरूरी थिएन नि । त्यस्तै इपिएस , साग लगायतका खेज जस्ता विभिन्न सर्ट इभेन्टहरु ल्याइरहेका छौँ । यसले एकातिर कष्टमरलाई सजिलो भइरहेको छ भने अर्कातिर एजेन्लाई पनि इन्गेजमेन्ट गराइरहेको छ । नयाँ नयाँ सेवाहरू बढ्दै जान्छ र आम्दानी पनि बढ्दै जान्छ । 

अहिले केही बैंक तथा संस्था पनि वालेट चलाउने भन्दै कस्सिरहेको देखिन्छ, यसमा तपाई के भन्नुहुन्छ?

यस्तो हो, बैंकको बिजनेस आफ्नो छ हाम्रो बिजनेस हामी गरिरहेका छौँ ।उनीहरूले डिपोजिट गर्ने, ल्याण्डिङ गर्ने देखि थुप्रै बिजनेस गरिरहेका छन् । त्यमध्येको एउटा सानो कम्पोनेन्ट भनेको पेमेन्ट हो । हाम्रो मेन बिजनेस भनेको पेमेन्ट हो, बैंकिङ होइन । क्लियर रूपमा डिमार्केशन लाइन छ । बैंकले बैंकिङ गरेको छ हामीले हाम्रो बिजनेस गरेका छोँ । यसले गर्दा भोलिका दिनमा पनि हाम्रो बीचमा कुनै द्वन्द्व हुने अवस्था हुदैन आजको सन्दर्भमा भन्दा । कसैले लाइन क्रस गरेमा मात्र द्वन्द्व हुने हो । कुनै कुनै बैंकले आजको दिनमा इसेवालाई प्रतिश्पर्धीका रूपमा पनि हेर्छ । हाम्रो कुरा भनेको हामी कहिल्यै पनि बैंकको प्रतिश्पर्धी होइनौ । हामी बैंकका सहयोगी हौँ । हामीले उनीहरूलाई सहयोग नै गरिरहेका छौँ हरेक कुरामा । जस्तो आज इसेवाले बैंक खाता खोलिदिइरहेको छ । इसेवाको पैसा बैंकमा डिपोजिट छ । मानिसले किस्ता तिरेका छन् । क्रेडिट कार्डको रकम भुक्तानी गरेका छन् । हामीले डिपोजिट कलेक्ट गर्ने होइन, हामीले ल्याण्डिङ गर्ने होइन भनेपछि त हाम्रो उदेश्य नै फरक छ नि । त्यसैले हामीले आ–आफ्नो बिजनेस गरौँ  भन्ने हो ।

अन्त्यमा, अहिले मुलुक संघीयतामा गएको अवस्था छ । स्थानीय सरकारले पनि धमाधम आफ्नो काम गरिरहेका छन् । त्यहाँ पनि विभिन्न किसिमका ठुला कारोबार भइरहेका छन् । कुनै स्थानीय निकायलाई डिजिटल कारोबारका लागि नमुना पनि बनाउनेगरी काम गर्न सकिन्थ्यो होला नि ?
सकिन्छ, एकदमै हामी त्यो तयारी गरिरहेका छौँ । केही स्थानीय तह निकट भविष्यमै नमुनाकै रूपमा विकास हुनेछन् । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

महरालाई फेरि अर्को आपत आइलाग्यो ! सरकारी वकिल उच्च अदालतमा जाँदै

६ फागुन काठमाडौ । सरकारी वकिलको कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयमा फैसला चित्त बुझ्दो नभएको भन्दै उच्च अदालतमा मुद्दा पुनरावेदन गर्ने तयारी गरेको छ ।पूर्व सभामुख महरालाई अदालतले सफाइ दिएको विषयमा पुनरावेदन जाने सरकारी वकिल नुमराज खनालले बताए । यससँगै महरालाई अर्को संकट आइलाग्ने देखिएको छ ।  यता  महराको निलम्बन भएको सांसद पद पुनर्बाहली हुने भएको छ ।संसद सचिवालयका उपसचिव

संवैधानिक अंग सरकारको कब्जामा : कोइराला

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सरकारकै कारण संघीयता धरापमा परेको आरोप लगाएका छन्। कोइरालाले सरकार नियन्त्रितप्रजातन्त्रको अभ्यासमा लागेकाले संघीयता बेवारिसे बनेको बताए। कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा आधारित शासन व्यवस्थामा विश्वास गर्ने भएकाले नेकपा सरकार नै संघीयताविरोधी रहेको आरोप लगाए।

अन्तर्राष्ट्रिय

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

निर्दयीहरु जसले गर्भवती र बालबालिकालाई पनि जिउँदै जलाए

५ फागुन, काठमाडौं । अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा कम्तिमा २२ जनाको मृत्यु भएको छ । क्यामरुनको उत्तर–पश्चिमी क्षेत्रको गाउँमा आक्रमण भएको र सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको हो । तुम्बो गाउँमा भएको घटनामा मारिनेमा आधा बालबालिका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अधिकांशलाई आक्रमणकारीले जिउँदै जलाएका हुन् । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top