syangyong
nlic

देउवाको ‘किचन क्याबिनेट’का विश्वकर्मा भन्छन्– काँग्रेस पहिलो शक्ति नै छ, सभापतिले किन छाड्ने ?


Saturday, 24 Feb, 2018 12:55 PM
यतिवेला काँग्रेसभित्र वैचारिक र सांगठनिक विवाद चुलिएको छ । पार्टी हारको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने र नेतृत्व हस्तारन्तरण गर्नुपर्ने भन्दै पार्टीका केही नेताहरु दिनदिनैजसो बैठक गरिरहेका छन् । उनीहरुले यसलाई पार्टी सुदृढीकरण अभियान नाम दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवापक्षीय नेताहरुले भने यो अभियानलाई केही नेताहरुको उत्ताउलो हर्कत भनेर संज्ञा दिएका छन् । अवस्था यस्तै रहे पार्टी सुदृढीकरण अभियानको नाममा गुटगत भेला गरिरहेका नेताहरुलाई सभापति देउवाले कारबाही गर्नेसम्मको मनस्थिती बनाएका छन् । उता संसदीय दलको नेता चयनको विषयमा पनि काँग्रेस विभाजित भएको छ ।  संसदीय दलको नेतामा सभापति देउवा, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहले दावी गरिरहेका छन् । संसदीय दलको नेता चयनका विषयमा आजै कांग्रेस बैठक बसिरहेको छ । यिनै विषयमा केन्द्रीत रहेर न्यूजसेवाका राजु ढकालले सभापति देउवा निकट नेता मीन विश्वकर्मालाई केही प्रश्न गरका छन् : 

- काँग्रेसभित्र नेतृत्व परिवर्तनका लागि जोडदार आवाज उठिरहेको छ । अब नेतृत्व परिवर्तनको माग समयको आवश्यकता हैन र ?
निर्वाचनको परिणामलाई लिएर यसको वास्तविकतालाई नबुझिकन केन्द्रीय समितिका केही नेता साथीहरुले हतार–हतारमा उत्ताउलो अभिव्यक्ति दिएको मात्रै हो । अहिले विस्तारै–विस्तारै उहाँहरुले निर्वाचनको परिणाम, पार्टीको क्षमता र शक्तिका बारेमा बुझ्दैजाँदा उहाँहरु शान्त बस्नुभएको छ । नेतृत्व परिवर्तन त नियमित नै हो । यो गतिशिल भइरहन्छ  तर, कहिले गर्ने भन्ने कुरामा केही साथीहरुले तत्काल महाधिवेशन भन्नुभएको छ । त्यो पनि सम्भव छैन तर, पार्टीको केन्द्रीय समितिको बैठक अनिवार्य छ । महासमितिको बैठक प्रत्येक बर्ष बस्नुपर्छ त्यो विधानमै उल्लेख छ । माग गरेअनुसार होइन विधानको व्यवस्थाअनुरुप सभापति र केन्द्रीय कार्यसमितिले महासमितिको बैठक पनि डाक्छ । महाधिवेशन विधानले तोकिएको समयभित्र नै हुन्छ । त्यसैले बीच–बीचमा उहाँहरुले नेतृत्व परिवर्तन वा कसैलाई विस्थापन गर्ने भन्नेजुन अभिव्यक्ति दिइरहनुभएको छ । यो हल्का र उत्ताउलो अभिव्यक्ति हो । यसले पार्टीको हित गर्दैन ।
 
-निर्वाचनमा पार्टीको हार भएको छ । यस्तोबेला कतिपय मुलुकमा नेतृत्वले नैतिक जिम्मेवारी लिँदै जिम्मेवारी हस्तान्तरण पनि गर्छन् । काँग्रेस नेतृत्वले पनि त्यस्तै गर्दा हुँदैन ?
वास्तविक धरातल के हो भने ०६४ देखि ०७४ सम्म आइपुग्दा काँग्रेसले हारेको छैन । गिरिजाप्रसाद कोइरालाको नेतृत्वको निर्वाचनमा त्रिपक्षीय लँडाई थियो । काँग्रेसले २१ प्रतिशत मत मात्रै प्राप्त ग-यो । हामीले हेर्ने जनमत हो । एउटा राजनीतिक अर्को गणितीय हिसाब हुन्छ । त्यो बेला राजनीतिक हिसाबमा हामी २१ र गणितीयमा १९ प्रतिशतमात्रै थियौं । ०७० मा आइपुग्दा राजनीतिक रुपमा हामी ३० र गणितीय हिसाबले २९ प्रतिशत पुग्यौं । अहिले हेर्दाखेरी काँग्रेस राजनीतिक रुपमा ३५ र गणितीय हिसाबले २५ प्रतिशतमा छौ । त्यसैले राजनीतिक दृष्टिकोणले हेर्ने हो भने हामीले जितेका छौं । कुनै पनि निर्वाचन क्षेत्रमा काँग्रेसको मत घटेको छैन । प्रत्यक्षतर्फ हेर्नुहुन्छ भने ८० सिट जितेर पहिलो पार्टी हुँ भन्नेलाई हामीले २३ सिट जित्दैगर्दा पनि ५ लाख ११ हजार मतले हामीले उछिनेका छौं । त्यसैले पार्टीको शक्ति क्षय भएको होइन यो गणितीय, प्राविधिक र अरुको साँठगाँठ र तालमेलका कारणले काँग्रेस दोस्रो भएको मात्रै हो । काँग्रेसको क्षमताका कारणले दोस्रो भएको होइन । काँग्रेस क्षमतामा अहिले पनि पहिलो नै छ । त्यसैले नेतृत्वले यति परिणाम ल्याउँदाल्याउँदै पनि राजीनामा गर्नुपर्ने कारण के ? काँग्रेसको कारणले हारेको होइन । अरुको कारणले काँग्रेस सानो देखिएको मात्रै हो । त्यसैले काँग्रेसले अब थपशक्ति संचय गर्दै संगठन विस्तार गरेर पार्टीभित्र देखिएका केही फरक मत र असन्तुष्टिलाई व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्छ । पार्टीले राम्रो पोजिसन ल्याएन भनेर नेतृत्वले छोड्न सक्छ । तर, पार्टीमा त्यस्तो विकल्प नसोचिएको हुनाले अहिले यही नेतृत्व र संरचनालाई परिमार्जित गर्दै अगाडि लिएर जाने हो । 

-काँग्रेसका युवा नेताहरु पार्टी सुदृढीकरण गर्नुपर्छ र यसका लागि नेतृत्वले बाटो खुल्ला गर्नुपर्छ भन्दै दिनदिनैजसो भेला गरिरहनुभएको छ । यसले नेतृत्वलाई दवाव दिएको छ कि छैन ?
दवाव त दिन्छ नै । तर, केही नेताहरुको शैली उहाँहरुको अभियान हेर्दा यसले नेतृत्वलाई दवावभन्दा पनि संगठनमा थप अन्यौल सिर्जना गरिरहेको छ । यसले पार्टीलाई एक बनाउँदैन । झन् समूह–उपसमूह निर्माण हुँदै जाने भएको हुनाले यसले राम्रो गर्दैन । अहिलेको नेतृत्वलाई परिमार्जन, व्यवस्थित गर्नुप-यो । केन्द्रीय समितिमा जसरी कामहरु भइराखेको छैन त्यसलाई गराउनुप-यो । कार्यक्रम र गतिविधि बढाउनुप-यो । यसरी जाने हो  तर, एउटा परिणामबाट अत्तालिएर उत्ताउलो अभिव्यक्ति दिएर पार्टी संगठन निर्माण हुँदैन । यसले पार्टीलाई झन कमजोर बनाउँछ । 

-त्यसै त काँग्रेस गुट–उपगुटमा लाग्दा ओरालो लाग्यो भनिदैछ । अहिले पार्टीभित्र भइरहेका क्रियाकलापले त काँग्रेसमा गुट–उपगुट झनै संस्थागत हुने तपाईहरुको बुझाई हो ?
त्यही भएर मैले भनिराखेको छु यो गलत काम हुँदैछ । काँग्रेसमा अरु पार्टीमा जस्तो कडा अनुशासनको कार्यान्वयन अहिले पनि भएको छैन । जसका कारणले गर्दा उहाँहरुले स्वतन्त्ररुपले अभिव्यक्ति दिनुहुन्छ । कारबाही कडा नगर्दिएको कारणले चुनावका क्रममा केही साथीहरुको अभिव्यक्तिले पार्टीलाई हानी ग¥यो । अनावश्यकरुपले कसैको विरोध गर्ने र समर्थन पनि गरिदिने गर्नुहुन्छ । हुनत काँग्रेसभित्र यसलाई सामान्य नै मानिन्छ तर, योभन्दा ज्यादाहुँदै गयोभने पार्टीलाई नोक्सान नै पु¥याउँछ फाईदा गर्दैन ।
 
-त्यसो हो भने के अव पार्टी सभापतिले यस्ता नेताहरुलाई कारबाही गर्नुहुन्छ ?
सभापतिले मात्रै नभनौ केन्द्रीय कार्यसमितिको बैठकले केही नेताहरुको बारेमा गम्भीरताका साथ छलफल गरिरहेको छ । जसरी अहिले केही नेताहरुले गुट–गुट बनाएर छलफलमा बसिरहनु भएको छ । पार्टीलाई नोक्सान हुने गरेर अभिव्यक्तिहरु दिएरहनु भएको छ । मलाई लाग्छ उहाँहरुको वारेमा नेताहरुलाई राम्ररी जानकारी छ र उहाँहरुले यसबारेमा छलफल पनि गरिरहनु भएको मैले बुझेको छु ।
 
-काँग्रेसभित्र एउटा पंक्तिले पार्टी पराजयको जिम्मेवारी सभापतिले लिनुपर्छ भन्दै हुनुहुन्छ । यसको जिम्मेवारी सभापतिको मात्रै हो वा अरुले पनि लिनुपर्छ ?
नेतृत्व भएको हुनाले सभापति शेरबहादुर देउवाले जसअपजस त लिनैपर्छ तर, पार्टी हारको कारण सभापति पनि होइन काँग्रेस पनि होइन । पार्टीले हारेको छैन । हामीले परिणाम कम ल्याएका हौं । कहिलकाँही हुन्छ नि कुनै विद्यार्थीको गतसाल ४० नम्बर आएको थियो अहिले राम्रो पढेर उसको ७० आयो तर, अर्को मान्छेले ७५ ल्याईदियो भने उसको पढाई विग्रेको होइन नि ! उसको त राम्रो भएको हो । त्रिपक्षीय लँडाई लडेको भए काँग्रेसले  अहिले बहुमत ल्याउने रहेछ तर, त्रिपक्षीय लँडाई भएन । द्विपक्षीय मात्रै भयो । यसमा हाम्रो प्राविधिक त्रुटी पनि छ । हामीले लोकतान्त्रिक गठबन्धन राम्रो बनाउन सक्नुपथ्र्यो । विपक्षीका निर्णयका बारेमा समयमा अनुमान गर्नसक्नुपथ्र्यो यसमा हाम्रो कमजोरी भएकै हो । यस मामिलामा काँग्रेसको नेतृत्वले गल्ती गरेको हुँदैहोइन भन्न मिल्दैन तर, सबै दोष फेरी सभापतिकै कारणले भएको हो भन्ने चाँहि होइन । नेतृत्वले राम्रो नराम्रोको जिम्मेवारी लिनुपर्छ । तर अब जुन ‘भोल्यूम’मा सभापतिले राजीनामा गर्नुपर्छ उहाँलाई हटाउनुपर्छ, पार्टी पुनर्रगठन गर्नुपर्छ भन्ने अभिव्यक्ति आइरहेको छ त्यो सान्र्दभिक छैन । त्यो उत्ताउलो छ । 

काँग्रेसभित्र नेताहरुको आरोप–प्रत्यारोप सुन्दा नेताहरु निकै हतास मनस्थितीमा पुगेजस्तो देखिन्छ नि ?
अलिकति थकित भएको बेला निराशाजनक अभिव्यक्ति हुन्छ । मेरो मनमा एउटा दृढ विश्वास के पलाएको छ भने काँग्रेस कमजोर र थोकेको छैन । यसको प्राविधिक परिणाम मात्रै यस्तो आएको हो । त्यो पनि हाम्रो होइन अरुका कारणले हो । त्यसो भएको हुनाले केही साथीहरुले दिएको अभिव्यक्ति सामान्य छैन अहिले । केही दिन अघिसम्म यसलाई सामान्य मान्न सकिन्थ्यो । अब यसले पार्टीलाई नोक्सान पु-याउन थालेको हुनाले नेतृत्व यसबारेमा गम्भीर हुनुपर्छ । नेतृत्वको आलोचना गर्ने पनि केन्द्रीय कार्यसमिति र महासमितिको बैठक छ । तर, नेताहरुको चरित्र, क्षमता, भविष्य र गतिविधिका बारेमा सार्वजनिक अभिव्यक्ति दिनु पार्टी अनुशासनभित्र पर्दैन ।
 
संसदीय दलको नेतामा पार्टी सभापतिले फेरी पनि दावी गर्नुहुन्छ की अब अरुलाई पालो दिनुहुन्छ ?
अहिले पहिलो र दोस्रो पार्टीका बीचमा ठूलो मतअन्तर छ । तत्कालै काँग्रेस सरकारमा जाने अवस्था पनि छैन । मेरो व्यक्तिगत धारणामा जानु पनि हुँदैन । त्यसैले यतिबेला पार्टी निर्माणको समय हो । पार्टीलाई सबै ढंगबाट समग्रतामा चुस्त–दुरुस्त र शक्तिशाली बनाउँदै जनतासँग रहेको विश्वासलाई थप मजबुत बनाउँदै हामीअघि बढ्नुपर्छ । यसका लागि पार्टी सभापति या अरु कोही भए पनि सर्वसम्मत नै बनाउनुपर्छ । मतदानमा जान हुँदैन । कोही नेताहरुले उत्ताउलो पाराले म फलानासँग चुनाव लड्छु भन्नु भो भने त्यो अभिव्यक्ति पार्टीको वर्तमान अवस्थामा र मलुकको राजनीतिक परिस्थतीलाई मध्यनजर गर्दा सान्र्दभिक हुँदैन । सभापतिले अरु कोही व्यक्तिलाई प्रस्ताव नगरेसम्म अहिलेलाई सभापति नै संसदीय दलको नेता बन्नु राम्रो हुन्छ । 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

​निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे। सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको 

​विकास निर्माणमा सरकारको ध्यानाकर्षण

४ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। सांसद कमलाकुमारी वलीले प्रदेश 

अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ता विरुद्ध खनिए ट्रम्प

४ असोज, न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताउनुभएको छ । अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्नुभयो ।

​सिरियाबाट उडेको रुसी सैनिक विमान बेपत्ता

२ असोज, काठमाडौं । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

​अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।
तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top