HIMALAYAN HYDRO
nlic

डिजिटल हुन ‘कन्ट्रोल एक्सेस’ र ‘बिलिङ’ सिस्टम अनिवार्य हुनुपर्छ


Thursday, 10 Jan, 2019 11:51 AM
करिब ९ वर्षअघि नेपालमा डाइरेक्ट टु होम ‘डिटिएच’ प्रविधिमा आधारित डिशहोम कम्पनी स्थापना भयो । नेपालको भौगोलिक अवस्थाका कारण ग्रामीण भेगमा केबल टेलिभिजन पुग्न नसकिरहेको र शहरमा पनि गुणस्तरीय च्यानल हेर्न नपाइरहेको अवस्थामा डिशहोम आएपछि टेलिभिजनको क्षेत्रमा एक किसिमको क्रान्ति नै आयो । तारको आवश्यकता नपर्ने हुँदा अहिले नेपालको सबैभन्दा होंचो केचनादेखि सगरमाथाको बेसक्याम्पसम्म मज्जाले टेलिभिजन हेर्न सकिने आवस्था आएको छ । शहरबजारमा पनि गुणस्तरीय एचडी च्यानल हेर्न सकिने अवस्था आएको छ । यहीबीचमा सरकारले नेपालमा डिजिटलाइजेशन पनि लागु गरिरहेको छ । डिजिटलाइजेशनलाई लागु गर्न पनि सरकारलाई डिशहोमको सेवाबाट धेरै सजिलो भयो । कारण, डिशहोमको प्रविधि र यसको ठुलो बजार हिस्सा । तर, डिजिटिलाइजेशन भनेर सेटअप बक्स वितरण गरिएपनि कतिपय कम्पनीहरूले त्यसका मापदण्ड पुरा नगरेका समाचारहरु बाहिरिरहेका छन् । हामीले नेपालमा डिजिटलाइजेशनको अवस्था, डिजिटलाइजेशनमा गएपनि पु्रा नभएका मापदण्डलगायत डिशहोमका पछिल्ला गतिविधिबारे डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यसँग कुराकानी गरेका छौँ  :

उपत्यकामा डिजिटलाइजेशन लागु भएपनि उपत्यकाबाहिर अहिले त्यति चर्चा सुनिँदैन, अहिले डिजिटलाइजेशनको अवस्था के छ ? 

चरणबद्ध रूपमा गर्ने भन्दै ०७३ बैखाखदेखि डिजिटलाइजेशनमा जाने भनेर सरकारले मिति तय गर्यो । पछि भूकम्पका कारण एक वर्ष मिति सारियो । त्यसपछि पनि विभिन्न मिति सार्दै आइरहेको अवस्था हो । ०७५ असारमा मुलुकभर नै डिजिटलाइजेशन लागु गर्ने भनेर सार्वजनिक गरियो । सरकारको तर्फबाट हेर्ने हो भने त डिजिटलाइजेशन भइसक्यो । रोयल्टी, लाइसेन्सीङको कुरामा डिजिटल हुनुपर्छ भन्ने छ । अब अहिले डिजिटल लाइसेन्स बिना कोही पनि चल्न पाउँदैनन् । तर, अवस्था कस्तो छ भने डिजिटलाइजेशनको मूख्य उदेश्य के हो भनेर मैले बारम्बार भन्ने गरेको छु ।

सरकारको तर्फबाट हेर्दा ट्याक्स कलेक्सन, रोयल्टी, सबै पारदर्शी हुन्छ । डाटा बेशमा बस्ने हुनाले राजश्व बढ्ने र पारदर्शी हुन्छ भन्ने कुरा हो । हामीले यो नौ वर्षमा ४ सय १० करोड विभिन्न किसिमका कर तिरेका छौँ । यो हिसाब हेर्ने हो भने सरकारले यसबाट अर्को तीन, चार गुणा राजस्व बढी लिन सक्छ । अर्को, डिजिटलाइजेशनको मूख्य एजेण्डा भनेको डिजिटलाइजेशन भइसकेपछि सरकारको निगरानी गर्न सजिलो हुन्छ । योभन्दा अगाडी एनलगमा सात सय केवल प्रदायकहरु थिए । जसले गर्दा सरकारले निगरानी गर्न सम्भव थिएन, तर डिजिटलाईजेशनमा एमएसओ ७-८ वटा मात्र छ, अब बढि भए १०-१२ वटा होला । जसलार्ई निगरानी गर्न सजिलो हुन्छ ।


सरकारको निगरानी किन जरुरी छ भने नेपाल सार्वभौम राष्ट्र हो । कतिपय  संवेदनशिल कुराहरु छन् । केही वर्षअघि ऋतिक रोशनले के ने भनेर नेपालमा हिंसा भड्कियो । कतिको त मृत्यु पनि भयो । पछि इराकमा घटना भयो । मासमा नकरात्मक कुरा, राष्ट्रियताका कुरामा नियन्त्रण गर्न सजिलो हुन्छ । कुनै विदेशी च्यानलले नेपालका विषयमा जथाभावी नकरात्मक कुरा लाद्न थाल्योे भने त्यसलाई रोक्न पनि डिजिटलाइजेशन आवश्यक छ । अहिले तराइ भेगमा विदेशी डिटिएचमा टिभी हेरिरहेका छन् । विदेशी डिटिएच हेर्ने नेपालीले सधै भारतका समाचार, भारतका जानकारी मात्र पाइरहेका छन् । त्यहाँका सानो बच्चालाई सोध्ने हो भने प्रधानमन्त्रीको नाम नरेन्द्र मोदी भनिदिन्छ । अर्को कुरा डिजिटल राइट्स रोक्न पनि डिजिटलमै गइसकेपछि सकिन्छ । तर, यसका कतिपय मापदण्ड पुरा भएका छैनन् र उपत्यकाबाहिर प्रभावकारी ढंगले काम हुन सकेको छैन । 

अहिले राजधानीलगायत प्रमुख शहरमा डिजिटल सेवा नै छ, सबै कम्पनीले सेटअप बक्स पनि लगाएका छन्, यसले डिजिटलाइजेशनको जुन मर्म थियो, जुन उदेश्य थियो, त्यसलाई पुरा गरिसकेको अवस्था हो ? 
त्यो चाहिँ भएको छैन, मेरो मुख्य भनाई नै यही हो । यहाँ अलिकति कन्फ्युजन छ । यहाँ सेटअपबक्स लाग्दा वित्तिकै डिजिटल भयो भन्ने भ्रम छ । यो कुरा आधा सत्य हो । डिजिटल हुनलाई कन्ट्रोल एक्सेस सिस्टम (क्यास) र बिलिङ सिस्टम अनिवार्य हुनुपर्छ । सरकारले कन्ट्रोल गर्न, कसले कति हेरेको छ, कसले कति पैसा तिर्यो भन्ने हेर्नलाई यी कुरा अनिबार्य छ ।

त्यसो भए अहिले क्यास सिष्टम बिना सेवा दिएका कम्पनीहरूको सबै डाटा सरकारसँग छैन ?

छैन । सरकारसँग त्यो  डाटा छैन । डिशहोममा क्यास सिष्टम छ ।  हाम्रोमा सरकारबाट आएर निगरानी, निरीक्षण, अनुगमन गर्नु पर्यो भने एक क्लिकमै सबै पत्ता लाग्न सक्छ । तर, यस्तो सबै कम्पनीमा छैन । कतिले गर्नु भएको छ÷छैन एकीन तथ्यांक पनि छैन । काठमाडौंमा मात्र बजार हैन । काठमाडौंको पनि रिंगरोडभित्र भएर बाहिर नहुन सक्छ । काठमाडौंबाहिर सेट अप बक्स बाड्ने काम भएको छ, तर कन्ट्रोल एक्सेस सिस्टम राख्ने काम भएको छैन । 

तपाईंहरूले आफुहरूको बजार २५ प्रतिशत भएको बताउँदै आउनुभएको छ, कन्ट्रोल एक्सेस सिस्टम हुने हो भने चार गुणासम्म राजश्व उठ्छ पनि भन्नुभएको छ । सबैले क्यास आइडी पनि लगाएका छैनन्, त्यसो भए डिजिटलमा गएर पनि सरकारले राजस्व गुमाइरहेको अवस्था हो ? 

मेरो मूल सार नै यही हो । हामी २५ प्रतिशत मार्केट हिस्सा हुने कम्पनीले यतिका धेरै राजस्व बुझाएका छौँ । बाँकी ७५ प्रतिशत हिस्साले पनि सही ढंगले लागु गर्न सक्ने हो भने त चार गुणा बढी राजस्व उठ्छ नि । बाँकी ७५ प्रतिशतले नै राजस्व तिरेनन् भन्ने कुरा मैले गरेको होइन केही न केही त बुझाएको नै होला । तर, ६० देखि ६५ प्रतिशतले त पक्कै पनि बुझाएका छैनन् भन्ने मैले अनुमान गरेको छु । 

तपाईंले क्यास सिष्टम भएकाले डिसहोम पारदर्शी छ भन्नु भयो । बाँकी बजार हिस्साबाट राजस्व गुमिरहेको छ, क्यास आइडी लगाएका छैनन् पनि भन्नु भयो । तर, पछिल्लो समयमा तपाईहरूलाई पनि ग्राहकको संख्या लुकाएको, कर छलेको छ भन्ने आरोप लागेका समाचार सुनिएका छन्, खास कुरा के हो ? 

यो मनगणन्ते आरोप हो । यहाँ विभिन्न किसिमका प्लेयरहरु छन् । थाहा छैन, यो चाहिँ कसको उक्साहटमा यस्तो आरोप लगाउनुभयो ? यस विषयमा मसँग पनि कुरा भएको थियो । मैले हाम्रोमा लुकाउनु पर्ने केही नभएको बताएको थिएँ । हामीले सम्बन्धित निकायलाई सम्पूर्ण जानकारी दिएका नै छौँ । हामीले बैंकलाई देखाउनुपर्ने बैंकलाई देखाएका छौँ । ट्याक्स अफिसलाई दिनुपर्ने, ट्याक्स् अफिसलाई दिएका छौँ । हामीले लुकाउनुपर्ने कुरा केही छैन । जुन निकायलाई दिनुपर्ने हो दिन्छौँ, तर कपोकल्पित इन्फरमेशन बनाएर अरूलाई दोष लगाउनेलाई के भन्न सक्छौँ र ? 

डिजिटलाईजेसनमा लगभग गईसकेको अवस्था छ । डिजिटलाईजेसनमा गएपछि क्यास हुनु र क्यास नहुनुमा झन् बढी चुनौति देखिएको हो ? क्यास हुने र नहुने बिचमा त झनै समस्या आउला ? यस विषयमा तपाईंहरूले सरकारसँग कसरी समन्वय गरिरहनुभएको छ ? 

हामीले त शुरुका दिनदेखि नै भनेका हौँ, क्यास बिनाको सेवा दिइएको छ भने यो त एनलग बराबर नै छ । मैले भनेकोजस्तै सरकारप्रतिको दायित्व, सरकारलाई हुने फाईदा हेरेर कन्ट्रोल एक्सेस सिस्टम लगाउनु नै पर्छ । सरकार पनि कन्ट्रोल एक्सेस सिस्टम लगाउनमा सकारात्मक नै देखिन्छ । तर, सरकारसँग पर्याप्त स्रोत साधन नभएकाले हुन सक्छ, यो अहिले पूर्ण रुपमा लागु नभईसकेको अवस्था छ । यो कन्ट्रोल एक्सेस सिस्टम पूर्णरुपमा लागु गराउन यसको दायरा बढाउन आवश्यक छ । डिजिटलाईजेसनको कोर पार्ट भनेको नै कन्ट्रोल एक्सेस सिस्टम हो । अब यसलाई नै लागु गरिएन भने त डिजिटलाईजेसनको केही अर्थ नै भएन नि । अनुगमन पनि अलि प्रभावकारी गर्नुपर्यो । एकदिन अनुगमन गर्ने, तर अनुगमन गरेर फर्केपछि फेरि त्यहि सेवा दिने अवस्था छ । यसलाई रोक्न प्रभावकारी कदम चाल्नुपर्ने हो ।

अहिले धेरै चिजमा ग्रिन मार्केट र ग्रे मार्केट भन्ने छ । ग्रिन मार्केटमा हेर्ने हो भने ग्रे मार्केटले यसमा प्रत्यक्ष प्रभाव पारेको छ । यहाँ क्यास आईडी भएका कम्पनी र नभएका कम्पनीले गर्दा डिसहोमको बजारमा पनि प्रभाव पर्छ होला । यसले सरकारलाई पनि प्रभाव पर्छ । कि तपाईहरुको पनि सबैलाई क्यास आइडी हटाऔं भन्ने माग हो ?
सरकारलाई क्यास आईडी हटाउ भन्ने त कुरा नै आउदैन । किनभने क्यास आइडी लागु गर्नु नेपाल सरकारले मात्र नभई आईटियूले नै दवाव दिएको छ । क्यास आईडी हटायो भने भविष्यमा आईटियूले स्याटेलाइट स्पेस दिन्न भन्न पनि सक्छ । तर, सरकार आफैलाई फाईदा हुने कुरा किन नगर्ने ? एकपटक यसलाई सेट अप गर्दा अर्बौँ  राजश्व आउँछ भने सरकारले किन सेट नगराउने ? डिजिटलाईजेसनको कोर पार्ट भनेको नै कन्ट्रोल एक्सेस सिस्टम हो । अब यसलाई नै लागु गरिएन भने त डिजिटलाईजेसनको केही अर्थ नै भएन नि ।



तपाईको बिचारमा सरकारले यसलाई पूर्ण लागु गराउन नसक्नुको कारण चाहिँ के होला ? 
मेरो बिचारमा यो टेलिभिजन प्ल्याटफर्म ईन्डस्ट्रीजलाई प्राथमिकतामा नराखेको हो कि भन्ने लाग्छ । वास्तवमा भन्नु पर्दा यो प्राथमिकतामा पर्नुपर्ने कुरा हो । आजको दिनमा  टेलिकम, ईन्टरनेट अलि बढि प्राथमिकतामा परेकोजस्तो देखिन्छ । तर, नागरिकको जुन सूचनाको हक छ, त्यो सूचनालाई पुर्याउने त टेलिभिजन सेवा प्रदायकहरुले नै हो । आज सरकारले आफ्ना केही सूचना पुर्याउनुपर्यो भने त माध्यम टेलिभिजन नै हो । यसलाई चाहिँ पहिलो प्राथमिकतामा राख्नु पर्ने हो । तर, यो नपरेको हो कि भन्ने चाहिँ मलाई लागि रहेको छ । हामीले सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारीसँग कुरा गर्दा हुन्छ, यो गर्नुपर्छ, हामी गर्छौँ भन्नुहुन्छ । त्यो हिसाबले म सकरात्मक छु ।  सायद उहाँहरूका कतिपय बाध्यता पनि होलान् । तर कहिलेकाहीँ फेरी यति ठुलो संभावना रहेको क्षेत्रमा पनि अपेक्षाअनुसार काम नहुँदा अन्डरभ्यालु भएको हो कि भन्ने महशुस हुन्छ । 

डिसहोम बजारमा आएको एक दशक भयो । डिसहोम ग्रामिण भेगमा त एकमात्र विकल्प बनेको छ । अहिले शहरमा पनि डिशहोम हेर्नेको संख्या बढ्दो छ । शहरमा अन्य कम्पनी पनि आक्रामक रूपमा आइरहेका छन् । शहरमा अहिले डिशहोमको प्रतिश्पर्धा अलि बढेको हो ? 
कुनैपनि व्यवसाय सुरु गर्दा जहाँ अरू प्रतिस्पर्धी कम हुन्छन् त्यस्तो बजार रोजिन्छ । हामीले पनि त्यस्तै बजार रोजेका थियौं । त्यसपछि आफ्नो गुणस्तरमा सुधार गर्दै क्रमशः बजार विस्तार गर्दै लगेका हौँ । प्रतिस्पर्धा नभएको एकदमै ग्रामिण भेगमा मात्र हो । नत्र त अरु ठाउँमा त प्रतिस्पर्धा छ । तर, सेवा र गुणस्तरको हिसाबले हामी दाबी गर्न सक्छौं, हामी नम्बर वान छौँ । हाम्रो साबिकको सबै अञ्चलमा सर्भिस सेन्टरहरु छन् । आठ सयभन्दा बढी सर्भिस फ्रेन्चाइजहरु छन् । २० हजारभन्दा बढी रिर्चाज आउटलेटहरु छन् । ९० हाराहारीका डिस्ट्रिब्यूटरहरु छन् । २५ सय हाराहारिमा सब डिलरको सञ्जाल छ ।

तपाईरू ग्रामिण भेगमा एकमात्र विकल्प बन्नुभएको छ । शहरी क्षेत्रमा पनि क्वालिटी सर्भिस लगायतले नम्बर वान नै भन्नुभएको छ, तर पछिल्लो समय तपाईहरुले सिमटिभी पनि लिनु भयो । खासमा सिमटिभी लिनुको मूख्य कारण के हो ?

मार्केटमा सबैजना एउटैमा आउँछन् भन्ने हुँदैन । ग्राहकको पनि आ–आफ्नै डिमाण्ड हुन्छ । कसैले सानो आकारका टेलिभिजन सेटमा हेरेका होलान्, उनीहरूलाई सिमटिभी हेरेपनि पुग्ला । अथवा पहिले नै केबल जोडेको ठाउँमा यसलाई रोज्लान् । राम्रै क्वालिटी हेर्छु, पैसा पनि तिर्छु भन्नेले डिशहोम हेर्छन् । यो भनेको सिमटिभिको क्वालिटी नराम्रो छ भन्ने होइन । सिमटिभिको क्वालिटी पनि राम्रो छ । तर, तुलना गर्दा अलिकति फरक चाहीँ हुन्छ । शहरमा बस्ने, एउटै घरमा धेरै जना बस्नुभएको छ भने त्यसमा सिमटिभी रूचाउन सक्नुहुन्छ । हामीले सिमटिभी लिनुको अर्को कारण छ– भोलि हामी ब्रोडब्याण्ड इन्टरनेटसहित सेवा दिने योजनामा छौँ । त्यतिखेर तार जोड्ने अवस्था आयो भने सिमटिभी राम्रै हुन्छ । हुन त हामीले भोलीका दिनमा डिशहोमका ग्राहकलाई पनि इन्टरनेट दिन्छौँ । जे होस् ग्राहकलाई अप्सन त भयो नि । कतिपय विदेशी च्यानलले डिटिएचलाई मात्रै च्यानल दिन्छौँ भन्ने पनि हुन्छन् । त्यो पनि हेर्नुपर्यो । सिमटिभीमा हामीले लोकल च्यानल पनि दिइरहेका छौँ । यी दुईमा भेरियसन छ । 

तपाईहरूले इन्टरनेट सेवा दिने भनिरहनुभएको छ । डिसहोमका ग्राहक र सिमटिभीका ग्राहक छुट्टै छन्, कसरी दिनुहुन्छ सेवा ?

डिशहोमबाट पनि इन्टरनेट दिन सकिन्छ, यो प्राविधिक रूपमा सम्भव छ । यसमा कुरा आयो फाइनान्सियल । यसमा हामीले वर्कआउट गरिरहेका छौँ, कसरी सर्वसुलव बनाउन सकिन्छ भनेर । डिशहोमबाट जहाँ केबल पुग्न सक्दैन, त्यस्तो रिमोट एरियामा इन्टरनेट सर्भिस पुर्याउँछौ । जहाँ सिमटिभी छ, त्यस ठाउँमा ब्रोडब्याण्डमार्फत दिन्छौँ । कतिपय अवस्थामा डिसहोमको ग्राहक र सिमटिभीको इन्टरनेट पनि हुनसक्छ । हामी विभिन्न ढंगले सेवा दिन्छौँ । 

तपाईँहरूले आफै टेलिभिजन सिंग्नल घरघरमा पुर्याइरहनुभएको छ भने अर्कातिर आफ्नै च्यानलहरू प्रसारण गरिरहनुभएको छ, अब आफ्नै च्यानलहरू स्थापित गर्न खोज्नु भएको हो ? 

रमाइलो टिभी डिशहोममा मात्र आइरहेको छ । यो हाम्रो मल्टिपल च्यानल प्रालि र डशहोमको एउटा सम्झौता हो । यो च्यानल डिशहोमले नभएर मल्टिपल च्यानलले सञ्चालन गर्ने च्यानल हो । अरू च्यानल पनि तिनै हुन् । यी च्यानल राम्रो हुँदै गए भोली हामी स्याटेलाइटमा गएर अन्य केबलमा पनि आउन सक्छौँ, सबै कुरा मिल्दै गए । मल्टिपल च्यानल प्रालि फेरि छुट्टटै हो । यसमा डिशहोमकै कतिपय लगानीकर्ताहरू पनि हुनुहुन्छ । यी छुट्टै कम्पनीबाट आइरहेका छन् । यी च्यानलहरू डिसहोममा आउने च्यानल हुन्, आफ्नै च्यानल चाहिँ होइनन् । एउटा शो केशमा हामीले डिशहोमका कुरा मात्र प्रसारण गर्छौँ । 

डिशहोम आएको यो ८-९ वर्षमा टेलिभिजन क्षेत्रमा एउटा क्रान्ति नै आयो, हरेक कुनाकाप्चामा टेलिभिजन हेर्न सम्भव भयो, अबको डिशहोमको यात्रा कस्तो हुन्छ ?

एउटा– हामी ओटीटी प्ल्याटफर्ममा जाँदै छौँ । अर्को– हामीले फिल्मका कन्टेन्टहरू लिइरहेका छौँ । अर्को– हामीले डिशहोमबाट नभए पनि यहि भित्रकै टिमबाट सेटअप बक्सहरू नेपालमै उत्पादन गर्ने तयारी छ । अन्य कुरा समय सापेक्ष र बजारको आवश्यकताअनुसार लिएर आउँछौँ । 


Ruslan

machha bank

ime

राजनीति

समृद्ध नेपालको प्रमुख आधार पर्यटन : उपराष्ट्रपति

२ माघ, कास्की । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताएका छन् । पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् ९ऊर्जा० र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताए । ‘नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार स्थापना गरेर गुणस्तरीय पर्यटक भित्र्याउनु अहिलेको आवश्यकता हो ।’ उनले भने । पर्यटकको सुविधाका लागि 

संस्कृतिको संरक्षणबाट सभ्य समाज निर्माण– मुख्यमन्त्री गुरुङ

१ माघ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृतिको संरक्षण संवर्द्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वको अवसरमा पोखरा–१७ ढुङ्गेसाँघु मेलास्थलमा सदा शिवजी हरिहर मन्दिर सिद्धगुफा वेदविद्याश्रम गुठी व्यवस्थापन समितिद्वारा आज आयोजित भजन प्रतियोगिता, सम्मान तथा वेदपाठ कार्यक्रममा उनले चार्डपर्व, जात्रा, मठमन्दिरसँग जोडिएका सभ्यतालाई समृद्धिसँग जोडनुपर्ने बताए

मुख्यमन्त्री पोखरेल : शुभकामना

१ माघ, काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताएका छन् ।मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पुर्याउँदै आएको विश्वास व्यक्त गरेका छन् ।शुभकामना सन्देशमा विविधतायुक्त

अन्तर्राष्ट्रिय

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

१ माघ, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन्  । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै

राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरिया व्यापारमा मन्दी

३० पुस, बेइजिङ । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ ।उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो । तर, सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पश्चात चीनले पनि राष्ट्रसङ्घीय प्रतिबन्धलाई आत्मसात गरेको थियो । व्यापारमा प्रतिबन्धहरु लागेसँगै सन् २०१७ को तुलनामा गत 

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको आशंका

३० पुस, तेहरान । इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उक्त विमान कार्गो विमान रहेको भए पनि त्यस विमानमा १६ जना व्यक्ति रहेको आशंका गरिएको छ । तर त्यस विमानमा १० व्यक्तिमात्र सवार रहेका अर्को एक समाचारमा जनाइएको छ । तर इरानी सेनाले दिएको जानकारीअनुसार सो विमानमा १६ व्यक्ति सवार रहेका थिए र तीमध्ये त्यस उडानका एकजना उडान

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top