अब सिमित टिकट बाँकी रहेकाले समयमै सुरक्षित गरौँ, सोल्ड आउट भए रंगशालामा टिकट पाइँदैन


Saturday, 7 Dec, 2019 1:10 PM
नेपालमा यतिबेला १३ औँ दक्षिण एशियाली खेलकुद ( साग) आयोजना भइरहेको छ । अन्तरगतका विभिन्न खेल भइरहेका छन् । साग अन्तरगत फुटबल, क्रिकेट, भलिबल र बास्केटबलमा दर्शकको संख्या बढि छ । अझ फुटबल र क्रिकेटमा त दर्शक नओइरिने कुरै भएन । यस पटकको सागमा दर्शकका लागि अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय खेलकुद परिषद्ले इसेवालाई टिकट विक्री तथा व्यवस्थापनको लागि नियुक्त गरेको छ । टिकटको विक्री, व्यवस्थापन र यसले पारेको प्रभावका विषयमा हामीले इसेवाका सिओओ रोशन लामिछानेसँग कुराकानी गरेका छौँ । 

साग जस्तो ठुलो र दर्शकको अत्याधिक चाप हुने प्रतियोगिताको अनलाइन टिकट व्यवस्थापन गरिरहनुभएको छ । कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
साग सुरू हुनुभन्दा अगाडिसम्म नेपालमा साग नै हुन्छ की हुँदैन भन्नेजस्तो अन्यौलता थियो । सबैको ध्यान सागका लागि भौतिक संरचनामा मात्र ध्यान थियो । रंगशाला बन्छ की बन्दैन,  भिआइपी तर्फको छाना बन्ला की नबन्ला जस्ता कुरामा सबैको ध्यान थियो । तर इभेन्ट सफल बनाउन त त्यतिले मात्र पुग्ने अवस्था थिएन । रंगशाला बन्यो, छाना पनि बन्यो तर खेललाई कसरी व्यवस्थापन गर्ने, टिकट कसरी काट्ने, कहाँबाट काट्ने जस्ता कुरामा खासै तयारी भएको थिएन ।

सबैको फोकस भौतिक संरचनामा मात्र थियो । यही क्रममा हामीले राष्ट्रिय खेलकुद परिषद्लाई  प्रस्ताव राख्यौँ की अनलाइनबाट टिकट काटौँ भनेर । हामीसँग प्रविधि पनि छ, जनशक्ति पनि छ , यसभन्दा अघि पनि ठुला ठुला खेल व्यवस्थापन गरेका छौँ भन्ने प्रस्ताव राखेपछि राखेप पनि सहमत भयो । राखेप सहमत त भयो तर रंगशाला बनेर सकिएको अर्कोदिन बाट त खेल नै सुरु भए । थोरै समय भएपनि त्यसलाई सफल बनाउन अनलाइन टिकटिङको काम सुरू गरियो । र अहिले हामीले सहज र सफल रूपमा अनलाइन टिकट विक्री तथा त्यसको व्यवस्थापन गरिरहेका छौँ ।


विगतमा तपाईहरूले अनलाइन टिकट विक्री तथा व्यवस्थापन गरेभन्दा त यो निकै ठुलो स्केलको गेम हो । एउटा खेल एक ठाउँमा , अर्को खेल अर्को ठाउँमा भइरहेका बेला व्यवस्थापनमा समस्या भएको छैन ? 

अनलाइन टिकटिङ गर्दा दुई तिनवटा कुरा फरक छ । यसअघि पनि अनलाइन टिकटिङ नभएका त होइनन् । तर यसपाली यो स्केलमा अन्तराष्ट्रिय खेलको सिरिज पहिलो पटक हो । त्यो पनि मल्टीपल खेल मैदानमा मल्टीपल खेलको व्यवस्थापन भइरहेको छ । यति ठुलो स्केलमा अनलाइन टिकट व्यवस्थापन अहिलेसम्म भएको थिएन । अर्को दशरथ रंगशालामा अहिलेसम्म अनलाइन टिकटिङ भएको थिएन । यसपाली रंगशालामा रहेका सिटमा सिट नंम्बर नै राखिसकेपछि सहज भएको छ । त्यस्तै रंगशालाका प्याराफिटमा विभिन्न  जोनहरु रहेका छन् । टिकटमै सिट नम्बर आउने भएकाले आफ्नै सिटमा बस्न पाउनुहुन्छ ।

अनलाइन सेल्स गर्ने बित्तिकै ४–५ वटा समस्यालाई त अटोमेटिक रूपमा समाधान गरिदिएको छ । एउटा त पारदर्शीता आयो । यसले रियल टाइममै कति टिकट विक्री भयो, कति रकम उठ्यो भन्ने कुरा देखिन्छ । अर्को भनेको प्रवेश व्यवस्थापन । विक्री गरेर मात्र त भएन । कति दर्शक छिरे, कति छिर्न बाँकी छ । टिकट काटेका सबै मानिस  छिरे कि छिरेनन् भन्ने जस्ता हरेक कुराको डाटाबेस हामीले रियलटाइममै हेर्नसक्छौँ । अर्को कुरा हामीसँग प्रविधि र दक्ष जनशक्ति पनि छ । त्यसैले मास भोल्युममा काम गर्नुपरेपनि सहजै व्यवस्थापन गर्न सकिएको छ ।



यस किसिमका खेलमा एकातिर टिकटिङको कुरा भइरहँदा अर्कातिर खेल हेर्ने पासको विषयमा पनि विवाद सिर्जना भइरहेको पाइन्छ । पावर हुनेहरुले पास माग्ने, या पास धेरै बाँढेर दर्शकले स्थान नपाउने समस्या पनि हुन्छ नी, पास व्यवस्थापन कसरी गर्नुभएको छ ?

हो, खेलको कुरामा जहिले पनि पासको विषयमा लफडा भइरहेको हुन्छ । कति पास पाउने, कसलाई दिने, कसलाई नदिने, कसरी दिने भन्ने कुरा जहिलेपनि आयोजकलाई समस्या भइरहेको हुन्छ । यसपाली आयोजकले के बोल्ड डिसिजन गरिदिनुभयो भने पास भनेको प्लेयर र अफिसियलले पाउने बाहेक अरुलाई पास नै नदिने निर्णय गरिदिनुभयो । यसले एउटा त व्यवस्थापनमा सजिलो भयो अर्को पास दिनै पर्नेहरुको हकमा पनि खेलाडी, अफिसियल पदाधिकारी हुनुहुन्छ, उहाँहरूको पनि नाम नै राखेर हरेक गेमको लागि पास दिइयो ।

वान पास फर अल गेम होइन की हरेक गेम, हरेक इभेन्टको लागि छुट्टाछट्टै पास  दिने काम गरिएको छ । र पास वालाहरूको पनि क्युआर मेसिनले स्क्यान हुने व्यवस्था गरिएको छ । पास पाउनेहरुको पनि सिट नम्बर पासमै लेखिएको हुनाले व्यवस्थापन सहज भयो । यसो गर्दा  सबैले पास माग्न पनि सकेनन् र पास पाएकाले पनि अर्कोलाई ट्रान्स्फर गर्न सकेनन् । किनभने नाम नै त्यसमा उल्लेखित भइसकेपछि आफै आउनु पर्यो । अर्को कहाँ बस्ने भन्ने कुरापनि बन्दोवस्त भयो ।



तपाईले सहज रूपमा व्यवस्थापन भइरहेको छ भनिरहेका बेला पानी खान निस्कन नपाइएको, पानी पनि उपलब्ध नभएको भन्नेजस्ता कुरा बाहिर आएका छन् नि ?
तयारी गर्ने समय अत्यन्त कम भयो । हामीले आयोजकसँग मिलेर अझै केही गर्न सक्ने ठाउँ थिए । जस्तै  कुन चिज लैजान पाउने, कुन नपाउने भन्ने कुरा हामीले कम्युनिकेट त गरेका छौ तर कहीँ केही ग्याप देखिएका छन् । तपाईले भनेजस्तै मानिस भित्र गेम हेरेपछि पानी खान बाहिर आउन पाएन भन्ने गुनासो सुनियो ।  यो विशेषगरी अत्याधिक दर्शक हुने फुटबल खेलमा सुनिएको गुनासो हो । पहिलो खेलमा यो गुनासो आइसकेपछि हामीले दोस्रो खेलदेखि इसेवाले नै निशुल्क पानीको व्यवस्थापन गरेका छौँ । यो भनेको हामीले आफ्नो तर्फबाट एक लेभलको सपोर्ट पनि गरेका हौँ । 


एकातिर सहजै अनलाइन टिकट काटेर आउने संख्या देखियो भने कतिपय व्यक्ति विगतमाजस्तै रंगशालामै आएर टिकटका लागि हुल हुज्जत गर्ने प्रयास गरेको पनि देखियो ? कति दर्शक अनलाइनबाट टिकट काटेर आउनुहुन्छ ?

अनलाइन टिकटिङमा दर्शकको रेस्पोन्स् एकदमै राम्रो छ । मानिसहरू सिस्टममा बस्न रूचाउँछन् । प्रविधिको प्रयोग गर्न चाहान्छन् भन्ने कुराको पुष्टि भएको छ यो सागबाट । खेल हेर्न आउँदा अनलाइनबाट आफै टिकट काटेर आउनेको संख्या बढि छ । दुई खेलमा हाम्रो १० हजार भन्दा बढि टिकट त अनलाइनबाटै सेल्स भएको छ । अहिले सिट क्षमताको हिसाबले सर्बसाधारण प्याराफिट तर्फ १२ हजार ६ सय र भिआइपी तर्फ २८ सय हाराहारीमा क्षमता हो । त्यसमध्ये केही सिट भिभिआइपीलाई छुट्याइएको हुन्छ । जहाँ टिकट विक्री हुँदैन । यो हेर्दा हाम्रो रंंगशालाको सरदर क्षमता भनेको १५ हजारको हो । तर पदाधीकारी, आयोजक, खेलाडीहरु नै भए , पूर्व खेलाडीहरू लगायतलाई तोकिएका सिट छोद्दा हामीले टिकट बेच्ने भनेको १२ हजार मात्र हो । त्यसमा अहिले हाम्रो दुईवटा गेम भयो फु्टबलको । दुईवटै दिनमा सार्बजनिक बिदा नभएपनि दर्शकको उत्साह राम्रो थियो ।

पहिलो खेलमा ६ हजार टिकट विक्री भएकोमा ४२ सय जनाले अनलाइन टिकट काट्नुभएको थियो भने दोस्रो गेममा ७१ सय टिकटमा ५८ सय जना अनलाइनबाट टिकट काटेर आउनुभयो । यो हेर्दा जो पहिले गेटमै आएर टिकट काट्नुभयो । उहाँले त्यहाँको भिड र समस्या देखेपछि दोस्रोमा अनलाइनबाट टिकट काटेर आउनभएको छ । अनलाइनबाट टिकट उत्साहजनक ढंगबाट काट्नुभएको छ दर्शकले । 


शनिबार पनि नेपालको खेल रहेको छ । बिदाको दिन भएकाले टिकट विक्रीको अवस्था कस्तो छ ?

शनिबार बिदा भएकाले दर्शकको संख्या अन्य दिन भन्दा अत्याधिक हुन्छ । अनलाइनबाट टिकट काट्नेको संख्या हेर्दा  टिकट सोल्ड आउट हुन्छ भन्ने हाम्रो अनुमान हो । बिदाको दिन छ । धेरै दर्शकले टिकट काटि सक्नुभएको छ । अब राम्रो राम्रो जोनको टिकट त केही सिमित मात्र बाँकी छ । यसोे हुँदा संभवत हामीले भोली डोर सेल ( रंगशालामै टिकट विक्री) गर्नै पर्देन । गर्नै परेपनि अत्यन्त न्यून सिट हुन्छ । त्यसैले म दर्शकहरूलाई समयमै टिकट काटी आफ्नो सिट बुक गर्न आग्रह गर्छु ।

अर्को हामीले त्यहाँ व्यवस्थापन गरेको भनेको गेटहरूको व्यवस्थापन हो । रंगाशाला छिर्ने हामीले पाँचवटा गेट खोलेका छौँ । पाँचवटा गेटमा कुन एरियाबाट को जाने भन्ने कुरा व्यवस्थित् बनाएका छौँ । हरेक गेटमा ठुलो संख्यामा हाम्रो टिम परिचालन भएको छ । जसले क्यूआर मेसिनबाट स्क्यान गरी रियल टाइममा चेक गर्छ र प्रवेश गराउँछ । त्यसमा टिकटमा उल्लेखित नाम र  परिचयपत्र एउटै व्यक्तिको हो की होइन भन्ने कुरा चेक गरिन्छ । दर्शकहरु कतिजना छिरे र कति छिर्न बाँकी छ भन्ने सम्मको रेकर्ड हामीसँग हुन्छ ।


दर्शकको अत्याधिक चाँपका कारण रंगशालामा अवाञ्छित गतिविधि हुने, तोडफोड हुने गरेका जस्ता विगतका तिता घटना पनि छन् । अनलाइन टिकटिङले यस्ता गतिविधि नगराउन कस्तो भूमिका खेल्छ ?
बिगतमा टिकट नपाएर, पाएर पनि छिर्न नपाएर यस्ता गतिविधि भए होलान् । तर त्यतिबेला अवाञ्छित गतिविधि गर्नेको पहिचान गर्न पनि मुस्किल हुन्थ्यो । हामीले यस्ता गतिविधि नहुनेगरी व्यवस्थापन गरेका छौँ । तोडफोड गर्ने, भौतिक संरचना बिगार्ने,होहल्ला गर्ने जस्ता गतिविधि रोक्न सकिने म्याकेनिजम हामीले बनाएका छौँ । किनकी यसपाली हामीले हाम्रा सबै दर्शकलाई चिनेका छौँ । को दर्शक आउनुभएको छ, कुन सिटमा बस्नुभएको छ भन्ने कुरा सबै कुराको रेकर्ड हुन्छ ।


सिसिटिभी त हुने भइहाल्यो, हामीसँग को कहाँ बसेको छ भन्ने रेकर्ड हुने भएकाले अवाञ्छित गतिविधि हुँदैनन्, भएपनि हामीले तत्कालै पहिचान गर्न सक्छौँ । विदेशमा  कसैले स्टेडियममा आएर सिट तोडेमा, हुलदंगा गरेमा उसलाई २ वर्षसम्म प्रतिबन्ध लगाउने नियम हुन्छ । भोली राखेप या अन्य आयोजकले यस्तो गर्न चाह्यो भने यो गर्न संभव छ । हाम्रो खेल हेर्न को आउँदैछन्, को आए भन्ने जानकारी हुने भएकाले ट्याक गर्न सहज हुन्छ । त्यसैले यस्ता समस्या निराकरण गर्न अनलाइन टिकटिङको एकदमै ठुलो भूमिका हुन्छ । 

तपाईहरुको एजेन्ट नेटवर्क कति बलियो छ ? दर्शकले सहजै अनलाइनबाट टिकट पाउन सक्छन् ? 
इसेवाका २५ लाख भन्दा धेरै ग्राहक छन् । ६० हजार भन्दा धेरै एजेन्ट नेटवर्क छ । तपाईले सजिलै टिकट काट्न सक्नुहुन्छ । इसेवा एकाउन्ट नभए कुनैपनि इसेवा जोन पोइन्टबाट सहजै टिकट काट्न सक्नुहुन्छ । तपाईले अरूका लागि टिकट काटिदिएपनि उहाँको नाम र नम्बर हालिसकेपछि उहाँकै मोबाईलमा म्यासेज तथा उहाँकै मोबाईल एप्स्मा टिकट जान्छ । तपाई  टिकट नबोकेपनि फरक पर्दैन । तपाईसँग इसेवा एप्् छ भने तपाईले टिकट नबोकेपनि हुन्छ । हामीले त्यहीँ स्क्यानमार्फत तपाईको पहिचान गछौँ ।  


अन्त्यमा ...
दर्शकको चाप अत्याधिक हुन्छ । टिक अनलाइनबाट विक्री हुने भएकाले धेरै दर्शकले टिकट काटिसक्नुभएको छ । त्यसैले टिकट रंगशालामा आएर होइन आफ्नो इसेवा एकाउन्ट छ भने आफ्नै मोबाईलबाट काट्नुहोस् । यदि इसेवा एकाउन्ट छैन भने घर नजिक रहेका इसेवा जोन तथा पोइन्ट, अथवा इसेवा अंकित कुनैपनि साइबर, कम्युनिकेशन देखि किरानापसलसम्मबाट टिकट खरिद गर्न पाइन्छ । रंगशालामै टिकट काट्ने बानिले रगशालामा भिडभाड हुने, लाठिचार्ज गर्नुपर्ने अवस्था आउँथ्यो । अहिले त त्यो छैन । रंगाशालामा टिकट नपाइन सक्छ । त्यसैले समयमै टिकट काटेर आफ्नो सिट सुरक्षित गरौँ । 
। 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

प्रहरी इन्काउन्टरमा श्रीमान् मारिएकोमा श्रीमती नै खुसी !

२७ असार, काठमाडौं । भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरियो । उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए। त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। त्यस क्रममा पत्रकारले दुबेकी पत्नी ऋचालाई आफ्ना पतिको इन्काउटर गरिएकोबारे जिज्ञासा राखेका थिए।

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top