ghaderi
esewa

​इटालीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो


Monday, 5 Nov, 2018 12:35 PM
१८ कात्तिक, इटाली । इटालीको दक्षिणी शहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौजनासहित १२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । 

यस हप्ता इटालीमा आएको आँधी र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । इटालीका विभिन्न छ क्षेत्रमा सम्भावित आँधीका कारण उच्च सतर्कता अपनाउन सरकारले नागरिकहरूलाई सचेत गराएको छ । 

मृतक एकै परिवारका नौ जनालाई पानीले डुबाएको घरभित्रबाट निकालिएको थियो भने अन्य तीन जनालाई नजिकैको एउटा नदी किनारबाट उद्धार गरिएको थियो । 

अजी न्यूज एजेन्सीका अनुसार डुबानमा परेको उक्त घरका तीन सदस्य भने रूखमा चढेर बाँच्न सफल भएका बताइएको छ । 

मैले एउटी छोरीबाहेक परिवार, घर र सम्पत्ती सबै गुमाएकी छु, डुबानमा परेको घरबाट उम्कन सफल गिउसेपप्पे गिओर्डानोले सञ्चारकर्मीसँग बताइन् । 

यही हप्ताको शुरुमा आएको आँधीका कारण सिसिलीमा धेरैवटा सडक अबरुद्ध भएका छन् र नगरका मेयरले विद्यालय, पार्क र भूमिगत सडक मार्ग बन्द गर्न आदेश दिएका छन् । 

इटालीको उत्तरी क्षेत्र र भेनिसको वरिपरि भयाङ्कर आँधी सहित वर्षा भएको थियो जसका कारण कम्तीमा २० जनाको मृत्यु हुनुका साथै पूर्वाधारमा व्यापक नोक्सानी भएको थियो । 

डोलोमाइट्स पहाड र भेनेटो क्षेत्रका रुखहरु ढलेका थिए । “यो भूकम्प गएजस्तै विनाशकारी थियो,” भेनेटोका गभर्नर लुका जाइले बताए। “हजारौं हेक्टर जमिनका रुखहरु सोत्तर भएका छन् ।” 

इटालीको नागरिक सुरक्षा निकायले विगत ५० देखि ६० वर्षको अविधिमा यति ठूलो जनधनको क्षति कहिल्यै नभएको बताएको छ । 
 


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

​डिजिटल नेपाल निर्माणमा प्राधिकरणको भूमिका महत्वपूर्ण : मन्त्री बाँस्कोटा

४ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘डिजिटल नेपाल’ निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरण भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन् । प्राधिकरणको २१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले डिजिटल नेपालको अवधारणा ल्याएकोले त्यसको नीतिसहित पूर्वाधार निर्माणको नेतृत्व गर्न र यस क्षेत्रमा देखिएका बेतिथिलाई रोक्न प्राधिकरणको भूमिका महत्वपूर्ण हुन्छ भने । उनले सरकारले दूरसञ्चार क्षेत्रको लागि छुट्टै पूर्वाधार कम्पनी खोल्ने तयारी गरेको बताउँदै सरकारले नेतृत्व 

राष्ट्रियसभा बैठक: पाँच विधेयक पारित

४ चैत, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले पाँच विधेयक सर्वसम्मतिले पारित गरेको छ । सभाको बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, लेखापरीक्षण विधेयक २०७५, जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५ सर्वसम्मतिले पारित गरेको हो । यसैगरी प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक २०७५ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरिएको छ । बैठकले उक्त 

सामाजिक सुरक्षा कार्यक्रम एउटै छानामुनि राखिन्छ : मन्त्री खतिवडा

४ चैत, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा कार्यक्रमलाई एउटै छानामुनि राख्ने बताएका छन् । नागरिक लगानी कोषको भवन शिलान्यास तथा २९ औँ वार्षिक कार्यक्रममा उनले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेका सरकारका विभिन्न सङ्घसंस्थालाई एकीकृतरूपमा सञ्चालन गरिने बताए । ‘सम्पूर्ण सामाजिक सुरक्षाका कार्यक्रमलाई एउटै छातामुनि ल्याएर विश्वमा अन्य मुलुकमा भएजस्तै समाजिक सुरक्षासँग सम्बन्धित परिचयपत्रदेखि समाजिक सुरक्षा भत्ता बाँड्नेसम्मको सबै कामलाई एकीकृतरूपमा सञ्चालन गरिने छ’ उनले

अन्तर्राष्ट्रिय

क्रिमिया विवादका पाँच वर्ष, पुटिन क्रिमियाको भ्रमणमा

४ चैत, सिमफरोपोल, क्रिमिया । युक्रेनबाट क्रिमियालाई रुसमा गाभेको पाँचौं वर्षगाँठका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुगेका छन् । क्रिमियालाई रुसमा गाभेको विरोधमा युक्रेन र पश्चिमा राष्ट्रले निन्दा गरेपनि अधिकांश रुसीले उक्त कदमको स्वागत गरेका छन् । रुसले क्रिमियालाई मार्च २०१४ मा आफ्नो मुलुकमा विलय गराएको थियो । क्रिमियामा रहँदा राष्ट्रपति पुटिनले एउटा विद्युत गृहको शुभारम्भ गर्ने कार्यक्रम रहेको क्रेमलिनले जनाएको छ । रुसले इतिहासमा भएको एक गम्भीर भुल सच्याएको जनाउँदै क्रिमियालाई रुसमा गाभेको 

​बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु

४ चैत, जाकार्ता । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ताले जानकारी दिएका छन् । स्थानीय समयानुसार शनिबार साँझ छ बजे आएको यस बाढीमा परी अझै पनि कैयौ व्यक्ति बेपत्ता रहेका छन् । बाढीबाट प्रभावित 

तेल निर्यात कटौतिले विश्वव्यापी असर पर्छ : इरानी मन्त्री

४ चैत, तेहरान, इरान । इरानबाट खरिद गर्ने तेलको कटौति गरी शुन्यमा झार्ने अमेरिकी योजनाले विश्व तेल बजारमा नकारात्मक प्रभाव पार्ने इरानका पेट्रोलियम मामिलामन्त्रीले बताएको यहाँको तास्निम न्यूज एजेन्सीले जनाएको छ । मन्त्री बिजान नामदार जाँगनेहले भने, ‘हामीले जुनसुकै अवस्थामा पनि इरानको पेट्रोलियम पदार्थ निर्यात गर्नका लागि आवश्यक मापदण्ड बनाइरहेका छौँ ।’ यदि अमेरिकी दबावमा इरानी तेल निर्यातलाई कठिन बनाइयो भने यसले विश्वकै तेल कारोबारमा नै थप धेरै समस्या खडा गर्नेछ, उनले भने । इरानबाट तेल खरिद नगर्दा पनि

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top