huwai hospital
nlic

जेलबाट ह्वाट्सएपमार्फत लेखिएको पुस्तकले पायो सर्वाधिक राशीको साहित्य पुरस्कार


Friday, 1 Feb, 2019 9:21 AM
१८ माघ, काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा ठूलो धन राशी रहेको तथा प्रतिष्ठित साहित्य पुरस्कारका विजेताले पुरस्कार वितरण समारोहमा सहभागिता जनाएनन् । उनको अनुपस्थिति रोजाएका कारण भने होइन अर्थात उनले नचाहेर समारोहमा उपस्थिति नजनाएका होइनन् ।
बेहरुज बूचानीले आफ्नो पहिलो पुस्तक, ‘नो फ्रेण्ड बट द माउन्टेन्स : राइटिङ्ग फ्रम मानुस प्रिजन’ ले एक लाख अमेरिकी डलर राशीको भिक्टोरियन साहित्य पुरस्कार जितेको हो । यस्तै उनको यो पुस्तकले २५ हजार अमेरिकी डलर राशीको गैर आख्यान विधाको अवार्ड पनि जितेको छ ।

अवार्ड वितरण समारोह बिहीबार राति भयो, तर लेखक बूचानी उपस्थित भएनन् । किनकी उनलाई अस्ट्रेलिया प्रवेश गर्न अनुमति दिइएन ।
कुर्दिस–इरानी लेखक तथा पत्रकार बूचानी आश्रयको खोजीमा थिए । शरण खोजीको यात्रामा रहेका बेला उनलाई पपुवा न्यु गिनीको मानुस आइल्याण्डको पुर्गाटोरीमा जेलमा राखियो । उनलाई आइल्याण्डको विवादास्पद बन्दीगृहमा सन् २०१७ को अन्त्यसम्म राखियो । अरु सयौँ व्यक्तिसँगै ६ वर्षसम्म त्यहा रहेका उनलाई त्यसपछि अर्को क्षेत्रमा सारिएको छ ।

जलमार्ग हुँदै अर्थात डुंगाको सहायतामा आश्रय खोज्दै आउनेहरुका लागि अस्ट्रेलियाको कडा नियम छ । यसरी आउनेहरु कहिल्यै पनि अस्ट्रेलियामा पुर्नस्थापित हुन सक्दैनन् भन्ने दाबी गरिन्छ । समुद्रको जोखिमपूर्ण बाटो हुँदै आउनेहरुलाई रोक्नका लागि नियम आवश्यक रहेको अस्ट्रेलिया सरकारको दाबी छ ।

बूचानीले यो पुस्तक आफू जेलमा रहेकै बेला मोबाइल म्यासेज मार्फत लेखेका हुन् । उनले ह्वाट्सएप म्यासेजका रुपमा पूरै पुस्तक लेखेका हुन् । उनले बिबिसीसँग भनेका छन, ‘मैले कागजमा लेखिन किनकी सुरक्षा गार्डले रहेक हप्ता वा महिनामा हाम्रो कोठामा छापा मार्थे र हाम्रा चिजहरु लैजान्थे । लेखेका चिज गुमाउँछु भन्ने चिन्ता थियो, त्यसैले मैले ह्वाट्सएपमा लेख्दै पठाउँदै गरेँ ।’

उनी सन् २०१३ मा डुंगा मार्फत अस्ट्रेलिया जानका लागि पपुवा न्यु गिनी पुगेका हुन् । त्यसपछि उनी बन्धक बनाए र उनी बिस्तारै बन्दीगृहमा बुलन्द आवाज भएका व्यक्तिका रुपमा परिचित भए । उनले बेलायतको द गार्जियन पत्रिकाका लागि नियमित रुपमा लेख्छन् । यस्तै उनले आफ्नो मोबाइल फोनको प्रयोग गरेर डकुमेन्ट्री पनि बनाए ।

गएको वर्ष मानुस र आइल्याण्ड देश नाउरुबाट अमेरिकाले १०० सय भन्दा बढी आप्रवासीलाई आफ्नो देशमा शरण दियो । तर त्यसमा बूचानी परेनन् । उनले पपुवा न्यु गिनीमा शरणार्थीको पहिचान पाएका छन् तर त्यहाँ बस्न चाहँदैनन् । उनी आफ्नो पत्रकारिताका कारण स्थानीय सरकारी अधिकारीसँग तनाव भएपछि इरानबाट विस्थापित भएका थिए ।


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

बौद्धिक देखाउन अरुको भाषाको नक्कल गर्ने बढ्दै : उपराष्ट्रपति पुन

९ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा आज प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा उनले आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताए । सरकारी विद्यालयमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको उनले 

नेकपा बैठक : कार्यदलको सुझावमाथि छलफल

९ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको आवश्यकता तथा सदस्यले आफ्नो 

प्रदेश नं १ : प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत

८ फागुन, विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गरेका थिए । उनले प्रदेश भवन व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफमा कार्यान्वयनमा समस्या नआउने खालको कानून 

अन्तर्राष्ट्रिय

भारतमा पाकिस्तानी कैदीको ढुङ्गाले हानेर हत्या

९ फागुन काठमाडौ । राजस्थानमा जयपुरको केन्द्रीय जेलका एक पाकिस्तानी बन्दी शकरुल्लाहको अन्य कैदीहरूले पीटीपीटी हत्या गरेका छन्। पाकिस्तानको सियालकोटका बासिन्दा शकरुल्लाह उक्त जेलमा जन्मकैद भोगिरहेका थिए। उनलाई जेलकै अन्य चार बन्दीले ढुङ्गाले हानेर हत्या गरेको आरोप लगाइएको छ। प्रहरीका अनुसार यो घटना बुधबार दिउसो भएको थियो। जयपुर प्रहरीका वरिष्ठ अधिकृत लक्ष्मण गौडले जेलको बाहिर जम्मा भएका पत्रकारसँग

कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष

९ फागुन, सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ । सर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो । परिवारका एक सदस्य डुबेको सम्बन्धी मुद्दामा पीडितको उमेर ६० वर्ष कायम गर्नेगरी पुनरावेदन अदालतले सुनाएको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएको हो । बिहीबारको उक्त आदेशसँगै पुनरावेदन 

बांग्लादेशको राजधानी ढाकामा भिषण आगलागी, मृत्यु हुनेको संख्या ७० पुग्यो

९ फागुन काठमाडौं । बांग्लादेशको राजधानी ढाकामा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन्। घाइतेमध्ये केही गम्भीर रूपमा जलेको हुँदा मृत्यु हुनेको संख्या बढ्ने बताइएको छ । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले  राति १० बजपछि आगो लागेको बताए । त्यहाँबाट १२ जनाको शव निकालिएको छ। राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top