esewa

​जम्मुको प्रतिबन्ध १० दिनपछि खोलियो, काश्मिरका केही ठाउँमा अझै प्रतिबन्ध


Wednesday, 14 Aug, 2019 1:11 PM
२९ साउन, काठमाडौं । भारत सरकारले  १० दिनपछि जम्मुमा लगाएको प्रतिबन्ध खोलेको छ। जम्मु–काश्मिरका प्रमुख सचिव कन्साल र  प्रहरी अतरिक्त महानिरीक्षक मुनिर खानले बुधबार पत्रकार सम्मेलन गर्दै सुरक्षा स्थिति पूर्ण रूपमा नियन्त्रणमा आएकाले ४ अगस्टदेखि  लगाएका प्रतिबन्ध हटाइएको बताएका छन्।

अवस्था सामान्य भएकाले बुधबारदेखि बजार, यातायात, शिक्षण संस्था र अन्य व्यवसाय पनि खुलेको खानको दाबी छ। काश्मिरका केही स्थानमा भने प्रतिबन्ध कायम रहेको उनले बताए। खानले जम्मु काश्मिरमा अगस्ट १५ को स्वतन्त्रता दिवसका लागि तयारी भइरहेको जनाएका छन्। नरेन्द्र मोदी सरकारले अगस्ट ४ गते रातिदेखि जम्मु कस्मिरमा टेलिफोन, इन्टरनेटमा प्रतिबन्ध लगाएको थियो। जम्मु काश्मिरका पूर्वमुख्यमन्त्रीहरूसहित अरू केही नेतालाई नजरबन्दमा लिएको थियो।  

अगस्ट ५ देखि जम्मु काश्मिर कर्फ्यूजस्तै अवस्था थियो। सोही दिन गृहमन्त्री अमित शाहले भारतीय संविधानको धारा ३७० खारेज गर्ने प्रस्ताव राज्य सभामा पेस गरेका थिए। धारा ३७० ले  जम्मु कस्मिरलाई विशेष मान्यता दिन्थ्यो। उक्त धाराको खारेजीसँगै शाहले जम्मु काश्मिरको पुनर्संरचना प्रस्ताव पनि संसदमा पेश गरेका थिए। जसअनुसार जम्मु कस्मिरको प्रदेशको मान्यता हटाएर केन्द्रशासित क्षेत्र बनाइएको छ। पहिला जम्मु काश्मिरमै रहेको लद्धाखलाई छुट्टै केन्द्रशासित क्षेत्र बनाइएको छ। शाहले पेस गरेका प्रस्ताव राज्य सभा र लोक सभाबाट बहुमतले पारित भएका छन्।  

मुस्लिमबहुल रहेको जम्मु काश्मिरमा सरकारी निर्णयको विरोध हुन सक्ने ठानेर सरकारले सञ्चारमाध्यम र  आवातजावतमा रोक लगाएको थियो। सरकारको कडा प्रतिबन्धबीच काश्मिरमा केही छिटफुट प्रदर्शन भएका थिए।

के सामान्यउन्मुख भएको हो काश्मिर ? 
संसारभर उल्लासपूर्वक मुस्लिम समुदायले महान पर्व इद उल जोहा मनाइरहेका बेला मुस्लिम बाहुल रहेको जम्मु काश्मिरमा भने झण्डै असी लाख जनसंख्या एक सातादेखि बन्धक अवस्थामा बाँच्न विवश छन् । न्यूयोर्क टाइम्सले पहिलोपटक स्थलगत भ्रमण गरेका उसका पत्रकारहरूको रिपोर्ट सोमबार प्रकाशित गरेको छ। रिपोर्टमा बन्धक अवस्थामा बाँचिरहेका काश्मिरी नागरिकको अवस्था कष्टकर मात्र होइन, असुरक्षितसमेत रहेको उल्लेख छ।

तस्बिरमा देखिएझैं श्रीनगरस्थित अस्पतालको बेडमा रहेकी १४ वर्षीया अफसाना फारुख त्रासबाट मुक्त हुन सकेकी छैनन्। उनी अझै काँपिरहेकी देखिन्थिन्। उनको गल्ती थियो, शुक्रबार दिउँसो पहिलोपटक कर्फ्यू खुलेका बेला नजिकको मस्जिद गएर प्रार्थना गर्नु।

त्यतिबेलै दसौं हजार कश्मिरीहरू ‘आजादी’ माग गर्दै शान्तिपूर्ण जुलुस निकालिरहेका थिए। उनीहरूको हात–हातमा कश्मिरको झण्डा थियो। मुख्य सहर श्रीनगरका सडकमा अचानक सुरक्षाकर्मीको सलबलाहटसँगै तनाव बढ्यो। गोली चल्न थाले। कम्तिमा सात जना घाइते भए। भागाभाग मच्चियो। त्यही भिडमा च्यापिएकी १४ वर्षीया अफसाना भाग्यले बाँचेकी थिइन्।

‘प्रार्थना सकिएपछि हामी चुपचाप हिँडेर फर्किरहेका थियौं,’ छेउमै उभिएका अफसानाका पिता फारुख अहमद भनिरहेका थिए, ‘अचानक उनीहरूले हामी भएतिर गोली दाग्न थाले।’ काश्मिरमा कडा सुरक्षाघेराकै बीच पनि आइतबार समेत यस्तै प्रदर्शन भएको समाचार आइरहेको छ। प्रदर्शनमा एकोहोरो रुपले ‘आजादी’को माग उठाइरहेका छन्।

भारतीय गृहमन्त्रालयले यस्ता प्रदर्शनबारे सार्वजनिक भइरहेका समाचार खण्डन गर्दै थोरै संख्यामा, अझ बढीमा २० जना देखिनेगरी फाटफुट प्रदर्शन मात्र भइरहेको उल्लेख गरेको थियो। जबकि त्यसै दिन बिबिसीले हजारौंको जुलुस निस्कँदा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै गोलीबारी समेत गरेको भिडिओ नै सार्वजनिक गरिदिएको छ।

राज्य सरकार नभएको अवस्थामा पूर्व मुख्यमन्त्रीलगायत महत्वपूर्ण नेताहरू नजरबन्दमा राखिएका छन् भने सम्पूर्ण संसारसँग यस भागलाई अलग पार्नेगरी मोबाइल, टेलिफोन, इन्टरनेटजस्ता सञ्चार श्रोतहरू ठप्प बनाइएको छ। विद्यालय बन्द छन्, बगैंचा निर्जन देखिन्छन्। केटाकेटीका खानेकुरा अभाव हुन थालेको छ। धेरै स्थानमा स्थानीयले आपतविपत परेर ओहोरदोहोर गर्नुपर्दा पनि कर्फ्यू पास लिनुपर्ने प्रावधान छ। बिरामीहरू एक दिनभन्दा लामो यात्रा गरेर अस्पताल पुगिरहेका छन् भने चिकित्सकहरू अस्पताल पुग्नै सकिरहेका छैनन्। ‘यो नर्क बनेको छ,’ डाक्टर जमिलाले भनिन्।

काश्मिरीहरू आफ्नो भाग्यमा पहिल्यैदेखि अप्ठ्यारो समय भए पनि अहिले सबभन्दा कठिन क्षण बिताउनु परिरहेको बताउँछन्। अनेक किसिमका विद्रोही समूहहरू यो भेगमा सुरुदेखि सक्रिय छन् भने उनीहरूलाई पाकिस्तानले भित्रभित्रै सहयोग गरिरहेको आरोप पनि लाग्दै आएको छ।

यसै अवस्थामा सोमबारै बेलायती अखवार ‘द गार्डियन’ले पनि प्राथमिकताका साथ कश्मिरमाथि समाचार प्रकाशित गरेको छ।उसले अघिल्लो दिन अर्थात् आइतबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बहुचर्चित ट्विटबाट समाचार प्रारम्भ गरेको छ। ट्विटमा खानले भारतीय सरकारलाई ‘नाजी’का रुपमा उल्लेख गर्दै कश्मिरलाई लिएर विश्वभर देखिएको शून्यताले उति बेला हिटलरलाई दंग पारेजस्तै काम भइरहेको आरोप लगाएका थिए।

‘जातीय संहार गरेर कश्मिरमा बसोबासको नयाँ रुपरेखा कोर्न खोजिरहेको बेला एउटा प्रश्न उठ्छ,’ खानले ट्विटमा भनेका छन्, ‘के विश्वले उति बेला म्यूनिखमा हिटलरका कर्तुत चुपचाप हेरेर साथ दिएजस्तै बस्छ ?’

कश्मिरमा जनजीवन दुरूह बन्दै गएको न्यूयोर्क टाइम्सको रिपोर्ट छ। अनुहारमा कालो रुमाल बाँधेका सुरक्षा अधिकारी चेकप्वाइन्टहरूमा बन्दुकसहित तैनाथ देखिन्छन्। यो कश्मिरको सबभन्दा ठूलो सहर श्रीनगरको दृश्य हो। घरभित्र बसिरहेका मान्छे बेलाबेलामा झ्यालबाट यो दृश्य हेर्छन्। त्रासले उनीहरू बाहिर निस्किरहेका छैनन्। यस्तो अवस्थामा धेरै मान्छे छाक टारेर भोकै बसिरहेका पनि देखिन थालेका छन्।

शुक्रबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपपछि सिंगो सहर डरमा डुबेको देखिन्छ। फाट्टफुट्ट बाहिर देखिएका मान्छेले पनि सुरक्षा अधिकारीहरूलाई बिन्ती गरेपछि बल्ल बालुवाले भरिएका बोराको थुप्रो, सैनिक ट्रक र फलामे हेलमेट लगाएका सैनिकको तीखो आँखा अघिल्तिरबाट गुज्रने अनुमति पाएको सुनाइरहेका थिए। केही स्थानीयले त आफूहरूले दूधजस्ता अत्यावश्यक चिजको जोहो गर्न खोज्दा पनि सुरक्षाकर्मीबाट कुटिनु परेको बताइरहेका थिए। तर, मौका पाउँदा काश्मिरीहरुले सुरक्षाकर्मीमाथि आक्रोश पोख्ने गरेका छन् । ‘दिनरात जुनसुकै बेला पनि मौका पाउनासाथ दर्जन, दुई दर्जन वा त्योभन्दा बढीको भिड निस्केर ढुंगा हान्ने, नारा लगाउने र भाग्ने गरिरहेका छन्,’ बारामुलामा खटिएका एक सिपाही रविकान्त भनिरहेका थिए, ‘त्यस्तो भिडमा महिला पनि हुन्छन्।’ यसरी प्रदर्शनमा निस्कने मान्छे कठोर र भयमुक्त देखिने गरेको पनि उनले बताए। एजेन्सी

 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

कम्युनिष्टहरु गङ्गटो हैन, कमिलोजस्तै बन्नुपर्छ : मन्त्री लालबाबु पण्डित

३२ साउन, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे । ‘गङ्गटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ’, उनले भने, ‘अब कार्यकर्ता गङ्गटो हैन कमिलो बन्न सिकौँ ।’ 

विप्लव समुहका नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ

३० साउन, दाङ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूह नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी देविलाल पुन तथा अन्य ५ जना जिल्ला सदस्य रहेका छन् । पक्राउ पर्नेहरुमा मोहनलाल कार्की, लिलाराम बुढा, धनबहादुर बिक, रामकुमार बुढा र हिका बुढा छ्न् । केही दिनयता जिल्लामा चन्दा उठाउने, धम्काउने जस्ता गतिविधि बढेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले वताए ।
 

अन्तर्राष्ट्रिय

जम्मू–कश्मीर मुद्दाबारे संयुक्त राष्ट्र सुरक्षा परिषद बैठकमा छलफल हुने

३१ साउन, काठमाडौं । भारतले जम्मू–कश्मीर मुद्दामा अनुच्छेद ३७० हटाएपछि उत्पन्न विवादबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ। शुक्रबार बिहान बस्ने सुरक्षा परिषद बैठकमा यसबारे छलफल हुनेछ । यो बैठकमा सदस्य राष्ट्रहरुले आफ्नो विचार राख्नेछन् । यसैबीच विवादित क्षेत्र कश्मीरको नियन्त्रण रेखामा भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान भएको छ । पाकिस्तानले नियन्त्रण रेखा नजिक भारतीय पक्षबाट भएको गोली प्रहारबाट तीन पाकिस्तानी सैनिकको ज्यान गएको बताएको छ । 
 

अबदेखि दक्षिण कोरियासँग कहिल्यै वार्तामा नबस्ने उत्तर कोरियाको घोषणा, यसकारण सन्किए उन

उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै आइन्दा दक्षिण कोरियासँग वार्तामा नबस्ने बताएको छ। दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित प्योङ्याङ्ले दक्षिणका राष्ट्रपतिको सम्बोधनप्रति तीखो प्रतिक्रिया जनाएको छ। उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न दक्षिण कोरियालाई सजग गराएको छ। सो समितिको वक्तव्यमा दक्षिण कोरियाली राष्ट्रपति 

भ्रष्टाचारलाई निर्मूल पार्न कस्मिरको विशेषाधिकार हटाएका हौं :मोदी

३० साउन दिल्ली ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत प्रशासित कस्मिरले पाएको विशेषाधिकार समाप्त गर्ने निर्णयबाट कस्मिरलाई कुनै असर नगर्ने बताएका छन्। सो क्षेत्र पुनः आफ्नो पुरानो गौरवमा फर्किने मोदीको भनाइ रहेको छ। बिहीबार भारतको स्वतन्त्रता दिवसको अवसरमा संवोधन गर्दै उनले भने,‘हामी कस्मिरको पुरानो गौरव फेरि स्थापित गर्नेछौँ र यसले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।’कस्मिरलाई विशेष मान्यता दिने भारतीय संविधानको धारा

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top