esewa

७ सय जनप्रतिनिधिको पद खाली ! कहिले होला उपनिर्वाचन ?


Monday, 15 Apr, 2019 10:30 AM
२ बैशाख, काठमाडौं । गत फागुन १४ गते कास्की जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित संस्कृति, पर्यटन मन्त्रीसमेत रहेका रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भयो । उनको निधनपछि सो क्षेत्र खाली बनेको छ । यता प्रदेशसभातर्फ पनि ३ पद खाली रहेको छ । अघिल्लो वर्ष भक्तपुर क्षेत्र नं. १ क बाट निर्वा्चित सांसद हरिशरण लामिछानेको उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै गत मङ्सिरमा भारतको एपोलो अस्पतालमा उपचार गराइरहेका बाग्लुङका प्रदेश सांसद टेकबहादुर घर्तीको मृत्यु भएको थियो । गत फागुन १० गते दाङ प्रदेश नम्बर ३ ख का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको दुर्घटनामा परी निधन भयो । माघ २४ गते दाङको लमही घोराही सडक खण्डमा दुर्घटनामा परेका उनको उपचारका क्रममा निधन भएको थियो ।

यस्तै स्थानीय तहतर्फ गत चैत २१ गते महोत्तरीको बलवा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष लोकेन्द्र महतोको मृत्युभएको थियो । यस्तै मोरङमा विषालु सर्पको डसाइबाट धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको थियो । अघिल्लो वर्ष स्थानीय बासिन्दाको कुटपिटबाट पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको थियो । चितवनको रत्ननगरस्थित शान्तिचोकमा सवारी दुर्घटनामा परी खैरेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको मृत्यु भएको थियो ।

यस्तै स्थानीय तहको नाम चाहेअनुसार नभएको भन्दै चुनाव बहिष्कार गरेका सोलुखुम्बुको तिङलामा सबै पद खाली रहेको छ । माथि उल्लेख गरिएका प्रतिनिधि उदाहरण हुन् । विभिन्न कारणबाट केही स्थानीय तह प्रमुखविहीन बनेको छ । ती निकायमा उपनिर्वाचन गर्नेबारे सरकारले अहिलेसम्म कुनै गृहकार्य गरेको छैन ।

 विवरण सङ्कलन गर्दै मन्त्रालय

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिले देशभर विभिन्न कारणबाट ७ सय जनप्रतिनिधिको पद रिक्त रहेको जनाएको छ । सङ्घीय सांसददेखि स्थानीय तहका प्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी सो सङ्ख्याका पद खाली भएको हो । स्थानीय तहका कतिपयको निधन भएको, कतिपयले राजीनामा दिएको, कतिपय ठाउँमा उम्मेदवार नभएर चुनाव हुन नसकेका कारण ती ठाउँमा रिक्त भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

स्थानीय तहका प्रमुख, उपप्रमुखको निर्वाचनबाट पदपूर्ति हुने व्यवस्था छ भने अहिले नेपाल कानुन संशोधन गरेर वडाध्यक्षको पनि निर्वाचनबाट पदपूर्ति हुने व्यवस्था गरिएको छ । वडा सदस्यहरुको निर्वाचनबाट पदपूर्ति हुने व्यवस्था छैन तर स्थानीय तहमा उनीहरुको पद धेरै खाली रहेको छ । मन्त्रालयका प्रवक्तासमेत रहेका अधिकारीले भने–‘मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष मात्र गरेर उपनिर्वाचन गराउनुपर्ने १ सय हाराहारीका पद खाली होलान् । उपनिर्वाचनका लागि अहिलेसम्म निर्वाचनमा आयोगमा केही जानकारी पनि पठाएको छैन, सरकारबाट पनि कुनै निर्णय भएको छैन ।’ कर्मचारी समायोजनको काममा मन्त्रालय व्यस्त भएका कारण उपनिर्वाचन लागि काम गर्न नसकिएको उनले बताए । केही समयपछि मन्त्रालयले यसबारे काम गर्ने उनको भनाइ छ ।

जनप्रतिनिधि खाली भएको स्थानमा उपनिर्वाचनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लानुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै निर्वाचन आयोगले त्यसबारे तयारी गर्छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि स्थानीय तहमा जनप्रतिनिधि खाली भएको बारे विवरण सङ्कलन गरी नसकेको जनाएको छ ।

यता निर्वाचन आयोगले सरकारले मिति घोषणा गरे उपनिर्वाचनका लागि कुनै समस्या नरहेको बताएको छ । आयोगका एकजना निर्वाचन आयुक्त नरेन्द्र दाहालले सरकारले घोषणा गरेपछि मात्रै आयोगले यसबारे तयारी थाल्ने बताए । उनले भने– ‘हामीले यसअघि देशव्यापी रूपमा ३ तहको चुनाव त सम्पन्न गर्यौं । सरकारले मिति घोषणा गरेपछि हामीलाई निर्वाचन गराउन कुनै समस्या छैन । सबैभन्दा पहिला सरकारले नै यसबारे निर्णय गर्नुपर्यो ।’ अहिलेसम्म सरकारी पक्षबाट पनि जनप्रतिनिधि खाली रहेका ठाउँमा उपनिर्वाचन गराउने बारेमा आयोगसँग छलफल नभएको उनले बताए । निर्वाचन आयोगलाई कुन कुन स्थानीय तहमा कुन कुन पद खाली छ भन्नेबारे पनि औपचारिक जानकारी छैन ।

स्थानीय तहमा जनप्रतिनिधि खाली भएका ठाउँमा अहिले कनिष्ठ पदाधिकारीलाई निमित्त दिएर काम भइरहेको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र प्रदेशसभा निर्वाचन ऐनमा पद रिक्त रहेको अवधिको ६ महिनाभित्र आयोगले तोकेको मितिमा उपनिर्वाचन गरी पद पूर्ति गर्ने व्यवस्था रहेको छ । तर सरकारले उपनिर्वाचन गर्ने बारेमा कुनै तयारी थालेको छैन । 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

सिटिइभिटीको कामप्रति नेकपा महासचिव पौडेल असन्तुष्ट

३ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण गर्नुपर्ने सिटिइभिटीको काम चित्तबुझ्दो नभएको महासचिव पौडेलको भनाइ छ । सिटिइभिटी राष्ट्रिय कर्मचारी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पौडेलले सिटिइभिटीको कामलाई प्रभावकारी बनाउने गरी सरकारको तर्फबाट आवश्यक

कर्मचारी प्रशासनलाई सुधार्न जस्तोसुकै कदम चाल्न तयार छौं: मन्त्री पण्डित

३ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । मन्त्री पण्डितले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको काममा जवाफदेही बनाउने गरी कानुन निर्माणमा सहयोग गर्न पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गरे । शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको

अनेरास्ववियुले अब कसैसँग चन्दा नलिने

३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै आर्थिक सहयोग नलिने बताए । ‘अब अनेरास्ववियुले संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै पनि आर्थिक सहयोग लिन बन्द गरेको छ’, उनले भने, ‘कुनै 

अन्तर्राष्ट्रिय

काबुल विश्वविद्यालयमा बम विस्फोट, ४ जनाको मृत्यु

३ साउन, काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो । घाइते आठ जनामध्ये एक जना भने किशोरी रहेको जनाइएको छ । यस विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी 

पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी भ्रष्टाचार अभियोगमा पक्राउ

३ साउन, कराँची । पाकिस्तानमा अर्का एकजना पूर्व प्रधानमन्त्री भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका छन् । हालका प्रधानमन्त्री इमराज खानभन्दा अगाडि सत्तामा रहेका शाहिद खक्वान अब्बासी भ्रष्टाचार अभियोगमा पक्राउ परेका हुन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको हो । अघिल्लो साता मात्रै भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्वराष्ट्रपति असिफ अली जर्दारी पक्राउ परेका थिए । अब्बासीले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)को आयात सम्झौतामा अर्बौं रुपैयाँ अनियमितता गरेको आरोप 

अमेरिकी जलसेनाले इरानको ड्रोन खसालेको अमेरिकाको दाबी

३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको बताएका छन् । उक्त ड्रोन अमेरिकी पानीजहाजभन्दा झन्डै एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पलाई उदृत गर्दै बीबीसीले जनाएको छ । गत जुनमा अमेरिकाको ड्रोन खसालेको इरानले भने अमेरिकाले दाबी गरेअनुरूप इरानको ड्रोन नखसालिएको बताएको छ । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले हालको घटनालाई इरानले अमेरिकालाई उत्तेजित बनाउने प्रयत्न गरेको बताउँदै आफ्ना अधिकारी

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top