syangyong

जनार्दन शर्मा ‘प्रभाकर’को तेब्बर मतको अग्रता,५०४७ मत प्राप्त गरे


Friday, 8 Dec, 2017 1:07 AM
२१ मंसिर,काठमाडौं । रुकुम पश्चिममा माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा तेब्बर मतले अगाडि देखिएका छन् । सुरुवाती मतपरिणाम अनुसार पूर्व उर्जामन्त्रीसमेत रहेका शर्माले ५०४७ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार गोपालजी जंग शाहले १७११ मत ल्याएका छन् । त्यस्तै नयाँ शक्तिका उम्मेदवार सरुण वाँठा मगरले ९५ मत प्राप्त गरेका छन् । पहिलो चरण अन्तर्गत भएको चुनावमा ५५ हजार ६६५ मत खसेको थियो ।


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

जुम्लामा सरकारले गोली चलाएको छैन : उपप्रधानमन्त्री पोखरेल

५ साउन विराटनगर,।  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उनको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल्याएको प्रष्ट पारे । रक्षामन्त्री पोखरेलले वर्तमान सरकार जनताको स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत समस्या समाधान गर्न कटिबद्ध रहेको बताए । उनले  पूर्ववर्ती 

राप्रपाः गण्डकी प्रदेश कार्यसमितिलाई पूर्णता

५ साउन काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कार्यसमितिले शुक्रबार पूर्णता पाएको छ । पार्टीको विधानबमोजिम अध्यक्ष कमल थापाले गण्डकी प्रदेशका अध्यक्ष हेमजङ गुरुङको सिफारिशअनुसार गण्डकी प्रदेशका उपाध्यक्षमा देवीप्रसाद कँडेल (बागलुङ) र गीता गुरुङ (कास्की), सचिवमा वरुणविक्रम राणा (कास्की), प्रवक्तामा नवराज बसौला (लमजुङ), कोषाध्यक्षमा पञ्चबहादुर गुरुङ (स्याङ्जा) र सहसचिवमा कृष्णराज अधिकारी (कास्की) लाई मनोनयन गरेका छन् ।  

​संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक :सभामुख महरा

४ साउन, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताएका छन् । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले  आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उनले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताएका हुन् ।“संविधान कार्यान्वयनका लागि 

अन्तर्राष्ट्रिय

इजरेलद्वारा गाजामा भीषण हवाई हमला

सीमा क्षेत्रमा आफ्ना सैनिकमाथि आक्रमण गरिएपछि इजरेलले गाजा पट्टीमा सैन्य अखडाहरूलाई निशाना बनाएको छ। सीमा क्षेत्रमा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको उसले जनाएको छ। हिंसात्मक घटनामा धेरै समयपछि इजरेली सेनाको ज्यान गएको हो। गाजाका अधिकारीहरूका अनुसार इजरेली हवाई हमलामा चारजना प्यालेस्टिनीहरू मारिएका छन् र उनीहरूमध्ये तीनजना हमास लडाकु समूहका सदस्य थिए। सीमा क्षेत्रमा प्रदर्शनका क्रममा चौथो प्यालेस्टिनी 

५ वर्षका बालक, जसले आफैँ लेखे आफ्नै मृत्युको सन्देश

२ साउन, काठमाडौं । पूर्वजानकारी पाएर मृत्युलाई स्विकार्न जोकसैको आँटले सक्दैन । उमेरले जीवनको उत्तरार्धतिर लागेकाहरु पनि यस्तो क्षण सहज रुपमा बिताउन सक्दैनन् । तर, अमेरिकाका एक पाँच वर्षीय बालकले आफ्नो मृत्युको पूर्व जानकारी पछिको यात्रा सजिलोसँग पार गरेका छन् । उनी हुन् ग्यारेट मिथायस । 

प्रधानमन्त्री छँदा चढेको हेलिकोप्टरमै चढेर १० वर्षका लागि जेल जाँदै शरीफ, फर्किए पाकिस्तान

समाचार सूत्रका अनुसार न्याबले नवाज र मरियमलाई अदियाला जेल लैजानका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर मागेको थियो । मन्त्रालयले संस्थालाई त्यही हेलिकोप्टर दियो, जुन प्रधानमन्त्रीका लागि रिजर्भ राखिन्छ । अर्थात् नवाज कुनै बेला जुन हेलिकोप्टरमा प्रधानमन्त्रीका रुपमा देशभरी घुमिरहन्थे अहिले त्यही हेलिकोप्टरमा चढेर उनी जेल जाने भएका छन् । 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top