siddhartha

१ सय ५९ वर्ष अघि वेलायत पुग्ने पहिलो नेपालीको वेलायत वृतान्त : वेलायती महिला अप्सरा जस्ता


Sunday, 20 Aug, 2017 1:56 PM
आज भन्दा १ सय ५९ वर्ष अघि विक्रम संवत् १९०६ साल माघमा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणा २५ जनाको टोली सहित वेलायत प्रस्थान गरेका थिए । विश्व साम्राज्य वेलायतसँगको सम्बन्ध विस्तार गर्न राजा सुरेन्द्रको विशेष दुत बनेर उनी वेलायत पुगेका थिए । जंगबहादुर झण्डै ३ महिना वेलायत बसे । फ्रान्स हुँदै स्वदेश फर्केका जंगबहादुरको वेलायत र पेरिस बसाई निकै चर्चित बनेको त्यसबेलाका विभिन्न लिखतमा पाईन्छ । उनीसँगै वेलायत पुगेका भ्रमण टोलीका एक सदस्यले यात्रा संस्मरण लेखे १९१० सालमा । तर त्यसको लेखक को हो भन्ने बारेमा भने नेपाली इतिहासमा विवाद छ । साझा प्रकाशनले प्रकाशित गरेको जङ्गबहादुरको वेलायत यात्रामा सो पुस्तकका लेखकमा सुब्बा सिद्धिमान, लप्टन लालसिं खत्री र सुब्बा शिवनरसिं मध्ये एक हुन सक्ने उल्लेख छ । यात्रा वृतान्त जसले लेखे पनि त्यतिबेलाको नेपालीको आँखामा वेलायतको बयान भने निकै रोचक छ ।

लेखक भन्छन् :

वेलायती महिला अप्सरा जस्ता :
चार दिनमा वेलायत उत्रन्या सौतानघाट (साउथहेम्पटन) पुग्दा कस्तो भयो भन्या सपनामा पो आयुँ कि अथवा धर्म कमायाका मर्यापछि इन्द्रसनमा पुगिन्छ भन्थ्या, इन्द्रासन यही हो कि भन्या जस्तो लाग्न्या । क्या अर्थले भन्या ताहाँ अति राम्रो सहर रहेछ । हाट, दोकान, वाग, वगैंचा ताहाँका मानिसको रुप देख्दा ज्या देख्यो तसवीरै देखिन्या । तहाँका जनानाहरु श्री प्राइम मिनिष्टर साहेबका नजीकमा आई सलाम गर्या । तिनका रुप देखदा मिज्याद, खातिर गर्याका सुन्दा यी अपसरा हुन् कि भन्या जस्तो लगन्या, चंद्रमाका बिम्ब जस्ता उज्वल मोहडा, बडाबडा लामा नेत्र, तेलका धारा झ्हिं नाक, घाटीमा तीनरेखा भयाका हात्तीको सुड जस्तो छाती, कम्बर छिन्याका, जांग फुक्याका, बडा पल्लेबाज उच्चा, पान खाया जस्ता लाल ओठ, मिल्याका दांत पोशाक–लहंगा,मोजा, पंजा रुमाल, कपालमा अनि सुन्दर टोपी, गह, कुचीन, साटन, रेसम, कलकत्ताका झलर भयाको पोशाक आंगमा रसाय जस्ता मिल्याका, बडा हिशी भयाका, नम्र भै बोलन्या १÷२ मात्र होइन, सबै उस्तै छन् । यस्ता रीतका मानिस, हजार बाह्र सय आई खडा भया । नराम्रा दुबला देख्नु कोही छैन । जो मानिस देख्यो राम्रो ज्या चीज देख्यो राम्रै देखिन्छ । यस्तो तमासा देख्दा सबलाई मोह भयो ।


अचम्मको सहरः
त्यो सहर कस्तो छ भन्या बखान् गरिसक्नु छैन । सबै लक्षणले जुक्त भयाको । तीमस नदी उत्तरवाहिनी भै बह्याकी छन् । ३०/४० कोसको चौडा गिर्दा भयाको ज्यावद घर छन् । पक्की हवेली, सहरका बीचमा बेम्बा घर एक पनि छैन । पत्थरैको गारो, पत्थरैको छाना । गारा, भित्ता बज्रलेप गर्याको छन् । पत्थरका झींगटी छानामा मिल्याका सीसा ढाल्या जस्ता । सारा सहरका घरमा ऐनाका झ्याल लाग्याका छन् । सारा सहरका घरमा सुन–चाँदीका मोलम्बा गरी चित्रकार भर्याका छन् । चोक पटांगिनी, गल्ली सारा पत्थरैले छाप्याका छन् । नाल देखनु कहीं छैन । भित्रभित्रै दबाई तिमस नदीमा निकाल्याका छन् । हीलो, धुलो, नर्क, कसिंगर देखनु कही छैन । घरघरै चोक, पटांगिनी, साना बगैँचा, फलफूल, पातका लता लाग्याका छन् । रुखमा पंहलो पात छैन । भैंमा सुक्याको पात छैन सफा गरी राख्याका छन् । जात जातका फूल फुलिरह्याका छन । गल्लीमा तीन सडक जोरी बन्याका छन् । क्या अर्थले भन्या एक सडकमा पैदल मानिस हिंड्दछन्, एक सडकमा घोडा चढी सवारी हिड्दछन्, एक सडक बग्गीका सवारी हिड्छन् । रात दिन बराबर लाखौं बग्गीका सवार चल्याकै छन् । आठौं प्रहर मानिस बग्गी खाली हुँदैन । क्या अर्थले भन्या रात दिन एकै उज्यालो छ ।  ग्यास बत्ती गल्लीमा लयन्का लयन् जल्याकै छन् । सारा घर–घरका झ्यालमा भररात बल्याकै छन् । चन्द्रमा जोति जस्तो तेज भयाका सारा सहरमा तिहार दिपमालिक गर्याको जस्तो–सदा कोठा, चोटा, कौसी, अटाली, भंडार, जाजरवान, अस्तबलखाना, चोक, पटांगिनी तिमस नदीका वारी–पारी पुल साँघु सहर भित्र बाहिर–सर्वत्र ग्यास बत्तिको रोसनि जल्याकै छ ।


अति सुखी जीवनः
पापानि(?) भन्या नदीका पानी तांबाका ढुंग्राबाट तलाउमा खैचियाको छ । त्यस तलाउमा वरिपरि सबै घरमा नहर लाई तांबाका ढुंग्राबाट झिक्याको छ । चाहियामा टूटी घुमाइदियो, पानी लियो फेरि बंद गर्दियो । दाउरा भन्या त्यस मुलुकलाई चाहिंदो रहेनछ क्या अर्थले भन्या पत्थरको गोल हुँदोरहेछ । तेल बल्दा झैं बल्दो रहेछ । सुघर पनि,सस्तो पनि । तीमस नदीका कृपाले जहाजमा हाली ल्याउँछन् घर–घर पुर्याइदिन्छन् । त्यो गोलको खानी लंड्न सहरदेखि सय डेढ सय कोस टाढा छ । त्यो गोलले भात पकाउँछन् । तान, मेगजीनको काम, फलाम सिसा ढालन्या, धुवाका जहाज चलाउन्या, ग्यासबत्ती जलाउन्या, नाना तरहको कल चलाउन्या त्यही गोल छ । घर बन्याउन्या काठ जहाज रेलगाडी बन्याउन्या काठज्यावद १५ सय कोष समुद्र पारबाट जहाजमा हाली समुद्रले ल्याइदिन्छन् । आगो, पानी, बत्तास अंग्रेजले कमारो तुल्याई राख्याको छ ।

त्यस मुलुकमा मानिसले भारी कोही बोक्दैन । भारी जहाज, रेलगाडा बग्गी मात्र बोक्छन् । तांहाका मानिस अति सुखी छन् । मैला फाट्याका कपडा कोही लाउँदैनन् । अांगमा मयल कोही राख्दैनन् । ताहां पानीले साबुन धसीधसी, बुरुस लाई नुहाउन्या, सवैको मुख चन्द्रमा जस्तो उज्यालो । पोशाक भन्या वादसाहदेखि तेली, धोबीसम्म एकैतर्फको पोसाक लाउन्या । वडाको मसिनु छोटाको खस्रो मात्रै छ । तलास सबैका एकै छ । त्यो लोगन्याहरु काला पोसाक टोप, कुर्थी, चुस्ता, गलेबंद, मोजा, पंजा, जुत्ता लायाका । स्वास्नीहरुको तवर एकैछ । पोसाक लाउन, खान, थितिसित रहन्या, सुत्न्या, उठन्या काहीं जान्या सबै घडीको प्रमाण छ । सबका साथमा घडी छन् । घर–घरका भित्तामा घडी राखन्या घडी टाँसियाका छन् । कही गीर्जा, पर्खालमा पनि घडि दांसियाका छन् । जाहाँ जाहाँ हेर्न मन लाग्यो ताहाँ घडी देखिन्छ । छोटा–बडा कसैले ठूलो स्वर गरी नबोलन्या, ठट्टा, अर्काको उतारनी निन्दा कोही गर्दैनन् । झगडा गर्दैनन् । बडा शीलसित बोलन्या, छोटा बडासित मिजाज राखन्या, एकसेएक अकलमन्द छन् । नाच तमासा जग्गा जग्गामा हुन्छ । जहाँ नाच तमासा हुन्छ तहाँ लाखौं मानिसको भीड लाग्याकै हुन्छ ।

थाना, पुलिसका, सिपाही पहरा छन् । सिपाही क्या गर्छन भन्या सारा सहर भित्र र बाहिर, दोबाटा, देउडी जग्गा–जग्गामा खडी पहरा गर्छन् । आठौं प्रहर रमन् गर्दछ । चोर, ढाँट, लुच्चा, झगडा गन्र्या झगडियालाई पक्री ल्याउनु, दिनमा कति मर्छन् । कति जन्मन्छन्, अरु मुलुकका मुसाफिर, कति आउँछन् कति जान्छन् र त्यो खबर ल्याउनुः लूला लंगडा, काना, खोरडा कोही पक्ष नभयाका आया गरीपखानामा लगी नाम लेखाई बंद गरिदिने उर्दी छ । सहरमा हूलदंगा कहीं भयो भन्या पक्री ल्याउनू, बलले नपुग्या जल्दी खबर थानामा ल्यउनू भनी सहिवान् छ । यस्ता तरहसित पुलिसको पहरा सहरमा छ ।

सब दुनियाँ, फौज, पल्टन, महाजन, दोकानदार, भारादार, बादसाह, गरीबगुर्वा सारा जहान बडा खुसीमा छन् । आफ्ना स्थितिमा रह्याका छन् । इन दिनौमा राम–राज्य त्यही मुलुकमा रहेछ । जौन गल्लीमा गयो हाट् दोकान भारी–भारी छन् । जौन चीज खोज्यो दोस्रो दोकानमा जानुपर्दैन । मालको मोल नीरख गरी सालमा लेख्याको हुन्छ । रुपैयाँ दियो, माल लियो । मोल कसाकस गरुँला भन्न पाइँदैन । जो लेख्याको छ सोही सदर छ । यस मुलुकमा यो माल छ यो माल छैन भन्नु केही छैन । बाह्र बिलाइतको चीज भयो सारा हिन्दुस्तानका चीज भयो जम्बुद्धीपको भयो जहाजले बोकी ल्याउछ । रुख वृक्ष, फलफूल, मेवा, अनाज, कपडा, भाँडा, वर्तन, सुना चांदी, नवरत्न, जलका जनावर, थलका, पशु–पंछी, पृथ्वीमा भयाको चीज, नक्सा, बिलाइतमा महजुद छ । अकलमन्द पनि इनै रह्याकाछन् । कालीगढी, बेपारी, मालको पारख जांन्या पनि, मन्त्री सूरा सिपाहीगिरी पनि, निसाफी पनि, सुघर पनि, धनी पनि, धर्मशास्त्र–नीतिशास्त्र जांन्या पनि, लक्ष्मीले देख्याका पनि इनै रह्याछन् । इनको रीस गरी कसैले निर्बाह छैन । इनै दिनौमा देवता, राक्षस, दानव स्वर्गमा गयाछन् । यस मत्र्य लोकमा मनुष्यैको मात्र राज्य रहेछ । यस लोकमा पनि इलिण्ड(इङ्गल्याण्ड) वेलाइतमा निसाफ धर्म सत्य रह्याको रहेछ भन्या जस्तो अरु मुलुकबाट जान्या मानिसहरु मान्दछन् ।
साभार ‘जंङ्गबहादुरको वेलायत यात्रा’ पुस्तकबाट


 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​रसुवामा विप्लव समूहका कार्यकर्ता पक्राउ

६ मंसिर, रसुवा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज लेखनाथ लामिछानेलाई आज प्रहरीले पक्राउ गरेको छ । कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट पक्राउ गरिएको हो । लामिछानेमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक सरत्कुमार थापा क्षेत्रीले जानकारी दिए । 

​बारामा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार शुन्य

५ मंसिर, बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुको प्राथमिकतामा एउटा महिला नपरेपछि बारा जिल्लामा राजनीतिक गर्ने महिला सकसमा परेका छन् । समानुपातिक समावेशिताको नारा दलहरुले जतिसुकै दिए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुले बाराबाट कुनै पनि महिला उम्मेदवार नदिनुलाई महिलाप्रति विभेद् भएको बारावासीको गुणासो छ । 

​गुल्मी १ का उम्मेद्धार ज्ञवालीको प्रतिबद्धता, गाउँमा बोका–राँगादेखि विमानस्थलसम्म

हुमाकान्त पोखरेल
६ मंसिर, गुल्मी
 । गुल्मी क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नेकपा एमालेका प्रदिप ज्ञवालीले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन् । ज्ञवालीले स्थानिय स्तरदेखि राष्ट्रिय स्तरसम्मका आयोजनाहरु समयमै सम्पन्न 

अन्तर्राष्ट्रिय

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

अमेरिकाले उत्तर कोरियालाई फेरि चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने

५ मंसिर । अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा उत्तर कोरियालाई चरमपन्थीहरुलाई समर्थन गर्ने देशको सूचीमा राख्ने प्रस्ताव गरेका छन्। यसअघि पनि अमेरिकाले उत्तर कोरियालाई 

विचार / ब्लग

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 

​युवाले हाँक्दै गरेको विश्व र हाम्रो युवा नेतृत्व

ओम प्रकाश घिमिरे 
नेपालीहरुले बहुदलीय राजनीतिक प्रणालीको अभ्यासमा निर्वाचन मार्फत जनप्रतिनिधि चयन गर्न थालेको इतिहास झण्डै ६ दशक लामो  छ । यस अवधिमा ४ वटा प्रतिनिधिति सभाको निर्वाचन, २ वटा संविधान सभाको निर्वाचन र तीनवटा स्थानीय निर्वाचन मार्फत नेपाली नागरिकहरुले जनप्रतिनिधि चयन गरेका छन् । तर निर्वाचनहरुमा नियमितता हुन नसकेका कारण यो ६ दशकको अवधिमा थोरै निर्वाचनहरु मात्र भएका हुन् । वि.स.२०७४ साल 
Top