siddhartha
gharjaggakosathi

शीत युद्धमा जासुसहरुले प्रयोग गरेका अपत्यारिला हतियार


Tuesday, 14 Nov, 2017 12:11 PM
गत वर्ष भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन र रुसी जासुुसहरुले साइवर हमला गरेको आरोप लाग्यो । रुसले यस्तो आरोपको अस्वीकार गर्दै आएको छ । चारवर्ष पहिले उत्तर कोरियाले अमेरिकी फिल्म कम्पनी सोनीको सर्भर ह्याक गरेको आरोप लाग्यो । अमेरिकी खुफिया संस्था सीआईएले अझै पनि संसारभर जासुसीको जालो फैलाएको छ । नेपालमै पनि सीआईएले गरेको जासुसीबारे केही वर्ष पहिले नेपाल साप्ताहिकमा खोजि रिपोर्ट प्रकाशित भएको थियो । भारतीय खुफिया एजेन्सी ‘रअ’का एजेन्टहरु नेपालमा बाटोमा हिँड्दा पनि ठोकिन्छन् भन्ने सुनिन्छ ।
 
शीत युद्धको समयमा अमेरिका समर्थक पश्चिमा मुलुकहरु र सोभियतसंघ समर्थक पूर्वी युरोपेली मुलुकहरुले एकअर्का देशको धेरै जासुसी गरे । एकले अर्कोलाई सिध्याउनका लागि धेरै प्रयत्न गरे । दोस्रो विश्वयुद्ध पछि हिटलरको जर्मनी दुई फ्याकमा विभाजित भयो । अमेरिका समर्थक पश्चिम जर्मनी र सोभियत संघको समर्थनमा पूर्वी जर्मनी । बर्लिनमा पर्खाल बनाएर त्यसलाई दुई अलग–अलग भागमा बाँडियो । सोभियत समर्थक र अमेरिका समर्थक मुलुकका जासुसहरुका बर्लिन शहर उर्वर भूमि भयो । बर्लिन जासुसहरुको शहरको रुपमा परिचित समेत भयो । बीबीसी विश्व सेवाका मेक्स सित्जले जासुसीको जालोको चिरफार गरेका छन् ।

 
अहिले बर्लिन पर्खाल ढलेपछि पूर्व जासुसको राजलाई म्यूजियममा कैद गरिएको छ । ‘जर्मन म्यूजियम अफ  एस्पियोनाज’का रिसर्च हेड क्रिस्टोफर नेहरिंगका अनुसार बर्लिन विश्वकै शक्तिशाली हजारौं जासुसहरुको शहर भएको थियो । ति जासुसहरु, जसले दुश्मनलाई छक्काउनको लागि महत्वपूर्ण जानकारीहरुको खोजीमा सधैंजसो व्यस्त हुन्थे ।

बर्लिनलाई ४ भागमा बाँडिएको थियो । अमेरिका, बेलायत, फ्रान्स र रुस लगायतका प्रायः देशहरुका जासुसहरु बर्लिनमा थिए र उनीहरुले जासुसीको लागि छुट्टा–छुट्टै तरिकाहरु अपनाउने गर्थे ।

नेहरिंग भन्छन्, ‘यी सबै देशका जासुसहरु बर्लिन शहरमा थिए । तर, यिनीहरु मध्यको प्रमुख भने स्टेसी नामले चिनिने जीडीआरका चर्चित ‘स्टेट सिक्योरिटी सर्विस’का ‘एजेन्टस्’ थिए । स्टेसीले जासुसीका लाग धेरै पैसा पाउँथे । जसबाट उनले धेरैलाई आफु नजिकको बनाउन मद्दत मिलेको थियो । उनका जासुस र अन्य प्रशासनीक काम गर्ने मानिसहरु ९० हजार जति थिए । स्टेसी आफ्ना मानिसहरुलाई निकै खुसी बनाएर राख्नमा पनि उत्तिकै सिपालु थियो । ति मानिसहरु जासुसी गर्नमा मात्र सिपालु नभएर जासुसी गर्न चाहिने सामाग्रीहरु बनाउनमा पनि उत्तिकै खप्पिस थिए ।’
त्यो समयमा बनेका केही अचम्मित बनाउने खालका जाससी उपकरणहरुको बारेमा केही रोचक जानकारीहरु यस्ता छन् ।

सलाईको बट्टामा क्यामरा

पूर्वी जर्मनीको जासुसी एजेन्सी र रुसको खुफिया एजेन्सी केजीबीले मिनी–क्यामरा बनाउने धेरै प्रयास गरेका थिए । जसबाट जासुसी क्षेत्रमा थुप्रै फाइदा भएको थियो । यसलाई कुनै पनि सामान वा कपाडामा लुकाउन सकिन्थ्यो । यसको मद्दतले साना फिल्महरु बनाइन्थ्यो ।
यो क्यामरा बनाउन चाहिने सलाईको बट्टाको साइज ५*३.५*१.५ सेमी थियो । यसलाई स्टेसीले बनाएका थिए।

उहु पेन–स्टीकर
कसलै पनि शंका नगरुन भनेर जासुसी उपकारणहरुलाई दैनिक उपभोग गरिने सामानमा राखिन्थ्यो ताकि कसैको पनि ध्यान त्यसमा नपरोस् । त्यसैले स्टेसीले उहु पेन–स्टीकरमा लुकाउन मिल्ने खालको क्यामरा बनाएका थिए । यो पेन–स्टीकर टाँस्नको लागि प्रयोग गरिन्थ्यो र यो जर्मनीमा निकै लोकप्रिय थियो ।

क्यामरा भएको ब्रा

स्टेसीले क्यामरा लुकाउनको लागि महिलाको भित्रि बस्त्र ब्राको प्रयोग गरेका थिए । जासुसहरुले यसको प्रयोग कसैको नजिकबाट फोटोग्राफी लिनको लागि गर्न सक्थे ।

तर, नेहरिंग भन्छन्, पूर्वी जर्मनीको खुफिया एजेन्सीले बनाएको यो ब्राको प्रयोग कहिल्यै भएन ।

फोटो स्नाइपर

जासुसका लागि धेरै टाढाबाट कठिन फोटो खिच्नु पथ्र्यो । मस्कोस्थित केएमजेड कम्पनीले रुसी जासुुसका लागि राइफल जस्तो देखिने यो उपकरण बनाएको थियो । यसमा ३०० एमएम सुपर टेलिफोटो लेन्स भएको एसएलआर क्यामरा थियो । यसबाट एजेन्टसले धेरै टाढा उभिएका/हिँडेका फोटो खिच्न सक्थे ।

सामान लुकाउनको लागि सिक्का
मिनी–क्यामरामा लिएको फोटो कसैले नदेख्ने गरेर आफ्नो एजेन्सीलाई पठाउनुपथ्र्यो । यही परिस्थितिलाई हेरेर माइक्रोफिल्म लैजानको लागि नयाँ तरिकाको खोजी गरिएको थियो । सन् ७० को दशकमा ५ नम्बर लेखिएको जर्मनीको सिक्का निकै प्रचलनमा थियो । जासुसहरुले यो सिक्कालाई आफ्नो साथमा राख्थे र यसको पछि माइक्रोफिल्म लुकाएर एजेन्सीसम्म पुर्याउँथे ।

गन्धलाई सुरक्षित राख्ने
जासुसी दुनियामा तस्वीरको मात्र नभएर गन्धको पनि उत्तिकै महत्व हुन्थ्यो ।

क्रिष्टोफर नेहरिंगले बीबीसीलाई बताएअनुसार स्टेसीले सोधपुछका लागि ल्याउने संदिग्धहरुको शरीरमा एउटा कपडा रगडेर उसको गन्ध सुरक्षित राख्ने गर्थे । यो कपडालाई एउटा जारमा राखिन्थ्यो । आवश्यक पर्दा ककुरको माध्यमबाट ती संदिग्धहरुलाई पत्ता लगाइन्थ्यो ।

रहस्यमयी डिओड्रेन्ट
टबेक ब्राण्डको डिओड्रेन्टको बोतलको प्रयोग माइक्रोफिल्म लगायत सानातिना दस्तावेजहरु समेत लुकाउनको लागि प्रयोग गरिन्थ्यो । यसको प्रयोग यूरोपका आठवटा साम्यवादी देशहरुको गठबन्धन ‘वार्सा सन्धी’का जासुसहरुले गर्ने गर्थे ।

मृत्युको ब्रिफकेस
थुप्रै पटक जासुसहरुलाई आफ्नो दुश्मनलाई मार्नको लागि उनीहरुको निकै नै नजिक जानुपथ्र्यो । उनीहरु आफ्नो काममा कुनै गल्ती नहोस् भनेर विभिन्न खालका तरिकाहरुको प्रयोग गर्थे । त्यसमा सबैभन्दा खतरनाक हतियार थियो ‘स्कर्पियन गन–मशीन’ । जसलाई ब्रिफकेसमा राखिन्थ्यो । पुरै म्यागजिनसहित यसको तौल मात्र डेढ किलोको हुन्थ्यो । स्टेसीले यो गनलाई धेरै उपयोगी मान्थे । ‘जर्मन म्यूजियम अफ एस्पियोनाज’का अनुसार गोली हान्नको लागि यो हतियार निकाल्न आवश्यक पर्दैनथ्यो । तर, तत्काल प्रयोगका लागि यो हतियार राखिन्थ्यो ।

बुल्गेरियन छाता
भनिन्छ, यो छातामार्फत केजीबीका जासुसले बीबीसी पत्रकार जर्जी मार्कोवलाई बिष दिएर मारेका थिए । यो घटाना ७ सेक्टेम्बर १९७८ को हो । जब, मार्कोव लन्डनको वाटर लू ब्रिजमा थिए । उनले आफ्नो उपचारको क्रममा एक व्यक्तिले आफुलाई छाताले हमला गरेको बताएका थिए ।
फरेन्सिक जाँचमा उनको तिघ्रा एउटा सानो यन्त्र भेटिएको थियो जसको माध्यमबाट उनको शरीरमा कास्टर नामको घातक बिष प्रवेश गराइएको थियो । भनिन्छ, केजीबी एजेन्टले छाताको माथिल्लो भागलाई खुट्टाको पछाडि राखेर त्यसको ह्यान्डीलमा रहेको बटन थिचेपछि एक्टिभेट भएको सिलिन्डरबाट निस्केको यन्त्रले मार्कोवलाई लागेको थियो ।
-बीबीसी हिन्दीबाट


 


Ruslan

paicho

bussewa

राजनीति

​राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

६ माघ, सिरहा । नेकपा एमाले २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ । एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नं प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

देउवालाई रामचन्द्र पौडेलको चुनौती : ‘दम भए कारबाही गरेर देखाउनुहोस् ’

६ माघ,काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

काँग्रेस बैठक आज पनि जारी

५ माघ, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य,

अन्तर्राष्ट्रिय

भारतको नयाँ दिल्लीमा ​सडक दुर्घटनामा परी सातको मृत्यु

६ माघ, एजेन्सी । पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको घटनामा अरु कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् । 

सुरक्षा रणनीति परिवर्तन गर्ने अमेरिकी ,रुस र चीन जस्ता प्रतिस्पर्धीमा केन्द्रित

६ माघ । अमेरिकाले आफ्नो रक्षा रणनीति परिवर्तन गर्ने संकेत गरेको छ ।अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाले अब आफ्नो ध्यान चरमपन्थीविरुद्ध लड्नुको सट्टा रुस र चीन जस्ता प्रतिस्पर्धी मुलुकसँग लड्ने क्षमता विकास गर्ने बताएका हुन । राजधानी वासिङ्टनमा गरिएको एक कार्यक्रममा रक्षामन्त्री 

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुला

६ माघ,सोल  । चार वर्षपछि पहिलोपटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुला गरिएको छ । केही उत्तर कोरियाली महिलाले शनिबार दक्षिण कोरिया जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् ।

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top